< VaGaratia 5 >
1 Kristu akatisunungura kuti tive vakasununguka. Zvino, mirai nesimba, murege kuzviremedza zvakare nejoko routapwa.
स्वतन्त्रताको निम्ति ख्रीष्टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ र फेरि बन्धनको जुवामुनि नपर ।
2 Batai mashoko angu! Ini, Pauro, ndinokuudzai kuti kana muchidzingiswa, Kristu haachakosheswi kwamuri napaduku.
हेर! म पावल तिमीहरूलाई भन्दछु, कि तिमीहरूको खतना भए तापनि ख्रीष्टमा तिमीहरूलाई केही फाइदा हुनेछैन ।
3 Uyezve, ndinotaura kumunhu wose anoda kudzingiswa kuti anofanira kuteerera murayiro wose.
फेरि, खतना गरिएका सबै मानिसलाई म यो गवाही दिन्छु, कि सबै व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ ।
4 Imi munoedza kururamisirwa nomurayiro makaparadzaniswa naKristu; makabva panyasha.
जो व्यवस्थाबाट धर्मी ठहराइएका छौ, तिमीहरू ख्रीष्टबाट अलग गरिएका छौ । तिमीहरू अनुग्रहबाट टाढा गएका छौ ।
5 Asi nokutenda tinoshinga kwazvo kumirira kururama, kunova ndiko kwatine tariro nako kubudikidza noMweya.
किनकि आत्माद्वारा विश्वासबाट हामीले धार्मिकताको आशाको प्रतीक्षा गरिरहेका छौँ ।
6 Nokuti muna Kristu Jesu kudzingiswa kana kusadzingiswa hazvina maturo. Chinhu chinokosha chete ndiko kutenda kunozviratidza kubudikidza norudo.
ख्रीष्ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्छ । केवल प्रेमद्वारा काम गर्ने विश्वासको मात्र मूल्य हुन्छ ।
7 Makanga muchimhanya nhangemutange yakanaka. Ndianiko akakudzivisai uye akakukonesai kuteerera chokwadi?
तिमीहरू असल रूपमा दौडिरहेका थियौ । सत्यताको पालन गर्न तिमीहरूलाई कसले रोक्यो?
8 Kugombedzera ikoko hakuna kubva kuna iye anokudanai.
यो काम गर्नको निम्ति आएको प्रोत्साहन तिमीहरूलाई बोलाउनुहुने बाटको होइन ।
9 Mbiriso shoma inovirisa chikanyiwa chose chakakanyiwa.
थोरै खमिरले पुरै आटाको डल्लोलाई फुलाउँछ ।
10 Ndinovimba muna She kuti hamuchazogamuchiri dzimwe pfungwa. Iyeye anokunyonganisai achazviripira mhaka yake, angava ani zvake.
प्रभुमा म तिमीहरूमा भरोसा गर्दछु, कि तिमीहरूले अर्को तरिकाले विचार गर्दैनौ । तिमीहरूलाई अलमलमा पार्ने जोसुकै भए तापनि त्यसले आफ्नो दण्ड पाउनेछ ।
11 Hama dzangu, kana ndichiri kuparidza nezvokudzingiswa, ko, ndichiri kutambudzirwei hangu? Naizvozvo kugumbusa kwomuchinjikwa kwabviswa.
मेरा भाइहरू हो, यदि म अझै पनि खतनाको प्रचार गर्दछु भने, अझै पनि म किन सताइएको छु? त्यसो हो भनेता क्रुसको बाधा नष्ट हुने थियो ।
12 Kana vari vaya vanokukuchidzirai, ndaida hangu kuti vazvigure zvinhu zvavo.
तिमीहरूलाई बहकाउनेहरूले त आफैँलाई नपुङ्सक तुल्याओस् ।
13 Imi, hama dzangu, makadanwa kuti muve vakasununguka. Asi regai kushandisa rusununguko rwenyu munyama; asi shandiranai murudo.
किनकि मेरा भाइहरू हो, परमेश्वरले तिमीहरूलाई स्वतन्त्रताको निम्ति बोलाउनुभएको छ । आफ्नो स्वतन्त्रतालाई शरीरको निम्ति अवसरको रूपमा मात्र प्रयोग नगर । बरु, प्रेमद्वारा एक अर्कालाई सेवा पुर्याओ ।
14 Murayiro wose unobatanidzwa mumurayiro mumwe chete unoti: “Ude wokwako sezvaunozvida iwe.”
किनकि सारा व्यवस्था एउटै आज्ञामा पुरा हुन्छ, “तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नुपर्छ ।”
15 Kana muchiramba muchirumana uye nokudyana, chenjererai kuti murege kuparadzana mumwe nomumwe wenyu.
तर यदि तिमीहरूले एक अर्कालाई टोक्ने र निल्ने गर्छौ भने, ध्यान देओ, तिमीहरू आफैँ एक अर्काबाट नष्ट हुन नपरोस् ।
16 Saka ndinoti, raramai noMweya, uye hamungazofadzi nyama nokuchiva kwayo.
म भन्दछु, आत्माद्वारा हिँड, अनि तिमीहरूले शरीरका अभिलाषाहरूलाई पुरा गर्नेछैनौ ।
17 Nokuti nyama inoshuva zvinopesana noMweya, uye Mweya anopesanawo nezvinoshuviwa nenyama. Izvi zvinorwisana pachazvo, kuti murege kuita zvamunoda.
किनकि शरीरका अभिलाषाहरू आत्माको विरुद्धमा हुन्छन्, र आत्माको इच्छा शरीरको विरुद्धमा हुन्छ । किनकि यी एक अर्काका विपरीत हुन्छन् । यसको परिणामचाहिँ यही हो, कि तिमीहरूले गर्न चाहेका कुराहरू तिमीहरूले गर्दैनौ ।
18 Asi kana muchitungamirirwa noMweya, hamusi pasi pomurayiro.
तर यदि आत्माले तिमीहरूलाई अगुवाइ गर्नुहुन्छ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ ।
19 Mabasa enyama ndiwo aya: upombwe, tsvina, utere;
शरीरका कामहरू प्रत्यक्ष देख्न सकिने हुन्छन् । ती कामुक अनैतिकता, अपवित्रता, कामवासना,
20 kunamata zvifananidzo, uroyi, ruvengo, gakava, godo, kutsamwa, kuzvikudza, kuparadzana, dzidziso dzakatsauka
मूर्तिपूजा, तन्त्रमन्त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थ, फुट, गुटबन्दी,
21 nokugodorana; kudhakwa, kutamba kwakaipa, nezvimwe zvakadaro. Ndinokuyambirai, sezvandakamboita kare kuti avo vana mararamiro iwaya havangagari nhaka youmambo hwaMwari.
डाह, पियक्कडपन, मोजमज्जा र अरू यस्तै कुराहरू हुन् । मैले तिमीहरूलाई पहिले पनि चेतावनी दिएझैँ म फेरि चेतावनी दिन्छु, कि जसले यी कुराहरू गर्छन्, तिनीहरू परमेश्वरको राज्यका हकदार हुनेछैनन् ।
22 Asi chibereko choMweya ndirwo rudo, mufaro, rugare, mwoyo murefu, unyoro, kunaka, kutendeka,
तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वास,
23 kupfava uye kuzvidzora. Hakuna murayiro unopesana nezvizvi.
नम्रता र संयम हुन् । यी कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन ।
24 Avo vari vaKristu Jesu vakaroverera pamuchinjikwa nyama nokuchiva kwayo uye nezvainoshuva.
तिनीहरू जो ख्रीष्ट येशूका हुन् उनीहरूले आफ्ना शरीरलाई त्यसका लालसा र दुष्ट अभिलाषाहरूसहित क्रुसमा टाँगेका हुन्छन् ।
25 Sezvo tichirarama noMweya, ngatifambei noMweya.
यदि हामी आत्माद्वारा जिउँछौँ भने, हामी आत्माद्वारा नै हिँडौँ ।
26 Ngatiregei kuzvikudza, tichitsamwisana kana kuchiva zvevamwe.
हामी अहङ्कारी नबनौँ; एक अर्कालाई रिस नउठाऔँ; वा एक अर्काको ईर्ष्या नगरौँ ।