< Книга пророка Иеремии 50 >
1 Слово, еже рече Господь на Вавилон и на землю Халдейскую Иеремиею пророком.
यर्मिया अगमवक्ताको हातद्वारा कल्दीहरूको देश बेबिलोनको विषयमा परमप्रभुले घोषणा गर्नुभएको वचन यही हो,
2 Возвестите во языцех и слышано сотворите, воздвигните знамение, возопийте и не скрывайте, рцыте: пленен бысть Вавилон, посрамися Вил, победися Меродах, посрамишася изваяния его, сокрушишася кумиры их.
“जातिहरूलाई खबर गर र तिनीहरूलाई सुन्न लगा । सङ्केत उठा र तिनीहरूलाई सुन्न लगा । यसलाई नलुका । यसो भन्, 'बेबिलोनलाई लिइएको छ । बेललाई लाजमा पारिएको छ । मरोदक हताश भएको छ । यसका मूर्तिहरू लाजमा पारिएका छन् । यसका प्रतिमाहरू हताश पारिएका छन् ।'
3 Яко прииде нань язык от севера, той положит землю его в запустение, и не будет живяй в ней от человека даже и до скота: подвигнушася, отидоша.
यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ, र यसको देशलाई उजाड पार्नेछ । यसमा कोही बस्ने छैन । मानिस र पशु दुवै भाग्नेछन् ।
4 В тыя дни и в то время, глаголет Господь, приидут сынове Израилевы, тии и сынове Иудины вкупе ходяще и плачуще пойдут и Господа Бога своего взыщут.
यो परमप्रभुको घोषणा हो, ती दिनमा र त्यो समयमा इस्राएल र यहूदाका मानिसहरू रुँदैरुँदै जान र परमप्रभु आफ्ना परमेश्वरको खोजी गर्न सँगसँगै आउनेछन् ।
5 Во Сион испытают стези, тамо бо обративше лица своя приидут и приложатся ко Господу заветом вечным, иже забвению не предастся.
तिनीहरूले सियोनतिर जाने बाटो सोध्नेछन्, र यसो भन्दै त्यतैतिर फर्कनेछन्, हामि जानेछौं र परमप्रभुसित कहिलै नबिर्सिने अनन्त करारमा सहभगी हुनेछौं ।”
6 Овцы погибшыя быша людие Мои, пастырие их совратиша их и сотвориша я крытися по горам: с горы на холм ходиша.
मेरा मानिसहरू एउटा हराएको बगाल भएको छ । तिनीहरूका गोठालाहरूले तिनीहरूलाई पहाडहरूमा बरालिदिएका छन् । तिनीहरूले उनीहरूलाई एउटा पहाडदेखि अर्को पडाहमा फर्काएका छन् । तिनीहरू गए, अनि आफू बसेको ठाउँ तिनीहरूले बिर्से ।
7 Забыша ложа своего, вси обретающии их снедаху их, и врази их рекоша: не пощадим их, зане согрешиша Господу, пажить правды, собирающему отцев их Господу.
तिनीहरूकहाँ जाने हरेकले तिनीहरूलाई निले । तिनीहरूका वैरीहरूले भने, 'हामी दोषी छैनौं, किनकि तिनीहरूले परमप्रभु, आफ्ना साँचो घर, आफ्ना पुर्खाहरूको आशाको विरुद्धमा पाप गरे ।'
8 Отидите от среды Вавилона и от земли Халдейски изыдите, и будите яко козлища пред овцами.
बेबिलोनको बिचबाट निस्केर आओ । कल्दीहरूको देशबाट बाहिर जाओ । बोकाहरूजस्ता होओ जुन अरू बगालभन्दा अगिअगि जान्छन् ।
9 Яко се, Аз воздвигну и приведу на Вавилон собрания языков великих от земли полунощныя, и ополчатся нань: оттуду пленен будет, якоже стрела мужа сильна искусна и возвратится праздна.
किनकि हेर, मैले काम गर्न र बेबिलोनको विरुद्धमा उत्तरबाट म महान् जातिहरूको समूहलाई खडा गर्न लागेको छु । तिनीहरू आफै त्यसको विरुद्धमा व्यवस्थित हुनेछन् । त्यहाँबाट बेबिलोन कब्जा गरिनेछ । तिनीहरूका काँडहरू निपुण योद्धाजस्ता छन् जो रित्तो हात फर्कँदैनन् ।
10 И будет земля Халдейска в разграбление, вси грабителе ея наполнятся глаголет Господь:
कल्दी लुटको माल बन्नेछ । यसलाई लुट्नेहरू सबै सन्तुष्ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।
11 зане веселистеся и велеречивасте, расхищающе наследие Мое, скакасте бо яко телцы на траве и бодосте якоже волы.
तँ रमाउँछस् । मेरो उत्तराधिकारको लुटको मालमा तैंले उत्सव मनाउँछस् । खर्कमा नाच्ने बाछोझैं तँ वरिपरि उफ्रन्छस् । शक्तिशाली घोडाझैं तँ हिनहिनाउँछस् ।
12 Поругана бысть мати ваша зело, и посрамися родившая вас: се, последняя во языцех пуста и непроходна и суха.
त्यसैले तेरी आमा अत्यन्तै लज्जित हुनेछे । तँलाई जन्म दिने शर्ममा पर्नेछे । हेर, त्यो जातिहरूका बिचमा नीच हुनेछे । त्यो उजाड, सक्खा भूमि र मरुभूमि हुनेछे ।
13 От гнева Господня не поживут во век: но будет весь в запустение, и всяк ходяй сквозе Вавилон подивится и позвиждет над всякою язвою Его.
परमप्रभुको क्रोधको कारणले बेबिलोनमा आबादी हुनेछैन, तर यो पूर्ण रूपमा सर्वनाश हुनेछ । बेबिलोनको कारणले यसबाट भएर जाने हरेक व्यक्ति तर्सनेछ, र यसका सबै चोटको कारण तिनीहरू गिल्ला गर्नेछन् ।
14 Ополчитеся на Вавилон, вси окрестнии наляцающии лук, стреляйте нань, не щадите стрел ваших, понеже пред Господем согреши,
बेबिलोनको चारैतिर भएकाहरू हो, यसको विरुद्धमा आफैलाई व्यवस्थित गर । धनु तन्काउने हरेकले यसलाई प्रहार गर्नुपर्छ । आफ्नो कुनै पनि काँड बाँकी नराख, किनकि त्यसले परमप्रभुको विरुद्धमा पाप गरेको छ ।
15 возмите его: ослабеша руце его, падоша основания его, сокрушишася забрала его, яко месть Господня есть: отмстите ему, якоже сотвори, сотворите ему:
चारैतिर त्यसको विरुद्धमा सोर उच्च पार । त्यसले आत्मसमर्पण गरेको छ । त्यसका धरहराहरू ढलेका छन् । त्यसका पर्खालहरू भत्काइएका छन्, किनकि यो परमप्रभुको बदला हो । त्यसमाथि बदला लेओ । त्यसले जस्तो गरेको छ तेस्तै त्यसलाई गर ।
16 потребите семя от Вавилона, и держащаго серп во время жатвы от лица меча Еллинска, кийждо к людем своим обратится, и кийждо в землю свою убежит.
बेबिलोनमा बीउ छर्ने किसान र कटनीको समयमा हँसिया प्रयोग गर्ने दुवैलाई नाश पार । अत्याचारीको तरवारबाट हरेक व्यक्ति आफ्नै मानिसहरूकहाँ फर्कोस् । तिनीहरू आफ्नै देशमा फर्कून् ।
17 Овча заблуждающее Израиль, львове изнуриша е: первее яде его царь Ассур, сей же последний и кости оглода ему Навуходоносор царь Вавилонский.
इस्राएल सिंहहरूद्वारा तितरबितर पारिएको र लखेटिएको भेडा हो । पहिले अश्शूरका राजाले त्यसलाई खायो । त्यसपछि बेबिलोनका राजाले त्यसका हड्डीहरू भाँचिदियो ।
18 Сего ради тако глаголет Господь Вседержитель, Бог Израилев: се, Аз посещу на царя Вавилонска и на землю его, якоже посетих на царя Ассурска,
त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः हेर्, मैले बेबिलोनका राजा र त्यसको देशलाई दण्ड दिनै लागेको छु, जसरी मैले अश्शूरको देशलाई दण्ड दिएँ ।
19 и возведу паки Израиля на пажить его, и упасется в Кармиле и Васане, и в горе Ефремли и в Галааде, и насытится душа его.
इस्राएललाई त्यसको मातृभूमिमा म पुनर्स्थापित गर्नेछु । ऊ कर्मेल र बाशानमा चर्नेछ । त्यसपछि ऊ एफ्राइम र गिलादका पहाडी इलाकामा सन्तुष्ट हुनेछ ।
20 В тыя дни и в той час, глаголет Господь, поищут неправды Израилевы, и не будет, и грехов Иудиных, и не обрящутся: яко милостив буду им оставшымся.
परमप्रभु भन्नुहुन्छ, ती दिनमा र त्यो समयमा इस्राएलमा अधर्मको खोजी गरिनेछ, तर केही पनि पाइनेछैन । यहूदाका पापको विषयमा म जाँचबुझ गर्नेछु, तर केही पनि पाइने छैन, किनकि मैले जोगाउने बाँकीहरूलाई म क्षमा दिनेछु ।”
21 На землю владеющих взыди и на живущих в ней посети, разори и убий сущыя по них, глаголет Господь, и сотвори вся, елика заповедаю тебе.
“मरातैम देश र पकोदका बासिन्दाहरूको विरुद्धमा खडा होओ । यो परमप्रभु घोषणा हो, तिनीहरूलाई तरवारमा राख, र विनाशको लागि तिनीहरूलाई अलग गर— मैले तिमीहरूलाई आज्ञा गरेझैं हरेक कुरा गर ।
22 Глас брани и сотрение велико в земли Халдейстей.
देशमा युद्धको ध्वनी र विशाल विनाशको सोर सुनिएको छ ।
23 Како сокрушися и сотреся млат всея земли? Како обратися в пустыню Вавилон во языцех?
सबै देशका घन काटेर टुक्रा-टुक्रा पारेर नाश गरिएका छन् । जातिहरूका बिचमा बेबिलोनचाहिं एउटा नष्ट गरिएको ठाउँ भएको छ ।
24 Взыдут на тя, и пленен будеши, и не познаеши, яко Вавилон еси: обретен и ят еси, понеже разгневал еси Господа.
ए बेबिलोन, मैले तेरो लागि एउटा पासो थापेको छु, र तँ निर्वासनमा लगिइस् अनि तँलाई त्यसको बारेमा थाहा नै भएन । तँलाई भेट्टाइयो र कब्जा गरियो, किनकि तैंले परमप्रभुको विरोध गरिस् ।
25 Отверзе Господь сокровища Своя и изнесе сосуды гнева Своего, яко дело есть Господу Вседержителю в земли Халдейстей:
परमप्रभुले आफ्नो अस्त्रभण्डार खोल्नुभएको छ, र आफ्नो रिसले काम गर्ने उहाँले हातहतियार ल्याउँदै हुनुहुन्छ । कल्दीहरूको देशमा सर्वशक्तिमान् परमप्रभु परमेश्वरको काम छ ।
26 яко приидоша времена его: отверзите хранилища его и испытайте и, аки вертеп, и погубите его, да не будет останка его.
टाढाबाट त्यसलाई आक्रमण गर । त्यसका अन्नका ढुकुटीहरू खुला गर, र त्यसलाई अन्नको थुप्रोझैं थुपार । त्यसलाई विनाशको लागि अलग गर । त्यसको बाँकी रहेको एउटैलाई पनि नछोड ।
27 Изсушите вся плоды его, и да снидут в заклание: горе им, яко прииде день их и час отмщения их.
त्यसका सबै साँढेहरूलाई मार । तिनीहरूलाई काटिने ठाउँमा पठाओ । तिनीहरूलाई धिक्का छ! किनकि तिनीहरूका दिन— तिनीहरूका दण्डको समय आएको छ ।
28 Глас бежащих и избегших от земли Вавилонския, да возвестят в Сионе отмщение Господа Бога нашего, отмщение храма Его.
बेबिलोनको देशबाट भागिरहेकाहरू र त्यहाँ बाँचेकाहरूको आवाज सुनिन्छ । यिनीहरूले सियोनका लागि परमप्रभु हाम्रा परमेश्वरको बदला र उहाँको मन्दिरको बदलाको खबर दिनेछन् ।”
29 Возвестите на Вавилон многим, всем наляцающым лук, ополчитеся нань окрест: да не убежит ни един из него: воздайте ему по делом его, по всему, елика сотвори, сотворите ему, яко воста на Господа Бога Святаго Израилева.
“बेबिलोनको विरुद्धमा काँड हान्नेहरू, आफ्ना धनु तान्नेहरूलाई बोलाओ । त्यसको विरुद्धमा छाउनी हाल, र कोही पनि भाग्न नपाओस् । त्यसले गरेको कामअनुसार त्यसको बदला लेओ । त्यसले प्रयोग गरेको नापअनुसार त्यसलाई गर । किनभने त्यसले परमप्रभु, इस्राएलका परमपवित्रलाई दुषित पारेको थियो ।
30 Сего ради падут юноши его на стогнах его, и вси мужие воинстии его низвержени будут в той день, глаголет Господь.
त्यसैले त्यसका युवाहरू सहरका चोकहरूमा ढल्नेछन्, र त्यस दिन त्यसका योद्धाहरू नष्ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।”
31 Се, Аз на тя, горде, глаголет Господь Бог Вседержитель, яко прииде день твой и час посещения твоего:
“हेर्, अहङ्कारी, म तेरो विरुद्धमा छु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, किनकि ए अहंकारी, तँलाई दण्ड दिने तेरो दिन आइपुगेको छ, जति बेला म तँलाई दण्ड दिनेछु ।
32 и падет гордыня твоя и разрушится, и не будет возставляяй ю: и возжгу огнь в дубраве его, и пояст вся окрестная его.
त्यसैले अहङ्कारीहरू ठक्कर खानेछन् र ढल्नेछन् । कसैले तिनीहरूलाई उठाउनेछैन । म तिनीहरूका सहरहरूमा आगो लगाउनेछु । त्यसले उसको वरिपरि भएको हरेक कुरोलाई भस्म पार्नेछ ।
33 Тако глаголет Господь Вседержитель: порабощение терпят сынове Израилевы и сынове Иудины, вкупе вси пленившии их поработиша их, не хощут бо отпустити их.
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छः यहूदाका मानिसहरूसँगै इस्राएलका मानिसहरूलाई थिचोमिचो गरिएको छ । तिनीहरूलाई कब्जा गर्नेहरूले अझै पनि तिनीहरूलाई थुनिराखेका छन् । तिनीहरूले उनीहरूलाई जान दिन इन्कार गर्छन् ।
34 Избавитель же их сильный, Господь Вседержитель имя Ему, судом судити имать супостаты своя, яко да избавит землю, и потрясет жительми Вавилонскими.
तिनीहरूलाई छुटकारा दिने बलवान् हुनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो । देशमा चैन ल्याउन र बेबिलोनमा बस्नेहरूकहाँ द्वन्द ल्याउन उहाँले साँच्चै तिनीहरूको पक्षमा बोल्नुहुनेछ ।
35 Мечь на Халдеев, глаголет Господь, и на жители Вавилонския, и на князи и на мудрыя его,
यो परमप्रभुको घोषणा हो, कल्दीहरूको विरुद्धमा र बेबिलोनका बासिन्दाहरू, त्यसका अगुवाहरू र यसका बुद्धिमानी मानिसहरूको विरुद्धमा एउटा तरवार छ ।
36 мечь на обаятели его, и буии будут, и мечь на сильныя его, и ослабеют:
व्यर्थका कुराहरू गर्नेहरूको विरुद्धमा तरवार छ । तिनीहरू मूर्ख हुनेछन् । त्यसका सिपाहीहरूको विरुद्धमा तरवार छ । तिनीहरू त्रासले भरिनेछन् ।
37 мечь на кони его и на колесницы его, и на вся прочыя люди, иже суть посреде его, и будут яко жены: мечь на сокровища его, и расхитятся:
तिनीहरूका घोडाहरू, तिनीहरूका रथहरू र बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार छ, यसैले तिनीहरू स्त्रीहरूझैं हुनेछन् । त्यसका भण्डारहरूमा तरवार आउँदैछ, र ती लुटिनेछन् ।
38 мечь на воды его, и постыдятся, яко земля изваянных есть, и во островех хваляхуся.
त्यसका नदीहरूमा खडेरी पर्दैछ, र ती सुक्नेछन् । किनकि त्यो बेकम्मा मूर्तिहरूको देश हो, र आफ्ना डरलाग्दा मूर्तिहरूद्वारा बौलाहा बनाइएका मानिसहरूले झैं तिनीहरू व्यवहार गर्छन् ।
39 Сего ради поживут мечты во островех, и поживут в нем дщери сиринов, и не будет живуща в нем ктому во веки, ниже соградится от рода в род.
स्यालहरूसँगै मरुभूमिका जनावरहरू त्यहाँ बस्नेछन्, र अस्ट्रिचका बच्चाहरू त्यहाँ बस्नेछन् । किनकि त्यसमा फेरि कहिल्यै बासिन्दा बस्नेछैनन् । पुस्तादेखि पुस्तासम्म त्यहाँ कोही पनि बस्नेछैन ।
40 Якоже преврати Господь Содома и Гоморра и окрестныя грады их, глаголет Господь, не пребудет тамо муж, ниже поживет в нем сын человечь.
जसरी परमेश्वरले सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूलाई नष्ट गर्नुभयो, त्यसरी नै त्यहाँ कोही बस्नेछैन, कुनै व्यक्ति त्यहाँ रहनेछैन, यो परमप्रभुको घोषणा हो ।”
41 Се, людие идут от севера, и язык велик, и царие мнози востанут от конец земли,
“हेर, उत्तरबाट एउटा जाति आउँदैछ । पृथ्वीको पल्लो छेउबाट एउटा जाति र धेरै राजाहरूलाई उत्तेजित पारिंदैछ ।
42 луки и щиты имуще, грозни суть и немилостиви: глас их яко море возшумит, на кони возсядут, уготовани якоже огнь на брань противу тебе, дщи Вавилоня.
तिनीहरूले धनु र भालाहरू उठाउनेछन् । तिनीहरू क्रुर छन् र दया देखाउँदैनन् । ए बेबिलोनकी छोरी हो, तिनीहरूको सोर समुद्रको गर्जनझैं छ, र युद्ध गर्न तयार मानिसहरूझैं तेरो विरुद्धमा तिनीहरू घोडामा सवार हुँदैछन् ।
43 Услыша царь Вавилонский слух их, и ослабеша руце его, скорбь объят его и болезни, яко раждающую.
बेबिलोनका राजाले तिनीहरूको बारेमा खबर सुन्यो, र त्यसका हात चिन्ताले फतक्कै गले । प्रसव-वेदनामा परेकी स्त्रीझैं वेदनाले त्यसलाई समात्यो ।
44 Се, яко лев изыдет от рыкания Иорданова на место Ефана, яко скоро отмщу их от него, и всякаго юношу над ним поставлю. Кто бо подобен Мне? И кто может стояти противу Мене? И кто есть пастырь сей, иже воспротивится лицу Моему?
हेर्, त्यो यर्दनका जङ्गलहरूबाट सधैं हरिया रहने ठाउँमा सिंहझैं माथि उक्लनेछ । किनकि तिनीहरूलाई म तुरुन्तै त्यहाँबाट भाग्न लगाउनेछु, र यसको जिम्मामा म चुनिएको कसैलाई नियुक्त गर्नेछु । किनकि मजस्तो को छ अनि कसले मलाई बोलाउनेछ र? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?
45 Темже слышите совет Господень, егоже совеща на Вавилон, и умышления Его, яже умысли на землю Халдейску: аще не исторгнутся агнцы овец их, аще не будет разметана (вкупе с ними) пажить их.
त्यसैले परमप्रभुले बेबिलोनको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, कल्दीहरूको देशको विरुद्धमा उहाँले रच्नुभएका योजनाहरू सुन । निश्चय नै स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।
46 От гласа бо пленения Вавилонскаго потрясется земля, и вопль во языцех слышан будет.
बेबिलोन पराजित गरिएको सोरमा पृथ्वी हल्लिन्छ, र जातिहरूका बिचमा तिनीहरूको चिन्ताको सोर सुनिन्छ ।”