< 2 Samuel 12 >
1 Yahvé envió entonces a Natán, el cual llegó a David y le dijo: “Había en una ciudad dos hombres, el uno rico y el otro pobre.
त्यसपछि परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो । उनी तिनीकहाँ आए र तिनलाई भने, “कुनै सहरमा दुई जना मानिस बस्थे । एक जना धनी थिए र अर्कोचाहिं गरीब थिए ।
2 El rico tenía ovejas y ganado mayor en grandísimo número,
धनी मानिसको ठुलो संख्यामा भेडाबाख्रा र गाईवस्तु थिए,
3 el pobre, en cambio, no tenía más que una ovejita, que había comprado y criado, y la cual había crecido juntamente con él y con sus hijos, comiendo de su bocado y bebiendo de su copa y durmiendo en su seno; y era para él como una hija.
तर त्यो गरीब मानिससित भेडको एउटा पाठीबाहेक केही पनि थिएन, जसलाई त्यसले किनेर ल्याएको, र खुवाएर हुर्काएको थियो । त्यो उसँग र उसका छोराछोरीसँगै हुर्क्यो । यो पाठीले उसँगै खान्थ्यो, उसैको कचौराबाट पिउँथ्यो, र उसकै काखमा सुत्थ्यो र उसको छोरीजस्तै थियो ।
4 Mas llegó un viajero al hombre rico, y este, no queriendo tocar a sus ovejas ni a sus bueyes para aderezarlos al viajero que le había llegado, tomó la ovejita del hombre pobre y la aderezó para el hombre que había venido a su casa.”
एक दिन त्यो धनी मानिसको घरमा एक जना पाहुना आए, तर तिनलाई खाना दिन त्यो धनी मानिसले आफ्नो भेडाबाख्रा र गाईवस्तु एउटा पशु लिन पनि इच्छुक भएन । बरु, त्यसले त्यो गरीब मानिसको भेडाको पाठी लियो र त्यो आफ्नो पाहुनाको निम्ति पकाइदियो ।”
5 Se irritó David fuertemente contra aquel hombre y dijo a Natán: “¡Vive Yahvé que el hombre que ha hecho esto es digno de muerte!
दाऊद त्यो धनी मानिसप्रति रिसले आगो भए र नातानसँग जङ्गिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, त्यो मानिस जसले यसो गर्यो त्यो मारिन योग्य छ ।
6 Restituirá la oveja cuatro veces, por haber hecho esto y no haber tenido piedad.”
त्यो पाठीको चार गुणा त्यसले फिर्ता गर्नुपर्छ किनभने त्यसले यस्तो दुष्ट कुरा गरेको छ र त्यसले गरीब मानिसमाथ कुनै दया देखाएन ।”
7 Dijo entonces Natán a David: “Ese hombre eres tú. Así dice Yahvé, el Dios de Israel: «Yo te ungí rey sobre Israel y te libré de la mano de Saúl;
त्यसपछि नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें र मैले तँलाई शाऊलको हातबाट बचाएँ ।
8 te di la casa de tu señor y he puesto en tu seno las mujeres de tu señor; te he dado también la casa de Israel y de Judá; y si esto te parece poco, te daré por añadidura aún cosas mayores.
मैले तँलाई तेरो मालिकको घराना र तेरो मालिकका पत्नीहरूलाई तेरो हातमा दिएँ । मैले तँलाई इस्राएल र यहूदाको घराना पनि दिएँ । तर त्यसले नपुगेको भए, मैले तँलाई यसको अतिरिक्त अरू धेरै कुरा दिने थिएँ ।
9 ¿Por qué, pues, has vilipendiado el mandamiento de Yahvé, haciendo lo que es malo a sus ojos? Has matado a espada a Urías, el heteo, y has tomado a su mujer por mujer tuya, hiriéndole a él con la espada de los hijos de Ammón.
त्यसैले तैंले परमप्रभुको दृष्टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई किन तुच्छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् र त्यसको पत्नीलाई तेरो आफ्नै पत्नी हुनलाई लगेको छस् । तैंले अम्मोनको फौजको तरवारले त्यसलाई मारिस् ।
10 Por eso nunca se apartará la espada de tu casa; pues me has despreciado, tomando a la mujer de Urías, el heteo, para que sea mujer tuya.»
त्यसैले अब तरवारले तेरो घरानालाई कहिल्यै छोड्ने छैन, किनभने तैंले मलाई घृणा गरेको छस् र हित्ती उरियाहको पत्नीलाई तेरो आफ्नो पत्नीको रूपमा लिएको छस् ।'
11 Así dice Yahvé: «He aquí que Yo suscitaré desgracias contra ti de entre tu misma familia. Quitaré tus mujeres ante tus mismos ojos y se las daré a tu prójimo, el cual se acostará con ellas a la luz de este sol.
परमप्रभु भन्नुहुन्छ, 'हेर्, म तेरो आफ्नै घरानाबाट विपद् ल्याउने छु । तेरै आफ्नै आँखाको सामु तेरा पत्नीहरूलाई म लिने छु र ती तेरो छिमेकीलाई दिने छु, र दिनको उज्यालोमा त्यो तेरा पत्नीहरूसित सुत्ने छ ।
12 Tú lo has hecho en secreto, pero Yo haré esto a vista de todo Israel y a la luz del sol».”
किनकि तैंले आफ्नो पाप गोप्य रूपमा गरिस्, तर म यो सारा इस्राएलको सामु घामको उज्यालोमा गर्ने छु’ ।”
13 Dijo entonces David a Natán: “He pecado contra Yahvé.” Y respondió Natán a David: “Yahvé, por su parte ha perdonado tu pecado; no morirás.
तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरेको छु ।” नातानले दाऊदलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पापलाई हटाइदिनुभएको छ । तपाईंलाई मारिने छैन ।
14 Pero puesto que con esta acción has dado a los enemigos de Yahvé ocasión de blasfemar, por eso el niño que te ha nacido morirá irremisiblemente.”
तापनि, यो कामद्वारा तपाईंले परमप्रभुलाई तुच्छ तुल्याउनुभएको हुनाले, तपाईंबाट जन्मने बालकचाहिं निश्चय नै मार्ने छ ।”
15 Con esto Natán se fue a su casa, y Yahvé hirió al niño que la mujer de Urías había dado a David, de modo que enfermó gravemente.
त्यसपछि नातान विदा भए र घर गए । उरियाहको पत्नीले दाऊदबाट जन्माएको बालकलाई परमप्रभुले प्रहार गर्नुभयो र त्यो गम्भीर बिरामी भयो ।
16 David rogó a Dios por el niño y ayunó rigurosamente; y retirándose pasaba las noches acostado en tierra.
दाऊदले त्यो केटाको निम्ति परमप्रभुसँग बिन्ती गरे । दाऊद उपवास बसे र भित्र गए र रातभरि भुईंमा पल्टिरहे ।
17 Los ancianos de su casa le instaron para obligarle a que se levantase de la tierra; pero él no quiso hacerlo ni tomar con ellos alimento.
तिनका घरानाका ठुलाहरू उठे र तिनलाई भुईंबाट उठाउन तिनको छेउमा खडा भए, तर तिनी उठेनन् र तिनले तिनीहरूसँग केही पनि खाएनन् ।
18 Al séptimo día murió el niño; mas los siervos de David no se atrevían a darle la noticia de que había muerto el niño, porque decían: “Si cuando aún vivía el niño le hablábamos y él no quería escuchar nuestra voz, ¿cómo podemos decirle que el niño ha muerto? ¿No le causará daño?”
सातौं दिनमा त्यो बालक मर्यो । त्यो बालक मर्यो भनेर दाऊदका सेवकहरूले तिनलाई भन्न डराए, किनकि तिनीहरूले भने, “हेर्नुहोस्, त्यो बालक जीवितै हुँदा हामीले उहँसित बोल्यौं र उहाँले हाम्रा कुरा सुन्नुभएन । हामीले त्यो बालक मर्यो भन्यौं भने, उहाँले आफूलाई के गर्नुहोला?”
19 Pero David, al ver que sus siervos cuchicheaban entre sí, conoció que el niño había muerto, por lo cual dijo a sus siervos: “¿Ha muerto el niño?” Y ellos respondieron: “Ha muerto.”
तर जब दाऊदले आफ्ना सेवकहरूले आपसमा कानेखुसी गरिरहेको देखे, तब बालक मरेछ भनी दाऊदले थाहा पाए । तिनले आफ्ना सेवकहरूलाई भने, “के त्यो बालक मर्यो?” तिनीहरूले जवाफ दिए, “त्यो मर्यो ।”
20 Entonces se levantó David del suelo, se lavó y se ungió, y después de mudarse las ropas fue a la Casa de Yahvé y se prosternó. Luego vuelto a su casa pidió que le sirvieran la comida y comió.
तब दाऊद भुईंबाट उठे र आफू नुहाए, आफूलाई तेल घसे र आफ्ना लुगा फेरे । तिनी परमप्रभुको पवित्र वासस्थानमा गए र त्यहाँ आराधना गरे र त्यसपछि आफ्नो दरबारमा फर्केर आए । तिनले खाने कुराहरू मागेपछि, तिनीहरूले खाने कुरा दिए र तिनले खाए ।
21 Preguntáronle sus siervos: “¿Qué es esto que estás haciendo? Cuando el niño aún vivía, ayunabas y llorabas; y ahora que el niño ha muerto te levantas y comes pan.”
तब तिनका सेवकहरूले तिनलाई भने, “तपाईंले किन यसो गर्नुभएको छ? त्यो बालक जिउँदो हुँदा तपाईं उपवास बस्नुभयो र रुनुभयो, तर जब बालक मर्यो, तब तपाईं उठ्नुभयो र खानुभयो ।”
22 A lo que respondió: “Yo ayunaba y lloraba por el niño cuando aún vivía, pues decía: «¿Quién sabe si Yahvé no tendrá piedad de mí, y el niño quedará con vida?»
दाऊदले जवाफ दिए, “बालक जीवित हुँदा म उपवास बसें र रोएँ । मैले भनें, 'कसले जान्दछ कतै परमप्रभु अनुग्रही हुनुहुने छ ताकि बालक बाँच्न सकोस्?'
23 Mas ahora que ha muerto, ¿para qué he de ayunar? ¿Podré acaso restituirle la vida? Yo iré a él, pero él no vendrá más a mí.”
तर अब त्यो मर्यो, त्यसैले म किन उपवास बस्ने? के म त्यसलाई फेरि फर्काएर ल्याउन सक्छु र? म त्यसकहाँ जाने छु, तर त्यो मकहाँ फर्केर आउने छैन ।”
24 Luego consoló David a Betsabee, su mujer, y entrado donde ella estaba se llegó a ella; la cual le dio un hijo, al que puso por nombre Salomón. Y Yahvé le amó,
दाऊदले आफ्नी पत्नी बतशेबालाई सान्त्वना दिए र उनकहाँ गए र उनीसँग सुते । पछि उनले एउटा छोरा जन्माइन् र त्यो बालककको नाउँ सोलोमन राखियो । परमप्रभुले त्यसलाई प्रेम गर्नुभयो
25 y envió al profeta Natán, que le dio el nombre de Yedidyá, por amor de Yahvé.
र तिनको नाउँ यददीयाह राख्नू भनी उहाँले नातान अगमवक्ताद्वारा सन्देश पठाउनुभयो, किनभने परमप्रभुले तिनलाई प्रेम गर्नुभयो ।
26 Entretanto Joab prosiguió la guerra contra Rabbá de los ammonitas, y tomó la ciudad real.
यति बेला योआबले अम्मोनीहरूको रब्बाको विरुद्ध युद्ध गरे र तिनले राजकीय सहर कब्जा गरे ।
27 Envió, pues, Joab mensajeros a David que dijeran: “He atacado a Rabbá y he tomado la ciudad de las aguas.
त्यसैले योआबले दाऊदकहाँ दूतहरू पठाए र भने, “मैले रब्बाको विरुद्धमा युद्ध लडेको छु र मैले सहरको पानीको आपुर्तीलाई कब्जा गरेको छु ।
28 Junta, pues, ahora el resto del pueblo y ven a acampar contra la ciudad para tomarla, no sea que tome yo la ciudad y tenga el honor de la victoria.”
यसकारण बाँकी फौजलाई भेला गर्नुहोस् र यो सहर विरुद्ध छआउनी हाल्नुहोस् र यसलाई कब्जा गर्नुहोस्, किनकि मैले त्यो सहर लिएँ भने, त्यसलाई मेरो नाउँ दिइने छ ।
29 Entonces David juntó todo el pueblo y marchó a Rabbá; la atacó y se apoderó de ella.
त्यसैले दाऊदले सबै फौजलाई एकसाथ भेला गरे र रब्बातिर गए । तिनले त्यो सहरको विरुद्ध युद्ध लडे र त्यो कब्जा गरे ।
30 Y quitó de la cabeza de su rey la corona, que pesaba un talento de oro y tenía una piedra preciosa. Esta fue puesta en la cabeza de David, el cual tomó de la ciudad un botín muy grande.
दाऊदले तिनीहरूका राजाको शिरबाट शिरपेच लिए, यसको तौल एक तोडा सुन थियो, र त्यसमा बहुमूल्य पत्थरहरू थिए । त्यो शिरपेच दाऊदको आफ्नै शिरमा लगाइयो । त्यसपछि तिनले त्यस सहरको लुटका मालहरू ठुलो मात्रामा लिएर आए ।
31 Sacó también a los habitantes de la misma y los puso a las sierras, a los picos de hierro y a las hachas de hierro, y los llevó a los hornos de ladrillos. Lo mismo hizo con todas las ciudades de los hijos de Ammón. Después volvió David con toda la gente a Jerusalén.
तिनले त्यस सहरमा भएका मानिसहरूलाई लिएर आए, र तिनीहरूलाई आराहरू, फलामको हतियारको र बन्चरोको कामहरू गर्न बाध्य पारे । तिनले उनीहरूलाई इँटको भट्टाहरूमा काम गर्न लगाए । दाऊदले अम्मोनका मानिसहरूका सबै सहरलाई यो श्रमको काम गर्न लगाए । तब दाऊद र सबै फौज यरूशलेम फर्के ।