< Jeremia 27 >

1 Pakutanga kwokubata ushe kwaZedhekia mwanakomana waJosia mambo weJudha, shoko iri rakasvika kuna Jeremia richibva kuna Jehovha, richiti:
योशियाहका छोरा, यहूदाका राजा सिदकियाहको शासनकालको सुरुका दिनहरूमा याहवेहबाट यर्मियाकहाँ यो वचन आयो:
2 Izvi ndizvo zvataurwa naJehovha kwandiri: “Ita joko remakashu namatanda ugoriisa pamutsipa wako.
याहवेहले मलाई यसो भन्‍नुभयो: “छालाको डोरी र एउटा जुवा बना, र तेरो काँधमा राख्।
3 Ipapo ugotuma shoko kuna mambo weEdhomu, nokuna mambo weMoabhu, noweAmoni, noweTire neSidhoni noruoko rwenhume dzinouya kuJerusarema kuna Zedhekia mambo weJudha.
त्यसपछि एदोम, मोआब, टायर, अम्मोन र सीदोनका राजाहरूका राजदूतहरू, जो यरूशलेममा यहूदाको राजा सिदकियाहलाई भेट्न आएका छन्, ती राजदूतहरूद्वारा राजाकहाँ समाचार पठा।
4 Uvape shoko ravanatenzi vavo uchiti, ‘Zvanzi naJehovha Wamasimba Ose iye Mwari waIsraeri, “Taurai izvi kuna vanatenzi venyu kuti:
तिनीहरूका राजाहरूका निम्ति यो सन्देश दिएर भन्, ‘सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरूका मालिकहरूलाई यो सन्देश भन्‍नू:
5 Ndakaita nyika navanhu vayo, nemhuka dziri mairi nesimba rangu guru uye noruoko rwakatambanudzwa, uye ndinoipa kuna ani zvake anondifadza.
मैले आफ्नो महाशक्ति र बलवान् हातले पृथ्वी र त्यसमा भएका मानिसहरू र पशुप्राणीहरू बनाएँ; जसलाई इच्छा लाग्छ त्यसैलाई म यो दिन्छु।
6 Zvino, ndichapa nyika dzako dzose kumuranda wangu Nebhukadhinezari mambo weBhabhironi; uye kuti kunyange zvikara zvesango zvive pasi pake.
अब म तिमीहरूका सबै देशहरू मेरो सेवक बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; म जङ्गली जनावरहरूलाई पनि त्यसको अधीनमा राखिदिनेछु।
7 Ndudzi dzose dzichamushandira, iye nemwanakomana wake, nomuzukuru wake, kusvikira nguva yenyika yake yasvika; ipapo ndudzi zhinji namadzimambo makuru vachamuita muranda.
त्यस देशको पतनको समय नआइपुगेसम्म सबै जातिहरूले त्यसका छोरा र नातिको सेवा गर्नेछन्। त्यसपछि धेरै राष्ट्रहरू र महान् राजाहरूले त्यसलाई आफ्नो अधीनमा पार्नेछन्।
8 “‘“Kunyange zvakadaro, kana rudzi rupi norupi kana ushe hupi nohupi hukasazoshandira Nebhukadhinezari mambo weBhabhironi kana hukazoisa mutsipa warwo pasi pejoko rake, ndicharanga rudzi urwo nomunondo, nenzara uye nedenda, kusvikira ndarupedza noruoko rwake, ndizvo zvinotaura Jehovha.
“‘“तर यदि कुनै राष्ट्र अथवा राज्यले बेबिलोनको राजा नबूकदनेसरको सेवा गर्दैन अथवा त्यसको जुवामुनि निहुरिन चाहँदैन भने म त्यस राष्ट्रलाई नबूकदनेसरकै हातबाट नाश नभएसम्म, तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।
9 Saka musateerera vaprofita venyu, navavuki venyu, kana vanodudzira hope kana vafemberi kana varoyi vanokuudzai kuti, ‘Hamungashandiri mambo weBhabhironi’.
यसकारण तिमीहरूले आफ्ना अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ खोल्नेहरू, टुनामुना गर्नेहरूका कुरा नसुन, जसले तिमीहरूलाई भन्‍नेछन्, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ।’
10 Vanokuprofitirai nhema dzichangoita kuti mubviswe muendeswe kure nenyika dzenyu; ndichakudzingai uye muchaparara.
तिनीहरू झूटो अगमवाणी गर्छन्, जसले गर्दा तिमीहरूलाई आफ्नो देशबाट टाढा लैजाने काम मात्र गर्नेछ; म तिमीहरूलाई देशबाट निकालिदिनेछु र तिमीहरू नष्‍ट हुनेछौ।
11 Asi kana rudzi rupi norupi rukazoisa mutsipa warwo pasi pejoko ramambo weBhabhironi rukamushandira, ndichaita kuti rudzi urwo rurambe rwuri munyika yarwo kuti varime vagogaramo, ndizvo zvinotaura Jehovha.”’”
तर यदि कुनै राष्ट्रले बेबिलोनको राजाको जुवामुनि निहुरेर त्यसको सेवा गर्छ भने म त्यस राष्ट्रलाई त्यसको आफ्नै देशमा खेती गर्न र बस्‍न दिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।”’”
12 Ndakapa shoko rimwe chetero kuna Zedhekia mambo weJudha. Ndakati, “Isa mutsipa wako pasi pejoko ramambo weBhabhironi; umushandire iye navanhu vake, ugorarama.
मैले यही समाचार यहूदाका राजा सिदकियाहलाई दिएँ। मैले भनेँ, “बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध राख्; त्यस राजाको र त्यसका मानिसहरूको सेवा गर्, तब तँ जीवित रहनेछस्।
13 Ko, iwe navanhu vako muchafireiko nomunondo, nenzara uye nedenda izvo zvakanzi naJehovha ndichaitira rudzi rupi norupi rucharega kushandira mambo weBhabhironi?
किन याहवेहले बेबिलोनको राजाको सेवा नगर्ने जातिहरूका निम्ति दिनुभएको चेतावनीझैँ, तँ र तेरा मानिसहरू तरवार, अनिकाल र विपत्तिद्वारा मर्न चाहन्छौ?
14 Regai kuteerera mashoko avaprofita vanoti kwamuri, ‘Hamungashandiri mambo weBhabhironi,’ nokuti vanoprofita nhema pamusoro penyu.
तिमीहरूले अगमवक्ताहरूका कुरा नसुन, जसले तिमीहरूलाई, ‘तिमीहरूले बेबिलोनको राजाको सेवा गर्नेछैनौ’ भन्दछन्; किनकि तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्।
15 ‘Ini handina kuvatuma,’ ndizvo zvinotaura Jehovha. ‘Vari kuprofita nhema muzita rangu. Naizvozvo, ndichakudzingai, mugoparara mose imi navaprofita vanoprofita kwamuri.’”
याहवेह घोषणा गर्नुहुन्छ, ‘मैले तिनीहरूलाई पठाएको होइनँ। तिनीहरूले मेरो नाममा झूटो अगमवाणी गरिरहेका छन्। यसकारण म तिमीहरू र तिमीहरूलाई अगमवाणी गर्ने अगमवक्ताहरू दुवैलाई देशबाट निकालिदिनेछु र तिमीहरू नाश हुनेछौ।’”
16 Ipapo ndakati kuvaprista navanhu vose ava, “Zvanzi naJehovha: Regai kuteerera vaprofita vanoti, ‘Iye zvino, nokukurumidza, midziyo yakabviswa mutemberi yaJehovha ichadzoswazve kubva kuBhabhironi.’ Vari kukuprofitirai nhema.
तब मैले पुजारीहरू र यी सबै मानिसहरूलाई भनेँ, “याहवेह यसो भन्‍नुहुन्छ: ‘अब चाँडै नै याहवेहको भवनका सामग्रीहरू बेबिलोनबाट फर्काएर ल्याइनेछ,’ भनेर अगमवाणी गर्ने अगमवक्ताहरूको कुरा नसुन। तिनीहरूले तिमीहरूसँग झूटो अगमवाणी गरिरहेका छन्।
17 Regai kuvateerera. Shandirai mambo weBhabhironi, mugorarama. Guta rino richaitireiko dongo?
तिनीहरूका कुरा नसुन। बेबिलोनका राजाको सेवा गर, र तिमीहरू जीवित रहनेछौ। किन यो सहरलाई नष्‍ट हुन दिने?
18 Kana vari vaprofita uye vane shoko raJehovha ngavakumbirise kuna Jehovha, Wamasimba Ose kuti midziyo yakasara muimba yaJehovha, nomumuzinda wamambo weJudha neJerusarema irege kutakurwa ichiendeswa kuBhabhironi.
यदि तिनीहरू साँच्‍चै नै अगमवक्ताहरू हुन् र तिनीहरूसँग याहवेहको वचन छ भने याहवेहको भवनमा रहेका र यहूदाका राजाका महलमा र यरूशलेममा रहेका सामानहरू बेबिलोनमा नलगियोस् भनी तिनीहरूले सेनाहरूका याहवेहसँग बिन्ती गरून्।
19 Nokuti izvi ndizvo zvinotaura Jehovha Wamasimba Ose pamusoro pembiru, neGungwa, napamusoro pezvigadziko zvinofambiswa nemimwe midziyo yakasara muguta rino,
किनकि यस सहरमा छोडिएका स्तम्भहरू, काँसाको विशाल खड्कुँलो, गुड्ने गाडाहरू र अरू सामग्रीहरूको विषयमा सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ,
20 zvisina kutorwa naNebhukadhinezari mambo weBhabhironi paakatapa Jehoyakini, mwanakomana waJehoyakimi mambo weJudha, pamwe chete navakuru vose veJudha neJerusarema, kubva kuJerusarema achivaendesa kuBhabhironi.
जुन कुराहरू बेबिलोनका राजा नबूकदनेसरले यहोयाकीमका छोरा, यहूदाका राजा यहोयाकीनलाई यहूदा र यरूशलेमका मुख्य मनिसहरूसहित, यरूशलेमबाट बेबिलोनमा कैद गरेर लैजाँदा ती सामानहरू लगेका थिएनन्—
21 Hongu, zvanzi naJehovha Wamasimba Ose, Mwari waIsraeri, pamusoro pezvinhu zvakasiyiwa mutemberi yaJehovha nomumuzinda wamambo weJudha uye nomuJerusarema:
हो, याहवेहको भवनमा र यहूदाका राजाको महलमा र यरूशलेममा छोडिएका कुराहरूको विषयमा सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:
22 ‘Zvichatakurwa zvichiendeswa kuBhabhironi uye ndiko kwazvichagara kusvikira pazuva randichavavinga,’ ndizvo zvinotaura Jehovha. ‘Ipapo ndichavadzosa ndigovagarisazve panzvimbo ino.’”
‘ती सामानहरू बेबिलोनमा लगिनेछन्; अनि म तिनीहरूका निम्ति केही नगरेसम्म ती त्यहीँ रहनेछन्,’ याहवेह घोषणा गर्नुहुन्छ। ‘त्यसपछि म तिनीहरूलाई यरूशलेममा फर्काएर ल्याउनेछु र तिनीहरूलाई यस ठाउँमा पुनर्स्थापित गर्नेछु।’”

< Jeremia 27 >