< Izaija 20 >

1 V letu, ko je Tartan prišel v Ašdód (ko ga je asirski kralj Sargon poslal) in se boril zoper Ašdód in ga zavzel,
अश्शूरका राजा सर्गानले टार्टनलाई अश्दोदमा पठाउँदा, तिनी आएको वर्षमा, तिनले अश्दोदको युद्ध लडे र त्‍यसलाई कब्जा गरे ।
2 ob istem času je spregovoril Gospod po Izaiju, Amócovemu sinu, rekoč: »Pojdi in odveži vrečevino s svojih ledij in sezuj si čevelj s svojega stopala.« In storil je tako, hodeč nag in bos.
त्यस बेला आमोजका छोरा यशैयाद्वारा परमप्रभु बोल्नुभयो र भन्‍नुभयो, “जा र तेरो कम्मरबाट भाङ्ग्रा हटा र तेरो खुट्टाको जुत्ता फुकाल् ।” नाङ्गो भएर र खाली खुट्टाले हिंडेर तिनले त्‍यसो गरे ।
3 Gospod je rekel: »Podobno kot moj služabnik Izaija tri leta hodi nag in bos za znamenje in čudo nad Egiptom in nad Etiopijo,
परमप्रभुले भन्‍नुभयो, “जसरी मेरो सेवक यशैया तिन वर्षसम्म नाङ्गै र खाली खुट्टाले हिंडेका छन्, यो मिश्रदेश र कूशको निम्ति चिन्ह र शकून हो—
4 tako bo asirski kralj odvedel Egipčane ujetnike in Etiopijce ujetnike, mlade in stare, nage in bose, celo z njihovimi nepokritimi zadnjicami, v egiptovsko sramoto.
यसरी नै अश्शूरका राजाले मिश्रदेशका कैदी र कूशका निर्वासित, जवान र वृद्धहरूलाई मिश्रदेशलाई लाजमा पार्न नाङ्गै, खाली खुट्टा र चाक नै देखाएर लैजानेछ ।
5 Bali se bodo in osramočeni bodo od Etiopije, njihovega pričakovanja in od Egipta, njihove slave.
तिनीहरूका आशा कूश र तिनीहरूका गौरव मिश्रदेशको कारणले तिनीहरू व्याकुल र लज्‍जित हुनेछन् ।
6 Prebivalec tega otoka bo na tisti dan rekel: ›Glej, takšno je naše pričakovanje, kamor smo pobegnili po pomoč, da bi bili osvobojeni pred asirskim kraljem in kako bomo pobegnili?‹«
यी समुद्री तटका बासिन्दाहरूले त्यस दिन भन्‍नेछन्, साच्‍चै, यो हाम्रो आशाको स्रोत थियो, जहा अश्शूरको राजाबाट बच्‍नलाई हामी भाग्यौं, र अब हामी कसरी उम्किन सक्‍छौं र?'”

< Izaija 20 >