< Числа 14 >
1 И взем весь сонм, даде глас: и плакахуся людие всю нощь ту:
त्यस रात सारा समुदाय ठुलो आवाज निकालेर रोए ।
2 и роптаху на Моисеа и Аарона вси сынове Израилтестии, и рекоша к ним весь сонм:
इस्राएलका सबै मानिसले मोशा र हारूनको आलोचना गरे । सारा समुदायले तिनीहरूलाई भने, “हामी मिश्र देशमा नै मरेको भए पनि हुन्थ्यो अथवा यही मरुभूमिमा नै मरेको भए नि हुन्थ्यो!
3 о дабы умерли быхом в земли Египетстей, или в пустыни сей да быхом умерли: и вскую вводит нас Господь в землю сию, еже пасти на брани? Жены нашя и дети наша будут в разграбление: ныне убо лучше есть нам возвратитися во Египет.
तरवारद्वारा मर्नलाई परमप्रभुले हामीलाई किन यो भूमिमा ल्याउनुभयो? हाम्रा पत्नीहरू र साना छोराछोरीहरू हताहत हुनेछन् । के हामी मिश्रमा मर्नु नै असल हुँदैनथ्यो र?
4 И рече друг ко другу: поставим себе старейшину, и возвратимся бо Египет.
तिनीहरूले आपसमा भने, “अर्को अगुवा चुनौँ र मिश्रतिर फर्कौं ।”
5 И падоста Моисей и Аарон ниц пред всем сонмом сынов Израилевых.
अनि मोशा र हारून इस्राएलका मानिसहरूका समुदायका सबै भेलाको सामु घोप्टो परे ।
6 Иисус же сын Навин и Халев сын Иефонниин от соглядавших землю, растерзаста ризы своя.
त्यो भूमिको जाँचबुझ गर्न पठाइएकामध्ये केहीमा नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले आफ्नो लुगा च्याते ।
7 И рекоста ко всему сонму сынов Израилевых, глаголюще: земля, юже соглядахом, добра есть зело зело:
तिनीहरूले इस्राएलका मानिसहरूका सबै समुदायलाई भने, “हामीले घुमेका र जाँचबुझ गरेका मुलुक धेरै राम्रो छ ।
8 аще любит нас Господь, введет нас в землю ту и даст ю нам: земля же есть кипящая медом и млеком:
यदि परपप्रभु हामीसँग प्रसन्न हुनुहुन्छ भने, उहाँले हामीलाई यो भूमिमा लानुहुनेछ र यो हामीलाई दिनुहुनेछ । भूमिमा दूध र मह बग्छ ।
9 но от Господа не будите отступницы: вы же не убойтеся людий земли тоя, понеже в снедь нам есть: отступило бо время от них, Господь же с нами: не убойтеся их.
तर परमप्रभुको विरुद्धमा विद्रोह नगर्नुहोस्, र त्यो भूमिका मानिसहरूसँग नडराउनुहोस्, किनभने तिनीहरू हाम्रा रोटी हुन् । तिनीहरूका सुरक्षा तिनीहरूबाट हटाइनेछ, किनभने परमप्रभु हामीसँग हुनुहुन्छ । तिनीहरूसँग नडराओ ।”
10 И рече весь сонм побити их камением: и слава Господня явися во облаце над скиниею свидения всем сыном Израилевым.
अनि सारा समुदायले तिनीहरूलाई ढुङ्गाले हान्ने मतो गरे । तर भेट हुने पालमा इस्राएलका सबै मानिसकहाँ परमप्रभुको महिमा देखा पर्यो ।
11 И рече Господь к Моисею: доколе преогорчевают Мя людие сии? И доколе не веруют Мне во всех знамениих, яже сотворих в них?
परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले मलाई कहिलेसम्म तिरस्कार गर्ने? मैले तिनीहरूका माझ गरेका मेरो शक्तिका चिन्हहरूका बाबजुद पनि तिनीहरू कहिलेसम्म ममा भरोसा गर्न चुक्छन्?
12 Поражу их смертию и погублю их: и сотворю тя и дом отца твоего в язык велик и мног паче нежели сей.
म तिनीहरूलाई विपत्तिले प्रहार गर्नेछु र विनाश गर्नेछु अनि तेरो आफ्नै कुलबाट एउटा जाति बनाउनेछु जुन तिनीहरूभन्दा महान् र शक्तिशाली हुनेछ ।”
13 И рече Моисей ко Господу: иуслышат Египтяне, яко возвел еси крепостию Твоею люди Твоя сия от них:
मोशाले परपप्रभुलाई भने, “यदि तपाईंले यसो गर्नुभयो भने, मिश्रीहरूले यसबारे सुन्नेछन्, किनभने तपाईंले यिनीहरूलाई तिनीहरूको शक्तिबाट छुटकारा दिनुभयो ।
14 но и вси живущии на земли сей слышаша, яко Ты еси Господь в людех сих, иже очима ко очесем являешися, Господи, и облак Твой ста над ними, и столпом облачным идеши Ты пред ними в день, и столпом огненным в нощи:
तिनीहरूले यो भूमिका मानिसहरूलाई भन्नेछन् । तपाईं परमप्रभु तिनीहरूसँग हुनुहुन्छ भन्ने तिनीहरूले सुनेका छन्, किनभने तपाईंलाई आमनेसामने देखिएको छ । तपाईंको बादल हाम्रा मानिसहरूमाथि खडा छ । तपाईं दिनमा बादलको खामो भएर र रातमा आगोको खामो भएर तिनीहरूको अघिअघि जानुहुन्छ ।
15 и потребиши люди сия аки единаго человека: и рекут вси языцы, елицы слышаша имя Твое, глаголюще:
यदि तपाईंले यी मानिसहरूलाई एक जना मानिसलाई झैँ मार्नुभयो भने, तपाईंको प्रसिद्धि सुन्ने जातिहरू बोल्नेछन् र भन्नेछन्,
16 занеже не возможе Господь людий Своих ввести в землю, о нейже клятся им, погуби их в пустыни:
'परमप्रभुले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुकमा यी मानिसहरूलाई लान नसक्नुभएको हुनाले उहाँले तिनीहरूलाई मरुभूमिमा नै मार्नुभयो ।'
17 и ныне да вознесется рука Твоя, Господи, якоже рекл еси, глаголя:
म बिन्ती गर्छु, कि तपाईंको महाशक्ति प्रयोग गर्नुहोस् । किनभने तपाईंले भन्नुभएको छ,
18 Господь долготерпелив и многомилостив и истинен, отемляй беззакония и неправды и грехи, и очищением не очистит повиннаго, отдая грехи отцев на чада, до третияго и четвертаго рода:
'परमप्रभु रिसाउनमा धिमा र विश्वनीयताको करारमा प्रशस्त हुनुहुन्छ । उहाँले अपराध र अधर्महरू क्षमा गर्नुहुन्छ । उहाँले तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म पुर्खाहरूका दण्ड ल्याउनुहुँदा उहाँले दोषीहरूलाई कुनै पनि हालतमा साफ पार्नुहुन्छ ।'
19 остави грех людем сим по велицей милости Твоей, якоже милостив был еси им от Египта даже до ныне.
म तपाईंसँग बिन्ती गर्छु, कि तपाईंले यी मानिसहरूलाई तिनीहरू मिश्रमा हुँदादेखि अहिलेसम्म सदैव क्षमा गर्नुभएझैँ तपाईंको करारको विश्वसनीयताको महान्ताको कारण यी मानिसहरूका पाप क्षमा गर्नुहोस् ।”
20 И рече Господь к Моисею: милостив им есмь по словеси твоему:
परपप्रभुले भन्नुभयो, “मैले तिनीहरूलाई तेरो बिन्तीअनुसार क्षमा गरेको छु,
21 но живу Аз, и присно живет имя Мое, и наполнит слава Господня всю землю:
तर जस्तो म जीवित छु र पृथ्वी मेरो महिमाले ढाकिनेछ, मेरो महिमा र
22 яко вси мужие видящии славу Мою и знамения, яже сотворих во Египте и в пустыни сей, и искусиша Мя, се, десятое, и не послушаша гласа Моего,
शक्तिका चिन्हहरू देख्ने ती सबै मानिस जसलाई मैले मिश्र देश र मरुभूमिमा गरेँ, तिनीहरूले मलाई दस पटकसम्म परीक्षा गरेका छन् र मेरो आवाज सुनेका छैनन् ।
23 истинно не узрят земли, еюже кляхся отцем их: разве чадом их, яже суть со Мною зде, иже не ведят добра и зла, всяк юноша не ведый, сим дам землю: вси же разгневавшии Мя не узрят ю:
यसैले तिनीहरूले निश्चय नै त्यो भूमि देख्नेछैनन् जसबाट मैले तिनीहरूका पुर्खाहरूसित शपथ खाएँ । तिनीहरूमध्ये मलाई घृणा गर्ने कसैले पनि यो देख्नेछैन,
24 раб же Мой Халев, яко бысть дух ин в нем, и возследова Мне, введу его в землю, в нюже ходил тамо, и семя его наследит ю:
मेरो दास कालेबबाहेक, किनभने ऊसँग अर्कै आत्मा थियो । त्यसले मलाई पूर्ण रूपमा अनुसरण गरेको छ; म त्यसलाई त्यो जाँचबुझ गर्न गएको भूमिमा ल्याउनेछु । त्यसका सन्तानहरूले अधिकार गर्नेछन् ।
25 Амалик же и Хананей живут во юдоли: утре возвратитеся и подвигнитеся вы в пустыню путем моря Чермнаго.
(त्यस बेला बेँसीमा अमालेकीहरू र कनानीहरू बस्थे ।) भोलि फर्की र नर्कटको समुद्र (लाल समुद्र) को बाटो हुँदै मरुभूमितिर जा ।”
26 И рече Господь к Моисею и Аарону, глаголя:
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
27 доколе сонм сей злый? Яже они ропщут противу Мне, роптание сынов Израилевых, имже возропташа о вас, слышах:
“मेरो आलोचना गर्ने यो दुष्ट समुदायलाई मैले कहिलेसम्म सहने? इस्राएलका मानिसहरूले मेरो विरुद्ध गरेका गनगन मैले सुनेको छु ।
28 рцы им: живу Аз, глаголет Господь: истинно, якоже глаголасте во ушы Мои, тако сотворю вам:
तिनीहरूलाई भन्, 'जस्तो म जीवित छु,' परमप्रभु भन्नुहुन्छ, 'जस्तो तिमीहरूले मैले सुन्ने गरी भनेका छौ, मैले तिमीहरूलाई त्यस्तै गर्नेछुः
29 в пустыни сей падут телеса ваша, и все соглядание ваше, и сочтения ваша, от двадесяти лет и вышше, елицы ропташа на Мя:
मेरो विरुद्ध गनगन गर्ने तिमीहरू सबै, जनगणनामा गन्ती गरिएका तिमीहरू, बिस वर्ष र त्यसभन्दा माथिका मानिसहरू पूरै तिमीहरूका मृत शरीरहरू मरुभूमिमा पड्नेछन् ।
30 аще вы внидете в землю, на нюже прострох руку Мою, вселити вас на ней, разве Халев сын Иефонниин и Иисус сын Навин:
यपुन्नेका छोरा लालेब र नूनका छोरा यहोशूबाहेक तिमीहरू कोही पनि निश्चय नै तिमीहरूको वासस्थान बनाउने प्रतिज्ञा गरेको मुलुकमा जानेछैनौ ।
31 и чада ваша, ихже ресте в разграблении быти, введу Я в землю, и наследят землю, от неяже вы отвергостеся:
हताहत हुन्छन् भनेका तिमीहरूका स-साना बालबच्चाहरूलाई मैले त्यो भूमिमा लानेछु । तिमीहरूले तिरस्कार गरेका भूमि तिनीहरूले उपभोग गर्नेछन् ।
32 и телеса ваша падут в пустыни сей:
तिमीहरूको सवालमा तिमीहरूका मृत शरीरहरू यही मरुभूमिमा पडिरहनेछन् ।
33 сынове же ваши пасоми будут в пустыни четыредесять лет, и носити имут блужение ваше, дондеже потребятся телеса ваша в пустыни:
तिमीहरूका सन्तानहरू मरुभूमिमा चालिस वर्षसम्म गोठालाहरू हुनेछन् । मरुभूमिमा तिमीहरूका लाशहरू अन्त नभएसम्म तिनीहरूले तिमीहरूका विद्रोहका कार्यहरूका नतिजाहरू भोग्नुपर्छ ।
34 по числу дний, в нихже соглядасте землю, четыредесять дний, за день лето целое, понесете грехи вашя четыредесять лет, и увесте ярость гнева Моего:
तिमीहरूले त्यो भूमिको जाँचबुझ गर्न लगाएका दिनहरूको सङ्ख्या अर्थात् चालिस दिनजस्तै, तिमीहरूले आफ्नो पापको नतिजाहरू चालिस वर्षसम्म अर्थात् एक दिनको एक वर्ष भोग्नुपर्छ र मेरो विरोध गर्नु कस्तो हुन्छ भनी तिमीहरूले थाहा पाउनुपर्छ ।
35 Аз Господь глаголах вам: истинно тако сотворю сонму сему злому, воставшему на Мя: в пустыни сей потребятся, и тамо измрут.
म परमप्रभुले बोलेको हुँ । मेरो विरुद्ध खडा हुने यो सबै दुष्ट समुदायमाथि म निश्चय नै यो गर्नेछु । तिनीहरू पूर्ण रूपमा नष्ट हुनेछन् र तिनीहरू यहीँ मर्नेछन् ।”
36 И мужие, ихже посыла Моисей соглядати землю, и пришедше возропташа на ню к сонму, еже бы изнести словеса зла о земли,
यसैले मोशाले भूमिको जासूस गर्न पठाएकाहरू जो फर्के र जसले भूमिबारे खराब खबर फैलाएर मोशा विरुद्ध सारा समुदायलाई गनगन गर्न लगाउने मानिसहरू थिए अर्थात्
37 и изомроша мужи, глаголавшии о земли зло, язвою пред Господем:
भूमिबारे खराब खबर ल्याउने यी मानिसहरूलाई प्रहार गरियो र तिनीहरू परमप्रभुको सामु महामारीले मरे ।
38 и Иисус сын Навин и Халев сын Иефонниин живы остастася от мужей тех ходивших соглядати землю.
भूमिको जासूस गर्न गएकाहरूमध्ये नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेब मात्र जीवित रहे ।
39 И глагола Моисей словеса сия ко всем сыном Израилевым: и восплакашася людие зело,
जब मोशाले इस्राएलका मानिसलाई यी कुराहरू बताए, तिनीहरूले गम्भीर रूपमा विलाप गरे ।
40 и воставше заутра, взыдоша на верх горы, глаголюще: се, мы взыдем на место, еже рече Господь, яко согрешихом.
तिनीहरू बिहान सबेरै उठे र पहाडको चुचुरोमा गए, र भने, “हेर, हामी यहाँ छौँ, र हामी परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँतिर जानेछौँ, किनभने हामीले पाप गरेका छौँ ।”
41 И рече Моисей: вскую вы преступаете слово Господне? Не благопоспешно будет вам:
तर मोशाले भने, “तिमीहरू परमप्रभुको आज्ञा किन तोड्छौ? तिमीहरू सफल हुनेछेनौ ।
42 не восходите: несть бо Господь с вами: и падете пред лицем враг ваших:
नजाओ, किनभने तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट पराजित हुनलाई बचाउन परमप्रभु तिमीहरूसँग हुनुहुन्न ।
43 зане Амалик и Хананей тамо пред вами, и падете мечем, понеже отвратистеся, не покаряющеся Господу, и не будет Господь с вами.
त्यहाँ अमालेकीहरू र कनानीहरू छन्, र तिमीहरू तरवारद्वारा मर्नेछौ, किनभने तिमीहरू परमप्रभुलाई अनुसरण गर्नबाट तर्किएका छौ । यसैले उहाँ तिमीहरूसँग हुनुहुनेछैन ।”
44 И понудившеся взыдоша на верх горы: кивот же завета Господня и Моисей не двигнушася из среды полка.
तर तिनीहरूले पहाडी देशतिर जाने दम्भ गरे; तथापि, न त मोशा न त परमप्रभुको सन्दूकले छाउनी छोडे ।
45 И сниде Амалик и Хананей седяй в горе той, и сотроша их, и изсекоша их даже до Ермана: и возвратишася в полк.
त्यसपछि अमालेकीहरू ओर्लेर आए, र कनानीहरू पनि जो ती पहाडहरूमा बस्थे । तिनीहरूले इस्राएलीहरूलाई आक्रमण गरे र तिनीहरूलाई होर्मासम्म नै खेदेर पराजित गरे ।