< Jakob 4 >

1 Od kod prihajajo med vami vojne in boji? Ali ne pridejo od tod, celó iz vaših poželenj, ki se vojskujejo v vaših udih?
तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बिचमा सङ्घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन र?
2 Vi hlepite, pa nimate. Ubijate in želite imeti, pa ne morete doseči. Bojujete se in vojskujete, vendar nimate, ker ne prosite.
तिमीहरू इच्छा गर्दछौ, र तिमीहरूसँग हुँदैन । तिमीहरू हत्या गर्दछौ र लालच गर्दर्छौ, र तिमीहरू प्राप्‍त गर्न सक्षम हुँदैनौ । तिमीहरू लड्दछौ र झगडा गर्दछौ । तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ ।
3 Prosite, pa ne prejmete, ker prosite neprimerno, da bi to porabili za svoja poželenja.
तिमीहरू माग्दछौ र पाउँदैनौ किनभने तिमीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब नियतले माग्दछौ ।
4 Vi zakonolomci in zakonolomke ali ne veste, da je prijateljstvo s svetom sovraštvo do Boga? Kdorkoli bo torej prijatelj sveta, postane Božji sovražnik.
तिमी व्‍यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्दछ, उसले आफैँलाई परमेश्‍वरको शत्रु बनाउँछ ।
5 Ali mislite, da pismo zaman pravi: »Duh, ki prebiva v nas, hrepeni do zavisti?«
वा धर्मशास्‍त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुभएको छ” भनेर व्यर्थमा भन्दछ भनी के तिमीहरू ठान्दछौ?
6 Toda on daje več milosti. Zatorej pravi: »Bog se ponosnim upira, toda ponižnim daje milost.«
तर परमेश्‍वरले अझ बढी अनुग्रह दिनुहुन्छ, यसैकारण धर्मशास्‍त्रले भन्दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ ।”
7 Podvrzite se torej Bogu. Uprite se hudiču in bo od vas pobegnil.
त्यसकारण, परमेश्‍वरमा आफैँलाई समर्पण गर । शैतानको विरोध गर, र त्यो तिमीहरूबाट भाग्‍नेछ ।
8 Približajte se Bogu in se vam bo približal. Očistite si svoje roke, vi grešniki; in očistite svoja srca, vi, [ki ste] dvojnih misli.
परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनकाहरू हो, तिमीहरूका हृदय शुद्ध पार ।
9 Bodite užaloščeni in žalujte ter jokajte. Naj bo vaš smeh obrnjen v žalovanje in vaša radost v potrtost.
दुःखी होओ; विलाप गर; र रोओ! तिमीहरूका हाँसो दुःखमा र तिमीहरूको आनन्द निराशामा परिणत होस् ।
10 Ponižajte se v Gospodovih očeh in vas bo povišal.
प्रभुको सामु तिमीहरू आफैँलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ ।
11 Bratje, drug o drugem ne govorite hudobno. Kdor o svojem bratu govori hudobno in svojega brata sodi, govori hudobno o postavi in sodi postavo. Toda če sodiš postavo, nisi uresničevalec postave, temveč sodnik.
भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्‍तिले व्यवस्थाको विरुद्धमा बोल्दछ र व्यवस्थाको न्याय गर्दछ । यदि तिमीहरू व्यवस्थाको न्याय गर्दछौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ ।
12 En zakonodajalec je, ki je zmožen rešiti in uničiti. Kdo si ti, da sodiš drugega?
व्यवस्था दिने र न्यायकर्ता एक जना मात्र हुनुहुन्छ । बचाउन र नाश गर्न सक्‍नुहुने उहाँ मात्र एक हुनुहुन्छ । आफ्नो छिमेकीको इन्साफ गर्ने तिमीहरू को हौ?
13 Pojdite torej, vi, ki pravite: »Danes ali jutri bomo šli v to mesto in tam ostali eno leto in kupovali in prodajali ter zaslužili dobiček; «
अब सुन, तिमीहरू जसले, “आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ, र त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ” भनेर भन्छौ ।
14 medtem ko ne veste, kaj bo jutri. Kajti kaj je vaše življenje? Je celó meglica, ki se za kratek čas prikaže in potem izgine proč.
भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्‍ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ ।
15 Kajti takó morate reči: »Če Gospod hoče, bomo živeli in delali to ali ono.«
यसको साटो तिमीहरूले यस्तो भन्‍नुपर्ने हो, “यदि परमेश्‍वरले इच्छा गर्नुभयो भने, हामी जिउनेछौँ र यो वा त्यो गर्नेछौँ ।”
16 Toda sedaj se razveseljujete v svojih bahanjih. Vsako takšno razveseljevanje je zlo.
तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ । यस्ता सबै शेखी खराब हुन् ।
17 Torej tistemu, ki zna delati dobro, pa tega ne dela, mu je to [v] greh.
त्यसकारण, जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ ।

< Jakob 4 >