< Marko 2 >

1 In zopet vnide v Kapernaum črez nekoliko dnî; in zasliši se, da je v hiši.
केही दिनपछि जब येशू कफर्नहुममा फर्केर आउनुभयो, उहाँ घरमा हुनुहुन्छ भन्‍ने सुनियो ।
2 In precej se jih zbere mnogo, toliko, da niso imeli prostora tudi pred vratmi ne; in govoril jim je besedo.
यति धेरै मानिसहरू भेला भए, कि त्यहाँ ढोकामा समेत पनि कुनै खाली ठाउँ थिएन अनि येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो ।
3 Pa pridejo k njemu in prinesó mrtvoudnega, kterega so štirje nosili.
केही मानिसहरू उहाँकहाँ आए, जसले एक जना पक्षाघातीलाई ल्याइरहेका थिए; चार जना मानिसले त्यसलाई बोकिरहेका थिए ।
4 In ko mu se niso mogli približati za voljo ljudstva, odkrijejo streho, kjer je bil, in ko so jo predrli, spusté oder, na kterem je mrtvoudni ležal.
भिडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन् । तिनीहरूले उहाँ हुनुभएको ठिक माथि छानो हटाए, र तिनीहरूले यसमा प्वाल पारे, अनि तिनीहरूले त्यस पक्षाघाती सुतेको ओछ्यानलाई तल झारे ।
5 Videvši pa Jezus njih vero, reče mrtvoudnemu: Sin, odpuščajo ti se grehi tvoji.
तिनीहरूको विश्‍वास देखेर येशूले पक्षाघाती मानिसलाई भन्‍नुभयो, “छोरो, तिम्रा पापहरू क्षमा भएका छन् ।”
6 Bili so pa tam nekteri od pismarjev, kteri so sedeli in premišljevali v srcih svojih:
तर त्यहाँ बसिरहेका शास्‍त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे ।
7 Kaj ta tako Boga preklinja? Kdo more odpuščati grehe, razen eden, Bog?
“यो मानिसले कसरी यसरी बोल्न सक्छ? यसले त ईश्‍वर-निन्दा गर्‍यो! परमेश्‍वरले बाहेक कसले पाप क्षमा गर्न सक्‍छ?”
8 In spoznavši Jezus precej z duhom svojim, da tako premišljujejo sami s seboj, reče jim: Kaj to premišljujete v srcih svojih?
तिनीहरूले के सोचिरहेका छन् भन्‍ने येशूले आफ्‍नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्छौ?”
9 Kaj je laže, reči mrtvoudnemu: Odpuščajo ti se grehi? ali reči: Vstani in vzemi oder svoj, in hodi?
पक्षाघाती मानिसलाई के भन्‍न सजिलो हुन्छ, ‘तिम्रा पापहरू क्षमा भयो’ भन्‍नु कि ‘उठ र आफ्नो ओछ्यान बोक र हिँड’ भन्‍नु?”
10 Da boste pa vedeli, da ima oblast sin človečji odpuščati na zemlji grehe, (velí mrtvoudnemu: )
तर तिमीहरूले यो जान्‍न सक, कि पृथ्वीमा मानिसका पुत्रसँग पाप क्षमा गर्ने अधिकार छ ।” उहाँले पक्षाघातीलाई भन्‍नुभयो,
11 Tebi pravim: Vstani in vzemi oder svoj, in pojdi na dom svoj.
“म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ ।”
12 In precej vstane in vzeme oder, in izide pred vsemi, da so se vsi čudili in Boga hvalili, govoreč: Nikoli nismo kaj takega videli.
त्यो मानिस उठ्‍यो र तुरुन्तै आफ्नो ओछ्यान बोक्यो र सबै मानिसको अगाडिबाट नै घर गयो । त्यसैले, तिनीहरू छक्‍क परे, र परमेश्‍वरलाई महिमा दिए, अनि तिनीहरूले भने, “हामीले यस्तो कहिल्यै देखेका थिएनौँ ।”
13 In zopet izide k morju. In vse ljudstvo je prihajalo k njemu, in učil jih je.
फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भिड उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सिकाउनुभयो ।
14 In mimo gredé ugleda Levija sina Alfejevega, da sedí na mitnici, in reče mu: Pojdi za menoj. Pa vstane in odide za njim.
उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तिनी उठे, र उहाँको पछि लागे ।
15 In zgodí se, ko je sedel za mizo v hiši njegovej, da je tudi mnogo mitarjev in grešnikov sedelo z Jezusom in učenci njegovimi; kajti bilo jih je veliko, kteri so šli za njim.
जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्थ्यो, धेरै पापीहरू, कर उठाउनेहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए, किनकि त्यहाँ धेरै जना थिए र तिनीहरूले उहाँलाई पछ्याएका थिए ।
16 Pismarji pa in Farizeji, videvši ga, da jé z mitarji in grešniki, govorili so učencem njegovim; Kaj je to, da z mitarji in grešniki jé in pije?
जब शास्‍त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशू पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “उहाँले किन पापीहरू र कर उठाउनेहरूसँग खानुहुन्छ?”
17 In slišavši to Jezus, reče jim: Ne potrebujejo zdravi zdravnika, nego bolni. Nisem prišel klicat pravičnih, nego grešnike na pokoro.
जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जो मानिस शरीरमा बलियो छ, त्यसलाई वैद्यको आवश्यक पर्दैन; तर बिमारीलाई मात्र वैद्यको आवश्‍यक पर्छ । म धर्मीहरूलाई बोलाउन आएको होइनँ, तर पापीहरूका लागि आएको हुँ ।”
18 A učenci Janezovi in Farizejski so se postili; ter pridejo in mu rekó: Za kaj se učenci Janezovi in Farizejski postijo, tvoji se pa učenci ne postijo?
यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए । केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”
19 Pa jim Jezus reče: Morejo li se svatje, kedar je ženin ž njimi, postiti? Dokler imajo s seboj ženina, ne morejo se postiti.
येशूले तिनीहरूलाई भन्‍नुभयो, “के जन्ती दुलहाको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्‍छन् र? दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्‍न सक्दैनन् ।
20 Prišli bodo pa dnevi, ko jim se bo ženin odvzel, in tedaj se bodo postili tiste dní.
तर दिन आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, ती दिनमा तिनीहरू उपवास बस्‍नेछन् ।
21 In nikdor zaplate iz novega sukna ne prišiva na staro obleko, sicer odtrga nova njena zaplata od starega še nekaj, in luknja bo veča.
कसैले पनि पुरानो लुगालाई नयाँ कपडाले टाल्दैन, नत्रता त्यो टालेको कपडा यसबाट अर्थात् पुरानोबाट नयाँ च्यातेर जानेछ, अनि उक्‍त फटाइ झनै नराम्रो हुनेछ ।
22 In nikdor ne deva novega vina v stare mehove; sicer predere vino novo mehove, in vino se izlije, in mehovi se pokazé; nego novo vino je treba v nove mehove vlijati.
कसैले पनि नयाँ दाखरस पुरानो मशकमा हाल्दैन, नत्रता दाखमद्यले छालालाई फटाउँछ अनि दाखमद्य र मशक दुवै गुम्‍नेछन् । बरु नयाँ दाखमद्य नयाँ मशकमा हाल ।”
23 In zgodí se, da je šel v soboto skozi setve, in jeli so učenci njegovi po poti gredé trgati klasje.
शबाथ-दिन येशू अन्‍नको खेतबाट भएर जानुभयो र उहाँका चेलाहरूले अन्‍नका बाला टिप्‍न थाले ।
24 Pa mu rekó Farizeji: Glej, kaj delajo v soboto, kar se ne smé?
अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले शबाथ-दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”
25 In on jim reče: Niste li nikoli brali, kaj je storil David, ko je bil v sili in se je ulakotil, on in kteri so bili ž njim?
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्‍ने के तिमीहरूले कहिल्यै पढेका छैनौ?”
26 Kako je šel v hišo Božjo, ko je bil Abijatar véliki duhoven, ter je snedel postavljene kruhe, kterih ni smel nikdor jesti, razen duhovni, in dal je tudi tistim, kteri so bili ž njim?
अबियाथार प्रधान पुजारी हुँदा तिनी कसरी परमेश्‍वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए, जुन पुजारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए?
27 In reče jim: Sobota je ustvarjena za voljo človeka, a ne človek za voljo sobote.
येशूले भन्‍नुभयो, “शबाथ मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति शबाथको निम्ति बनाइएको होइन ।
28 Za to je sin človečji gospodar tudi sobote.
यसकारण मानिसका पुत्र शबाथको पनि प्रभु हो ।”

< Marko 2 >