< Jeremia 11 >
1 Iri ndiro shoko rakauya kuna Jeremia richibva kuna Jehovha:
परमप्रभुबाट यर्मियाकहाँ यसो भनेर वचन आयो,
2 “Inzwai mashoko esungano iyi mugoazivisa kuvanhu veJudha nokuna vanogara muJerusarema.
“यस करारका वचनहरूलाई सुन्, अनि यहूदाका हरेक मानिस र यरूशलेमका बासिन्दाहरूलाई ती घोषणा गर् ।
3 Muvaudze kuti zvanzi naJehovha Mwari waIsraeri, ‘Akatukwa munhu asingateereri mashoko esungano iyi,
तिनीहरूलाई भन्, 'परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः यस करारका वचनहरू नसुन्ने जोसुकै श्रापित होस् ।
4 mashoko andakarayira madzitateguru enyu pandakavabudisa muIjipiti kubva muchoto chamatare.’ Ndakati, ‘Nditeererei mugoita zvose zvandinokurayirai, mugova vanhu vangu, ini ndigova Mwari wenyu.
मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेश अर्थात् फलाम पगाल्ने भट्टीबाट ल्याएको दिनमा यो करारको पालन गर्न आज्ञा दिएको थिएँ । मैले भनें, 'मेरो आवाजलाई सुन र मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै कुरा पालन गर, किनकि तिमीहरू मेरो जाति हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु ।'
5 Ipapo ndichazadzisa mhiko yandakapika kumadzitateguru enyu, kuti ndichavapa nyika inoyerera mukaka nouchi,’ nyika yava yenyu nhasi.” Ndakapindura ndichiti, “Ameni, Jehovha.”
मेरो आज्ञा पालन गर ताकि दूध र मह बग्ने देश दिनेछु भनी मैले तिमीहरूका पुर्खाहरूसित खाएको शपथ म पुरा गर्न सक्छु ।' तब म यर्मियाले जवाफ दिएँ र भनें, 'हे, परमप्रभु हवस् ।'
6 Jehovha akati kwandiri, “Paridza mashoko aya ose mumaguta eJudha nomumigwagwa yeJerusarema uchiti, ‘Inzwai mashoko esungano iyi muatevere.
परमप्रभुले मलाई भन्नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।
7 Kubva panguva yandakabudisa madzitateguru enyu kubva muIjipiti kusvikira nhasi, ndakavayambira ndavayambirazve ndichiti, “Nditeererei.”
किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याएको दिनदेखि वर्तमान समयसम्म निरन्तर रूपमा तिनीहरूलाई चेताउनी दिंदै र 'मेरो आवाज सुन,' भन्दै गम्भीर आज्ञाहरू दिंदै आएको छु ।
8 Asi havana kuteerera kana kuva nehanya; asi vakatevera kusindimara kwemwoyo yavo yakaipa. Saka ndakauyisa pamusoro pavo kutuka kwose kwesungano yandakanga ndavarayira kuti vatevere asi havana kuichengeta.’”
तर तिनीहरूले सुनेनन्, वा ध्यानै दिएनन् । हरेक व्यक्ति आफ्नै दुष्ट हृदयको कठोरतामा हिंडिरहेको छ । त्यसैले यस करारमा मैले तिनीहरूलाई आज्ञा गरेका सबै श्राप मैले तिनीहरूका विरुद्धमा ल्याएँ । तर मानिसहरूले अझै पनि आज्ञा मानेनन् ।”
9 Ipapo Jehovha akati kwandiri, “Pane rangano pakati pavanhu veJudha navanogona kundimukira navanogara muJerusarema.
त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, “यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूका बिचमा भएको एउटा षड्यन्त्र पत्ता लागेको छ ।
10 Vadzokera pazvakaipa zvamadzitateguru avo, avo vakaramba kuteerera mashoko angu. Vakatevera vamwe vamwari kuti vavashumire. Dzimba mbiri idzi, yaIsraeri neyaJudha dzakaputsa sungano yandakaita namadzitateguru avo.
तिनीहरू आफ्ना पहिलेका पुर्खाहरूका अधर्मतर्फ लागेका छन् जसले मेरो वचन सुन्न इन्कार गरी अरू देवताहरूको पुजा गर्न तिनीहरूको पछि लागे । इस्राएलको घराना र यहूदाको घरानाले मैले तिनीहरूका पुर्खाहरूसित स्थापित गरेको मेरो करार तोडे ।
11 Naizvozvo zvanzi naJehovha, ‘Ndichauyisa njodzi pamusoro pavo yavasingagoni kupunyuka. Kunyange vakachema kwandiri handingavateereri.
त्यसकारण परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, मैले तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनै लागेको छु, जुन विपत्तिबाट तिनीहरू भाग्न सक्ने छैनन् । तब तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म तिनीहरूको कुरा सुन्नेछैनँ ।
12 Maguta eJudha navanhu veJerusarema vachaenda kundodana kuna vamwari vavaipisira zvinonhuhwira, asi havazovabatsiri zvachose pavanosvikirwa nenjodzi.
यहूदाका सहरहरू र यरूशलेमका बासिन्दाहरू जानेछन्, र तिनीहरूले भेटी चढाएका देवताहरूलाई पुकार्नेछन्, तर तिनीहरूको विपत्तिको समयमा निश्चय पनि तिनीहरू ती देवताहरूद्वारा बचाइनेछैनन् ।
13 Una vamwari vakawanda sokuwanda kwakaita maguta ako, iwe Judha; uye aritari dzamakamisa kuti mupisire zvinonhuhwira kuna mwari anonyadzisa, iye Bhaari, dzakawanda sokuwanda kwakaita migwagwa yeJerusarema.’
किनकि तँ यहूदाले तेरा देवताहरूको सङ्ख्या वृद्धि गरेर तेरा सहरहरूको सङ्ख्या बराबर तुल्याएको छस् । तैंले यरूशलेममा त्यसका सडकहरूको सङ्ख्या जत्तिकै धेरै लज्जास्पद वेदीहरू, बाल देवताको निम्ति धुप बाल्ने वेदीहरू बनाएको छस् ।
14 “Usanyengeterera vanhu kana kupa chikumbiro chipi zvacho kana kuvakumbirira, nokuti handizoteereri pavanodana kwandiri panguva yokutambudzika kwavo.
त्यसैले ए यर्मिया, तँ आफूले यी मानिसहरूको निम्ति प्रार्थना नचढा । तिनीहरूको पक्षमा तैंले विलाप वा बिन्ती गर्नहुँदैन । किनकि तिनीहरूले आफ्नो विपत्तिमा मलाई पुकारा गर्दा म तिनीहरूको पुकारा सुन्नेछैन्नँ ।
15 “Ko, mudiwa wangu ari kuitei mutemberi yangu, zvaari kuita mabasa ake akaipa navazhinji? Ko, nyama yakatsaurwa ingadzivisa kurohwa kwako here? Pamunoita zvakaipa zvenyu, ipapo imi mofara.”
मेरी प्रिय जससित धेरै दुष्ट मनसाय थिए, त्यो किन मेरो मन्दिरमा छे? तेरा बलिदानहरूको मासुले तँलाई मदत गर्न सक्दैन । तेरा दुष्ट कामहरूको कारणले तँ आनन्द मनाउँछस् ।
16 Jehovha akati ndiwe muti womuorivhi une upenyu, une michero yakanaka yakaurungana. Asi nokutinhira kwemhepo ine simba achautungidza nomoto, uye matavi awo achavhunika.
विगतमा परमप्रभुले तँलाई झ्याम्म परेको जैतूनको रुख, रहरलाग्दो फल भएको सुन्दर रुख भन्नुभयो । तर उहाँले यसमा आगो सल्काउनुहुनेछ, जुन आँधीबेहरीको गर्जनजस्तो सुनिनेछ । यसका हाँगाहरू भँचिनेछन् ।
17 Jehovha Wamasimba Ose, iye akakusima, atema chirevo chezvakaipa kwauri, nokuti imba yaIsraeri neimba yaJudha vakaita zvakaipa, vakanditsamwisa nokupisira Bhaari zvinonhuhwira.
इस्राएलको घराना र यहूदाको घरानाले गरेका दुष्ट कामहरूको कारणले तिमीहरूलाई रोप्नुहुने सर्वशक्तिमान् परमप्रभुले तिमीहरूको विरुद्धमा विपत्तिको आदेश दिनुभएको छ— तिनीहरूले बाल देवतालाई भेटीहरू चढाएर मलाई रिस उठाएका छन् ।”
18 Nokuti Jehovha akandionesa rangano yavo, ndikaiziva, nokuti panguva iyoyo akandiratidza zvavakanga vachiita.
परमप्रभुले मलाई यी कुराहरू अवगत गराउनुभयो, त्यसैले म यी जान्दछु । हे परमप्रभु, तपाईंले नै मलाई तिनीहरूका कामहरू देखाउनुभयो ।
19 Ndakanga ndakaita segwayana rakapfava riri kuendeswa kundobayiwa; ndakanga ndisingazivi kuti vakanga vandirangana, vachiti, “Ngatiparadzei muti nemichero yawo; ngatimubvisei panyika yavapenyu, kuti zita rake rirege kuzorangarirwazve.”
म त कसाइकहाँ लगिंदै गरेको अवोध थुमाजस्तै थिएँ । तिनीहरूले मेरो विरुद्धमा यस्तो योजना रचेका थिए भनी मलाई थाहा थिएन, “रुखलाई त्यसको फलसमेत नष्ट पारौं । फेरि त्यसको नाउँ नै नसम्झने गरी त्यसलाई जीवितहरूको देशबाट निष्काशित गरौं ।”
20 Asi imi Jehovha Wamasimba Ose, iyemi munotonga nokururama, uye munoedza mwoyo nendangariro, ngandione kutsiva kwenyu pamusoro pavo, nokuti ndakaisa mhaka yangu kwamuri.
तापनि सर्वशक्तिमान् परमप्रभु धार्मिक न्यायाधीश हुनुहुन्छ जसले हृदय र मनको जाँच गर्नहुन्छ । तिनीहरूको विरुद्धमा तपाईंको बदलाको म साक्षी बन्नेछु किनकि मैले मेरो विषय तपाईंको सामु पेस गरेको छु ।
21 “Naizvozvo zvanzi naJehovha pamusoro pavarume veAnatoti vari kutsvaka kukuuraya, vachiti, ‘Regai kuprofita nezita raJehovha nokuti ungafa namaoko edu,’
त्यसकारण परमप्रभु तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको सम्बन्धमा यसो भन्नुहुन्छ, “तिनीहरू भन्छन्, 'तैंले परमप्रभुको नाउँमा अगमवाणी बोल्नुहँदैन, नत्रता तँ हाम्रा हातबाट मर्नेछस् ।'
22 naizvozvo zvanzi naJehovha Wamasimba Ose, ‘Ndichavaranga. Majaya avo achafa nomunondo, vanakomana navanasikana vavo vachafa nenzara.
त्यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, मैले तिनीहरूलाई दण्ड दिनै लागेको छु । तिनीहरूका हट्टाकट्टा युवाहरू तरवारले मारिनेछन् । तिनीहरूका छोराहरू र छोरीहरू अनिकालद्वारा मर्नेछन् ।
23 Hakuna kunyange mumwe achasara kwavari, nokuti ndichauyisa njodzi pamusoro pavarume veAnatoti mugore rokurangwa kwavo.’”
तिनीहरूमध्ये कोही पनि छाडिनेछैन, किनकि म अनातोतका मानिसहरूको विरुद्धमा विपत्ति ल्याउँदैछु, जुन तिनीहरूको दण्डको वर्ष हुनेछ' ।”