< Izaija 53 >
1 Kdo je veroval našemu poročilu? In komu se je razodel Gospodov laket?
हामीबाट तिनीहरूले सुनेका कुरा कसले विश्वास गरेको छ, र कसलाई परमप्रभुको बाहुली प्रकट गरिएको छ?
2 Kajti pred njim bo pognal kakor nežna rastlina in kakor korenina iz suhih tal. Nima oblike niti ljubkosti in ko ga bomo videli, ni lepote, da bi ga želeli.
किनकि कलिलो बिरूवाजस्तै र सुख्खा जमिनबाट उम्रेको टुसाजस्तै ऊ परमप्रभुको सामु बढ्यो । उसमा हेर्नलायक आकर्षण वा ऐश्वर्य थिएन । हामीले उसलाई हेर्दा, हामीलाई आकर्षण गर्ने कुनै सुन्दरता थिएन ।
3 Preziran je in zavrnjen od ljudi, mož bridkosti in seznanjen z žalostjo in mi smo, kakor bi skrili svoje obraze pred njim; bil je preziran, mi pa ga nismo cenili.
मानिसहरूद्वारा उसलाई घृणा र तिरस्कार गरियो । दुखको मानिस र कष्टसँग परिचित । त्यस्तो जसबाट मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्, उसलाई घृणा गरियो । अनि हामीले उसलाई तुच्छ ठान्यौं ।
4 Zagotovo je nosil naše žalosti in prenašal naše bridkosti, vendar smo ga imeli [za] zadetega, udarjenega od Boga in trpečega.
तर निश्चय नै उसले हाम्रा रोगहरू बोकेको र हाम्रा कष्टहरू उठाएको छ । तापनि हामीले उसलाई परमेश्वरद्वारा दण्ड दिइएको, परमेश्वरद्वारा हिर्काइएको र कष्टमा परेको ठान्यौं ।
5 Toda ranjen je bil zaradi naših prestopkov, poškodovan je bil zaradi naših krivičnosti. Kazen za naš mir je bila na njem in z njegovimi udarci z bičem smo ozdravljeni.
तर हाम्रा विद्रोहपूर्ण कामहरूका कारणले उसलाई घोचिएको थियो । हाम्रा पापहरूका कारणले उसलाई पेलिएको थियो । हाम्रो शान्तिको निम्ति उसमाथि दण्ड पर्यो र उसका घाउहरूले हामी निको भएका छौं ।
6 Vsi smo zašli kakor ovce, obrnili smo se vsak k svoji lastni poti in Gospod je nanj položil krivičnost nas vseh.
हामी सबै बह्रालिएका भेडाहरूजस्ता छौं । हामी प्रत्येक आ-आफ्नै मार्गतिर लागेका छौं र परमप्रभुले हामी सबैको अधर्म उसमाथि राख्नुभएको छ ।
7 Bil je zatiran in trpel, vendar ni odprl svojih ust. Priveden je kakor jagnje h klanju in kakor je ovca pred svojimi strižci nema, tako on ne odpre svojih ust.
उसलाई अत्याचार गरियो । तापनि उसले आफूलाई होच्याउँदा, उसले आफ्नो मुख खोलेन । जसरी मार्नलाई लगिएको थुमा र ऊन कत्रनेहरूका सामु भेडा चुपचाप बस्छ, त्यसरी उसले आफ्नो मुख खोलेन ।
8 Vzet je bil iz ječe in iz sodbe in kdo bo razglasil njegov rod? Kajti odrezan je bil iz dežele živih, zaradi prestopka mojega ljudstva je bil udarjen.
जबर्जस्ती र इन्साफद्वारा उसलाई दोषी ठहर गरियो । त्यस पुस्ताबाट कसले उसको बारेमा विचार गर्यो र? तर उसलाई जीविहरूको देशबाट अलग गरियो । मेरा मानिसहरूले अपराधहरू गरेका कारणले उसलाई दण्ड दिइयो ।
9 Njegov grob v njegovi smrti mu je določil z zlobnimi in z bogatimi, čeprav ni storil nobenega nasilja niti ni bilo nobene prevare v njegovih ustih.
उसले कुनै हिंसा गरेका थिएन, न त उसको मुखमा कुनै छल नै थियो, तापनि अपराधीहरूसँगै तिनीहरूले उसको चिहान बनाए । उसको मृत्युमा एक जना धनी मानिस थियो ।
10 Vendar je Gospodu ugajalo, da ga rani; položil ga je v žalost. Ko boš naredil njegovo dušo v daritev za greh, bo videl svoje seme, podaljšal bo svoje dni in Gospodovo zadovoljstvo bo uspevalo v njegovi roki.
तापनि उसलाई धुलो पार्ने र उसलाई बिरामी पार्ने परमप्रभुकै इच्छा थियो । जब उसले आफ्नो जीवनलाई पापको निम्ति बलिदान बनाउँछन्, उसले आफ्ना सन्तानहरू देख्नेछ, उसले आफ्नो समय बढाउनेछ र उसैद्वारा परमप्रभुको उद्देश्य पुरा हुनेछ ।
11 Videl bo muko svoje duše in bo zadovoljen. S svojim spoznanjem bo moj pravični služabnik opravičil mnoge, kajti nosil bo njihove krivičnosti.
उसको जीवनको कष्टपछि उसले ज्योति देख्नेछ र आफ्नो ज्ञानद्वारा सन्तुष्ट हुनेछ । मेरो धर्मिक सेवकले धेरै जनालाई निर्दोष ठहराउनेछ । उसले तिनीहरूको अधर्म बोक्नेछ ।
12 Zato mu bom razdelil delež z velikimi in plen bo razdelil z močnimi, zato ker je svojo dušo izlil do smrti in prištet je bil med prestopnike; nosil je greh mnogih in opravil posredovanje za prestopnike.
यसकारण म भीडहरूका माझमा उसको भाग उसैलाई दिनेछु, उसले धेरै जनासित लूटको माल बाँड्नेछ, किनभने उसले आफूलाई मृत्युमा हाल्यो र अपराधीहरूसँगै गनियो । उसले धेरै जनाको पाप बोक्यो र अपराधीहरूका निम्ति मध्यस्थ-बिन्ती गर्यो ।