< Nehemija 6 >
1 Pripetilo se je torej, ko so Sanbalát, Tobija, Arabec Gešem in ostali izmed naših sovražnikov slišali, da sem zgradil obzidje in da v njem ni ostalo nobene vrzeli (čeprav ob tistem času nisem postavil duri na velika vrata)
मैले पर्खाल पुनर्निर्माण गरेर सिद्ध्याएको र टाल्नुपर्ने कुनै भाग नरहेको कुरो कुरो सन्बलत, तोबिया र अरबी गेशेमसाथै हाम्रा बाँकी शत्रुहरूले सुने, यद्यपि मैले मूल ढोकाहरूका खापाहरू भने बनाइसकेको थिइनँ ।
2 da sta Sanbalát in Gešem poslala k meni, rekoč: »Pridi, skupaj se srečajmo v eni izmed vasi, na ravnini Onó.« Toda mislila sta mi storiti vragolijo.
सन्बलत र गेशेमले मलाई यसो भनी खबर पठाए, “आऊ, हामी ओनोको मैदानको कतैतिर भेटघाट गरौँ ।” तर तिनीहरूले मेरो हानि गर्ने मनसाय बनाएका थिए ।
3 K njima sem poslal poslance, rekoč: »Jaz opravljam veliko delo, tako da ne morem priti dol. Zakaj bi delo prenehalo, medtem ko ga zapustim in pridem dol k vama?«
मैले यसो भनी तिनीहरूकहाँ सन्देशवाहकहरू पठाएँ, “मैले महान् काम गरिरहेकोले म आउन सक्दिनँ । मैले काम छोडी तिमीहरूकहाँ आएर यो काम किन रोकिने?”
4 Vendar sta štirikrat poslala k meni na ta način, jaz pa sem jima odgovoril na isti način.
तिनीहरूले मकहाँ उही खबर चार पटक पठाए, र मैले प्रत्येक पटक तिनीहरूलाई उही जवाफ दिएँ ।
5 Potem je Sanbalát petič k meni poslal svojega služabnika na podoben način, z odprtim pismom v svoji roki,
उसै गरी सन्बलतले पाँचौँ पटक पनि मकहाँ तिनको सेवक पठाए, जसको हातमा खोलिएको चिट्ठी थियो ।
6 v katerem je bilo zapisano: »Med pogani se govori in Gašmu pravi to, da se ti in Judje mislite upreti, kajti zaradi tega razloga gradiš obzidje, da bi lahko postal njihov kralj, glede na te besede.
त्यहाँ यस्तो लेखिएको थियो, “जाति-जातिहरूका बिचमा यस्तो खबर पुगेको छ र गेशेम पनि त्यही भन्छन्, कि तिमी र यहूदीहरूले विद्रोह गर्ने योजना बनाउँदै छौ । त्यसकारण तिमीहरूले यो पर्खाल पुनर्निर्माण गर्दै छौ । तिमी तिनीहरूका राजा हुनै लागेका छौ भनी यी खबरहरूले बताउँछन् ।
7 Določil si tudi preroke, da o tebi oznanjajo v Jeruzalemu, rekoč: › Tam je kralj v Judu.‹ In sedaj bo to sporočeno kralju, glede teh besed. Pridite torej sedaj in skupaj sprejmimo nasvet.«
यरूशलेममा तिम्रो बारेमा यो घोषणा गर्न तिमीहरूले अगमवक्ताहरू पनि नियुक्त गरेका छौ, 'यहूदामा राजा हुनुहुन्छ!' राजाले यी खबरहरू सुन्नेछन् भनी तिमी निश्चित हुन सक्छौ । त्यसकारण, आऊ र एक-अर्कासित कुराकानी गरौँ ।”
8 Potem sem poslal k njemu, rekoč: »Tukaj se niso storile nobene takšne stvari, kot ti praviš, temveč si jih hlinil iz svojega lastnega srca.«
तब मैले तिनीकहाँ यसो भनी खबर पठाएँ, “तिमीले भनेजस्ता कुनै पनि कुरा भएकै छैन, किनकि तिमीले आफ्नै ह्रदयमा ती रचेका हौ ।”
9 Kajti oni vsi so nas prestrašili, rekoč: »Njihove roke bodo oslabele od dela, da to ne bo končano.« Sedaj torej, oh Bog, okrepi moje roke.
तिनीहरू सबैले हामीलाई यस्तो सोच्न लगाई भयभीत पार्न चाहन्थे, “काम गर्नदेखि तिनीहरूले आफ्ना हात रोक्ने छन्, र यो काम सकिने थिएन ।” तर अब हे परमेश्वर, मेरा हात मजबुत पार्नुहोस् ।
10 Zatem sem prišel v hišo Šemajája, sinú Delajája, sinú Mehetabéla, ki je bil zaprt. Rekel je: »Skupaj se srečajva v hiši Boga, znotraj templja in zapriva vrata templja, kajti prišli bodo, da te ubijejo. Da, ponoči bodo prišli, da te ubijejo.«
म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ, जो आफ्नै घरमा बन्दी बनाइएका थिए । तिनले भने, “हामी परमेश्वरको मन्दिरभित्र भेटौँ, र मन्दिरका ढोकाहरू बन्द गरौँ किनकि तिनीहरूलाई तपाईंलाई मार्न आउँदै छन् । तपाईंलाई मार्न तिनीहरू रातमा आउँदै छन् ।”
11 Rekel sem: »Ali naj bi takšen človek, kakor sem jaz, bežal? In kdo je tam, ki bi kakor sem jaz, šel v tempelj, da reši svoje življenje? Ne bom šel noter.«
मैले जवाफ दिएँ, “के मजस्तो मान्छे भाग्छ र? के मजस्तो मान्छे आफ्नै जीवन बचाउन मन्दिरभित्र जान सक्छ र? म भित्र जाने छैनँ ।”
12 Glej, zaznal sem, da ga ni poslal Bog, temveč, da je to prerokbo proglasil zoper mene, kajti najela sta ga Tobija in Sanbalát.
परमेश्वरले तिनलाई पठाउनुभएको होइन, तर तिनी आफैले मेरो विरुद्धमा अगमवाणी गरेका थिए भनी मैले महसुस गरेँ । तोबिया र सन्बलतले तिनलाई भाडामा लिएका थिए ।
13 Zato je bil najet, da bi bil jaz prestrašen in tako storil in grešil in da bi lahko imela stvar za hudobno poročilo, da bi me lahko grajala.
तिनले भनेझैँ गरेर पाप गर्न र मेरो अपमान हुने गरी मेरो ख्याति बिगार्न तिनीहरूले तिनलाई भाडामा लिई मलाई डराउन चाहन्थे ।
14 Moj Bog, misli na Tobija in Sanbaláta glede na ta njuna dela in na prerokinjo Noádjo in ostale preroke, ki so me hoteli postaviti v strah.
हे मेरा परमेश्वर, तोबिया र सन्बलत अनि तिनीहरूले गरेका सबै कामलाई सम्झनुहोस् । साथै, मलाई डराउन खोज्ने अगमवादिनी नोअदिया र अरू बाँकी अगमवक्ताहरूलाई पनि सम्झनुहोस् ।
15 Tako je bilo obzidje končano petindvajseti dan meseca elúla, v dvainpetdesetih dneh.
यसरी बाउन्न दिनपछि एलूल महिनाको पच्चिसौँ दिनमा पर्खालको काम समाप्त भयो ।
16 Pripetilo se je, da ko so vsi naši sovražniki slišali o tem in so vsi pogani, ki so bili okoli nas, videli te stvari, so bili zelo potrti v svojih lastnih očeh, kajti zaznali so, da je bilo to delo izvršeno od našega Boga.
जब हाम्रा वरिपरि भएका हाम्रा सबै शत्रु र जातिहरूले यो सुने तिनीहरू डराए, तिनीहरू हतोत्साहित भए । किनकि हाम्रा परमेश्वरको मदतले यो काम गरिएको थियो भनी तिनीहरूलाई थाहा थियो ।
17 Poleg tega so v tistih dneh Judovi plemiči poslali mnogo pisem Tobiju in pisma od Tobija so prihajala k njim.
यस बेला यहूदाका कुलीनहरूले तोबियालाई धेरै चिट्ठीहरू पठाए, र तोबियाका चिट्ठीहरू पनि तिनीहरूकहाँ आए ।
18 Kajti v Judu so bili mnogi, ki so mu prisegli, ker je bil zet Aráhovega sina Šehanjája in njegov sin Johanán je vzel hčer Berehjájevega sina Mešuláma.
किनकि यहूदामा कैयौँ मानिसहरू थिए जो तिनीसित शपथद्वारा बाँधिएका थिए किनकि तिनी आराका छोरा शकन्याहका जुवाइँ थिए । तिनका छोरा येहोहानानले बेरेक्याहका छोरा मशुल्लामकी छोरीसित विवाह गरेका थिए ।
19 Pred menoj so poročali tudi njegova dobra dejanja in mu izrekli moje besede. In Tobija je pošiljal pisma, da me postavi v strah.
तिनीहरूले तिनका असल कार्यहरू पनि मलाई बताए, र मेरा कामहरू तिनलाई बताइदिए ।