< Oseas 12 >
1 Efraím se apacienta de viento, y corre tras el viento del oriente, todo el día está aumentando las mentiras y los actos de violencia; hace pacto con Asiria, y a Egipto lleva aceite.
एफ्राइमले बतासले आफ्नो पेट भर्छ; त्यसले दिनभरि पूर्वीय बतासलाई पछ्याउँछ; अनि झूट र हिंसा बढाउँछ। त्यसले अश्शूरसँग सन्धि गर्छ, र त्यसले इजिप्टमा जैतुनको तेल पठाउँछ।
2 También contra Judá se querellará Yahvé, y castigará a Jacob conforme a su conducta; según sus obras le retribuirá.
याहवेहले यहूदाको विरुद्धमा अभियोग लगाउनुहुन्छ; उहाँले याकोबलाई उसको व्यवहारअनुसारको दण्ड दिनुहुनेछ, र उहाँले उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ।
3 En el seno materno suplantó a su hermano, y en su edad madura luchó con Dios.
उसले आमाको गर्भमा हुँदा नै आफ्ना दाजुको कुर्कुच्चा पक्रेको थियो; मानिस भएर पनि उसले परमेश्वरसित कुश्ती खेल्यो।
4 Luchó con el ángel, y prevaleció; lloró y le pidió gracia. En Betel le halló, y allí habló con nosotros.
उसले स्वर्गदूतसित कुश्ती खेल्यो र उसलाई जित्यो; ऊ रोयो र दूतसँग निगाहको निम्ति बिन्ती गर्यो। उहाँले उसलाई बेथेलमा भेट्नुभयो, र उहाँले त्यहाँ उससँग कुरा गर्नुभयो,
5 Yahvé que es el Dios de los ejércitos; Yahvé es su Nombre.
अर्थात् याहवेह सेनाहरूका परमेश्वर हुनुहुन्छ, र याहवेह उहाँको नाम हो!
6 “Conviértete a tu Dios; guarda la misericordia y la justicia, y espera siempre en tu Dios”.
तर तँ आफ्ना परमेश्वरकहाँ फर्कनुपर्छ; प्रेम र न्याय कायम राख्, र सधैँ तेरा परमेश्वरको प्रतीक्षा गर्।
7 Siendo mercader, que tiene en sus manos balanza falsa, se complace en engañar.
व्यापारीले छलको तराजु प्रयोग गर्छ, र त्यसले छल गर्न रुचाउँछ।
8 Dice Efraím: “Con todo, me he hecho rico, he adquirido riquezas; con todas mis ganancias no se hallará en mí culpa que sea pecado.”
एफ्राइमले घमण्डसित भन्छ, “म अति धनी छु; म धनाढ्य भएको छु। मेरा सबै धनसम्पत्तिले गर्दा तिनीहरूले ममा कुनै अधर्म अथवा पाप भेट्टाउनेछैनन्।”
9 Yo soy Yahvé, tu Dios, desde la tierra de Egipto; Yo haré que habites otra vez en tiendas, como en días de la fiesta.
“म याहवेह तेरा परमेश्वर हुँ, जसले तँलाई इजिप्टबाट ल्याएको हुँ; तेरा तोकिएका चाडहरूका दिनहरूमा झैँ म तँलाई फेरि पालहरूमा बस्न लगाउनेछु।
10 Yo hablé a los profetas, haciéndoles ver muchas visiones; por medio de los profetas me he manifestado en parábolas.
मैले अगमवक्ताहरूसँग कुरा गरेको छु, तिनीहरूलाई धेरै दर्शनहरू पनि दिएको छु; अनि तिनीहरूद्वारा दृष्टान्तहरू भनेको छु।”
11 Si Galaad es vanidad, también ellos son vanidad. En Gálgala sacrifican toros, y sus altares son como montones de piedras en los surcos del campo.
के गिलाद दुष्ट हो? त्यहाँका मानिसहरू व्यर्थका छन्! के तिनीहरूले गिलगालमा साँढेहरूको बलि चढाउँछन्? तिनीहरूका वेदीहरू जोतिएका जमिनमा थुपारिएका ढुङ्गाका थुप्राहरूजस्ता हुनेछन्।
12 Huyó Jacob al país de Siria, por una mujer Israel se hizo siervo, y por una esposa apacentó (ovejas).
याकोब अराम देशमा भागेर गयो; इस्राएलले पत्नी पाउनलाई सेवा गर्यो, र तिनको ज्यालाको निम्ति भेडाहरू चरायो।
13 Por mano de un profeta Yahvé sacó a Israel de Egipto, y lo salvó por medio de un profeta.
याहवेहले इस्राएललाई इजिप्टबाट निकालेर ल्याउन एक जना अगमवक्तालाई प्रयोग गर्नुभयो; उहाँले एक जना अगमवक्ताद्वारा नै त्यसको हेरचाह गर्नुभयो।
14 Efraím ha provocado a su Señor con amargos pecados; por lo cual hará caer sobre él la sangre derramada, y le dará la paga por sus ultrajes.
तर एफ्राइमले परमेश्वरलाई साह्रै रिस उठाएको छ; त्यसले बगाएको रक्तपातको दोष याहवेहले त्यसैमाथि छोड्नुहुनेछ; अनि त्यसले उहाँलाई गरेको अपमानको बदला लिनुहुनेछ।