< Zvirevo 3 >

1 Mwanakomana wangu, usakanganwa kudzidzisa kwangu, asi uchengete mirayiro yangu mumwoyo mako,
हे मेरो छोराछोरी, मेरो शिक्षालाई नबिर्स; तर मेरा आज्ञाहरूलाई आफ्नो हृदयमा लुकाइराख;
2 nokuti zvichawedzera makore mazhinji kuupenyu hwako, uye nokubudirira.
किनकि यसले तिमीलाई दीर्घायु बनाउनेछ, र तिम्रा लागि शान्ति र उन्‍नति ल्याउनेछ।
3 Rudo nokutendeka ngazvirege kukusiya; uzvisungirire pamutsipa wako, zvinyore pahwendefa romwoyo wako.
प्रेम र विश्‍वासयोग्यताले तिमीलाई कहिल्यै नछोडून्, ती तिमीले आफ्नो गलामा बाँधिराख, ती तिमीले आफ्नो हृदयको पाटीमा लेखिराख।
4 Ipapo uchawana nyasha nezita rakanaka pamberi paMwari navanhu.
तब तिमीले परमेश्‍वर र मानिसहरूको दृष्‍टिमा निगाह र असल नाम कमाउनेछौ।
5 Vimba naJehovha nomwoyo wako wose urege kuzendamira panjere dzako;
तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!
6 munzira dzako dzose umutungamidze, uye acharuramisa nzira dzako.
आफ्ना सबै मार्गहरू उहाँलाई सुम्प, र उहाँले तिम्रा मार्गहरू सीधा तुल्याइदिनुहुनेछ।
7 Usazviita munhu akachenjera pamaonero ako; itya Jehovha uvenge zvakaipa.
आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन; याहवेहको डर मान, र दुष्कर्मलाई त्याग!
8 Izvi zvichava utano pamuviri wako uye nokusimbiswa kwamapfupa ako.
यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ।
9 Kudza Jehovha nepfuma yako, zvokutanga zvezvirimwa zvako;
आफ्ना धनसम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले याहवेहलाई आदर गर।
10 ipapo matura ako achazadzwa kusvikira pakufashukira, uye makate ako achazara kusvika pamusoro newaini itsva.
तब तिम्रा ढुकुटीहरू भरिएर पोखिनेछन्, र तिम्रा घ्याम्पाहरू नयाँ दाखमद्यले भरिपूर्ण हुनेछन्।
11 Mwanakomana wangu, usazvidza kuranga kwaJehovha, uye usatsamwira kutsiura kwake,
हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान, र उहाँको हप्कीप्रति चित्त नदुःखाऊ;
12 nokuti Jehovha anoranga avo vaanoda, sababa nomwanakomana wavanofarira.
किनकि जसलाई याहवेहले प्रेम गर्नुहुन्छ, उसलाई नै उहाँले अनुशासन गर्नुहुन्छ, जसरी बुबाले आफ्नो प्यारो छोरालाई ताडना दिन्छन्।
13 Akaropafadzwa munhu anowana uchenjeri, munhu anowana kunzwisisa,
त्यो मानिस धन्यको हो, जसले बुद्धि प्राप्‍त गर्छ, र जसले समझशक्ति प्राप्‍त गर्छ,
14 nokuti hwakanyanya kunaka kupfuura sirivha, uye hunopfumisa kupfuura goridhe.
किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ, र यसले सुनभन्दा उत्तम प्रतिफल दिन्छ।
15 Hunokosha kupfuura marubhi; zvose zvaunoshuva hazvingafananidzwi nahwo.
बुद्धि माणिकहरूभन्दा पनि मूल्यवान् हुन्छ, तिमीले इच्छा गरेका कुनै पनि थोक यससँग तुलना गर्न सकिँदैन।
16 Mazuva mazhinji oupenyu ari muruoko rwahwo rworudyi; muruboshwe rwahwo mune upfumi nokukudzwa.
यसको दाहिने हातमा दीर्घायु छ, र यसको देब्रे हातमा धनसम्पत्ति र सम्मान छन्।
17 Nzira dzahwo dzinofadza, uye makwara ahwo ose rugare.
यसका मार्गहरू आनन्ददायक हुन्छन्, र यसका सबै बाटाहरू शान्तिका हुन्छन्।
18 Ndihwo muti woupenyu kuna vose vanohumbundikira; vose vanohubata vacharopafadzwa.
यसलाई पक्रिरहनेहरूका निम्ति यो जीवनको रूख हो, यसलाई अपनाउनेहरूका लागि आशिष् हो।
19 Nouchenjeri Jehovha akateya nheyo dzenyika, nokunzwisisa akaisa matenga munzvimbo dzawo;
बुद्धिद्वारा नै याहवेहले पृथ्वीको जग बसाल्नुभयो, समझशक्तिद्वारा उहाँले स्वर्गहरूलाई ठिक ठाउँमा राख्नुभयो,
20 noruzivo rwake mvura dzakadzika dzakapatsanurwa, uye makore akadonhedza dova.
उहाँको ज्ञानद्वारा सागरका गहिराइहरू भाग-भाग भए, र बादलहरूले शीत वृष्‍टि गरे।
21 Mwanakomana wangu, chengetedza kutonga kwakanaka nokungwara, usazvirega zvichibva pameso ako;
हे मेरो छोरोछोरी, बुद्धि र समझशक्तिलाई तिम्रो दृष्‍टिबाट जान नदेऊ, उचित न्याय र विवेकलाई जोगाइराख,
22 zvichava upenyu kwauri, chishongo chakanaka pamutsipa wako.
ती तिम्रा निम्ति जीवन, र तिम्रा गलामा शोभायमान गहनाजस्तै हुनेछन्।
23 Ipapo uchafamba panzira yako murugare, uye rutsoka rwako harungagumburwi;
तब तिमी आफ्नो मार्गमा सुरक्षित भई हिँड्नेछौँ, तब तिम्रा खुट्टाले ठेस खानेछैन।
24 paunovata pasi, haungatyi; paunovata pasi, hope dzako dzichava dzakanaka.
जब तिमी ढल्किनेछौ, तब तिमीलाई डर लाग्नेछैन, जब तिमी ढल्किनेछौ, तिमीलाई मिठो निद्रा लाग्नेछ।
25 Usatya zvako dambudziko rinovhundutsa kana kuparadza kunokunda vakaipa,
तिमीलाई अचानक आउने विपत्तिको अथवा दुष्‍टमाथि आइपर्ने विनाशको डर हुनेछैन।
26 nokuti Jehovha achava chivimbo chako uye achachengeta rutsoka rwako kuti rurege kubatwa.
किनकि याहवेह तिम्रो भरोसा हुनुहुनेछ, र उहाँले तिम्रो खुट्टाहरूलाई पासोमा फस्‍नदेखि बचाउनुहुनेछ।
27 Usarega kuitira zvakanaka kuno uyo akafanirwa nazvo, kana zviri musimba rako kuzviita.
जसलाई भलाइ गर्नुपर्ने हो, तिम्रो बल होउन्जेल त्यसलाई नरोक।
28 Usati kumuvakidzani wako, “Ugodzoka imwe nguva; ndichazokupa mangwana,” iwe uchitova nazvo pauri.
तिमीसित दिनलाई केही कुरा छ भने, आफ्नो छिमेकीलाई “पछि आऊ, म तिमीलाई भोलि दिनेछु” भनी नभन!
29 Usaronga kuitira muvakidzani wako zvakaipa, anogara nechivimbo pedyo newe.
आफ्नो नजिकमा भरपर्दो गरी बस्‍ने छिमेकीको विरुद्धमा षड्यन्त्र नरच।
30 Usapomera munhu mhosva pasina chikonzero, iye asina zvaakutadzira.
कारणविना कुनै मानिसलाई दोष नलगाऊ, जसले तिम्रो कुनै हानि गरेको छैन।
31 Usachiva munhu anoita zvinhu nechisimba, kana kusarudza ipi zvayo yenzira dzake,
हिंसात्मक मानिसप्रति डाही नबन, अथवा त्यसको कुनै पनि बाटो नरोज।
32 nokuti Jehovha anovenga munhu akatsauka, asi anoudza akarurama zvaanoda kuita.
किनकि याहवेहले दुष्‍ट मानिसलाई घृणा गर्नुहुन्छ, तर धर्मीहरूलाई आफ्नो विश्‍वासपात्र बनाउनुहुन्छ।
33 Kutuka kwaJehovha kuri paimba yeakaipa, asi anoropafadza musha womunhu akarurama.
दुष्‍टको घरमा याहवेहको श्राप रहन्छ; तर धर्मीको घरलाई उहाँले आशिष् दिनुहुन्छ।
34 Anoseka vaseki vanozvikudza, asi anoitira nyasha vanozvininipisa.
गिल्‍ला गर्ने घमण्डीहरूलाई उहाँले गिल्‍ला गर्नुहुन्छ, तर नम्र र पीडितहरूलाई उहाँले अनुग्रह दिनुहुन्छ।
35 Vakachenjera vanowana kukudzwa, asi mapenzi anozviwanira kunyadziswa.
बुद्धिमान्‌हरूले सम्मान प्राप्‍त गर्दछन्; तर मूर्खहरूलाई उहाँले लाजमा पार्नुहुनेछ।

< Zvirevo 3 >