< Janez 13 >
1 Torej pred praznikom pashe, ko je Jezus spoznal, da je prišla njegova ura, da naj bi odšel s tega sveta k Očetu in ker je ljubil svoje, ki so bili na svetu, jih je ljubil do konca.
अब निस्तार-चाडअगि येशू जान्नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो, यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो ।
2 In ko se je večerja končala, je torej hudič Judu Iškarijotu, Simonovemu sinu, v srce položil, da ga izda.
अहिले दियाबलसले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो ।
3 Ker je Jezus vedel, da je Oče vse stvari dal v njegove roke in da je prišel od Boga in odšel k Bogu,
येशूले जान्नुहुन्थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो, उहाँ पिताबाट नै आउनुभएको थियो र फेरि परमेश्वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो ।
4 se dvigne od večerje in odloži svoje obleke in vzame brisačo ter se opaše.
उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्त्र फुकाल्नुभयो । त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो ।
5 Nató vlije vodo v umivalnik in začne učencem umivati stopala ter jih brisati z brisačo, s katero je bil opasan.
त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो ।
6 Potem pride k Simonu Petru in Peter mu reče: »Gospod, ti mi umivaš moja stopala?«
उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुँदै हुनुहुन्छ?”
7 Jezus je odgovoril in mu rekel: »Kar delam, ti sedaj ne veš, toda spoznal boš pozneje.«
येशूले जवाफ दिनुभयो, र तिनलाई भन्नुभयो, “म के गरिरहको छु, तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्नेछौ ।”
8 Peter mu reče: »Nikoli ne boš umival mojih stopal.« Jezus mu je odgovoril: »Če te ne umijem, nimaš deleža z menoj.« (aiōn )
पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन ।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन ।” (aiōn )
9 Simon Peter mu reče: »Gospod, ne samo mojih stopal, temveč tudi moje roke in mojo glavo.«
सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन, मेरा शिर र हातहरू पनि धोइदिनुहोस् ।”
10 Jezus mu reče: »Kdor je umit, se mu razen svojih stopal ni treba umiti, ampak je čist vsak delček; in vi ste čisti, toda ne vsi.«
येशूले तिनलाई भन्नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन र त्यो पूर्ण रूपमा शुद्ध हुन्छ; तिमी शुद्ध छौ, तर तिमीहरू सबै जना नै त छैनौ ।”
11 Kajti vedel je, kdo naj bi ga izdal, zato je rekel: »Niste vsi čisti.«
(किनकि कसले उहाँलाई विश्वासघात गर्थ्यो भन्ने येशूलाई थाहा थियो, त्यसैले उहाँले भन्नुभयो, “तिमीहरू सबै जना त शुद्ध छैनौ ।” )
12 Torej potem, ko jim je umil njihova stopala in vzel svoje obleke ter se ponovno usedel, jim je rekel: »Ali veste, kaj sem vam storil?
त्यसैले, जब येशूले तिनीहरूका गोडा धुनुभयो र उनीहरूका लुगा लगाउनुभयो, र फेरि बस्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्ने के तिमीहरू जान्दछौ?”
13 Vi me kličete Učitelj in Gospod, in pravilno govorite, kajti to sem.
तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्यही हुँ ।
14 Če sem vam torej jaz, vaš Gospod in Učitelj, umil vaša stopala, morate tudi vi drug drugemu umivati stopala.
तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ ।
15 Kajti dal sem vam zgled, da bi tudi vi delali tako, kakor sem vam storil jaz.
किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।
16 Resnično, resnično, povem vam: ›Služabnik ni večji kakor njegov gospodar; niti kdor je poslan, ni večji kakor tisti, ki ga je poslal.
साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ ।
17 Če poznate te stvari, ste srečni, če jih izvršujete.
यदि तिमीहरूले यी कुराहरू जान्यौ, र ती गर्यौ भने तिमीहरू धन्यका हुनेछौ ।
18 Ne govorim o vas vseh. Vem, katere sem izbral, toda da bi se lahko izpolnilo pismo: ›Kdor jé kruh z menoj, je dvignil svojo peto zoper mene.‹
म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्छु, तर यो यसैले हो, कि धर्मशास्त्र पुरा होस्ः जसले मेरो रोटी खायो, त्यसले नै ममाथि लात उठायो ।
19 Sedaj vam pravim, preden pride, da ko se zgodi, boste lahko verovali, da jaz sem.
म यो घटनअगि नै तिमीहरूलाई भन्छु, ताकि जब यो घटन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्वास गर्न सक ।
20 Resnično, resnično, povem vam: ›Kdor sprejme, kogarkoli jaz pošljem, sprejme mene; in kdor sprejme mene, sprejme tistega, ki me je poslal.‹«
म साँचो, साँचो तिमीहरूलाई भन्दछु, जसले मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ ।
21 Ko je Jezus tako rekel, je bil v duhu vznemirjen in pričeval ter rekel: »Resnično, resnično, povem vam, da me bo eden izmed vas izdal.«
जब येशूले यो भन्नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो, उहाँले गवाही दिनुभयो, र भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्वासघात गर्नेछ ।”
22 Potem so učenci pogledali drug na drugega, dvomeč, o kom je govoril.
उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्छ भनेर छक्क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गर्न थाले ।
23 Torej na Jezusovo naročje je bil naslonjen eden izmed njegovih učencev, ki ga je Jezus ljubil.
उहाँका चेलाहरूमध्ये एक जना जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो तिनी टेबलमा येशूको छातीमा अडेस लगेर ढल्किरहेका थिए ।
24 Simon Peter mu je torej dal znamenje, da naj vpraša, kdo bi bil ta, o katerem je govoril.
यसकारण सिमोन पत्रुसले यो चेलालाई इसारा गरेर भने, “उहाँले हामीमध्ये कसको बारेमा भन्दै हुनुहुन्छ, हामीलाई भन ।”
25 On mu potem, ležeč na Jezusovih prsih, reče: »Gospod, kdo je ta?«
त्यसैले, तिनी येशूको छातीमा ढल्किएर बसे, र उहाँलाई भने, “प्रभु, यो को हो?”
26 Jezus je odgovoril: »To je tisti, ki mu bom dal grižljaj, ko ga bom pomočil.« In ko je grižljaj pomočil, ga je dal Judu Iškarijotu, Simonovemu sinu.
त्यसपछि येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु ।” त्यसपछि उहाँले रोटीको टुक्रा चोप्नुभयो र सिमोनको छोरा यहूदालाई दिनुभयो ।
27 In po grižljaju je vanj vstopil Satan. Tedaj mu je Jezus rekel: »To, kar delaš, stôri hitro.«
र रोटी दिइसक्नुभएपछि शैतान त्यसभित्र पस्यो । त्यसैले, येशूले त्यसलाई भन्नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।”
28 Torej noben človek pri mizi ni vedel, za kakšen namen mu je to rekel.
अब उहाँले त्यसलाई किन यसो भन्नुभएको भन्ने त्यहाँ टेबलमा ढल्किरहेका कसैलाई पनि थाहा भएन ।
29 Kajti nekateri izmed njih so mislili, ker je imel Juda mošnjo, da mu je Jezus rekel: »Kupi te stvari, ki jih potrebujemo za praznik, « ali da naj bi nekaj dal ubogim.
केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई दिनुपर्छ भन्नुभएको होला भन्ने सोचे ।
30 Potem ko je prejel grižljaj, je takoj odšel ven; bila pa je noč.
जब यहूदाले रोटी खायो, त्यो तुरुन्तै त्यहाँबाट हिँडी हाल्यो । यो रातको समय थियो ।
31 Torej ko je odšel ven, je Jezus rekel: »Sedaj je Sin človekov proslavljen in Bog je proslavljen v njem.
जब यहूदा त्यहाँबाट गयो, येशूले भन्नुभयो, “मानिसका पुत्रलाई महिमित तुल्याइन्छ, र उसमा परमेश्वरलाई महिमित तुल्याइन्छ ।
32 Če je Bog proslavljen v njem, bo tudi Bog njega proslavil v sebi in nemudoma ga bo proslavil.
परमेश्वरले आफैँमा उसलाई महिमित पार्नुहुनेछ र उहाँले उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ ।
33 Majhni otroci, še malo časa sem z vami. Iskali me boste in kakor sem rekel Judom: ›Kamor grem jaz, vi ne morete priti, ‹ tako sedaj pravim vam.
साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । मैले यहूदीहरूलाई भनेझैँ, अहिले म तिमीहरूलाई यो पनि भन्छु, तिमीहरूले मलाई खोज्नेछौ, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’
34 Dajem vam novo zapoved: ›Da ljubite drug drugega, kakor sem vas jaz ljubil, da tudi vi ljubite drug drugega.
म तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु, कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु । त्यसैले पनि तिमीहरू एकले अर्कालाई प्रेम गर्नुपर्छ ।
35 Po tem bodo vsi ljudje spoznali, da ste moji učenci, če imate drug do drugega ljubezen.‹«
यदि तिमीहरूले एकले अर्कालाई प्रेम गर्यौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्नेछन् ।
36 Simon Peter mu je rekel: »Gospod, kam greš?« Jezus mu je odgovoril: »Kamor jaz grem, mi sedaj ne moreš slediti, toda sledil mi boš pozneje.«
सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदै छु, तिमी अहिले पछ्याउन सक्दैनौ, तर तिमीले पछि पछ्याउनेछौ ।”
37 Peter mu je rekel: »Gospod, zakaj ti ne morem slediti sedaj? Svoje življenje hočem dati zaradi tebe.«
पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्याउन सक्दिनँ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।”
38 Jezus mu je odgovoril: »Življenje hočeš dati zaradi mene? Resnično, resnično, povem ti: ›Petelin ne bo zapel, dokler me trikrat ne zanikaš.‹«
येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त? साँचो, साँचो म तिमीलाई भन्दछु, कि तिमीले मलाई तिन पल्ट इन्कार गरेपछि मात्र भाले बास्नेछ ।”