< Luka 22 >
1 Bližal se je pa praznik presnih kruhov, kteri se imenuje Velika noč.
अखमिरी रोटीको चाड नजिक थियो, जसलाई निस्तार-चाड भनिन्छ ।
2 In gledali so véliki duhovni in pismarji, kako bi ga umorili; kajti bali so se ljudstva.
मुख्य पुजारीहरू र शास्त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए ।
3 Pa vnide satan v Juda s priimkom Iškarijana, kteri je bil iz števila dvanajsterih;
बाह्र जनामध्ये एउटा यहूदा इस्करियोतमा शैतान पस्यो ।
4 Ter odide, in dogovorí se z vélikimi duhovni in starešinami tempeljna, kako jim ga bo izdal.
येशूलाई कसरी तिनीहरूकहाँ सुम्पन सकिन्छ भन्ने बारेमा छलफल गर्न यहूदा मुख्य पुजारीहरू र कप्तानहरूसँगै गयो ।
5 In razveselé se, in obrekó mu dati denarja.
तिनीहरू खुसी भए र उसलाई पैसा दिन सहमत भए ।
6 In obrekel se je, in iskal je pripravnega časa, da jim ga izdá brez ljudstva.
ऊ सहमत भयो र उसले उहाँलाई भिडबाट टाढा बनाएर तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्यो ।
7 Pride pa dan presnih kruhov, ko je bilo treba velikonočno jagnje klati.
अखमिरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार-चाडको थुमा बलिदान चढाउनै पर्थ्यो ।
8 Ter pošlje Petra in Janeza, govoreč: Pojdita, pripravita nam velikonočno jagnje, da jemo.
येशूले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रो निम्ति निस्तार-चाडको भोज तयार पार, ताकि हामीले खान सकौँ ।”
9 Ona mu pa rečeta: Kje hočeš, da pripraviva?
तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ?”
10 A on jima reče: Glej, ko vnideta v mesto, srečal vaju bo človek, kteri ponese vrč vode; pojdita za njim v hišo, v ktero vnide,
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “सुन, जब तिमीहरू सहरभित्र पस्तछौँ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ । ऊ जाने घरभित्र उनलाई तिमीहरूले पछ्याओ ।
11 In recita hišnemu gospodarju: Učenik ti pravi: Kje je gostilnica, kjer bom jedel velikonočno jagnje z učenci svojimi?
तब घरको मालिकलाई भन, गुरुले तपाईंलाई भन्नुहुन्छ, ‘पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाड खानेछु?’
12 In on vama bo pokazal veliko izbo pogrnjeno; tam pripravita.
उनले तिमीहरूलाई एउटा ठुलो सजाइएको माथिल्लो तलाको कोठा देखाउनेछन् । त्यहीँ तयारी गर ।”
13 Ter odideta in najdeta, kakor jima je bil rekel; in pripravita velikonočno jagnje.
त्यसैले, तिनीहरू गए र उहाँले तिनीहरूलाई भनेझैँ हरेक थोक भेट्टाए । तब तिनीहरूले निस्तार-चाडको भोज तयार पारे ।
14 In ko pride čas, sede za mizo, in dvanajsteri aposteljni ž njim.
जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्नुभयो ।
15 In reče jim: Željno sem hrepenel jesti to velikonočno jagnje z vami, predno bom trpel;
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले कष्ट भोग्नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठुलो इच्छा गरेको छु ।
16 Kajti pravim vam, da ga ne bom več jedel, dokler se v kraljestvu Božjem ne dopolni.
किनभने म तिमीहरूलाई भन्दछु, यो परमेश्वरको राज्यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ ।”
17 In vzemši kelih, zahvali, in reče: Vzemite ga, in razdelite med seboj.
तब येशूले कचौरा लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, उहाँले भन्नुभयो, “यो लेऊ, र तिमीहरूका बिचमा बाँड ।
18 Kajti pravim vam, da ne bom pil od trtnega rodú, dokler ne pride kraljestvo Božje.
किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ ।”
19 In vzemši kruh, zahvali, in prelomivši, dá jim govoreč: To je telo moje, ktero se za vas daje; to delajte za moj spomin.
तब उहाँले रोटी लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, र उहाँले रोटी भाँच्नुभयो, र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर ।”
20 Ravno tako tudi kelih po večerji, govoreč: Ta kelih je nova zaveza po krvi mojej, ktera se za vas prelija.
भोज खानुभएपछि त्यसै गरी उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ ।
21 In glej, roka izdajalca mojega je z menoj na mizi.
तर ध्यान देओ । मलाई धोखा दिनेचाहिँ यही टेबलमा नै छ ।
22 In sin človečji gre, kakor je odločeno; ali gorjé človeku, kteri ga izdaja.
किनभने मानिसका पुत्र त निश्चय गरेअनुसार जानुपर्छ । तर त्यो मानिसलाई धिक्कार होस् जसद्वारा उनलाई विश्वासघात गरिन्छ ।”
23 In oni začnó iskati med seboj, kdo od njih bi bil, kteri bo to storil.
र तिनीहरूमध्ये कसले यो गर्ला भनी तिनीहरूबिच आफैँमा प्रश्न गर्न लागे ।
24 Vname se pa tudi prepir med njimi, kdo od njih da meni, da je veči.
तब तिनीहरूमध्ये को सबैभन्दा ठुलो भन्नेबारे तिनीहरूबिच झगडा उब्जियो ।
25 On jim pa reče: Kralji narodov tem gospodujejo, a kteri imajo oblast, imenujejo se dobrotniki.
उहाँले तिनीहरूलाई भन्नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँदछन्, र तिनीहरूमाथि अधिकार जमाउनेलाई आदरणीय शासकहरू भनिन्छ ।
26 Vi pa ne tako: nego kdor je največi med vami, bodi kakor najmanji; in kdor je vodnik, bodi kakor služabnik.
तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिँ सबैभन्दा सानोजस्तो होस् । र जो सबैभन्दा महत्त्वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस् ।
27 Kajti kdo je veči: kdor sedí za mizo, ali kdor streže? Ali ne ta, kdor sedí za mizo? In jaz sem med vami, kakor kdor streže.
किनभने टेबलमा खान बस्ने कि वा सेवा गर्ने कुनचाहिँ ठुलो हो? टेबलमा खान बस्ने होइन र? तर म त तिमीहरूका बिचमा एक सेवा गर्नेजस्तै छु ।
28 A vi ste, kteri ste prebili z menoj v izkušnjavah mojih.
तर मेरो परीक्षामा निरन्तर मसँग रहने तिमीहरू नै हौ ।
29 In jaz vam bom zapustil kraljestvo, kakor ga je meni oče moj zapustil,
जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, म तिमीहरूलाई एउटा राज्य दिन्छु ।
30 Da boste jedli in pili za mizo mojo v kraljestvu mojem, in boste sedeli na prestolih in sodili dvanajstere rodove Izraelove.
मेरो राज्यमा तिमीहरूले मसँगै टेबलमा खान र पिउन सक्नेछौ । र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनमा बस्नेछौ ।
31 Reče pa Gospod: Simon! Simon! glej, satan vas je poželel, da bi vas presejal, kakor pšenico;
सिमोन, हे सिमोन, होसियार होऊ, शैतानले तिमीलाई हात पार्न खोज्यो ताकि उसले तिमीलाई गहुँलाई जस्तै निफन्न पाओस् ।
32 Ali jaz sem za te molil, naj ne izgine vera tvoja: in ti, kedar se spreobrneš, utrdi brate svoje.
तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्वास नचुकोस् । तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाओ ।
33 On mu pa reče: Gospod, pripravljen sem s teboj iti v ječo in na smrt.
पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्युसम्म जानको निम्ति तयार छु ।”
34 A on mu reče: Pravim ti, Peter! nocoj ne bo zapel petelin, dokler trikrat ne utajiš, da me poznaš.
येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्दिनँ भनेर तिन पटक इन्कार नगरेसम्म, यो दिन भाले बास्नेछैन ।”
35 In reče jim: Ko sem vas poslal brez mošnje in torbe in obutala, ali vam je česa zmanjkalo? Oni pa rekó: Ničesar.
तब येशूले तिनीहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुरा, वा जुत्ताहरूविना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्यो र?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन ।”
36 Reče jim torej: Ali sedaj, kdor ima mošnjo, vzeme naj jo, ravno tako tudi torbo; a kdor nima, prodá naj suknjo svojo, in kupi meč.
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तर अहिले जोसँग पैसाको थैली छ, उसलाई बोक्न देऊ र खानेकुरा बोक्ने झोला पनि । जससँग तरवार छैन, त्यसले आफ्नो ओढ्ने बेचोस् र एउटा किनोस् ।
37 Kajti pravim vam, da se mora še to pismo izpolniti na meni: "In hudodelnikom je bil prištet." Kajti to, kar je pisano za me, dopolnjuje se.
किनकि म तिमीहरूलाई भन्दछु, मेरो बारेमा जे लेखिएको छ त्यो पुरा हुनेछ, ‘र उसलाई दुष्टलाई जस्तै व्यवहार गरिनेछ । किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्यो पुरा भइरहेको छ ।”
38 Oni pa rekó: Gospod, glej tu dva meča! A on jim reče: Dosti je!
तब तिनीहरूले भने, “प्रभु, हेर्नुहोस! यहाँ दुईवटा तरवार छन् ।” र उहाँले तिनीहरूलाई भन्नुभयो, “यो पर्याप्त छ ।”
39 Ter izide in odide po navadi na Oljsko goro; šli so pa za njim tudi učenci njegovi.
भोजनपछि, येशूले प्रायः गर्नेजस्तै गर्नुभयो, उहाँ जैतून डाँडातिर जानुभयो, र चेलाहरूले उहाँलाई पछ्याए ।
40 A ko pride na mesto, reče jim: Molite, da ne zajdete v izkušnjavo.
जब तिनीहरू आइपुगे, उहाँले तिनीहरूलाई भन्नुभयो, “प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपर ।”
41 In on odstopi od njih za lučaj kamena, in pokleknivši na kolena, molil je,
उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्न सकिने ठाउँसम्म जानुभयो, र उहाँले घुँडा टेकेर प्रार्थना गर्नुभयो,
42 Govoreč: Oče, ko bi hotel prenesti ta kelih mimo mene! ali ne moja volja, nego tvoja bodi.
“हे पिता, यदि तपाईं चाहनुहुन्छ भने, यो कचौरा मबाट हटाइदिनुहोस् । तथापि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पुरा होस् ।”
43 Prikaže pa mu se angelj z neba, ter ga je krepčal.
तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे र उहाँलाई शक्ति दिए ।
44 In ko je bil v boji, molil jo gorečneje. In bil je pót njegov kakor kaplje krví, ktere so padale na zemljo.
पीडामा परेर पनि उहाँले जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठुला-ठुला थोपाजस्तै भुइँमा खसिरहेका थिए ।
45 In vstavši od molitve, pride k učencem svojim, in najde jih, da spé od žalosti,
जब उहाँ प्रार्थना गरेर उठ्नुभयो, उहाँ चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूका दुःखको कारणले गर्दा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो ।
46 In reče jim: Kaj spite? Vstanite! molite, da ne zajdete v izkušnjavo.
र उहाँले तिनीहरूलाई सोध्नुभयो, “किन तिमीहरू निदाइरहेका छौ? उठ र प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा पर्नु नपरोस् ।”
47 A ko je še govoril, glej, ljudstvo; in eden dvanajsterih, kteri se je imenoval Juda, šel je pred njim, in približa se Jezusu, da ga poljubi,
हेर, उहाँ बोलिरहनु हुँदा, बाह्र जनामध्ये एउटा अर्थात् यहूदाको अगुवाइमा एउटा भिड देखा पर्यो । ऊ येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो,
48 Jezus mu pa reče: Juda! s poljubom izdajaš sina človečjega?
तर येशूले उसलाई भन्नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्वासघात गर्दछौ?”
49 Videč pa tí, kteri so bili okoli njega, kaj da bo, rekó mu: Gospod, ali naj udarimo z mečem?
जब येशूको वरिपरि भएकाहरूले जे भइरहेको थियो, त्यो देखे, तिनीहरूले भने, “प्रभु, के हामीले तरवारले प्रहर गर्नुपर्छ?”
50 In eden od njih udari hlapca vélikega duhovna, in odseka mu desno uho.
तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको नोकरलाई प्रहार गरे, र उसको दाहिने कान काटिदिए ।
51 Odgovarjajoč pa Jezus, reče: Nehajte, dotlej! In dotaknivši se ušesa njegovega, uzdravi ga.
येशूले भन्नुभयो, “यति नै हुनदेऊ ।” र उहाँले उनको कान छुनुभयो, र निको पार्नुभयो ।
52 A vélikim duhovnom in poglavarjem tempeljna in starešinam, kteri so bili prišli nad-nj, reče Jezus: Kakor na razbojnika ste izšli nad me z meči in koli?
येशूले उहाँ विरुद्ध आउने मुख्य पुजारीहरू, मन्दिरको कप्तान र अगुवाहरूलाई भन्नुभयो, “के तिमीहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउँछौ?
53 Vsak dan sem bil z vami v tempeljnu, in niste iztegnili rok na me. Ali ta je vaša ura, in oblast teme.
जब म तिमीहरूसँगै मन्दिरमा दिनहुँ हुँदा, तिमीहरूले ममाथि हात हालेनौँ । तर यो तिमीहरूको समय र अन्धकारको अधिकारको समय हो ।”
54 In zgrabivši ga, odženó in peljejo ga v hišo vélikega duhovna; a Peter je od daleč šel za njim.
तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पुजारीको घरभित्र ल्याए । तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए ।
55 In ko so bili zanetili ogenj sredi dvorišča, in so vkupej sedli, sede Peter med-nje.
त्यसपछि तिनीहरूले आँगनको बिचमा आगो बाले र सँगै बसे, पत्रुस तिनीहरूका बिचमा बसे ।
56 Ugledavši ga pa ena dekla, da sedí pri ognji, ozrê se na-nj, in reče: Tudi ta je bil ž njim.
पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले उनीतिर सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए ।”
57 A on ga zatají, govoreč: Žena! nisem ga videl.
तर पत्रुसले यसलाई इन्कार गर्दै भने, “नारी, म उहाँलाई चिन्दिनँ ।”
58 In malo po tem ga ugleda drugi, in reče: Tudi ti si izmed njih. A Peter reče: Človek! nisem.
केही बेरपछि अरू कसैले देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्ये एक हौ ।” तर पत्रुसले भने, “हे मानिस, म होइनँ ।”
59 In eno ura ali kaj po tem trdil je nekdo drugi, govoreč: Zares, tudi ta je bil ž njm; saj je tudi Galilejec.
लगभग एक घण्टापछि अर्को मानिसले जिद्दी गर्दै भन्यो, “साँच्चै यी मानिस पनि उनीसँगै थिए, किनभने उनी पनि एक गालीलबासी हुन् ।”
60 Ali Peter reče: Človek! ne vém, kaj praviš. In precej, ko je še govoril, zapoje petelin.
तर पत्रुसले भने, “हे मानिस, तिमीले के भनिरहेछौ, म जान्दिनँ ।” र उनले बोल्दै गर्दा भाले तुरुन्तै बास्यो ।
61 In obrnivši se Gospod, pogleda na Petra; in spomene se Peter besede Gospodove, kakor mu je bil rekel: Predno bo petelin zapel, zatajil me boš trikrat.
प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो । र पत्रुसलाई उहाँले भन्नुभएको वचनलाई सम्झे, “भाले बास्नअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ ।”
62 In Peter izide ven, in razjoka se britko.
पत्रुस बाहिर गएर धुरुधुरु रोए ।
63 In možjé, kteri so držali Jezusa, zasmehovali so ga in bíli.
तब येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे ।
64 In zakrivši ga, bíli so ga po obrazu, in vpraševali so ga, govoreč: Prerokuj, kdo te je udaril?
उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “भविष्यवाणी गर्! तँलाई कुट्ने को हो?”
65 In drugega veliko so preklinjajoč govorili zoper njega.
येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले र उहाँलाई ईश्वर-निन्दाको दोष लगाए ।
66 In ko napoči jutro, zberó se starešine ljudstva, in véliki duhovni in pismarji, in odpeljejo ga v sodišče svoje, govoreč: Če si ti Kristus? povéj nam.
बिहान हुनेबितिकै, मुख्य पुजारीहरू र शास्त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए । तिनीहरूले उहाँलाई परिषद्मा लगे र
67 Pa jim rečé; Če vam povem, nikakor ne boste verovali;
भने, “यदि तँ ख्रीष्ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्वास गर्नुहुनेछैन,
68 A če tudi vprašam, ne boste mi odgovorili, in tudi izpustili me ne boste.
र मैले तपाईंहरूलाई सोधेँ भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन ।
69 Odslej bo sin človečji sedel na desnici moči Božje.
तर अहिलेबाट, मानिसका पुत्र परमेश्वरको शक्तिको दाहिने हातपट्टि विराजमान हुनेछ ।”
70 Pa rekó vsi: Ti si torej sin Božji? On jim pa reče: Vi pravite, da jaz sem.
तिनीहरू सबैले भने, “त्यसो भए के तँ परमेश्वरका पुत्र होस्?” र येशूले तिनीहरूलाई भन्नुभयो, “तपाईंहरू नै भन्नुहुन्छ, म उही हुँ ।”
71 A oni rekó: Kaj nam je še treba prič? saj smo sami slišali iz ust njegovih.
तिनीहरूले भने, “अब हामीलाई किन अझ साक्षीहरूको आवश्यक पर्छ र? किनभने हामी आफैँले उसको आफ्नै मुखबाट सुनिसक्यौँ ।”