< Apostolska dela 26 >

1 Agripa pa Pavlu reče: Dopušča ti se, da sam zase govoriš. Tedaj se je Pavel zagovarjal, stegnivši roko:
यसरी अग्रिपासले पावललाई भने, “तिमी आफ्नो निम्ति बोल्न सक्छौ ।” तब पावलले उनका हातहरू पसारे, र उनको बचाउ गरे ।
2 Srečnega se štejem, kralj Agripa, da se imam danes pred teboj zagovarjati za vse, česar me Judje dolžé:
“यी यहूदीहरूले लगाएका सबै दोषहरूको विरुद्धमा मेरो मुद्दालाई राजा अग्रिपास तपाईंको आगाडि राख्‍न पाउँदा म आफै खुसी भएको महसुस गर्दछु ।
3 Zlasti, ker vém, da poznaš vse šege in prepire, kteri so med Judi: za to te prosim, da bi me potrpežljivo poslušal.
खास गरी, किनकि तपाईं यी सबै यहूदी रीतिरिवाजहरू र प्रश्‍नहरूबारे ज्ञाता हुनुहुन्छ । त्यसैले, तपाईंले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर म बिन्ती गर्दछु ।
4 Življenje torej moje od mladosti, kakošno je bilo od začetka med narodom mojim v Jeruzalemu, vedó vsi Judje,
साँच्‍चै, यी सबै यहूदीहरूले जान्दछन्, कि म कसरी मेरो जवानीदेखि मेरो आफ्नै देशमा र यरूशलेममा जिएँ ।
5 Poznajoč me od začetka (če hočejo pričati), da sem po najostrejšej ločinki vere naše živel ko Farizej.
तिनीहरूले मलाई सुरुबाट नै जान्दथे, र मैले फरिसीको रूपमा जिएको कुरा तिनीहरूले स्वीकार गर्नुपर्दछ, जुन हाम्रो धर्मको अति कठोर सम्प्रदाय हो ।
6 In sedaj stojim pred sodbo za voljo upanja obljube, ktero je obljubil Bog očetom našim;
अब म यहाँ न्यायको लागि उभिन्छु, किनकि म परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको आशा राख्दछु ।
7 Ktero dvanajsteri rodovi naši, služeč Bogu noč in dan, upajo doseči. Za voljo tega upanja sem, kralj Agripa! tožen od Judov.
यसैकारणले गर्दा, हाम्रा बाह्र कुलले उत्कटतासाथ दिन-रात परमेश्‍वररको सेवा गरे, र हामी पनि यसमा पुग्‍ने आशा राख्छौँ । हे राजा, त्यही आशाको कारणले यहूदीहरू मलाई दोष लगाउँछन् ।
8 Kaj? Neverjetno vam se zdí, da Bog mrtve obuja?
मृतकहरूलाई जीवित बनाउने कुरा परमेश्‍वरको लागि अपत्यारिलो छ भनेर तपाईंहरू किन विचार गर्नुहुन्छ?
9 Tudi jaz sem sicer menil, da moram zoper ime Jezusa Nazarečana veliko nasprotnega storiti;
एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्‍ने म आफैँले पनि विचार गरेँ ।
10 Kar sem tudi storil v Jeruzalemu, in veliko svetih sem jaz v ječe zaprl, ko sem bil od vélikih duhovnov oblast prejel. In ko so jih morili, pristajal sem na sodbo.
मैले यरूशलेममा यी कामहरू गरेँ; मैले धेरै सन्तहरूलाई झ्यालखानामा थुनेँ, र मैले यसो गर्ने अधिकार मूख्य पूजाहारीहरूबाट पाएँ । जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरेँ ।
11 In po vseh shajališčih sem jih pogosto mučil in silil preklinjati: in neizmerno sem divjal zoper nje, in preganjal sem jih tudi noter do vnanjih mest;
मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्‍वरको निन्दा गर्ने बनाउन कोसिस गरेँ । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ ।
12 In ko sem za tega voljo šel v Damask z oblastjo in dovoljenjem od vélikih duhovnov:
यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट पाएको आज्ञा र अधिकार लिएर म दमस्कसमा गएँ ।
13 O poldne na potu sem videl, kralj, z neba luč svetlejšo od svetlobe solnčne, ktera je obsijala mene in tiste, kteri so bili z menoj.
अनि बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखेँ, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो ।
14 In ko smo vsi padli na zemljo, slišal sem glas, da mi pravi v Hebrejskem jeziku: Savel! Savel! kaj me preganjaš? Težko ti je proti ostnu brcati.
जब हामीहरू सबै जना भुइँमा लड्यौँ, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनेँ, “ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात हान्‍नु तिमीलाई कठिन हुन्छ ।”
15 Jaz sem pa rekel: Kdo si, Gospod? On pa reče: Jaz sem Jezus, kterega ti preganjaš.
तब मैले भनेँ, ʼतपाईं को हुनुहुन्छ, प्रभु? ʼ प्रभुले जवाफ दिनुभयो, ʼम येशू हुँ, जसलाई तिमी सताउँछौ?
16 Ali vstani in stopi na noge svoje; za to namreč sem ti se prikazal, da te naredim za služabnika in pričo tega, kar si videl, in tega, v čemer ti se bom pokazoval;
अब तिमी उठ, र तिम्रो पाउमा खडा होऊ, किनकि म तिमीलाई सेवक र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्‍नको लागि नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेँ
17 In otél te bom od ljudstva in poganov, med ktere te sedaj pošiljam,
म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु ।
18 Da jim odpreš očí, da se izpreobrnejo od teme k luči, in od oblasti satanove k Bogu: da prejmó odpuščanje grehov, in delež med svetimi po veri, ktera je v mene.
तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्‍वरमा फर्काउनको लागि, ताकि तिनीहरूले परमेश्‍वरबाट पापको क्षमा र मैले ममाथिको विश्‍वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्‍त गर्न सकून् ।
19 Za to, kralj Agripa! nisem bil nepokoren nebeškej prikazni,
त्यसकारण, राजा अग्रिपास, मैले त्यो स्वर्गीय दर्शनको अवाज्ञा गरिनँ ।
20 Nego sem najprej tem, kteri so v Damasku in v Jeruzalemu, in po vsej deželi Judejskej, a po tem poganom oznanil, naj se spokoré in izpreobrnejo k Bogu, delajoč vredna dela pokore.
तर पहिले दमस्कसमा भएकाहरूकहाँ, त्यसपछि यरूशलेममा र यहूदियाको देशभरि रहनेहरू, र गैरयहूदीहरूकहाँ पनि तिनीहरूले पश्‍चात्ताप गरेर परमेश्‍वरमा फर्कनुपर्छ र पश्‍चात्ताप योग्यका कार्यहरू गर्नुपर्छ भनेर प्रचार गरेँ ।
21 Za tega voljo so me Judje v tempeljnu zgrabili in izkusili z rokami umoriti.
यसैकारण, यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मलाई मार्ने प्रयास गरे ।
22 Ali dobivši pomoč, ktera je od Boga, stojim do današnjega dné, in pričam malim in velikim, ne govoreč nič drugega nego, kar so govorili preroki, da se bo zgodilo, in Mojzes:
परमेश्‍वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ । यसैकारण म खडा भएर साधारण मानिसहरू र ठुला मानिसहरूलाई अगमवक्‍ताहरू र मोशाले जे हुने थिए भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्‍नँ ।
23 Da bo Kristus trpel, in da bo, prvi iz vstajanja mrtvih, luč oznanjeval narodu in poganom.
कि ख्रीष्‍टले दु: ख भोग्‍नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदी मानिसहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।
24 Ko je pa to odgovarjal, reče Fest z močnim glasom: Mešaš se, Pavel! Velika učenost tvoja ti jemlje um.
पावलले उनको बचाउलाई पुरा गरिसकेपछि फेस्तसले उच्‍च सोरमा भने, “पावल, तिमी पागल भएका छौ, तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।”
25 On pa reče: Ne mešam se, vrli Fest, nego besede resnice in razumnosti govorim.
तर पवालले भने, “म पागल होइनँ, सम्माननीय फेस्तस, तर म साहसकासाथ यी सत्य र गम्भीर वचनहरू बोल्छु ।”
26 Saj vé za to kralj, pred kterim tudi svobodno govorim; ne verujem namreč, da bi mu bilo od tega kaj neznano: kajti to se ni godilo v kotu.
किनकि राजाले यी कुराहरूको बारेमा जान्‍नुहुन्छ, र यसैले म उहाँसँग खुलेर बोल्छु, किनकि मलाई विश्‍वास छ, कि उहाँबाट यीमध्ये कुनै पनि कुराहरू लुकेका छैनन्, किनकि यो कुरा गुपचुपमा गरिएको छैन ।
27 Veruješ, kralj Agripa, prerokom? Vém, da veruješ.
राजा अग्रिपास, के तपाईं अगमवक्‍ताहरूमा विश्‍वास गर्नुहुन्छ? म यो कुरा जान्दछु, कि तपाईंले विश्‍वास गर्नुहुन्छ ।”
28 Agripa pa Pavlu reče: Malo, pa me boš pregovoril, da Kristjan postanem.
अग्रिपासले पवाललाई भने, “के तिमी छोटो समयमा मलाई फकाएर ख्रीष्‍टियान बनाउन चाहन्छौ?”
29 Pavel pa reče: Želel bi od Boga, da, bodi si malo ali veliko, da ne bi samo ti, nego tudi vsi, kteri poslušajo danes, takošni bili, karkošen sem tudi jaz, razen vezî teh.
पावलले भने, “चाहे छोटो समयमा होस्, या लामो समयमा होस्, तपाईं मात्र होइन तर आज मेरो कुरा सुन्‍ने जति सबै यी झ्यालखानाका साङ्लाहरूबाहेक अरू कुरामा म जस्तै होऊन् भनी म परमेश्‍वरमा प्रार्थना गर्छु ।”
30 In ko je to izgovoril, vstane kralj in poglavar, in Bernika, in kteri so ž njimi sedeli;
त्यसपछि राजा उठे, र शासक, बरनिकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे ।
31 In ko so bili na stran odšli, razgovarjali so se, govoreč: Ta človek ni nič smrti ali vezî vrednega storil.
तिनीहरू सभा भवनबाट बाहिरिँदा, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।”
32 Agripa pa Festu reče: Izpustil bi se lahko ta človek, da se ni sklical na cesarja.
अग्रिपासले फेस्तसलाई भने, “यदि तिनले कैसरकहाँ अपील नगरेको भए यी मानिसलाई छाड्न सकिन्थ्यो ।”

< Apostolska dela 26 >