< Vatongi 19 >

1 Mumazuva iwayo Israeri yakanga isina mambo. Zvino mumwe muRevhi akanga achigara munyika iri kure yezvikomo yeEfuremu akatora murongo aibva kuBheterehema muJudha.
ती दिनहरूमा, जब इस्राएलमा कुनै राजा थिएन, त्यहाँ एक जना लेवी थिए, जो केही समय एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम क्षेत्रमा बसोबास गर्थे । तिनले यहूदाको बेथलेहेमबाट आफ्नो निम्ति एउटी उपपत्‍नी लिए ।
2 Asi akanga asina kutendeka kwaari. Akamusiya akadzokerazve kumba kwababa vake kuBheterehema, Judha. Mushure mokunge agarako kwemwedzi mina,
तर तिनकी उपपत्‍नी तिनीप्रति अविश्‍वासी थिई । त्यसले उनलाई छोडी र यहूदाको बेथलेहेम भएको आफ्नो पिताको घरमा फर्की । त्यो त्यहाँ चार महिनासम्म बसी ।
3 murume wake akaenda kwaari kundomunyengetedza kuti adzoke. Akanga ane muranda wake nembongoro mbiri. Akamupinza mumba mababa vake, uye baba vake vakati vamuona, vakamugamuchira nomufaro.
त्यसपछि त्यसका पति उठे र त्यसलाई फकाएर फिर्ता ल्याउनलाई त्यसकहाँ गए । तिनीसँग उनका सेवक, र एक जोडी गधा थिए । त्यसले तिनलाई आफ्नो बुबाको घरभित्र लगी । त्यस स्‍त्रीका बुबाले तिनलाई देखेर उनी खुशी भए ।
4 Tezvara vake, ivo baba vomusikana, vakamugombedzera kuti agare; saka akagara naye kwamazuva matatu, vachidya nokunwa uye achivatapo.
तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिन दिन त्यहीं बस्‍न तिनलाई मनाए । तिनीहरूले खाए र पिए, र तिनीहरूले रात त्यहीं कटाए ।
5 Pazuva rechina vakamuka mangwanani vakagadzirira kuti vaende, asi baba vomusikana vakati kumukuwasha wavo, “Simbisa mwoyo wako nechokudya; ipapo mugoenda henyu.”
चौथो दिनमा तिनीहरू बिहानै उठे र तिनी जानलाई तयार भए, तर त्यस स्‍त्रीका बुबाले आफ्नो ज्वाँइलाई भने, “अलिकति रोटी खाएर आफूलाई बलियो बनाउनुहोस्, अनि जानुहोस् ।”
6 Saka vose vari vaviri vakagara pasi kuti vadye nokunwa pamwe chete. Mushure maizvozvo, baba vomusikana vakati, “Ndapota chivata hako usiku uno uye umbofara.”
त्यसैले तिनीहरू दुई जना सँगै बसेर खान र पिउन थाले । तब त्यस स्‍त्रीका बुबाले भने, “कृपया अझै एक रात बस्‍नुहोस् र रमाइलो गर्नुहोस् ।”
7 Uye murume uyu akati asimuka kuti aende, tezvara vake vakamunyengetedza, saka akavatapo usiku uhwo.
जब ती लेवी जानलाई उठे, तब त्यस जवान स्‍त्रीका बुबाले तिनलाई बस्‍नको निम्ति आग्रह गरे । यसैले तिनले आफ्नो योजना बद्ले र त्यहाँ फेरि अर्को रात बिताए ।
8 Mangwanani ezuva reshanu, paakamuka kuti aende, baba vomusikana vakati, “Simbisa mwoyo wako. Gara kusvikira masikati!” Saka vose vari vaviri vakadya pamwe chete.
पाँचौ दिनमा तिनी जानको निम्ति बिहानै उठे, तर त्यस स्‍त्रीका बुबाले भने, “आफूलाई बलियो बनाउनुहोस् र दिउँसो नभएसम्म पर्खनुहोस् ।” यसैले ती दुई जनाले भोजन गरे ।
9 Ipapo murume, murongo wake uye nomuranda wake, vakati vasimuka kuti vaende, tezvara wake, baba vomusikana vakati, “Zvino chiona kwava kudoka. Chivata hako pano usiku huno; kwavira. Gara ufadze mwoyo wako. Mangwana mangwanani, ungamuka ugopinda hako munzira yako.”
जब ती लेवी, तिनकी उपपत्‍नी र तिनका सेवक जानलाई उठे, तब तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिनलाई भने, “हेर्नुहोस्, दिन ढल्‍केर साँझ पर्न लागेको छ । कृपया अर्को एक रात यहीँ बस्‍नुहोस् र रमाइलो गर्नुहोस् । तपाईं भोलि बिहान सबेरै उठ्न र घर फर्कन सक्‍नुहुन्छ ।”
10 Asi, nokusada kuvatazve humwe usiku, murume uya akabuda akaenda akananga kuJebhusi (ndiro Jerusarema), nembongoro dzake mbiri dzakaiswa zvigaro, nomurongo wake.
तर ती लेवीलाई त्यो रात बिताउन इच्छुक भएनन् । तिनी उठे र गए । तिनी यबूस (अर्थात् यरूशलेम) तर्फ लागे । तिनीसँग भारीले लादेका एक जोडी गधा थिए, र तिनकी उपपत्‍नी तिनीसँगै थिई ।
11 Vakati vava pedyo neJebhusi uye zuva rakanga rovira, muranda akati kuna tenzi wake, “Uyai, titsaukire muguta iri ravaJebhusi tindovatamo.”
तिनीहरू यबूसको नजिकै पुग्दा, साँझ पर्न लागेको थियो, र त्यस सेवकले आफ्‍नो मालिकलाई भन्‍यो, “आउनुहोस्, हामी यबूसीहरूको सहरतर्फ फर्कौं र यो रात त्यहाँ बिताऔं ।”
12 Tenzi wake akapindura akati, “Kwete. Hatingapindi muguta ravatorwa, vanhu varo zvavasiri vaIsraeri. Tichapfuurira kuGibhea.”
त्यसका मालिकले त्यसलाई भने, “हामी परदेशीहरूको सहरतर्फ जानेछैनौं जो इस्राएलका मानिसहरू होइनन् । हामी गिबामा जानेछौं ।”
13 Akaenderera mberi akati, “Uyai, tiedze kusvika kuGibhea kana kuRama tigovata mune imwe yenzvimbo idzi.”
ती लेवीले आफ्नो त्यो जवान मानिसलाई भने, “जाऔं, गिबा वा रामामध्ये कुनै एक ठाउँमा यो रात बिताऔं ।”
14 Saka vakapfuurira mberi, uye zuva rakavira pavakanga vasvika muGibhea muBhenjamini.
यसैले तिनीहरू हिँडिरहे, र तिनीहरू बेन्यामीनको इलाका गिबानजिकै आउँदा घाम अस्तायो ।
15 Imomo, ndimo mavakamira kuti vavate. Vakaenda vakandogara muchivara cheguta, asi hapana munhu akavatora akavapinza mumba make usiku.
तिनीहरू त्यो रात बिताउन गिबामा नै रोकिए । तिनीहरू गए र सहरको चोकमा बसे, तर त्यो रात कसैले पनि तिनीहरूलाई आफ्नो घरभित्र लगेनन् ।
16 Madekwana iwayo, imwe harahwa yaibva munyika yezvikomo yeEfuremu, yaigara muGibhea (vanhu venzvimbo vaiva vaBhenjamini), yakasvika ichibva kubasa rayo kumunda.
तर त्यो साँझ एक जना वृद्ध मानिस खेतमा काम गरेर फर्किरहेका थिए । तिनी एफ्राइमको पहाडी देशका थिए, र तिनी केही समयको लागि गिबामा बसोबास गरिरहेका थिए । तर त्यस ठाउँमा बस्‍ने मानिसहरू बेन्यामिनीहरू थिए ।
17 Yakati yatarira ikaona mufambi ari muchivara cheguta, harahwa yakabvunza ikati, “Uri kuendepiko? Wabvepiko?”
तिनले आफ्नो नजर उठाए र सहरको चोकमा यात्रुलाई देखे । ती वृद्ध मानिसले भने, “तपाईंहरू कहाँ जाँदै हुनुहुन्छ? तपाईंहरू कहाँबाट आउनुभएको हो?”
18 Akapindura akati, “Tiri kubva kuBheterehema muJudha; tiri kuenda kure kunyika yezvikomo yeEfuremu, ndiko kwandinogara. Ndakanga ndiri kuBheterehema muJudha, asi iye zvino ndiri kuenda kumba kwaJehovha. Hapana munhu anditora akandipinza mumba make.
ती लेवीले तिनलाई भने, “हामी यहूदाको बेथलेहेमबाट एफ्राइमको पहाडी देशको सबैभन्दा दुर्गम ठाउँमा जाँदैछौं, जहाँको म बासिन्दा हुँ । म यहूदाको बेथलेहेममा गएको थिएँ, र म परमप्रभुको घरमा जाँदैछु, तर मलाई आफ्नो घरभित्र लाने कोही पनि छैन ।
19 Tine zvose mashanga nouswa hwembongoro dzedu uye chingwa chedu newaini yedu, isu varanda venyu, ini, murandakadzi wenyu, nejaya ratinaro. Hatina chinhu chatingada hedu.”
हामीसँग यी गधाहरूका निम्ति पराल र अरू खुवाउने कुरा छन्, र म र तपाईंका यी सेविका र यो सेवकको निम्ति पनि पुग्‍ने रोटी र दाखमद्य मसँग छ । हामीलाई केही पनि चाहिंदैन ।”
20 Harahwa yakati, “Munogona kuuya kumba kwangu. Ndichakupai zvose zvamunoshayiwa. Asi bedzi usavata pachivara.”
ती वृद्ध मानिसले तिनीहरूलाई अभिवादन गरे, “तपाईंहरूलाई शान्ति! म तपाईंका सबै खाँचोको ख्याल गर्नेछु । केवल यस चोकमा रात नबिताउनुहोस् ।”
21 Saka akamutora akamupinza mumba make uye akapa mbongoro dzake zvokudya. Vakati vashamba tsoka dzavo, vakadya zvokudya uye vakanwa.
त्यसैले ती मानिसले ती लेवीलाई आफ्नो घरभित्र ल्याए र गधाहरूलाई केही खान दिए । तिनीहरूले आफ्ना खुट्टा धोए र खाए र पिए ।
22 Vachiri pakufara havo, vamwe vanhu vakaipa vomuguta vakakomba imba. Vachigogodza pamukova, vakadanidzira kuharahwa yakanga iri iyo muridzi weimba vachiti, “Budisa murume uyo apinda mumba mako kuti tivate naye.”
जब तिनीहरू खुशी मनाइरहेका थिए, सहरका केही काम नलाग्‍ने मानिसहरूले घरलाई घेरे र ढोकामा हिर्काउन थाले । घरका मालिक, ती वृद्ध मानिसलाई तिनीहरूले यसो भने, “तिम्रो घरमा आएको मानिसलाई यहाँ बाहिर निकाल, ताकि हामी त्यससँग सहवास गर्नेछौं ।”
23 Muridzi wemba akabuda panze akati kwavari, “Kwete, shamwari dzangu, regai kuita zvakaipa kudai. Sezvo murume uyu ari mueni wangu, regai kuita chinhu ichi chinonyadzisa kudai.
घरका मालिक ती मानिस तिनीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “होइन, मेरा भाइहरू हो, यस्तो दुष्‍ट काम नगर्नुहोस्! यी मानिस मेरो घरमा पाहुना भएका हुनाले, यस्तो दुष्‍ट काम नगर्नुहोस्!
24 Tarirai, heyi mhandara mwanasikana wangu uyu, nemurongo wake. Ndichavabudisa kwamuri izvozvi, uye munogona kuvabata mugoita kwavari zvose zvamunoda. Asi kumurume uyu, regai kuita chinhu chinonyadzisa zvakadaro.”
हेर्नुहोस्, मेरी कन्ये छोरी र तिनकी उपपत्‍नी यहीं छन् । म तिनीहरूलाई अहिल्यै बाहिर ल्याउनेछु । तिनीहरूलाई तपाईंहरूले जे इच्छा गर्नुहुन्छ, त्यही गर्नुहोस् । तर यी मानिसलाई त्यस्तो दुष्‍ट काम नगर्नुहोस् ।”
25 Asi varume ava havana kuda kumuteerera. Saka murume uyu akatora murongo wake akamuendesa kunze kwavari, uye vakamubata chibharo vakamuchinya usiku hwose, uye panguva dzamambakwedza vakamuregedza kuti aende.
तर ती मानिसहरूले तिनको कुरा सुनेनन्, यसैले त्यस मानिसले आफ्‍नी उपपत्‍नीलाई समाते र उसलाई बाहिर लगे । तिनीहरूले त्यसलाई बलात्कार गरे र रातभरी त्यसलाई दुर्व्यवहार गरे, र झिसमिसेमा त्यसलाई छोडिदिए ।
26 Kwaedza, mukadzi akadzokera kumba kwaigara tenzi wake, akawira pasi pamukova wemba uye akavatapo kusvikira kwaedza.
झिसमिसेमा त्यो स्‍त्री आई र त्यस मानिसको घरको ढोकामा आएर लडी जहाँ त्यसका मालिक थिए, र बिहान नभएसम्म त्यो त्यहीँ नै लडिरही ।
27 Tenzi wake akati achimuka mangwanani akazarura mukova wemba akabuda panze kuti afambire mberi norwendo rwake, onei hoyo murongo wake avete akawira pasi pamukova wemba, maoko ake ari pachikumbaridzo.
त्यसका मालिक बिहान उठे र घरका ढोकाहरू खोले र आफ्नो बाटो जानलाई हिंडे । तिनले आफ्नी उपपत्‍नीलाई आफ्नो हात पसारेर ढोकामा लडिरहेकी देखे ।
28 Iye akati kwaari, “Muka; handei.” Asi pakanga pasina mhinduro. Ipapo murume uya akamuisa pambongoro akasimuka akaenda kumusha.
ती लेवीले त्यसलाई भने, “उठ, जाऔं ।” तर केही जवाफ आएन । तिनले त्यसलाई आफ्नो गधामा राखे, र ती मानिस घर जान हिंडे ।
29 Akati achisvika kumusha, akatora banga akagura-gura murongo wake, mutezo muzvidimbu gumi nezviviri akazvitumira munzvimbo dzose dzeIsraeri.
जब ती लेवी घर पुगे, तिनले एउटा छुरी लिए, र आफ्नी उपपत्‍नीलाई समाए र अङ्ग-अङ्ग गरी बाह्र टुक्रा गरी काटे र ती टुक्राहरूलाई इस्राएलभरी पठाए ।
30 Mumwe nomumwe akazviona akati, “Chinhu chakadai hachina kutongoonekwa kana kuitwa, kubva pazuva rakabuda vaIsraeri muIjipiti. Fungai pamusoro pazvo! Zvicherechedzei! Tiudzei zvokuita!”
यो देख्‍ने सबैले भने, “इस्राएलका मानिसहरू मिश्रदेशबाट बाहिर आएदेखि आजको दिनसम्म यस्तो कहिल्यै गरिएको वा देखिएको थिएन । यसको बारेमा विचार गर! हामीलाई सल्लाह देओ! हामीले के गर्ने हामीलाई बताओ!”

< Vatongi 19 >