< Mako 8 >
1 Mumazuva iwayo vamwe vanhu vazhinji zhinji vakaunganazve. Sezvo vakanga vasina zvokudya, Jesu akadana vadzidzi vake kwaari akati,
ती दिनमा त्यहाँ फेरि एउटा ठुलो भिड भेला भयो, र तिनीहरूसँग खानको लागि केही थिएन । येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो,
2 “Ndine urombo kwazvo navanhu ava; atova mazuva matatu vaneni uye havana chokudya.
“यो भिडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्तर तिन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन ।
3 Kana ndikavaendesa vane nzara kumisha yavo, vachaziya vakawira pasi nenzara munzira, nokuti vamwe vavo vakabva kure.”
यदि मैले तिनीहरूलाई केही नखुवाईकन पठाएँ भने तिनीहरू बाटोमा मुर्छा पर्न सक्छन् । तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन् ।”
4 Vadzidzi vake vakati, “Asi munhu angawanepiko murenje muno zvingwa zvavangapiwa vakaguta?”
उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, “यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्त पार्न सक्ने पर्याप्त रोटी हामी कहाँ पाउन सक्छौँ?”
5 Jesu akati kwavari, “Mune zvingwa zvinganiko?” Vakati, “Zvinomwe.”
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने “सातवटा ।”
6 Akaudza vanhu vazhinji ava kuti vagare pasi. Akati atora zvingwa zvinomwe uye akavonga, akazvimedura akazvipa kuvadzidzi vake kuti vaise pamberi pavanhu, uye vakaita saizvozvo.
उहाँले भिडलाई भुइँमा बस्न आज्ञा दिनुभयो । उहाँले ती सातवटा रोटी लिनुभयो; धन्यवाद दिनुभयो; तिनलाई भाँच्नुभयो । उहाँले मानिसहरूका अगाडि राखून् भनी ती उहाँका चेलाहरूलाई दिनुभयो, र तिनीहरूले मानिसहरूका अगाडि राखिदिए ।
7 Vakanga vane hove duku shoma shoma zvakare; uye akavongazve akaudza vadzidzi kuti vadzigovere kuvanhu.
तिनीहरूसँग थोरै स-साना माछा पनि थिए । त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले त्यो पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो ।
8 Vanhu vakadya uye vakaguta. Shure kwaizvozvo vadzidzi vakanonga matengu manomwe azere ezvimedu.
तिनीहरूले खाए र अघाए । अनि तिनीहरूले खाएर उब्रेका सात टोकरी रोटीका टुक्रा-टाक्रीहरू बटुले ।
9 Pakanga pane varume vangangosvika zviuru zvina. Uye akati avaendesa,
त्यहाँ लगभग चार हजार जना पुरुष थिए । येशूले तिनीहरूलाई पठाउनुभयो ।
10 akapinda mugwa navadzidzi vake akaenda kudunhu reDharimanuta.
त्यसपछि तुरुन्तै उहाँ चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र दलमनुथाको क्षेत्रमा जानुभयो ।
11 VaFarisi vakasvika ndokutanga kubvunza Jesu. Kuti vamuedze, vakamukumbira chiratidzo chaibva kudenga.
तब फरिसीहरू आए, र उहाँसँग वादविवाद गर्न थाले । तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे ।
12 Akagomera zvikuru akati, “Seiko rudzi urwu ruchikumbira chiratidzo? Ndinokuudzai chokwadi, hakuna chiratidzo chichapiwa kwarwuri.”
उहाँले आत्मामा सुस्केर हाल्नुभयो र भन्नुभयो, “यो पुस्ताले किन चिन्हको खोजी गर्छ? साँचो साँचो म तिमीहरूलाई भन्दछु, यो पुस्तालाई कुनै चिन्ह दिइनेछैन ।”
13 Ipapo akavasiya, akadzokera mugwa akayambukira kuno rumwe rutivi.
त्यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो र तालको अर्को भागतिर जानुभयो ।
14 Vadzidzi vakanga vakanganwa kuuya nechingwa, kunze kwechimwe chete chavakanga vanacho mugwa.
अहिले चेलाहरूले तिनीहरूसँग रोटी ल्याउन बिर्सेका थिए । तिनीहरूसँग डुङ्गामा एउटाभन्दा बढी रोटी थिएन ।
15 Jesu akavayambira achiti, “Chenjerai. Ngwarirai mbiriso yavaFarisi neyaHerodhi.”
उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो, र भन्नुभयो, “फरिसी र हेरोदको खमिरदेखि सचेत रहो र होसियार बस ।”
16 Vakataurirana vachiti, “Imhaka yokuti hatina chingwa.”
चेलाहरूले एक आपसमा बहस गरे, “हामीसँग रोटी नभएकोले हो ।”
17 Achiziva zvavaitaurirana, Jesu akavabvunza akati, “Seiko muchitaura pamusoro pokuti hamuna chingwa? Heya, muchigere kuona kana kunzwisisa nhai? Mwoyo yenyu ichiri mikukutu nhai?
येशू यसप्रति सजग हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ? के तिमीहरू अझै महसुस गर्दैनौ? के तिमीहरू बुझ्दैनौ? तिमीहरूका हृदय यति बोधो भएका छन्?
18 Heya, mune meso asi hamuoni, uye mune nzeve asi hamugoni kunzwa nhai? Uye hamurangariri here?
तिमीहरूसँग आँखा छन्, के तिमीहरू देख्दैनौ? तिमीहरूसँग कान छन्, के तिमीहरू सुन्दैनौ? के तिमीहरूले सम्झदैनौ?
19 Pandakamedurira zviuru zvishanu zvavanhu zvingwa zvishanu, makazadza matengu mangani ezvimedu zvakasara?” Vakati, “Gumi namaviri.”
जब मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा रोटीका कति टोकरी टुक्राहरू तिमीहरूले बटुलेका थियौ?” तिनीहरूले उहाँलाई भने, “बाह्र टोकरी ।”
20 “Uye pandakamedurira zviuru zvina zvavanhu zvingwa zvinomwe, makazadza matengu mangani ezvimedu?” Vakapindura vakati, “Manomwe.”
“अनि जब मैले चार हजारका बिचमा सातवटा रोटी भाँच्दा कति टोकरी तिमीहरूले बटुल्यौ?” तिनीहरूले उहाँलाई भने, “सात टोकरी ।”
21 Akati kwavari, “Hamunzwisisi nazvino here?”
उहाँले भन्नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ?”
22 Vakasvika kuBhetisaidha, uye vamwe vanhu vakauya nomurume akanga ari bofu uye vakakumbira zvikuru kuti Jesu amubate.
उहाँहरू बेथसेदामा आउनुभयो । त्यहाँ मानिसहरूले एउटा दृष्टिविहीन मानिसलाई उहाँकहाँ ल्याए र त्यसलाई छोइदिनुहोस् भनी येशूसँग बिन्ती गरे ।
23 Akabata murume akanga ari bofu noruoko akamutungamirira kunze kwomusha. Akati apfira mate pamaziso ake Jesu akaisa maoko ake pamusoro pake, akamubvunza akati, “Pane zvauri kuona here?”
येशूले त्यस दृष्टिविहीनलाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्यसको आँखामा थुक्नुभयो, र त्यसमाथि आफ्नो हात राख्नुभयो, उहाँले त्यसलाई सोध्नुभयो, “के तिमीले कुनै कुरा देख्छौ?”
24 Iye akatarisa kumusoro akati, “Ndinoona vanhu; vanotarisika semiti inofamba-famba.”
त्यसले हेर्यो र भन्यो, “म मानिसहरू रुखहरूजस्तै हिँडेको देख्छु ।”
25 Jesu akaisazve maoko ake pameso omurume uyu. Ipapo meso ake akasvinudzwa, akadzorerwa kuona kwake, uye akaona zvinhu zvose zvakanaka.
उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्नुभयो, र त्यस मानिसले त्यसका आँखा खोल्यो अनि त्यसको दृष्टि पुनः प्राप्त भयो र त्यसले सबै थोक स्पष्टसँग देख्यो ।
26 Jesu akamuendesa kumba achiti, “Usapinda mumusha.”
येशूले त्यसलाई त्यसको घर पठाउनुभयो र भन्नुभयो, “त्यस सहरमा नपस ।”
27 Jesu navadzidzi vake vakapfuurira kumisha yakapoteredza Kesaria Firipi. Vari munzira akavabvunza achiti, “Vanhu vanoti ndini aniko?”
येशू आफ्ना चेलाहरूसँगै कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो । बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भन्छन्?”
28 Vakapindura vakati, “Vamwe vanoti Johani Mubhabhatidzi; vamwe vanoti Eria; vamwezve vanoti mumwe wavaprofita.”
तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “बप्तिस्मा-दिने यूहन्ना । अरूहरूले, ‘एलिया’ र अरूले भने ‘अगमवक्ताहरूमध्ये एक’ भन्छन् ।”
29 Iye akati, “Asi imi munoti kudini? Munoti ndini aniko?” Petro akapindura akati, “Ndimi Kristu.”
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भन्छौ?” पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्ट हुनुहुन्छ”
30 Jesu akavayambira kuti vasaudza munhu nezvake.
येशूले उहाँको विषयमा कसैलाई पनि नभन्नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो ।
31 Akatanga kuvadzidzisa kuti Mwanakomana woMunhu anofanira kutambudzika pazvinhu zvizhinji uye agorambwa navakuru, vaprista vakuru navadzidzisi vomurayiro, uye kuti anofanira kuurayiwa, uye shure kwamazuva matatu agomukazve.
उहाँले मानिसका पुत्रले धेरै कुरा भोग्नुपर्छ, र धर्म-गुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनेछ, मारिनेछ र तिन दिनपछि फेरि मृत्युबाट जीवित भई उठ्नेछ भनी तिनीहरूलाई सिकाउन थाल्नुभयो ।
32 Akataura pachena pamusoro pazvo, uye Petro akaenda naye parutivi akatanga kumutsiura.
उहाँले यो स्पष्टसँग भन्नुभयो । तब पत्रुसले उहाँलाई एकातिर लगे र उहाँलाई हपार्न थाले ।
33 Asi Jesu akati atendeuka akatarira kuvadzidzi vake, akatsiura Petro achiti, “Enda shure kwangu, Satani! Iwe hauna zvinhu zvaMwari mupfungwa dzako, asi zvinhu zvavanhu.”
तर येशू आफ्ना चेलाहरूतिर फर्कनुभयो अनि पत्रुसलाई हप्काउनुभयो र भन्नुभयो, “मबाट पछि हट् शैतान! तैँले परमेश्वरको कुरालाई ख्याल गर्दैनस्, तर तैँले मानिसको कुरालाई ख्याल गर्छस् ।”
34 Ipapo akadana vanhu vazhinji kwaari pamwe chete navadzidzi vake akati, “Kana munhu upi zvake achida kunditevera, anofanira kuzviramba, atakure muchinjikwa wake agonditevera.
त्यसपछि उहाँले भिड र उहाँका चेलाहरूलाई सँगै बोलाउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने, त्यसले आफैँलाई इन्कार गर्नुपर्छ, त्यसको क्रुस बोक्नुपर्छ र मलाई पछ्याउनुपर्छ ।
35 Nokuti ani naani anoda kuponesa upenyu hwake acharasikirwa nahwo, asi ani naani anorasikirwa noupenyu hwake nokuda kwangu uye nokuda kwevhangeri achahuponesa.
किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, र जसले मेरो र सुसमाचारको खातिर आफ्नो जीवन गुमाउँछ, त्यसले यसलाई बचाउनेछ ।
36 Munhu achabatsirweiko kana akawana nyika yose, asi akarasikirwa noupenyu hwake?
मानिसले सारा संसार प्राप्त गरेर आफ्नै जीवन गुमायो भने उसलाई के लाभ हुन्छ र?
37 Kana kuti munhu angaripeiko kuti adzikinure upenyu hwake?
मानिसले आफ्नो जीवनको बद्लामा के दिन सक्छ र?
38 Kana munhu achinyadziswa neni uye namashoko angu murudzi urwu rwoufeve uye runotadza, Mwanakomana woMunhu achanyadziswawo naye paanouya mukubwinya kwaBaba nokwavatumwa vatsvene.”
यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरो वचनसँग शर्माउँछ, मानिसका पुत्र पनि पवित्र स्वर्गदूतहरूसँग पिताको महिमामा आउँदा त्यससँग शर्माउनेछ ।”