< Kolosay 4 >
1 Sayidyadow, addoommadiinna siiya waxa xaqa ah oo u qalma, idinkoo garanaya inaad jannada Sayid ku leedihiin.
मालिक हो, आफ्ना नोकरहरूलाई जे सही र उचित छ त्यही देओ । तिमीहरू यो जान्दछौ, कि तिमीहरूका पनि मालिक स्वर्गमा हुनुहुन्छ ।
2 Haddaba baryada ku sii adkaada, idinkoo ku soo jeeda oo mahadnaqaya.
दृढतापूर्वक निरन्तर प्रार्थनामा लागिरहो, र धन्यवादसाथ प्रार्थनामा जागा रहो ।
3 Oo weliba annagana noo soo duceeya in Ilaah noo furo albaabka hadalka, si aannu uga hadalno qarsoodiga Masiixa, kaas oo aan u xidhnahay;
हाम्रो निम्ति पनि सँगसँगै प्रार्थना गर, ताकि ख्रीष्टको गुप्त सत्यताको वचन बोल्नको निम्ति परमेश्वरले ढोका खोलिदिनुभएको होस् । यही वचनको कारण, म बाँधिएको छु ।
4 inaan u muujiyo, sida igu waajibka ah inaan uga hadlo.
जसरी मैले बोल्नुपर्ने हो, त्यसरी नै मैले यसलाई स्पष्टपार्न सकूँ भनेर प्रार्थना गर ।
5 Kuwa dibadda jooga xaggooda xigmad ku socda, oo wakhtiga ku faa'iidaysta.
बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर्दै हिँड, अनि तिमीहरूको समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर ।
6 Mar kasta hadalkiinnu nimco ha lahaado isagoo cusbo lagu daray, inaad ogaataan sida idinku waajibka ah inaad mid kasta ugu jawaabtaan.
तिमीहरूका वचनहरू सधैँ अनुग्रहसहित होस् । तिनीहरू नुनले स्वादिलो पारिएको जस्तै होऊन्, र हरेक मानिसलाई तिमीहरूले कसरी जवाफ दिनुपर्छ, सो तिमीहरूले जान्न सक ।
7 Axwaalkayga oo dhan waxaa idiin sheegi doona walaalkeen Tukhikos oo ah gacaliye iyo midiidin aamin ah oo addoon ila ah xagga Rabbiga.
तुखिकसले मेरो बारेमा सबै कुराहरू तिमीहरूलाई बताउनेछन् । तिनीचाहिँ मेरा प्रिय भाइ, विश्वासयोग्य दास र प्रभुमा सङ्गी सेवक हुन् ।
8 Isagaan idiinku soo diray sababtan daraaddeed, inaad ogaataan axwaalkayaga iyo inuu qalbiyadiinna dhiirrigeliyo,
यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएँ, ताकि तिमीहरूले हामीहरूको विषयमा जान्न सक, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहित पार्न सकून् ।
9 oo weliba waxaan isaga la soo diray walaalkeen Oneesimos, kaas oo ah mid aamin ah iyo gacaliye, oo idinka mid ah. Iyagu waxay idiinka warrami doonaan waxa meeshan ka dhacay oo dhan.
तिमीहरूमध्येका एक, विश्वासयोग्य र प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई तिमीहरूकहाँ पठाएँ । तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन् ।
10 Waxaa idin soo salaamaya Aristarkhos oo ila xidhan, iyo Markos oo Barnabas abti u yahay, kaas oo wax isaga ku saabsan laydinku amray; hadduu idiin yimaado aqbala.
मेरा सङ्गी कैदी अरिस्तार्खसले तिमीहरूलाई आफ्नो अभिवादन पठाएका छन्, र बारनाबासका भानिज मर्कूसको पनि अभिवादन छ, जसको बारेमा तिमीहरूले आदेश पाइसकेका छौ, “यदि उनी तिमीहरूकहाँ आए भने उनलाई स्वागत गर,”
11 Weliba waxaa idin soo salaamaya Ciise oo la yidhaahdo Yuustos. Kuwaas oo ka mid ah kuwa gudan ayaa ah kuwa keliya oo iila shaqeeya boqortooyada Ilaah, iyagoo ii noqday kuwo i dhiirrigeliyey.
र युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन् । परमेश्वरको राज्यका निम्ति खतनाका मेरा सहकर्मीहरू यिनीहरू मात्रै हुन् । तिनीहरू मेरा निम्ति सान्त्वनाका पात्र भएका छन् ।
12 Waxaa kaloo idin soo salaamaya Ebafras, oo idinka mid ah, oo ah addoonkii Ciise Masiix. Kol kastaba baryadiisa ayuu idiinku dadaalaa inaad istaagtaan, idinkoo kaamil ah oo aad u huba doonista Ilaah oo dhan.
इपाफ्रासले तिमीहरूलाई अभिवादन गरेका छन् । यिनी पनि तिमीहरूमध्येकै एक जना हुन् र ख्रीष्ट येशूका दास हुन् । यिनी तिमीहरूका निम्ति सधैँ प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन्, ताकि परमेश्वरको इच्छाअनुसार तिमीहरू सम्पूर्ण रूपले निश्चित भई खडा हुन सक ।
13 Waxaan ugu markhaati furayaa inuu u hawshoodo idinka aawadiin iyo kuwa La'odikiya jooga iyo kuwa Hi'erabolis jooga aawadood.
यो कुरामा म तिनको साक्षी भएको छु, कि उनी तिमीहरूका लागि र लाउडिकियामा भएकाहरू अनि हिरापोलिसमा भएकाहरूका खातिर कडा परिश्रम गर्छन् ।
14 Waxaa idin soo salaamaya Luukos oo ah gacaliyaha dakhtarkaa iyo Deemaas.
प्रिय चिकित्सक लूका र डेमासले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
15 Walaalaha La'odikiya jooga iyo Numfas, iyo kiniisadda gurigiisa ku jirta nagu salaama.
लाउडिकियामा भएका भाइहरू, र नुम्फास, र तिनको घरमा भएको मण्डलीलाई पनि अभिवादन गर ।
16 Warqaddan markii laydinka dhex akhriyo, haddana ha laga dhex akhriyo kiniisadda reer La'odikiya, oo idinkuna akhrista warqadda aad La'odikiya ka heli doontaan.
जब यो पत्र तिमीहरूका बिचमा पढिनेछ, त्यसपछि लाउडिकियाको मण्डलीमा पनि यो पढ्नू र लाउडिकियाबाट आउने पत्र पनि तिमीहरूले पढ्नू ।
17 Oo Arkhibbos waxaad ku tidhaahdaan, Adeegiddii xagga Rabbiga oo aad heshay, ku dadaal inaad dhammaysid.
अर्खिप्पसलाई भन, “तिमीले प्रभुमा पाएको सेवा-कार्य र यसलाई पुरा गर्नुपर्ने कुरालाई ध्यान देऊ ।”
18 Anigoo Bawlos ah ayaa salaantan gacantayda ku qoraya. Xusuusta xidhnaantayda. Nimco ha idinla jirto.
यो अभिवादनको पत्र म पावलको आफ्नै हातले लेखेको हुँ । मेरा साङ्लाहरूलाई याद गर । तिमीहरूमा अनुग्रह होस् ।