< 2 Mojzes 2 >
1 Odšel je mož iz Lévijeve hiše in za ženo vzel Lévijevo hčer.
अब लेवीको कुलका एक जना पुरुषले लेवीकै कुलकी एक जना स्त्रीसित विवाह गरे ।
2 Ženska je spočela in rodila sina in ko je videla, da je bil čeden otrok, ga je skrivala tri mesece.
ती स्त्री गर्भवती भइन् र एउटा छोरो जन्माइन् । तिनी स्वस्थ बालक भएको देखेर उनले तिनलाई तिन महिनासम्म लुकाइन् ।
3 Ko pa ga ni mogla več skrivati, je zanj vzela pletenico iz ločja, jo namazala z blatom in s smolo in vanjo položila otroka in to položila v rogoz poleg rečnega brega.
तर उनले लुकाउन नसकेपछि उनले कुशको एउटा टोकरी बनाएर त्यसलाई तारपीन र अलकत्राले लिपिन् । त्यसपछि उनले बच्चालाई त्यसभित्र राखिन् र नदीको किनारनेर नर्कटको झाडीमा भएको पानीमा राखिदिइन् ।
4 Njegova sestra pa je stala daleč stran, da izve kaj se bo z njim zgodilo.
बालकलाई के हुनेथियो भनी हेर्न तिनकी दिदीचाहिँ अलि टाढामा उभिन् । फारोकी छोरी नदीमा नुहाउन ओर्लिन् ।
5 In dol je prišla faraonova hči, da se pri reki umije, njene služabnice pa so hodile vzdolž rečnega brega in ko je med rogozom zagledala pletenico, je poslala svojo služabnico, da odide ponjo.
उनका सहेलीहरूचाहिँ नदीतटमा टहल्न लागे । उनले नर्कटहरूका बिचमा एउटा टोकरी देखिन् र आफ्नी एक जना सहेलीलाई त्यो लिन पठाइन् ।
6 Ko jo je ta odprla, je zagledala otroka in glej, dojenček je jokal. Do njega je imela sočutje ter rekla: »To je eden izmed hebrejskih otrok.«
उनले त्यसलाई खोलेर हेर्दा बच्चा देखिन् । बच्चा रुँदै थियो । उनमा बच्चाप्रति दया जाग्यो र उनले भनिन्, “यो पक्कै पनि हिब्रूहरूको बच्चा हुनुपर्छ ।”
7 Potem je njegova sestra rekla faraonovi hčeri: »Ali naj grem in k tebi pokličem dojiljo izmed hebrejskih žensk, da bo lahko otroka dojila zate?«
तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, “बच्चालाई दूध खुवाउन तपाईंको लागि म गएर एक हिब्रू स्त्रीलाई फेला पारेर ल्याऊँ?”
8 Faraonova hči ji je rekla: »Pojdi.« Deklica je odšla in poklicala otrokovo mater.
फारोकी छोरीले उनलाई भनिन्, “जाऊ ।” त्यसैले ती युवती गएर आमालाई बोलाएर ल्याइन् ।
9 Faraonova hči ji je rekla: »Odnesi tega otroka proč in ga dôji zame, jaz pa ti bom dajala tvoja plačila.« In ženska je vzela otroka ter ga dojila.
फारोकी छोरीले बच्चाकी आमालाई भनिन्, “यो बच्चालाई लिएर जाऊ र मेरो खातिर दूध खुवाऊ र म तिम्रो ज्याला दिनेछु ।” त्यसैले आमाले बच्चालाई लिएर दूध खुवाउने गरिन् ।
10 Otrok je zrastel in privedla ga je k faraonovi hčeri in ta je postal njen sin. Njegovo ime je imenovala Mojzes. Rekla je: »Ker sem ga potegnila iz vode.«
बालक हुर्कंदै गएपछि उनले तिनलाई फारोकी छोरीकहाँ ल्याइन् र तिनी उनको छोरा भए । उनले तिनलाई मोशा नाउँ राखे र भने, “किनकि मैले यिनलाई पानीबाट निकालेँ ।”
11 Pripetilo se je v tistih dneh, ko je Mojzes odrasel, da je odšel k svojim bratom, gledal na njihova bremena in oprezal za Egipčanom, ki je udarjal Hebrejca, enega izmed njegovih bratov.
जब मोशा हुर्के तिनी आफ्नो जातिकहाँ गए र तिनीहरूको कठिन कामलाई अवलोकन गरे । मोशाको आफ्नै जातिको कुनै एउटा मानिसलाई एउटा मिश्रीले हिर्काइरहेको तिनले देखे ।
12 Pogledal je to pot in tisto pot in ko je videl, da tam ni bilo nobenega človeka, je Egipčana usmrtil in ga skril v pesek.
तिनले दायाँबायाँ हेरे र कोही नदेखेपछि त्यस मिश्रीलाई मारेर त्यसको लाशलाई बालुवामुनि पुरिदिए ।
13 Ko je drug dan odšel ven, glej, dva moža izmed Hebrejcev sta se skupaj prepirala in temu, ki je storil napačno, je rekel: »Čemu udarjaš svojega rojaka?«
अर्को दिन पनि तिनी बाहिर निस्के र दुई जना हिब्रू एक-अर्कामा झगडा गरिरहेका देखे । तिनले गल्ती गर्नेचाहिँलाई भने, “तिमी आफ्नै साथीलाई किन हिर्काउँदै छौ?”
14 Ta pa je rekel: »Kdo te je naredil princa in sodnika nad nama? Ali me nameravaš ubiti, kakor si ubil Egipčana?« Mojzes se je zbal ter rekel: »Ta stvar se je zagotovo izvedela.«
तर त्यस मानिसले भन्यो, “कसले तिमीलाई हाम्रो अगुवा र न्यायकर्ता बनायो? त्यस मिश्रीलाई मारेजस्तै के तिमी मलाई पनि मार्न खोज्दै छौ?” तब मोशा डराएर भने, “निश्चय नै, मैले गरेको कुरा अरूहरूले थाहा पाउन लागेछन् ।”
15 Torej, ko je faraon slišal to stvar, je iskal Mojzesa, da ga ubije. Mojzes pa je pobegnil izpred faraonovega obličja in prebival v midjánski deželi in se usedel poleg vodnjaka.
फारोले यस विषयमा सुनेपछि तिनले मोशालाई मार्न खोजे । तर मोशा फारोदेखि भागेर मिद्यान देशमा गए र त्यहाँ तिनी कुवानेर बसे ।
16 Torej duhovnik iz Midjána je imel sedem hčera in prišle so, zajele vodo in napolnile korita, da bi napojile trop svojega očeta.
अब मिद्यानका पूजाहारीका सात छोरी थिए । तिनीहरू आएर पानी भरे र तिनीहरूका पिताका भेडा-बाख्रालाई पानी खुवाउन डुँड भरे ।
17 Prišli pa so pastirji ter jih odgnali proč, toda Mojzes je vstal, jim pomagal in napojil njihov trop.
गोठालाहरू आएर तिनीहरूलाई धपाउन खोज्दा मोशाले ती युवतीहरूको मदत गरे । त्यसपछि तिनले तिनीहरूका भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए ।
18 Ko so prišle k svojemu očetu Reguélu, je rekel: »Kako je to, da ste danes prišle tako zgodaj?«
जब ती केटीहरू आफ्ना पिता रूएलकहाँ गए तब तिनले सोधे, “आज तिमीहरू किन यति चाँडै घर आएका छौ?”
19 Rekle so: »Egipčan nas je osvobodil iz roke pastirjev in nam prav tako zajel dovolj vode in napojil trop.«
तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूबाट छुटकारा दिए । तिनले हाम्रो निम्ति पानी तान्नुका साथै भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए ।”
20 Svojim hčeram je rekel: »In kje je? Zakaj je to, da ste človeka pustile? Pokličite ga, da bo lahko jedel kruh.«
तिनले आफ्ना छोरीहरूलाई भने, “त्यसो भए, तिनी कहाँ छन् त? किन तिमीहरूले ती मानिसलाई छाड्यौ?” तिनलाई डाक ताकि तिनले हामीसितै खाना खान सकून् ।”
21 Mojzes je bil zadovoljen, da prebiva s človekom in ta je Mojzesu dal svojo hčer Cipóro.
मोशा ती मानिससित बस्न राजी भए जसले तिनलाई आफ्नी छोरी सिप्पोरा विवाहको लागि दिए ।
22 Rodila mu je sina in njegovo ime je imenoval Geršóm, kajti rekel je: »Tujec sem bil v tuji deželi.«
उनले एउटा छोरो जन्माइन् र मोशाले त्यसको नाउँ गेर्शोम राखे । तिनले भने, “म विदेशी भूमिमा प्रवासी भएको छु ।”
23 Pripetilo se je tekom časa, da je egiptovski kralj umrl, Izraelovi otroci pa so vzdihovali zaradi razloga suženjstva in vpili in njihovo vpitje je zaradi razloga suženjstva prišlo do Boga.
धेरै समय बितेपछि मिश्रका राजा मरे । इस्राएलीहरूले दासत्वको कठिनाइको कारणले चित्कार गरे । तिनीहरूले मदतको लागि पुकारा गरे र तिनीहरूको दासत्वको कारण तिनीहरूको पुकारा परमेश्वरकहाँ पुग्यो ।
24 Bog je slišal njihovo stokanje in Bog se je spomnil svoje zaveze z Abrahamom, Izakom in Jakobom.
परमेश्वरले तिनीहरूको क्रन्दन सुन्नुभएपछि उहाँले अब्राहाम, इसहाक र याकूबसित बाँध्नुभएको करार सम्झनुभयो ।
25 Bog je pogledal na Izraelove otroke in Bog je imel do njih spoštovanje.
परमेश्वरले इस्राएलीहरूलाई देख्नुभयो, र तिनीहरूको अवस्था बुझ्नुभयो ।