< Zekaria 3 >
1 Ipapo akandiratidza Joshua muprista mukuru amire pamberi pomutumwa waJehovha, uye Satani amire kurudyi rwake kuti amupomere.
त्यसपछि परमप्रभुले मलाई प्रधान पुजारी यहोशू परमप्रभुको स्वर्गदूतको अगि उभिएका देखाउनुभयो र शैतान तिनलाई पापको दोष लगाउनको निम्ति तिनको दाहिने हात तिर उभिरहेको थियो ।
2 Jehovha akati kuna Satani, “Jehovha ngaakutuke iwe, Satani! Jehovha, iye akasarudza Jerusarema, ngaakutuke! Ko, murume uyu haazi rukuni runobvira rwabvutwa mumoto here?”
परमप्रभुका स्वर्गदूतले शैतानलाई भने, “ए शैतान, परमप्रभुले तँलाई हप्काऊन् । यरूशलेमलाई चुन्नुहुने परमप्रभुले तँलाई हप्काऊन्! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र?”
3 Zvino Joshua akanga akapfeka nguo dzine tsvina amire pamberi pomutumwa.
स्वर्गदूतको अगि उभिँदा यहोशूले फोहोर लुगा लगाएका थिए ।
4 Mutumwa akati kuna avo vakanga vamire pamberi pake, “Mubvisei nguo dzake dzine tsvina.” Ipapo akati kuna Joshua, “Tarira ndabvisa chivi chako, uye ndichakupfekedza nguo dzinokosha.”
अनि स्वर्गदूतले आफ्नो अगि उभिरहेकाहरूलाई भने, “त्यसबाट ती फोहोर लुगाहरू फुकालिदेओ ।” अनि तिनले यहोशूलाई भने, “हेर! मैले तिम्रा पाप तिमीबाट अलग गराइदिएको छु र म तिमीलाई असल लुगा लगाइदिनेछु ।”
5 Ipapo ndakati, “Isai nguwani yakachena pamusoro wake.” Nokudaro vakamupfekedza nguwani yakachena pamusoro wake uye vakamupfekedza nguo, mutumwa waJehovha amirepo.
त्यसपछि मैले भनें, “तिनीहरूले तिनको शिरमा एउटा सफा फेटा लगाइदिऊन्!” यसैले परमप्रभुका स्वर्गदूत उभिरहँदा नै तिनीहरूले यहोशूको शिरमा सफा फेटा लगाइदिए र तिनलाई सफा लुगा पहिराइदिए ।
6 Mutumwa waJehovha akarayira Joshua achiti,
त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूलाई यस्तो कडा आज्ञा दिए,
7 “Zvanzi naJehovha Wamasimba Ose: ‘Kana ukafamba nenzira dzangu uye ukachengeta mirayiro yangu, ipapo uchatonga imba yangu uye uchachengetawo mavazhe angu, uye ndichakupa nzvimbo pakati paava vakamira pano.
“सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ, तँ मेरा मार्गमा हिँडिस्, र मेरा आज्ञाहरू पालन गरिस् भने, तैंले मेरो भवनको जिम्मा लिनेछस् र मन्दिरको सुरक्षा गर्नेछस्, किनकि यहाँ मेरो सामु उभिएकाहरूमध्ये म तँलाई भित्र आउन र बाहिर जान दिनेछु ।
8 “‘Teerera, iwe Joshua muprista mukuru navanobata pamwe chete newe vagere pamberi pako, varume ava vanova chiratidzo chezvinouya: Ndichauyisa muranda wangu, Davi.
प्रधान पुजारी यहोशू, र तँसँगै बस्ने तेरा साथीहरू, सुन! किनकि यी मानिसहरू चिन्ह हुन्, तर म आफैँले नै मेरा दास अर्थात् हाँगोलाई ल्याउनेछु ।
9 Tarirai ibwe randaisa pamberi paJoshua! Pane maziso manomwe pabwe rimwe chete iroro, uye ndichatema chinyorwa pariri,’ ndizvo zvinotaura Jehovha Wamasimba Ose, ‘uye ndichabvisa chivi chenyika ino nezuva rimwe chete.
अब मैले यहोशूको सामु राखिदिएको ढुङ्गोलाई हेर् । यो एउटा ढुङ्गोमा सात आँखाहरू छन्, र म एउटा शिलालेख खोप्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ, अनि म एक दिनमा नै यस भूमिबाट पाप मेटाउनेछु।
10 “‘Pazuva iro mumwe nomumwe wenyu achakoka muvakidzani wake kuzogara pasi pomuzambiringa napasi pomuonde wake,’ ndizvo zvinotaura Jehovha Wamasimba Ose.”
त्यस दिनमा हरेक मानिसले आफ्नो छिमेकीलाई आफ्नो दाखको बोट र अन्जिरको रूखमुनि बस्न निम्तो दिनेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”