< Isaya 34 >
1 Swederai pedyo, imi ndudzi dzavanhu, munzwe. Teererai, imi vanhu! Nyika ngainzwe, nezvose zviri mairi, pasi pose, nezvose zvinobudamo!
हे जाति-जातिका मानिसहरू हो, नजिक आएर सुन; हे मानिसहरू हो, ध्यान देओ! पृथ्वी र यसमा भएका सबैले, संसार र यसबाट निस्किआउने सबैले सुनून्!
2 Jehovha akatsamwira ndudzi dzose; hasha dzake dziri pamusoro pehondo dzavo dzose. Achavaparadza chose, achaita kuti vaurayiwe.
याहवेह सबै जातिहरूसित रिसाउनुभएको छ; उहाँको क्रोध तिनीहरूका सबै सेनाहरूमाथि छ। उहाँले तिनीहरूलाई सम्पूर्ण रूपले नाश गर्नुहुनेछ; उहाँले तिनीहरूलाई मारिनलाई दिनुहुनेछ।
3 Vakaurayiwa vavo vacharasirwa kunze, mitumbi yavo ichanhuhwa; makomo achanyorova neropa ravo.
तिनीहरूका मारिएकाहरू फालिनेछन्, र तिनीहरूका मृत शरीरहरूले दुर्गन्ध फैलाउनेछन्; पहाडहरू तिनीहरूका रगतले भिज्नेछन्।
4 Nyeredzi dzokudenga dzose dzichanyungudika, uye denga richapetwa sorugwaro; marudzi ose enyeredzi achawa samashizha akaoma abva pamuzambiringa, samaonde akasvava abva pamuonde.
आकाशका सबै ताराहरू विलीन हुनेछन्, र आकाशचाहिँ चर्मपत्रझैँ बेरिनेछ; सम्पूर्ण तारामण्डल अङ्गुरको बोटबाट ओइलिएका पातहरू झरेजस्तै, र नेभाराको बोटबाट चाउरी परेका नेभाराहरूझैँ खस्नेछन्।
5 Munondo wangu wakanwa ukaguta kumatenga; tarirai, unoburukira kuzotonga Edhomu, vanhu vandakaparadza chose.
मेरो तरवार आकाशमण्डलमा पिएर तृप्त भएको छ; हेर, न्यायका लागि एदोममाथि त्यसले प्रहार गर्नेछ; त्यस जातिमाथि, जसलाई मैले नाशका निम्ति अलग गरेको छु।
6 Munondo waJehovha wakanyura muropa, wakafukidzwa namafuta, iro ropa ramakwayana nerembudzi, namafuta anobva paitsvo dzamakondobwe. Nokuti Jehovha ane chibayiro muBozira uye nokuuraya kukuru muEdhomu.
याहवेहको तरवार रगतमा चोपिएको छ; त्यो बोसोले पुष्ट भएको छ— थुमा र बाख्राहरूका रगत, भेडाहरूका मिर्गौलाको बोसोले लतपतिएको छ। किनकि बोज्रामा याहवेहको एउटा बलिदान छ; अनि एदोममा ठूलो संहार भएको छ।
7 Nyati dzichawa pamwe navo nehono dzemhuru nehando huru. Nyika yavo ichanyorova neropa, uye guruva richazara mafuta.
तिनीहरूसित जङ्गली साँढेहरू, बाछाहरू र ठूला साँढेहरू लड्नेछन्। तिनीहरूको देश रगतले निथ्रुक्क भिज्नेछ; अनि धुलो बोसोसित मिसिनेछ।
8 Nokuti Jehovha ane zuva rokutsiva negore rokuripira kuti atsigire zvinodiwa neZioni.
किनकि याहवेहको बदला लिने एउटा दिन छ, सियोनको मुद्दा अटल राख्नलाई दण्ड दिने वर्ष छ।
9 Hova dzeEdhomu dzichashanduka kuva namo, guruva rayo richapisa sesafuri; nyika yayo ichava namo inopfuta!
एदोमका खोलाहरू अलकत्रामा परिवर्तन हुनेछन्; त्यसका धुलो बल्दैगरेको गन्धकमा परिवर्तन हुनेछ; त्यसको देश बल्दैगरेको अलकत्रा हुनेछ!
10 Haingadzimwi usiku namasikati; utsi hwayo huchakwira nokusingaperi. Richava dongo kubva kune chimwe chizvarwa kusvikira kune chimwe chizvarwa; hapana munhu achazopfuura napozve.
त्यो रात वा दिन, कहिल्यै निभ्नेछैन; त्यसको धुवाँ निरन्तर उँभो उठिरहनेछ। पुस्ता-पुस्तासम्म त्यो उजाड भएर रहनेछ; त्यसबाट भएर फेरि कोही जानेछैन।
11 Asi zvichava zvezizi romugwenga nehukurwizi; zizi guru negunguo zvichaita matenderemo. Mwari achatambanudzira Edhomu rwodzi rwokuyera, rwenyonganiso nerwokuparadza.
त्यसलाई मरुभूमिको उल्लु र दुम्सीले अधिकार गर्नेछन्; ठूलो उल्लु र कागहरूले त्यसमा गुँड बनाउनेछन्। परमेश्वरले एदोममाथि गोलमालको नापडोरी र उजाडको साहुल तेर्साइदिनुहुनेछ।
12 Makurukota ake haazovi nechinhu ikoko chingazonzi umambo, machinda ake ose achapera.
त्यसका कुलीन मानिसहरूका निम्ति राज्य भन्न लायक त्यहाँ केही पनि हुनेछैन; त्यसका सबै राजकुमारहरू बेपत्ता हुनेछन्।
13 Minzwa ichatandira nhare dzayo, utumbambeva norukato munzvimbo dzayo dzakakomberedzwa. Ichava ugaro hwamakava, nomusha wamazizi.
त्यसका किल्लाका बुर्जाहरूमा काँडा, र त्यसका किल्लाहरूमा सिस्नु र सिउँडीहरू उम्रनेछन्। त्यो स्यालहरू र उल्लुहरूका वासस्थान हुनेछ।
14 Zvikara zvomugwenga zvichasangana namapere, uye ngururu dzichadaidzirana; zvikara zvousiku zvichazororapo, uye zvichazviwanira nzvimbo yokuzorora.
मरुभूमिका जन्तुहरू हुँडारहरूसित भेट गर्नेछन्; अनि जङ्गली बाख्राहरू आपसमा म्याँ-म्याँ गर्नेछन्; त्यहाँ रातका पशुहरू पनि ढल्किनेछन्; अनि आफ्नै निम्ति विश्रामस्थल भेट्टाउनेछन्।
15 Zizi richaita dendere rigokandira mazaipo, richaachochonyerapo, rigochengeta mazana aro pasi pomumvuri wamapapiro aro; makondo achaunganapo, rimwe nerimwe neshamwari yaro.
उल्लुले त्यहाँ गुँड बनाएर अण्डा पार्नेछे, त्यसले बचेरा काढेर त्यसलाई आफ्ना पखेटाको छहारीमा हुर्काउँछे; त्यहाँ बाजहरू पनि आ-आफ्ना जोडीसित भेट गर्नेछन्।
16 Tarirai murugwaro rwaJehovha mugorava: Hapana chimwe chezvinhu izvi chichashayikwa, kana chichashaya shamwari. Nokuti muromo wake ndiwo warayira izvozvo, uye Mweya wake uchavaunganidza pamwe chete.
याहवेहको चर्मपत्रमा हेर र पढ: तीमध्ये एउटै पनि हराउनेछैन, कसैलाई आफ्नो जोडीको अभाव हुनेछैन। किनकि यो हुकुम उहाँको मुखले दिएको हो; अनि उहाँका आत्माले ती एकसाथ बटुल्नुहुनेछ।
17 Anozvigovera migove yazvo; ruoko rwake runozvigovera nechiyero. Zvichava zvazvo nokusingaperi uye zvichagaramo kubva kune chimwe chizvarwa kusvikira kune chimwe chizvarwa.
उहाँले तिनीहरूका भाग छुट्ट्याइदिनुहुनेछ; उहाँको हातले नाप्ने डोरी तानेर बाँडिदिनुभएको छ। तिनीहरूले त्यसलाई सदाको निम्ति आफ्नो बनाउनेछन् र पुस्तादेखि पुस्तासम्मै त्यहाँ बस्नेछन्।