< Markos 5 >
1 Waxay yimaadeen dhanka kale oo badda ilaa dalkii Gadareni.
उहाँहरू समुद्रको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आउनुभयो ।
2 Goortuu doonnidii ka degay, kolkiiba waxaa la kulmay nin xabaalaha ka soo baxay oo jinni wasakh leh qaba.
जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो ।
3 Isagu xabaalaha ayuu dhex fadhiyi jiray, oo ninna xataa silsilad kuma xidhi kari jirin.
त्यो मानिस चिहानमा बस्थ्यो । कसैले पनि त्यसलाई रोक्न सकेको थिएन; त्यसलाई साङ्लाले बाँधेर राख्न पनि सकेको थिएन ।
4 Maxaa yeelay, marar badan bir cagaha iyo silsilado waa lagu xidhi jiray, silsiladihiina ayuu iska gooyn jiray, bir cagahana wuu kala jejebin jiray. Ninna ka adkaan kari waayay.
त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिँगुरो लगाएर राखोएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिँगुरोलाई तोडिदिन्थ्यो । त्यसलाई वशमा राख्ने सामर्थ्य कसैमा थिएन ।
5 Weligiiba, habeen iyo maalin, ayuu buuraha iyo xabaalaha joogi jiray isagoo qaylinaya oo dhagaxyona isku jarjaraya.
हरेक दिन र रात डाँडाहरूमा र त्यो चिहान घारीमा चिच्च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैँलाई काटेर चोट पार्थ्यो ।
6 Laakiin goortuu Ciise meel fog ka arkay, ayuu ku soo orday oo u sujuuday.
जब त्यसले येशूलई टाढैबाट देख्यो, त्यो दौडेर उहाँकहाँ गयो, अनि उहाँको अगि घोप्टो पर्यो ।
7 Markaasuu cod weyn ku qayliyey oo ku yidhi, Maxaa inoo dhexeeya, Ciisow adigoo ah Wiilka Ilaaha sarow? Ilaah baan kugu dhaarinayaa, Ha i silcin.
त्यसले ठुलो स्वरमा कराए भन्यो, “हे येशू, सर्वोच्च परमेश्वरका पुत्र, मेरो तपाईंसँग के सम्बन्ध छ? म परमेश्वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।”
8 Waayo, wuxuu ku yidhi, Ka soo bax ninka, jinni wasakh lahow.
किनभने येशूले त्यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, त्यो मानिसबाट बाहिर निस्किआइज ।”
9 Markaasuu weyddiiyey, Magacaa? Wuxuu ugu jawaabay, Waxaa lay yidhaahdaa, Liijon, waayo, annagu waa badan nahay.
उहाँले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ ।”
10 Aad buuna uga baryay inaanu dalka ka eryin.
त्यसले उहाँलाई त्यस क्षेत्रबाट बाहिर नपठाउन बारम्बार बिन्ती गर्यो ।
11 Buurta sinteedana waxaa joogay daaqsin weyn oo doofaarro ah oo daaqaysa.
त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो,
12 Jinniyadii oo dhan baa baryeen, oo waxay ku yidhaahdeen, Noo dir doofaarrada inaannu galno.
अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्न दिनुहोस् ।”
13 Kolkiiba Ciise baa u fasaxay. Markaasaa jinniyadii wasakhda lahayd baxeen, oo waxay galeen doofaarrada, daaqsintiina jarka hoos bay uga yacday ilaa badda, baddayna ku bakhtiyeen, waxayna ahaayeen abbaaraha laba kun.
उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।
14 Markaasaa kuwii daajin jiray carareen, oo dadkii magaalada iyo beerahaba ayay u warrameen. Kolkaasaa dadkii u soo baxay inay arkaan wixii dhacay.
अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले त्यहाँ घटेको घटनाबारे सहर र गाउँघरतिर बताए अनि के भएकोरहेछ भनी हेर्न धेरै मानिसहरू गए ।
15 Markaasay u yimaadeen Ciise, oo waxay arkeen jinnoolihii isagoo fadhiya oo dhar sita oo miyir qaba, wayna baqeen.
तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।
16 Kolkaasaa kuwii arkay waxay u sheegeen sidii ay u dhacday jinnoolihii iyo warkii doofaarrada.
भूत लागेको मानिसलाई के भएको थियो भनी देख्नेहरूले त्यसलाई र सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए ।
17 Markaasay bilaabeen inay baryaan inuu soohdintooda ka noqdo.
अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान आग्रह गरे ।
18 Intuu doonnida fuulayay, kii jinniyada qabi jiray ayaa baryay inuu raaco.
जब येशू डुङ्गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै जान उहाँलाई बिन्ती गर्यो ।
19 Ciisese uma fasaxin, laakiin wuxuu ku yidhi, Gurigaaga iyo dadkaaga u tag oo u sheeg waxa weyn oo Rabbigu kuu sameeyey iyo siduu kuugu naxariistay.
तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । उहाँले भन्नुभयो, “तिम्रो जाति र तिम्रो घरमा जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो अनुग्रह गर्नुभयो, सो उनीहरूलाई भन ।”
20 Kolkaasuu tegey oo bilaabay inuu Dekabolis ku naadiyo waxa weyn oo Ciise u sameeyey, oo dhammaan bay la wada yaabeen.
त्यसकारण, त्यो मानिस गयो र डेकापोलिसमा येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू बताउन थाल्यो, अनि तिनीहरू सबै छक्क परे ।
21 Markii Ciise haddana dhanka kale doonnida ugu gudbay ayaa dad faro badan u soo ururay, isaguna badda agteeda ayuu joogay.
येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो ।
22 Waxaa u yimid taliyayaasha sunagogga midkood ee Yayros la odhan jiray, oo markuu arkay, cagihiisa ayuu isku riday,
यहूदी सभाघरका याइरस नाउँ गरेका एक जना अगुवा आए । जब उनले येशूलाई देखे, तब उहाँको पाउमा परे ।
23 oo aad buu u baryay oo ku yidhi, Gabadhaydii yarayd waa sakaraad. Waan ku baryayaa, kaalay oo gacmahaaga saar inay bogsato oo noolaato.
उनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्युको मुखमा परेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस्, ताकि उनी ठिक हुन सकून् र बाँच्न सकून् ।”
24 Markaasaa Ciise raacay, dad faro badanna waa la socday, wayna cidhiidhiyeen.
त्यसैले, उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भिडले उहाँलाई पछ्यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे ।
25 Waxaa jirtay naag laba iyo toban sannadood dhiigbixid qabtay.
त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने रोगले ग्रस्त भएकी एक महिला थिइन् ।
26 Silec badanna ayay dhakhtarro badan ka heshay, oo wixii ay lahayd oo dhanna ayay ku bixisay, mana roonaanin laakiinse way ka sii dartay.
तिनले धेरै डाक्टरकहाँ गएर धेरै दुःख कष्ट भोगेकी थिइन् अनि तिनीसँग भएका सबै थोक तिनले खर्च गरिसकेकी थिइन् । तैपनि तिनलाई कुनै पनि कुराले सहायता पुर्याएन, बरु तिनको अवस्था झनझन नराम्रो मात्र हुँदै गयो ।
27 Markay Ciise warkiisa maqashay ayay dadkii soo dhex martay oo dhabarkiisa timid, markaasay maradiisa taabatay.
तर तिनले येशूको बारेमा सुनेकी थिइन् । त्यसैले, उहाँ भिडमा हिँडिरहनुभएको बेला तिनी उहाँको पछाडि आइन्, अनि तिनले उहाँको खास्टो छोइन् ।
28 Waayo, waxay tidhi, Haddaan dharkiisa iska taabto uun, waan bogsanayaa.
किनकि तिनले भनिन्, “यदि मैले उहाँको खास्टो छोएँ भने म निको हुनेछु ।”
29 Kolkiiba bixiddii dhiiggeeda ayaa joogsatay oo waxay jidhkeedii ka garatay inay cudurkii ka bogsatay.
जब तिनले उहाँलाई छोइन्, रगत बग्न रोकियो, अनि तिनले आफू आफ्नो कष्टबाट निको भएकी महसुस गरिन् ।
30 Ciise kolkiiba wuxuu iska gartay in xoog ka baxay isagii, oo intuu cidhiidhiga ku soo jeestay ayuu yidhi, Yaa dharkayga taabtay?
येशूले आफूबाट शक्ति निस्केर गएको तुरुन्तै थाहा पाउनुभयो । अनि उहाँ भिडतिर फर्केर भन्नुभयो, “कसले मेरो लुगा छोयो?”
31 Xertiisii ayaa ku tidhi, Adigu waad aragtaa dadka badan oo ku cidhiidhinaya. Ma waxaad na leedahay, Yaa i taabtay?
उहाँका चेलाहरूले उहाँलाई भने, “तपाईंको वरिपरि ठेलमठेल गरेको भिडलाई देख्नुहुन्छ, अनि तपाईं भन्नुहुन्छ ‘मलाई कसले छोयो’?”
32 Kolkaasuu hareerihiisii ka fiirfiiriyey inuu arko tan waxan samaysay.
तर येशूले यो कसले गरेको थियो भनी देख्न वरिपरि हेर्नुभयो ।
33 Naagtiise waa baqday oo gariirtay iyadoo garanaysa wixii loogu sameeyey. Markaasay timid oo hortiisa ku dhacday oo runtii oo dhan u sheegtay.
ती स्त्रीले आफूलाई के भएको थियो भन्ने कुरा थाहा पाइन्, अनि तिनी डरले कामिन् । तिनी उहाँको सामु घोप्टो परिन् र सबै सत्यता उहाँलाई बताइन् ।
34 Kolkaasuu wuxuu iyada ku yidhi, Gabadhay, rumaysadkaaga ayaa ku bogsiiyey. Nabad ku tag, cudurkaagiina ka bogso.
उहाँले तिनलाई भन्नुभयो, “हे छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो रोगबाट निको होऊ ।”
35 Goortuu weli hadlayay waxaa gurigii taliyaha sunagogga ka yimid kuwii yidhi, Gabadhaadii waa dhimatay. Maxaad Macallinka u sii dhibaysaa?
उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाको घरबाट केही मानिसहरू यसो भन्दै आए, “तपाईंकी छोरी मरी । अब गुरुलाई किन दुःख दिने?”
36 Mar alla markuu Ciise maqlay hadalka lagu hadlay, wuxuu taliyaha sunagogga ku yidhi, Ha baqin ee iska rumayso.
तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्नुभयो, उहाँले सभाघरका अगुवालाई भन्नुभयो, “नडराऊ । विश्वास मात्र गर ।”
37 Ninnana uma oggolaanin inuu raaco, Butros, iyo Yacquub, iyo Yooxanaa oo ahaa Yacquub walaalkiis, maahee.
उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन ।
38 Kolkaasuu yimid gurigii taliyaha sunagogga, oo wuxuu arkay buuqa iyo kuwa ooyaya oo aad u barooranaya.
उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला अर्थात् रोइरहेको र विलाप गरिरहेको देख्नुभयो ।
39 Goortuu galay wuxuu ku yidhi, Maxaad sidaas ugu buuqaysaan oo u ooyaysaan? Gabadhu ma dhiman, waase huruddaa.
जब उहाँ घरभित्र पस्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन निरास छौ र रुन्छौ? बालिका मरेकी छैनन्, सुतेकी मात्र हो ।”
40 Iyaguse aad bay ugu qosleen, laakiin goortuu kulligood dibadda u saaray, wuxuu waday gabadhii aabbeheed iyo hooyadeed iyo kuwii isaga la jiray, wuxuuna galay meeshii gabadhu jiiftay.
उहाँको कुरामा तिनीहरू हाँसे, तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो, अनि उहाँले बालिकाका बाबु र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ ती बालिका भएको ठाउँमा आउनुभयो ।
41 Kolkaasuu gabadhii gacanteeda qabtay oo ku yidhi, Talita qumi, taasoo micneheedu yahay, Gabadhay, waxaan ku leeyahay, Kac.
उहाँले बालिकालाई हात समातेर तिनलाई भन्नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्छ, “सानी नानी, म तिमीलाई भन्दछु, उठ ।”
42 Kolkiiba gabadhii waa kacday oo socotay; waxay jirtay laba iyo toban sannadood. Dadkuna aad bay ula wada yaabeen.
तुरुन्तै बालिका उठिन् अनि हिँडिन् (उनी बाह्र वर्षकी थिइन्) । अनि तिनीहरू अत्यन्तै चकित भए ।
43 Aad buu ugu adkeeyey inaan ninna ogaan, wuxuuna u sheegay in cunto la siiyo iyada.
उहाँले त्यस बारेमा कसैलाई थाहा नदिन कडा आज्ञा दिनुभयो । अनि उहाँले ती बालिकालाई केही खाने कुरा दिनुभयो ।