< Ezra 7 >

1 Torej po teh stvareh, v kraljevanju perzijskega kralja Artakserksa, je Ezra, sin Serajája, sinú Azarjája, sinú Hilkijája,
यसपछि फारसका राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट एज्रा आए । एज्राका पुर्खाहरू यिनै थिएः सरायाह, अजर्याह, हिल्कियाह,
2 sinú Šalúma, sinú Cadóka, sinú Ahitúba,
शल्लूम, सादोक, अहीतूब,
3 sinú Amarjája, sinú Azarjája, sinú Merajóta,
अमर्याह, अजर्याह, मरायोत,
4 sinú Zerahjája, sinú Uzíja, sinú Bukíja,
जरयाह, उज्‍जी, बुक्‍की,
5 sinú Abišúa, sinú Pinhása, sinú Eleazarja, sinú Arona, vélikega duhovnika;
अबीशू, पीनहास, एलाजार । एलाजार प्रधान पुजारी हारूनका छोरा थिए ।
6 ta Ezra odšel gor iz Babilona. Ta je bil vešč pisar v Mojzesovi postavi, ki jo je dal Gospod, Izraelov Bog. In kralj mu je zagotovil vse njegove zahteve, glede na roko Gospoda, njegovega Boga, nad njim.
एज्रा बेबिलोनबाट आए, र इस्राएलका परमप्रभु परमेश्‍वरले दिनुभएका मोशाको व्यवस्थामा तिनी निपुण अध्यापक थिए । परमप्रभुको हात तिनीमाथि भएको हुनाले तिनले मागेका हरेक कुरा राजाले दिए ।
7 In tam so šli gor nekateri izmed Izraelovih otrok in izmed duhovnikov, Lévijevcev, pevcev, vratarjev in Netinimcev v Jeruzalem, v sedmem letu kralja Artakserksa.
राजा अर्तासास्तको सातौं वर्षमा इस्राएलका केही सन्तानहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका गायकहरू, द्वारपालहरू र मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू पनि यरूशलेममा गए ।
8 V petem mesecu je ta prišel v Jeruzalem, kar je bilo v sedmem letu kralja.
तिनी त्‍यही वर्षको पाँचौं महिनामा यरूशलेममा आइपुगे ।
9 Kajti na prvi dan prvega meseca je začel iti gor iz Babilona, in na prvi dan petega meseca je prišel v Jeruzalem, glede na dobro roko njegovega Boga nad njim.
पहिलो महिनाको पहिलो दिनमा तिनी बेबिलोनबाट हिंडेका थिए । परमेश्‍वरको असल हात तिनीमाथि रहेको हुनाले तिनी पाँचौं महिनाको पहिलो दिनमा यरूशलेममा आइपुगे ।
10 Kajti Ezra je pripravil svoje srce, da išče Gospodovo postavo in da jo izpolnjuje in da v Izraelu uči zakone in sodbe.
परमप्रभुको व्यवस्थाका विधिहरू र आज्ञाहरू अध्ययन गर्न, पालन गर्न र सिकाउन एज्राले आफ्नो ह्रदय समर्पित गरेका थिए ।
11 Torej to je kopija pisma, ki ga je kralj Artakserks izročil Ezru, duhovniku, pisarju, celó pisarju besed Gospodovih zapovedi in njegovih zakonov Izraelu.
राजा अर्तासास्तले इस्राएलका लागि परमप्रभुका विधिहरू र आज्ञाहरू सिकाउन पुजारी र अध्यापक एज्रालाई दिएको आदेशको प्रतिलिपी यही हो,
12 ›Artakserks, kralj kraljev, duhovniku Ezru, pisarju postave Boga iz nebes, popoln mir itd.
“राजाहरूका राजा अर्तासास्तबाट स्वर्गका परमेश्‍वरको व्यवस्थाका अध्यापक पुजारी एज्रालाई,
13 Izdajam odlok, da vsi izmed Izraelovega ljudstva in izmed njegovih duhovnikov in Lévijevcev v mojem območju, ki so voljni po svoji lastni svobodni volji, da gredo gor v Jeruzalem, gredo s teboj.
इस्राएलबाट आएका मेरो राज्यमा भएका कुनै पनि व्‍यक्‍ति आफ्‍ना पुजारी र लेवीहरूका साथमा यरूशलेममा जाने इच्छा गर्छ भने त्यो तिमीसँगै जान सक्छ भनी म हुकुम दिंदैछु।
14 Ker si poslan od kralja in od njegovih sedmih svetovalcev, da poizveš glede Juda in Jeruzalema, glede na postavo svojega Boga, ki je v tvoji roki
तिम्रो हातमा भएको परमेश्‍वरको व्यवस्थामुताबिक यहूदा र यरूशलेमको बारेमा सोधखोज गर्न म राजा र मेरा सात जना सल्लाहकारले तिमीलाई पठाएका छौं ।
15 in da odneseš srebro in zlato, ki so ga kralj in njegovi svetovalci velikodušno darovali Izraelovemu Bogu, katerega prebivališče je v Jeruzalemu
यरूशलेममा बास गर्नुहुने इस्राएलका परमेश्‍वरलाई तिनीहरूले सित्तैंमा चढाएका चाँदी र सुन लिएर जानू ।
16 in vse srebro in zlato, ki ga lahko najdeš po vsej babilonski provinci s prostovoljnimi daritvami ljudstva in duhovnikov, prostovoljno darovanega za hišo njihovega Boga, ki je v Jeruzalemu,
बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्‍ने जति चाँदी र सुनसाथै यरूशलेममा आफ्‍ना परमेश्‍वरका मन्दिरको निम्ति मानिसहरू र पुजारीहरूले खुसीसाथ जुन भेटीहरू दिन्छन्, ती पनि तिमीले लैजानू ।
17 da boš s tem denarjem lahko naglo kupil bikce, ovne, jagnjeta, z njihovimi jedilnimi daritvami in njihovimi pitnimi daritvami in jih daroval na oltarju hiše svojega Boga, ki je v Jeruzalemu.
त्यसैले यस रकमले प्रशस्त मात्रामा गोरुहरू, भेडाहरू, थुमाहरू, अन्‍नबलि र अर्घबलि किन्‍नू । यरूशलेममा तिम्रा परमेश्‍वरको मन्दिरको वेदीमा ति चढाउनू ।
18 In karkoli se bo zdelo dobro tebi in tvojim bratom, da storite s preostankom srebra in zlata, to storite po volji svojega Boga.
तिम्रा परमेश्‍वरलाई खुसी तुल्याउन तिमी र तिम्रा दाजुभाइलाई असल लागेअनुसार बाँकी चाँदी र सुनको प्रयोग गर्नू ।
19 Tudi posode, ki so ti dane za službo hiše svojega Boga, te izroči pred Bogom Jeruzalema.
तिमीलाई सित्तैंमा दिइएका चिजहरू यरूशलेममा तिम्रा परमेश्‍वरको मन्दिरको सेवाको लागि उहाँको सामु राख्‍नू ।
20 Karkoli več bo treba za hišo tvojega Boga, kar boš imel priložnost dati, daj to iz kraljeve zakladne hiše.
तिम्रा परमेश्‍वरको मन्दिरको लागि आवश्यक कुनै पनि थोक किन्‍नलाई मेरो कोषबाट पैसा लिनू ।
21 Jaz, torej jaz, kralj Artakserks, izdajam odlok vsem zakladnikom, ki so onkraj reke, da karkoli bo duhovnik Ezra, pisar postave nebeškega Boga, zahteval od vas, naj bo to naglo storjeno,
म अर्तासास्तले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै कोषाध्यक्ष यो आदेश दिन्छु, कि एज्राले तिमीहरूबाट मागेका कुनै पनि थोक प्रचुर मात्रामा दिनू,
22 do sto talentov srebra in do sto mer pšenice in do sto čebrov vina in do sto kadi olja, soli pa brez predpisa.
अर्थात् एक सय तोडा चाँदी, एक सय कोर गहुँ, एक सय बाथ दाखमद्य, एक सय बाथ तेल र नूनचाहिं असिमित रूपमा दिनू ।
23 Karkoli je zapovedano od Boga iz nebes, naj bo to marljivo storjeno za hišo Boga iz nebes, kajti zakaj bi bil bes zoper kraljestvo kralja in njegovih sinov?
स्वर्गका परमेश्‍वरबाट आउने कुनै पनि आज्ञा आउँछ भने उहाँको मन्दिरको लागि भक्तिसहित पुरा गर्नू । किनकि म र मेरा छोराहरूको राज्यमाथि उहाँको क्रोध पर्न किन दिनू?
24 Prav tako vam potrjujemo, da glede kateregakoli izmed duhovnikov in Lévijevcev, pevcev, vratarjev, Netinimcev ali služabnikov te Božje hiše, to ne bo zakonito, da bi nanje naložili pristojbino, davek in carino.
पुजारीहरू, लेवीहरू, गायकहरू, द्वारपालहरू वा मन्दिरको सेवामा नियुक्त गरिएका मानिसहरू र परमेश्‍वरको मन्दिरका सेवकहरूमा तिमीहरूले कुनै महसुल वा कर नलगाउनु भनेर हामीले तिनीहरूलाई जानकारी गराउँदैछौं ।
25 Ti pa Ezra, po modrosti svojega Boga, ki je v tvoji roki, postavi oblastnike in sodnike, ki bodo lahko sodili vse ljudstvo, ki je onkraj reke [Evfrat], vse takšne, ki poznajo zakone tvojega Boga; in učite tiste, ki jih ne poznajo.
एज्रा, तिमीलाई परमेश्‍वरले दिनुभएको बुद्धिले तिमीले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै मानिसको न्याय गर्न र तिम्रो परमेश्‍वरको व्यवस्था जान्‍ने सबैको सेवा गर्न न्यायकर्ताहरू र अधिकारीहरू नियुक्त गर्नू । व्यवस्था नजान्‍नेहरूलाई पनि तिमीले सिकाउनुपर्छ ।
26 Kdorkoli pa ne bo izpolnjeval postave tvojega Boga in kraljeve postave, naj bo nad njim naglo izvršena sodba, bodisi je to s smrtjo ali izgnanstvom ali zaplembo dobrin ali z ujetništvom.‹
परमेश्‍वरको व्यवस्था वा राजाको व्यवस्थालाई पूर्ण रूपमा पालन नगर्ने जोकसैलाई मृत्युदण्ड, देश निकाला, तिनीहरूका थोकहरू जफत वा कैद गरेर दण्ड दिनू ।
27 Blagoslovljen bodi Gospod, Bog naših očetov, ki je takšno stvar, kot je ta, položil na kraljevo srce, da olepša Gospodovo hišo, ki je v Jeruzalemu
हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्‍नुभयो,
28 in mi razširil usmiljenje pred kraljem in njegovimi svetovalci in pred vsemi mogočnimi kraljevimi princi. In okrepljen sem bil, ko je bila roka Gospoda, mojega Boga, nad menoj in iz Izraela sem zbral skupaj vodilne može, da gredo gor z menoj.
अनि राजा, तिनका सल्लाहाकारहरू र तिनका सबै शक्तिशाली अधिकारीहरूका सामु मलाई उहाँको करारको विश्‍वास्‍तता देखाउनुभयो । म परमप्रभु मेरा परमेश्‍वरको हातद्वारा बलियो बनाइएको छु, र मैले आफूसित जानलाई इस्राएलका अगुवाहरूलाई भेला गरें ।

< Ezra 7 >