< Psalmi 56 >

1 Bodi mi usmiljen, oh Bog, kajti človek me hoče požreti, borben je, dnevno me zatira.
हे परमेश्‍वर, ममाथि दया गर्नुहोस्, किनकि मानिसहरूले मलाई आक्रमण गर्दैछन् । मसँग युद्ध गर्नेहरूले दिनभरि आफ्‍नो दबावमा राख्छन् ।
2 Moji sovražniki me hočejo vsak dan požreti, kajti mnogo jih je, ki se borijo zoper mene, oh ti Najvišji.
मेरा शत्रुहरूले मलाई दिनभरि कुल्चन्छन् । किन मेरो विरुद्धमा अहङ्कारपूर्ण किसिमले युद्ध गर्नेहरू धेरै जना छन् ।
3 Kadar sem prestrašen, bom zaupal vate.
जब म डराउँछु, तब म आफ्‍नो भरोसा तपाईंमा राख्छु ।
4 V Bogu bom hvalil njegovo besedo, v Boga sem položil svoje trdno upanje; ne bom se bal, kaj mi more storiti meso.
परमेश्‍वर, जसको वचनको प्रशंसा म गर्छु— परमेश्‍वरमा मैले आफ्‍नो भरोसा राखेको छु । म डराउनेछैन । मानिसले मलाई के गर्न सक्छ र?
5 Vsak dan pačijo moje besede. Vse njihove misli so zoper mene za zlo.
दिनभरि तिनीहरू मेरा कुराहरू बङ्ग्याउँछन् । तिनीहरूका सबै विचार खराबीको निम्ति मेरो विरद्धमा हुन्‍छन् ।
6 Zbirajo se skupaj, skrivajo se, gledajo moje korake, ko čakajo na mojo dušo.
तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्‍यान लिन ढुकिबसेका छन् ।
7 Ali bodo pobegnili s krivičnostjo? V svoji jezi potri ljudstva, oh Bog.
अधर्म गरेर तिनीहरूलाई उम्कन नदिनुहोस् । हे परमेश्‍वर, तपाईंको क्रोधमा मानिसहरूलाई तल झार्नुहोस् ।
8 Ti pripoveduješ o mojih tavanjih. Moje solze si polagaš v svoj meh. Mar niso v tvoji knjigi?
मेरा भागेर हिंडेको हिसाब तपाईंले राख्‍नुहोस् र मेरा आँसुहरू तपाईंको बोतलमा राख्‍नुहोस् । के ती तपाईंका पुस्तकमा छैनन् र?
9 Ko kličem k tebi, potem se bodo moji sovražniki obrnili proč. To vem, kajti Bog je zame.
तब मैले तपाईंलाई पुकारा गरेको दिनमा मेरा शत्रुहरू फर्केर जानेछन् । परमेश्‍वर मेरो पक्षमा हुनुहुन्छ भनी यसैबाट म जान्‍नेछु ।
10 V Bogu bom hvalil njegovo besedo. V Gospodu bom hvalil njegovo besedo.
परमेश्‍वर, जसको वचनको प्रशंसा म गर्छु, परमप्रभु, जसको वचनको प्रशंसा म गर्छु,
11 V Boga sem položil svoje trdno upanje; ne bom se bal, kaj mi lahko stori človek.
परमेश्‍वरमा म भरोसा गर्छु, म डराउनेछैन । कसले मलाई के गर्न सक्छ र?
12 Tvoje zaobljube so nad menoj, oh Bog, povrnil ti bom hvalnice.
हे परमेश्‍वर, तपाईंको निम्ति आफ्‍ना भाकलहरू पुरा गर्ने कर्तव्य ममा छ । तपाईंलाई धन्यवादका म बलिहरू चढाउनेछु ।
13 Kajti mojo dušo si osvobodil pred smrtjo. Mar mojih stopal ne boš osvobodil pred padcem, da lahko hodim pred Bogom v svetlobi živih?
किनकि तपाईंले मेरो जीवनलाई मृत्युबाट बचाउनुभएको छ । तपाईंले मेरा गोडाहरूलाई लड्नबाट जोगाउनुभएको छ, ताकि म जीवितहरूका अघि परमेश्‍वरको उपस्‍थितिमा हिंड्न सकूँ ।

< Psalmi 56 >