< Jeremia 4 >
1 “Haiwa Israeri, kana muchida kudzoka, dzokai kwandiri,” ndizvo zvinotaura Jehovha. “Kana mukabvisa pamberi pangu zvifananidzo zvenyu zvinonyangadza uye mukasarasikazve,
“हे इस्राएल, यदि तिमीहरू फर्किआउन चाहन्छौ भने, मकहाँ फर्किआओ,” याहवेह घोषणा गर्नुहुन्छ। “यदि तिमीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो दृष्टिबाट टाढा राख्यौ र फेरि बरालिएनौ भने,
2 kana mukapika muchokwadi, nokururama uye nenzira yakarurama muchiti: ‘Zvirokwazvo naJehovha mupenyu,’ ipapo ndudzi dzicharopafadzwa naye uye dzichazvirumbidza maari.”
अनि तिमीहरूले सत्य, न्याय र धार्मिकतामा ‘जीवित याहवेहलाई साक्षी’ राखेर शपथ खायौ भने, तब उहाँद्वारा जातिहरू आशिषित हुनेछन्; अनि तिनीहरूले उहाँमा नै गर्व गर्नेछन्।”
3 Izvi ndizvo zvinotaura Jehovha kuvanhu veJudha neJerusarema: “Zviundirei gombo murege kudyara pakati peminzwa.
यरूशलेम र यहूदाका मानिसहरूलाई याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूको बाँझो जमिनमा खनजोत गर, र काँडाहरूको बीचमा बिउ नछर।
4 Zvidzingisirei kuna Jehovha, dzingisai mwoyo yenyu, imi varume veJudha nemi vanhu veJerusarema, kuti kutsamwa kwangu kurege kukubudirai kukapisa somoto, nokuda kwezvakaipa zvamakaita, iko kupisa kusina angakudzima.
हे यरूशलेम र यहूदाका मानिसहरू हो, याहवेहका निम्ति आ-आफ्नो खतना गर, तिमीहरूका आफ्नो हृदयको खतना गर। नत्रता तिमीहरूले गरेका दुष्टताको कारण मेरो क्रोध दन्केर निस्कनेछ, र आगोझैँ बल्नेछ, अर्थात् यसरी बल्नेछ, कि कसैले पनि निभाउन सक्नेछैन।
5 “Zivisai munyika yaJudha uye muparidze muJerusarema muchiti: ‘Ridzai hwamanda munyika yose!’ Danidzirai nesimba muchiti: ‘Unganai pamwe chete! Ngatitizirei kumaguta akakomberedzwa!’
“यहूदाका मानिसहरू र यरूशलेमका मानिसहरूलाई यसो भनेर घोषणा गर: ‘देशभरि तुरही फुक!’ चर्कोसँग कराएर भन: ‘एकसाथ भेला होओ! हामी किल्ला भएका सुरक्षित सहरहरूतिर भागौँ।’
6 Simudzai mureza wokuenda kuZioni! Tizai muvande musinganonoki! Nokuti ndiri kuuyisa njodzi inobva kumusoro, iko kuparadza kwakaipisisa.”
सियोनतिर जाने झण्डा उठाओ! ढिलो नगरी सुरक्षाको निम्ति भाग! किनकि म उत्तर दिशाबाट विपत्ति ल्याउँदैछु; अब डरलाग्दो सर्वनाश ल्याउनेछु।”
7 Shumba yabuda mudenhere rayo; muparadzi wendudzi abuda. Asiya nzvimbo yake kuti aparadze nyika yenyu. Maguta enyu achava matongo pasina achagaramo.
एउटा सिंह, जो आफ्नो ओडारबाट निस्किआएको छ; राष्ट्रहरूलाई नाश गर्न एक जना निस्किसकेको छ। तिमीहरूको देशलाई सर्वनाश पार्न त्यो आफ्नो ठाउँबाट निस्किसकेको छ। तिमीहरूका सहरहरू नष्ट हुनेछन्, र त्यहाँ कोही पनि बसोबास गर्नेछैन।
8 Naizvozvo pfekai masaga, chemai muungudze, nokuti kutsamwa kwaJehovha kunotyisa hakuna kubva kwatiri.
यसकारण भाङ्ग्रा लगाएर विलाप गर र रोओ; किनकि याहवेहको डरलाग्दो क्रोध हामीबाट हटेको छैन।
9 “Pazuva iro,” ndizvo zvinotaura Jehovha, “mambo namachinda vachaora mwoyo, vaprista vachatyiswa, uye vaprofita vachavhundutswa.”
याहवेह घोषणा गर्नुहुन्छ, “त्यो दिन, राजा र अधिकारीहरू हताश हुनेछन्, र पुजारीहरू भयभीत हुनेछन्; अनि अगमवक्ताहरू चकित हुनेछन्।”
10 Ipapo ndakati, “Haiwa, Ishe Jehovha, makanyengera kwazvo vanhu ava neJerusarema muchiti, ‘Muchava norugare,’ nyamba munondo uri pahuro dzedu.”
तब मैले भनेँ, “हे प्रभु याहवेह, ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर यिनीहरू र यरूशलेमका मानिसहरूलाई पूर्ण रूपले कसरी धोका दिनुभएको छ; किनकि तरवार हाम्रा घाँटीसम्म नै छ!”
11 Panguva iyoyo vanhu ava neJerusarema vachaudzwa kuti, “Mhepo inopisa inobva kunzvimbo dzakakwirira dzisina miti mugwenga inovhuvhuta yakananga vanhu vangu, asi isingapepeti kana kunatsa;
त्यस बेला यी मानिसहरू र यरूशलेमलाई यसो भनिनेछ, “मरुभूमिका अग्ला बाँझो ठाउँहरूबाट एउटा प्रचण्ड तातो बतास मेरा मानिसहरूतिर बहनेछ, तर त्यो बतास निफन्नलाई वा सफा पार्नलाई होइन;
12 mhepo ine simba kwazvo kudarika iyoyo ichabva kwandiri. Zvino ndiwo wava mutongo wangu pamusoro pavo.”
किनकि मबाट आउने बतास अति शक्तिशाली हुनेछ। अब म यहूदाका मानिसहरूमाथि मेरो दण्ड घोषणा गर्नेछु।”
13 Tarirai! Ari kuuya samakore, ngoro dzake dzinouya sechamupupuri, mabhiza ake anomhanya kupfuura makondo, Tine nhamo! Taparara!
हेर! उहाँ बादलझैँ अगि बढ्नुहुन्छ, उहाँका रथहरू भुमरीझैँ आउँछन्; उहाँका घोडाहरू गरुडभन्दा तेज दगुर्छन्। हाय हामीलाई, किनकि हामीहरू बरबाद भयौँ!
14 Haiwa Jerusarema, shamba zvakaipa zviri mumwoyo mako ugoponeswa. Ucharamba uchingoviga pfungwa dzako dzakaipa kusvikira riini?
हे यरूशलेम, तेरो हृदयबाट दुष्ट कुराहरू धोएर पखाल्, तब तँ बाँच्नेछेस्। तँ कहिलेसम्म दुष्ट विचारहरू पालिरहन्छेस्?
15 Inzwi rinodanidzira richibva kuDhani, richizivisa nezvenjodzi inobva kuzvikomo zveEfuremu.
दानबाट एउटा आवाजले घोषणा गर्दैछ; एफ्राइमका डाँडाहरूबाट सर्वनाशको घोषणा हुँदैछ,
16 “Zivisai izvi kumarudzi, zviparidzei kuJerusarema muchiti: ‘Hondo ichakukombai iri kuuya ichibva kunyika iri kure, ichidanidzira zvehondo yokurwisa maguta eJudha.
“यो कुरा राष्ट्रहरूलाई भन्, यरूशलेमलाई यो घोषणा गर्: ‘यहूदाका सहरहरूको विरुद्धमा युद्धको ध्वनि सुनाउँदै, टाढा देशबाट घेरा हाल्ने सेनाहरू आउँदैछन्।
17 Vanorikomba savanhu vakarinda munda, nokuti rakandimukira,’” ndizvo zvinotaura Jehovha.
मानिसहरूले खेतको रक्षा गरेझैँ तिनीहरूले यरूशलेमलाई घेर्नेछन्; किनकि त्यसले मेरो विरुद्धमा विद्रोह गरेको छ,’” याहवेह घोषणा गर्नुहुन्छ।
18 “Tsika dzako namabasa ako ndizvo zvauyisa izvi pamusoro pako. Ichi ndicho chirango chako. Haiwa, zvinovava sei! Haiwa, zvinobaya sei mwoyo!”
“तेरा आफ्नै चाल र कामहरूले तँमाथि कष्ट ल्याएको हो। तेरो दण्ड यही हो। यो कस्तो तितो छ! त्यो कष्टले तेरो मुटुलाई नै छेड्छ!”
19 Maiwe, kurwadziwa kwangu, kurwadziwa kwangu! Ndiri kubidirika nokurwadziwa. Haiwa, kurwadza kwomwoyo wangu! Hana yangu inorova mukati mangu, handinganyarari. Nokuti ndanzwa kurira kwehwamanda; ndanzwa mheremhere yehondo.
हाय, मेरो पीडा! मेरो पीडा! म कष्टमा छटपटाउँछु! हाय, मेरो हृदयको वेदना! मेरो हृदय जोडसित धड्कन्छ! म चुपचाप रहन सक्दिनँ। किनकि मैले तुरहीको आवाज सुनेको छु; मैले युद्धको ध्वनि सुनेको छु।
20 Njodzi inotevera njodzi; nyika yose yava dongo. Munguva shoma shoma, matende angu aparadzwa, musha wangu nenguva diki diki.
विनाशपछि विनाश आउँछ; सम्पूर्ण देश ध्वस्त भएको अवस्थामा छ। अचानक मेरा पालहरू नष्ट हुन्छन्, एकै क्षणमै मेरो शरणस्थान नष्ट पारिन्छ;
21 Ndicharamba ndichiona mureza wehondo kusvikira riniko, uye ndichanzwa kurira kwehwamanda kusvikira riniko?
मैले कहिलेसम्म लडाइँको झण्डा हेरिरहूँ, अनि तुरहीको आवाज सुनिरहूँ?
22 “Vanhu vangu mapenzi; havandizivi ini. Vana vasina pfungwa; havanzwisisi. Vakangwarira kuita zvakaipa; havazivi kuita zvakanaka.”
“मेरा मानिसहरू मूर्ख छन्; तिनीहरूले मलाई चिन्दैनन्। तिनीहरू ज्ञान नभएका बालकहरूजस्ता हुन्; तिनीहरूको समझशक्ति छैन। तिनीहरू दुष्ट काम गर्न सिपालु छन्; तर तिनीहरूले भलाइ कसरी गर्ने भन्ने कुरा जान्दैनन्।”
23 Ndakatarira nyika, yakanga isina kugadzirwa, isina chinhu; uye nokumatenga, chiedza chawo chakanga chisisipo.
मैले पृथ्वीतिर हेरेँ, त्यो आकारविनाको र शून्य थियो; अनि आकाशतिर हेरेँ, र त्यहाँ उज्यालो थिएन।
24 Ndakatarira pamakomo, tarirai, aidengenyeka; zvikomo zvose zvaizeya.
मैले डाँडाहरूतिर हेरेँ, तिनीहरू काँपिरहेका थिए; सबै डाँडा हल्लिरहेका थिए।
25 Ndakatarira, ipapo pakanga pasina vanhu; shiri dzose dzedenga dzakanga dzabhururuka dzikaenda kure.
मैले हेरेँ, र त्यहाँ कोही पनि मानिसहरू थिएनन्; आकाशका सबै चरा उडेर गइसकेका थिए।
26 Ndakatarira, ndokuona nyika yaibereka zvibereko yava gwenga; maguta ayo ose ava matongo pamberi paJehovha, pamberi pehasha dzake dzinotyisa.
मैले हेरेँ, र फलदायी जमिन मरुभूमि भएको थियो; त्यसका सबै सहर याहवेहको सामु उहाँको भयानक रिसमा नष्ट भएका थिए।
27 Zvanzi naJehovha: “Nyika yose ichaparadzwa, kunyange hangu ndisingazoiparadzi zvachose.
याहवेह यसो भन्नुहुन्छ: “मैले पृथ्वीलाई पूर्ण रूपले नाश नगरे तापनि सारा देश नष्ट हुनेछ।
28 Naizvozvo nyika ichachema uye matenga kumusoro achava rima nokuti ndini ndazvitaura uye handingaregi kuzviita, ndini ndazvisarudza uye handingadzokeri shure.”
यसकारण पृथ्वीले शोक गर्नेछ, र माथिको आकाश अँध्यारो हुनेछ; किनकि मैले बोलेको छु, र मेरो मन बदलिनेछैन; मैले निर्णय गरिसकेको छु, र मपछि हट्नेछैनँ।”
29 Paanonzwa kutinhira kwavatasvi vamabhiza nokwavawemburi vouta, maguta ose anotiza. Vamwe vanopinda mumatenhere; vamwe vanokwira pakati pamatombo. Maguta ose asara asina munhu; hapana anogaramo.
घोडचढी र धनुर्धारीहरूको आवाज सुनेर सबै सहर भाग्नेछन्। तिनीहरू झाडीहरूतिर पस्नेछन्; अरूचाहिँ चट्टानमाथि उक्लनेछन्। सबै सहरहरू सुनसान हुनेछन्; ती सहरहरूमा कुनै मानिस बस्नेछैन।
30 Uchaiteiko, iwe wokuparadzwa? Wapfekereiko nguo tsvuku, uye unoshongereiko zvishongo zvegoridhe? Wazorereiko meso ako pendi? Unongozvishongedzera pasina. Zvikomba zvako zvinokushora; zvinotsvaka kukuuraya.
हे उजाड पारिएकी यरूशलेम, तँ के गर्दैछेस्? तैँले किन रातो वस्त्र पहिरहन्छेस्? र सुनको गहना लगाउँछेस्? तेरो आँखामा किन गाजल लगाउँछेस्? तँ व्यर्थमा आफूलाई सिङ्गार गर्छेस्। तेरा प्रेमीहरूले तँलाई घृणा गर्छन्; तिनीहरूले तँलाई मार्न खोज्दैछन्।
31 Ndiri kunzwa kuchema sekwomukadzi anorwadziwa pakusununguka, kugomera sekwomukadzi opona dangwe rake, kuchema kwoMwanasikana weZioni ari kufemedzeka, achitambanudza maoko ake achiti, “Maiwe! Ndoziya; upenyu hwangu hwaiswa kuvaurayi.”
म प्रसुती वेदनामा परेकी स्त्रीको रोदनजस्तै सुन्छु; पहिलो प्रसुती-वेदनाले छटपटाएको सुस्केरा, सास लिन गाह्रो परेकी सियोनकी छोरीको चीत्कार, आफ्नो हात पसारेर यसो भन्दै गरेकी, “हाय, म बेहोश हुँदैछु; मेरो जीवन हत्याराहरूको हातमा सुम्पिएको छ।”