< Первая книга Паралипоменон 6 >
1 Сынове Левии: Герсон, Кааф и Мерари.
लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
2 Сынове же Каафовы: Амрам и Иссаар, Хеврон и Озиил.
कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए ।
3 Сынове же Амрамли: Аарон и Моисей и Мариам. Сынове же Аароновы: Надав и Авиуд, Елеазар и Ифамар.
अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए । हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए ।
4 И Елеазар роди Финееса, и Финеес роди Авиуда,
एलाजार पीनहासका पिता भए, र पीनहास अबीशूका पिता भए ।
5 и Авиуд роди Воккиа, и Воккий роди Озию,
अबीशू बुक्कीका पिता भए, बुक्की उज्जीका पिता भए ।
6 Озиа же роди Сареа, и Сарей роди Мариофа,
उज्जी जरयाहका पिता भए, जरयाह मरायोतका पिता भए ।
7 Мариоф же роди Амарию, Амариа же роди Ахитова,
मरायोत अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।
8 Ахитов же роди Садока, и Садок роди Ахимааса,
अहीतूब सादोकका पिता भए, र सादोक अहीमासका पिता भए ।
9 Ахимаас же роди Азарию и Азариа роди Иоанана,
अहीमास अजर्याहका पिता भए, र अजर्याह योहानानका पिता भए ।
10 Иоанан же роди Азарию, той есть Азариа, иже священствова в дому, егоже созда Соломон во Иерусалиме.
योहानान अजर्याहका पिता भए, जसले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्दिरमा सेवा गरे ।
11 Роди же Азариа Амарию, и Амариа роди Ахитова,
अजर्याह अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।
12 Ахитов же роди Садока, и Садок роди Селлума,
अहीतूब सादोकका पिता भए, र सादोक शल्लूमका पिता भए ।
13 и Селлум роди Хелкию, и Хелкиа роди Азарию,
शल्लूम हिल्कियाहका पिता भए, र हिल्कियाह अजर्याहका पिता भए ।
14 и Азариа роди Сареа, и Сарей роди Иоседека.
अजर्याह सरायाहका पिता भए, र सरायाह यहोसादाकका पिता भए ।
15 Иоседек же изыде, егда пресели Господь Иуду и Иерусалима рукою Навуходоносора в Вавилон.
परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा यहोसादाक पनि कैदमा लगिए ।
16 Сынове же Левиини: Герсон, Кааф и Мерари.
लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
17 И сия имена сынов Герсоних: Ловений и Семей.
गेर्शोनका छोराहरू लिब्नी र शिमी थिए ।
18 Сынове же Каафовы: Амрам и Иссаар, Хеврон и Озиил.
कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए ।
19 Сынове же Мерарины: Мооли и Муси. И сии роди Левиини по отечеством их.
मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन् ।
20 Герсонови: Ловений сын его, Иеф сын его, Семна сын его,
गेर्शोनका सन्तानहरू: तिनका छोरा लिब्नी थिए । लिब्नीका छोरा येहाथ तिए । तिनका छोरा जिम्माह थिए ।
21 Иола сын его, Аддо сын его, Зара сын его, Иефри сын его.
तिनका छोरा योआ थिए । तिनका छोरा इद्दो थिए । तिनका छोरा जेरह तिए । तिनका छोरा यातरै थिए ।
22 Сынове Каафовы: Иссаар сын его, Аминадав сын его, Корей сын его, Асир сын его,
कहातका सन्तानहरूः तिनका छोरा अम्मीनादाब थिए । तिनका छोरा कोरह थिए । तिनका छोरा अस्सीर थिए ।
23 Елкана сын его, Ависаф сын его, Асир сын его,
तिनका छोरा एल्काना थिए । तिनका छोरा एब्यासाप थिए । तिनका छोरा अस्सीर थिए ।
24 Кааф сын его, Уриил сын его, Озиа сын его, Саул сын его.
तिनका छोरा तहत थिए । तिनका छोरा उरीएल थिए । तिनका छोरा उज्जियाह थिए । तिनका छोरा शौल थिए ।
25 Сынове же Елкановы: Амаси сын его, Амиоф сын его,
एल्कानाका छोराहरू अमासै, अहीमोत,
26 Елкана сын его, Суфий сын его, и Нааф сын его,
अनि एल्काना नाउँको एक जना छोरा, तिनका छोरा सोफै, तिनका छोरा नहत,
27 Елиав сын его, Иеремеил сын его, Елкана сын его, Самуил сын его.
तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्काना थिए ।
28 Сынове же Самуили: первенец его Иоиль и вторый Авиа.
शमूएलका छोराहरू जेठा योएल र कान्छा अबिया थिए ।
29 Сынове же Мерарины: Мооли сын его, Ловений сим его, Семей сын его, Озиа сын его,
मरारीका छोरा महली थिए । तिनका छोरा लिब्नी थिए । तिनका छोरा शिमी थिए । तिनका छोरा उज्जाह थिए ।
30 Саммаа сын его, Ананий сын его, Асаиа сын его.
तिनका छोरा शिमेअ थिए । तिनका छोरा हग्गियाह थिए । तिनका छोरा असायाह थिए ।
31 Сии же суть, ихже постави Давид над певцы в дому Господни, егда постави кивот:
सन्दूक परमप्रभुको मन्दिरमा राखेपछि सङ्गीतको जिम्मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन् ।
32 и бяху служаще пред скиниею дому свидения в пении, дондеже созда Соломон дом Господень во Иерусалиме, и стояху по чину своему в служении своем.
सोलोमनले यरूशलेममा परमप्रभुको मन्दिर नबनाएसम्म पवित्र वासस्थान, अर्थात् भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे ।
33 И сии предстоящии и сынове их от сынов Каафовых: Еман певец сын Иоиля, сына Самуилева,
आ-आफ्ना छोराहरूसँग सेवा गर्नेहरू यी नै थिए । कहातीहरूबाट सङ्गीतकार हेमान आए । तिनका पुर्खा यी नै थिएः हेमान योएलका छोरा थिए । योएल शमूएलका छोरा थिए ।
34 сына Елканова, сына Еремеилева, сына Елиавля, сына Наафова,
शमूएल एल्कानाका छोरा थिए । एल्काना यरोहामका छोरा थिए । यरोहाम एलीएलका छोरा थिए । एलीएल तोहका छोरा थिए ।
35 сына Суфова, сына Елканаева, сына Амиофова, сына Амасова,
तोह सूपका छोरा थिए । सूप एल्कानाका छोरा थिए । एल्काना महतका छोरा थिए । महत अमासैका छोरा थिए । अमासै एल्कानाका छोरा थिए ।
36 сына Елканова, сына Иоилева, сына Азариева, сына Сафаниева,
एल्काना योएलका छोरा थिए । योएल अजर्याहका छोरा थिए । अजर्याह सपन्याहका छोरा थिए ।
37 сына Маафова, сына ассерова, сына Авиасафова, сына Асирова, сына Кореова,
समपन्याह तहतका छोरा थिए । तहत अस्सीरका छोरा थिए । अस्सीर एब्यासापका छोरा थिए । एब्यासाप कोरहका छोरा थिए ।
38 сына аминадавова, сына Исаарова, сына Каафова, сына Левиина, сына Израилева:
कोरह यिसहारका छोरा थिए । यिसहार कहातका छोरा थिए । कहात लेवीका छोरा थिए । लेवी इस्राएलका छोरा थिए ।
39 и брат его Асаф, иже стояша одесную его: Асаф сын Варахии, сына Самааева,
हेमानका सहयोगी आसाप थिए, जो तिनको दायाँतर्फ खडा रहन्थे । आसाप बेरेक्याहका छोरा थिए । बेरेक्याह शिमेअका छोरा थिए ।
40 сына Михаилова, сына Масилова, сына Мелхиева,
शिमेअ मिखाएलका छोरा थिए । मिखाएल बासेयाहका छोरा थिए । बासेयाह मल्कियाहका छोरा थिए ।
41 сына Афаниева, сына Зараева, сына Адаиева,
मल्कियाह एत्नीका छोरा थिए । एत्नी जेरहका छोरा थिए । जेरह अदायाहका छोरा थिए ।
42 сына Ифамова, сына Земмина, сына Семеиева,
अदायाह एतानका छोरा थिए । एतान जिम्माहका छोरा थिए । जिम्माह शिमीका छोरा थिए ।
43 сына Иеефова, сына Герсонова, сына Левиина.
शिमी यहतका छोरा थिए । यहत गेर्शोनका छोरा थिए । गेर्शोन लेवीका छोरा थिए ।
44 Сынове же Мерарины братия их ошуюю: Ефам сын Хусии, сына Авдиина, сына Малохова,
हेमानका बायाँतर्फ तिनका सहयोगीहरू मरारीका छोराहरू थिए । तिनीहरूमा कीशीका छोरा एतान थिए । कीशी अब्दीका छोरा थिए । अब्दी मल्लूकका छोरा थिए ।
45 сына Савиева, сына Амасиева, сына Хелкиева,
मल्लूक हशब्याहका छोरा थिए । हशब्याह अमस्याहका छोरा थिए । अमस्याह हिल्कियाहका छोरा थिए ।
46 сына Амасиева, сына Ваниина, сына Семирова,
हिल्कियाह अम्सीका छोरा थिए । अम्सी बानीका छोरा थिए । बानी शेमेरका छोरा थिए ।
47 сына Моолиина, сына Мусиева, сына Мерарина, сына Левиина.
शेमेर महलीका छोरा थिए । महली मूशीका छोरा थिए । मूशी मरारीका छोरा थिए । मरारी लेवीका छोरा थिए ।
48 Братия же их по домом отечеств их, левитяне даны во всякое дело служения скинии дому Божия:
तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्वरको मन्दिरमा भएको पवित्र वासस्थानका सबै कामको जिम्मा दिइयो ।
49 и Аарон и сынове его кадяху над олтарем всесожжений и над олтарем фимиама во всякое дело Святых Святым, и да молятся за Израиля по всему, елика повеле Моисей раб Божий.
हारून र तिनका सन्तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्चित गर्नलाई परमेश्वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए ।
50 Сии же сынове Аарони: Елеазар сын его, Финеес сын его, Авиуд сын его,
हारूनका सन्तान निम्नानुसार चिनिन्थेः हारूनका छोरा एलाजार थिए । एलाजारका छोरा पीनहास थिए । पीनहासका छोरा अबीशू थिए ।
51 Вокхий сын его, Озий сын его, Сарей сын его,
अबीशूका छोरा बुक्की थिए । बुक्कीका छोरा उज्जी थिए । उज्जीका छोरा जरयाह थिए ।
52 Мариоф сын его, Амариа сын его, Ахитов сын его,
जरयाहका छोरा मरायोत थिए । मरायोतका छोरा अमर्याह थिए । अमर्याहका छोरा अहीतूब थिए ।
53 Садок сын его, Ахимаас сын его.
अहीतूबका छोरा सादोक थिए । सादोकका छोरा अहीमास थिए ।
54 И сия обитания их, по селам их и в пределех их, сыном Аароним племени Каафову, тем бо бысть жребий:
हारूनका सन्तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन् (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो) ।
55 и даша им Хеврон в земли Иудине и подградия его окрест его:
उनीहरूले तिनीहरूलाई यहूदाको देशमा भएको हेब्रोन र त्यसका खर्कहरू दिए,
56 и села града и веси его даша Халеву сыну Иефонниину.
तर त्यस सहरका खेतबारी र त्यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्नेका छोरा कालेबलाई दिए ।
57 Сыном же Аароним даша грады убежищ: Хеврон и подградия его, и Ловну и подградия ея, и Алом и окрестная его,
हारूनका सन्तानहरूलाई तिनीहरूले हेब्रोन (शरणस्थानको सहर) र लिब्ना, यत्तीर, र एश्तमोका खर्कहरूसहित,
58 и Келом и окрестная его, и Давир и окрестная его,
खर्कहरूसहित हीलन र खर्कहरूसहित दबीर पनि दिए ।
59 и Асан и подградия его, и Вефсамис и подградия его, и Вефсур и подградия его:
अनि तिनीहरूले हारूनका सन्तानलाई खर्कहरूसहित आशानका साथै खर्कहरूसहित युत्ता र बेथ-शमेश दिए ।
60 от колена же Вениаминова Гаваон и подградия его, и Еламоф и подградия его, и еламвей и подградия его, и Анафоф и подградия его: всех градов их тринадесять, градов по племенем их.
अनि बेन्यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा, खर्कहरूसहित आलेमेत, खर्कहरूसहित अनातोत दिए । तिनीहरूका सहरहरू जम्मा तेह्र वटा थिए । यी सहरहरू कहातीका तेह्र वंशहरू माझमा बाँडियो ।
61 И сыном Каафовым оставшымся от племене рода, от полуплемене Манассиина, даша по жребию десять градов.
कहातका बाँकी सन्तानहरूलाई मनश्शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो ।
62 И сыном Герсоним по племенем их от колена Иссахарова и от колена Асирова, и от колена Неффалимова и от колена Манассиина в Васане, грады тринадесять.
गेर्शोनका सन्तानहरूलाई तिनीहरूका वंशहरूमा इस्साखार, आशेर, नप्ताली र बाशानमा भएको मनश्शेका कुलबाट तेह्र वटा सहरहरू दिइयो ।
63 И сыном Мерариным по племенем их от колена Рувимова и от колена Гадова и от колена Завулоня даша по жребию градов дванадесять.
मरारीका सन्तानहरूलाई तिनीहरूका वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए ।
64 Даша же сынове Израилевы левитом грады и подградия их.
यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए ।
65 Даша же по жребию от колена сынов Иудиных и от колена сынов Симеоних и от колена сынов Вениаминих грады сия, ихже назваша имены (своими).
माथि उल्लेख गरिएका सहरहरू यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो ।
66 И от племен сынов Каафовых, и быша грады пределов их от колена Ефремова:
कहातीका केही वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइए ।
67 и даша им грады убежищ: Сихем с подградиями его в горе Ефремове и Газер с подградиями его,
तिनीहरूलाई एफ्राइमको पहाडी देशमा शकेमका खर्कहरूसहित (शरणस्थानको सहर) गेजेरका खर्कहरूसहित,
68 и Екмаан с подградиями его, и Вефорон и подградие его,
खर्कहरूसहित योक्माम र खर्कहरूसहित बेथ-होरोन,
69 и Елон с подградиями его, и Гефремон с подградиями его:
खर्कहरूसहित अय्यालोन र खर्कहरूसहित गात-रिम्मोन दिइयो ।
70 и от половины колена Манассиина Анеир и подградия его, и Иевлаам и подградная его, по племени сыном Каафовым оставшымся.
मनश्शेको आधा कुलले खर्कहरूसहित आनेर र खर्कहरूसहित बिलाम कहातीका बाँकी वंशहरूलाई दिए । यी जमिनहरू बाँकी कोहाती वंशका सम्पत्ति बने ।
71 Сыном Герсоним от отечеств полуплемене Манассиина Гавлон от Васана и подградная его, и Асироф с подградными его:
गेर्शोनीहरूलाई मनश्शेका आधा कुलबाट खर्कहरूसहित बाशानमा भएको गोलान र खर्कहरूसहित अस्तारोत दिए ।
72 и от колена Иссахарова Кедес с подградными его, и Надар с подградными его,
इस्साखारको कुलले खर्कहरूसहित केदेश, खर्कहरूसहित दाबरत,
73 и Рамоф и подградная его, и Енан с подградными его:
खर्कहरूसहित रामोत र खर्कहरूसहित अनेम दिए ।
74 и от колена Асирова Масию с подградными его, и Рамоф и подградие его,
इस्साखारले आशेरको कुलबाट खर्कहरूसहित माशाल, खर्कहरूसहित अब्दोन,
75 и Акак и подградие его, и Роов с подградными его:
खर्कहरूसहित हूकोक र खर्कहरूसहित रहोब प्राप्त गरे ।
76 и от колена Неффалимля Кадис в Галилеи и подградная его, и Хамоф с подградными его, и Кариафаим и подградная его.
तिनीहरूले नप्तालीको कुलबाट खर्कहरूसहित गालीलको केदेश, खर्कहरूसहित हम्मोन र खर्कहरूसहित किर्यातैम, प्राप्त गरे ।
77 И сыном Мерариным оставшымся от колена Завулоня Реммон и подградная его, и Фавор с подградными его,
मरारीका बाँकी सन्तानहरूले जबूलूनको कुलबाट खर्कहरूसहित योक्माम, कर्तह, रिम्मोनो र खर्कहरूसहित तबोर प्राप्त गरे,
78 и за Иорданом Иерихон противу востока Иорданова: от колена Рувимова Восор в пустыни с подградными его, и Есса с подградными его,
अनि यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट मरुभूमिमा भएको बेसेर, यहसाह,
79 и Кадимоф и подградная его, и Моапсаф с подградными его:
खर्कहरूसहित कदेमोत र खर्कहरूसहित मेपात,
80 и от колена Гадова Раммоф Галаадский и подградная его, и Наим с подградными его,
लेवीहरूले गादको कुलबाट खर्कहरूसहित गिलादमा भएको रामोत, खर्कहरूसहित महनोम,
81 и Есевон с подградными его, и Иазир с подградными его.
खर्कहरूसहित हेश्बोन र खर्कहरूसहित याजेर प्राप्त गरे ।