< Ezekieri 21 >
1 Shoko raJehovha rakasvika kwandiri richiti,
याहवेहको वचन मकहाँ आयो:
2 “Mwanakomana womunhu, rinzira chiso chako kuJerusarema uparidze pamusoro penzvimbo tsvene. Profita pamusoro penyika yeIsraeri,
“हे मानिसको छोरा, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्थानको विरुद्धमा प्रचार गर्। इस्राएल देशको विरुद्धमा अगमवाणी गर्;
3 uti kwairi, ‘Zvanzi naJehovha: Ndiri kuzokurwisa. Ndichavhomora munondo wangu kubva mumuhara wawo ndigouraya pakati penyu vose vakarurama nevakaipa.
अनि त्यसलाई भन्: ‘याहवेह यसो भन्नुहुन्छ: म तेरो विरुद्धमा छु। म म्यानबाट मेरो तरवार थुत्नेछु, र तेरा धर्मी र दुष्ट दुवैलाई नाश गर्नेछु।
4 Nokuti ndichaparadza vakarurama nevakaipa, munondo wangu uchabuda mumuhara kundorwa navose kubva kurutivi rwezasi kusvikira kurutivi rwokumusoro.
मैले धर्मी र दुष्ट दुवैलाई नाश गर्न लागेको कारण, मेरो तरवार म्यानबाट बाहिरै रहेर दक्षिणदेखि उत्तरसम्म सबैको विरुद्धमा हुनेछ।
5 Ipapo vanhu vose vachaziva kuti ini Jehovha ndavhomora munondo wangu kubva mumuhara wawo; hauchazodzokerimozve.’
तब सबै मानिसहरूले म याहवेहले नै मेरो तरवार म्यानबाट बाहिर निकालेको छु भनी जान्नेछन्; यो फेरि म्यानमा फर्केर आउनेछैन।’
6 “Naizvozvo, gomera, mwanakomana womunhu! Gomera pamberi pavo nomwoyo wakapwanyika uye nokuchema neshungu.
“यसकारण हे मानिसको छोरा, सुस्केरा हाल्! तिनीहरूकै आँखाको सामु व्याकुल र अति दुःखी भएर सुस्केरा हाल्।
7 Zvino pavanokubvunza vachiti, ‘Unogomereiko?’ iwe uchati kwavari, ‘Nemhaka yamashoko ari kuuya. Mwoyo mumwe nomumwe uchanyauka uye ruoko rumwe norumwe rucharemara, mweya mumwe nomumwe uchaziya uye ibvi rimwe nerimwe richarukutika semvura.’ Zviri kuuya! Zvirokwazvo zvichaitika, ndizvo zvinotaura Ishe Jehovha.”
अनि जब तिनीहरूले तँलाई सोध्छन्, ‘तिमी किन सुस्केरा हाल्दैछौ?’ तब तिनीहरूलाई यसरी भन्, ‘आइरहेको खबरको कारणले सबैको हृदय डरले हताश हुनेछ, र हरेक हात कमजोर हुनेछ; हरेक आत्मा मूर्च्छा पर्नेछ र हरेक घुँडा अति कमजोर हुनेछन्।’ हेर, यो कुरा आइरहेको छ! यो निश्चय नै हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
8 Shoko raJehovha rakasvika kwandiri richiti,
याहवेहको वचन मकहाँ आयो:
9 “Mwanakomana womunhu, profita uti, ‘Zvanzi naJehovha: “‘Munondo, munondo, wakarodzwa uye wakapukutwa,
“हे मानिसको छोरा, अगमवाणी गरेर भन्, ‘प्रभु यसो भन्नुहुन्छ: “‘एउटा तरवार, एउटा तरवार, उध्याइएको छ, र टल्काइएको छ,
10 wakarodzerwa kuuraya, wakapukutirwa kuti upenye semheni! “‘Tichazofara here netsvimbo youshe yomwanakomana wangu Judha? Munondo unozvidza zvimiti zvose zvakadai.
अर्थात् काटमारका निम्ति उध्याइएको छ! बिजुलीझैँ चम्कनलाई टल्काइएको छ! “‘के हामी मेरो राजकीय छोराको राजदण्डमा खुशी होऔँ? तरवारले यस्तो दण्डलाई तुच्छ ठान्छ।
11 “‘Munondo wakagadzirirwa kuti upukutwe, kuti ubatwe noruoko; wakarodzwa uye wakapukutwa, wakagadzirirwa kuiswa muruoko rwomuurayi.
“‘तरवार टल्काउनलाई र हातले पक्रिनलाई नियुक्त गरिएको छ। तरवार उध्याइएको छ र टल्काइएको छ, काटमार गर्नेको हातमा तयार पारिएको छ।
12 Chema uungudze, mwanakomana womunhu, nokuti unorwa navanhu vangu; unorwa namachinda ose aIsraeri. Vakakandwa kumunondo, pamwe chete navanhu vangu. Naizvozvo uzvirove chipfuva.
हे मानिसको छोरा, चर्कोगरी करा र विलाप गर्; किनकि यो मेरा प्रजाको विरुद्धमा छ; यो इस्राएलका सबै राजकुमारहरूको विरुद्धमा छ। तिनीहरू मेरा प्रजाहरूसँगै तरवारमा फ्याँकिएका छन्। यसकारण तँ विलाप गर।
13 “‘Kuedzwa kuchauya zvirokwazvo. Ko, kana tsvimbo youshe yaJudha, iyo inozvidzwa nomunondo, ikasaenderera mberi chii chinoitika? ndizvo zvinotaura Ishe Jehovha.’
“‘जाँच निश्चय नै आउनेछ। अनि यदि यहूदाको राजदण्ड, जसलाई तरवारले घृणा गर्छ, त्यो रहेन भने? प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’
14 “Saka zvino, mwanakomana womunhu, profita uye urovanise maoko ako pamwe chete. Rega munondo ubaye kaviri, kunyange katatu. Ndiwo munondo wokuuraya, iwo munondo wokuuraya kukuru, uri kuuya kwavari kubva kumativi ose.
“यसकारण हे मानिसको छोरा, अगमवाणी गर्! अनि दुवै हात ठटाएर ताली बजा। तरवारले दुई पल्ट प्रहार गरोस्, अझ तीन पल्टसम्म नै प्रहार गरोस्। यो काटमारको तरवार हो— तिनीहरूको चारैतिरबाट घेरा हालेर आइरहेको काटमारको एउटा ठूलो तरवार हो।
15 Kuti mwoyo inyungudike uye vanowa vawande, munondo ndakauyisa pamasuo avo ose kuti uuraye. Haiwa, wakagadzirirwa kuti upenye semheni, wakabatwa kuti uuraye.
तिमीहरूका हृदय डरले हताश होऊन्, र ढल्नेहरू धेरै जना होऊन्; मैले तिनीहरूका सबै मूलढोकाहरूमा काटमारको निम्ति तरवार नियुक्त गरेको छु। हेर्, बिजुलीजस्तै चम्कन तरवारलाई टल्काइएको छ! यसलाई काटमारको निम्ति समातिन्छ।
16 Haiwa, iwe munondo, cheka kurudyi, ugochekawo kuruboshwe, kwose kunorerekera munondo wako.
ए धारिलो तरवार, दायाँतिर काट्; त्यसपछि बायाँतिर काट्, जतातिर तेरो धार जान्छ, उतैतिर काट्।
17 Neniwo ndicharova maoko angu pamwe chete, uye hasha dzangu dzichaserera. Ini Jehovha ndazvitaura.”
म पनि मेरो दुवै हातले ताली बजाउनेछु; अनि मेरो क्रोध शान्त हुनेछ, म याहवेहले नै भनेको हुँ।”
18 Shoko raJehovha rakasvika kwandiri richiti:
याहवेहको वचन मकहाँ आयो:
19 “Mwanakomana womunhu, tara migwagwa miviri yomunondo wamambo weBhabhironi yaachafamba nayo, yose iri miviri ichitangira munyika imwe chete. Uite chikwangwari panoparadzana mugwagwa uchipinda muguta.
“हे मानिसको छोरा, बेबिलोनको राजाको तरवारले लिनुपर्ने दुई वटा बाटोहरूमा चिन्ह लगा, र दुवै चिन्हहरू एउटै देशबाट सुरु भएका होऊन्। एउटा चिन्ह लगाउने खम्बा बना, जहाँबाट बाटो छुट्टिएर सहरतिर जान्छ।
20 Utare mugwagwa mumwe chete womunondo unouya kuzorwa neRabha ravaAmoni uye mumwe uchizorwa neJudha neJerusarema rakakomberedzwa.
अम्मोनीहरूको रब्बाको विरुद्धमा आउने तरवारको निम्ति एउटा बाटोमा चिन्ह लगा, र अर्कोमा यहूदा र सुरक्षित यरूशलेमको विरुद्धमा चिन्ह लगा।
21 Nokuti mambo weBhabhironi achamira pamharadzano dzemugwagwa, pamharadzano dzemigwagwa miviri, kuti aite zvokuvuka: Achakanda mijenya nemiseve, achabvunza zvifananidzo zvake, achaongorora chiropa.
किनकि बेबिलोनको राजा जोखना हेर्नलाई दोबाटोमा र बाटोको दोभानमा रोकिनेछ: त्यसले काँडको चिट्ठा हाल्नेछ; राजाले आफ्ना मूर्तिहरूसित सल्लाह लिनेछ। त्यसले बलिदान चढाएको पशुको कलेजो जाँच गर्नेछ।
22 Muruoko rwake rworudyi muchava nomujenya weJerusarema, paachamisa zvokuparadza nazvo masvingo, kuti arayire zvokuuraya, adanidzire zvehondo, amise zvokuparadza nazvo masuo, vavake mirwi yokurwisa nokukomba guta.
त्यसको दायाँ हाततर्फ यरूशलेम आउनेछ, जहाँ त्यसले पर्खाल भत्काउने रूखका ठूला-ठूला मुढाहरू राख्नुपर्छ; काटमार गर्ने आदेश दिनुपर्छ र युद्ध-ध्वनिको आवाज सुनाउनुपर्छ। मूलढोकाहरूको विरुद्धमा भत्काउने रूखका मुढाहरू राख्नुपर्छ र घेरा-मचान खडा गर्नुपर्छ।
23 Zvichange zvakaita sokuvuka kuna vaya vakange vapikira kumuteerera, asi iye achavarangaridza nezvemhosva yavo agovatora kuti avaite nhapwa.
यरूशलेमका मानिसहरूका निम्ति यो झूटो जोखनाजस्तो लाग्नेछ; किनकि तिनीहरूले राजासित मित्रताको शपथ खाएर सन्धि गरेका थिए; तर नबूकदनेसरले तिनीहरूलाई तिनीहरूका दोष देखाएर तिनीहरूलाई कैद गरेर लैजानेछ।
24 “Naizvozvo zvanzi naJehovha, ‘Nemhaka yokuti imi vanhu makandiyeuchidza mhosva yenyu nokundimukira pachena, muchiratidza pachena zvivi zvenyu pazvinhu zvose zvamunoita, nokuda kwokuti makaita izvi, muchaitwa nhapwa.
“यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरूका खुल्ला विद्रोहद्वारा तिमीहरूका पापको स्मरण गराएका छौ, जसमा तिमीहरूले गरेका सबै कामहरूबाट तिमीहरूका सबै पापहरू प्रकट भएका छन्। तिमीहरूले यसो गरेको कारण, अथवा तिमीहरूको पापको कारण तिमीहरूका विरोधी शत्रुहरूद्वारा तिमीहरू कैदमा लगिनेछौ।
25 “‘Haiwa, iwe muchinda waIsraeri akaipa uye anozvidza, ane zuva rasvika, ane nguva yokurangwa kwake yasvika pakupedzisira,
“‘हे इस्राएलको अपवित्र र दुष्ट राजकुमार, जसको दिन आइपुगेको छ, जसको दण्डको दिन आखिरी विन्दुमा पुगेको छ।
26 zvanzi naIshe Jehovha: Bvisai nguwani youprista, bvisai korona. Hazvichazorambi zviri sezvazvaiva: vanozvidzwa vachasimudzirwa uye vanokudzwa vachaninipiswa.
प्रभु याहवेह यसो भन्नुहुन्छ: तेरो फेटा निकाल् र मुकुट उतारिदे। अब यो एकनास रहनेछैन: नम्रहरू उच्च पारिनेछन् र उच्चमा हुनेहरू होच्याइनेछन्।
27 Dongo! Dongo! Ndichariita dongo! Harichazovandudzwazve kusvikira mwene waro auya; ndiye wandichapa.’
भग्नावशेष! भग्नावशेष! म यसलाई एउटा भग्नावशेष बनाइदिनेछु! यो मुकुट जबसम्म आधिकारिक रूपमा जसको हो, त्यो सम्बन्धित व्यक्ति नआएसम्म यो फेरि बनिनेछैन; म उसैलाई यो दिनेछु।’
28 “Uye iwe, mwanakomana womunhu, profita uti, ‘Zvanzi naIshe Jehovha pamusoro pavaAmoni nokutuka kwavo: “‘Munondo, munondo, wavhomorwa kuti uuraye, wapukutwa kuti uparadze uye kuti upenye semheni!
“अनि हे मानिसको छोरा, तँ अगमवाणी गरेर भन्, ‘अम्मोनीहरू र तिनीहरूका अपमानको बारेमा प्रभु याहवेह यसो भन्नुहुन्छ: “‘एउटा तरवार, एउटा तरवार, काटमारको निम्ति निकालिएको छ; भस्म गर्नलाई र बिजुलीजस्तै चम्कन टल्काइएको छ!
29 Kunyange vakaona zviratidzo zvenhema pamusoro pako, vakavuka zvenhema pamusoro pako, zvichaiswa pamitsipa yavakaipa vachazourayiwa, vane zuva ravo rasvika, ivo vane nguva yokurangwa yasvika pokupedzisira.
तेरो बारेमा भएको झूटो दर्शन भए तापनि र तेरो बारेमा झूटो जोखना भए तापनि यो मारिनुपर्ने दुष्टहरूका घिच्रोमा राखिनेछ, जसको दिन आइपुगेको छ, जसको दण्डको समय आखिरी विन्दुमा पुगेको छ।
30 Chidzosera munondo mumuhara wawo. Panzvimbo yawakasikwa uri, munyika yamadzitateguru ako, ndipo pandichakutongera.
“‘तरवारलाई त्यसको म्यानमा राख्। तँ सृष्टि भएकै ठाउँमा, तेरो पितापुर्खाहरूको देशमा, म तेरो न्याय गर्नेछु।
31 Ndichadurura hasha dzangu pamusoro pako, uye ndigofemera kutsamwa kwangu kunotyisa pamusoro pako; ndichakuisa kuvanhu vane utsinye, vanhu vanoziva kuparadza.
म मेरो क्रोध तँमाथि खन्याउनेछु, र मेरो रिसको आगो तेरो विरुद्धमा पोखाउनेछु; म तँलाई नाश गर्न सिपालु मानिसहरू, क्रूर मानिसहरूका हातमा सुम्पिदिनेछु।
32 Uchava huni dzomoto, ropa rako richateurwa munyika yako, hauchazorangarirwazve; nokuti ini Jehovha ndazvitaura.’”
तँ आगोका निम्ति दाउरा हुनेछस्; तेरो रगत तेरो देशमा बगाइनेछ; तेरो सम्झना फेरि कहिल्यै गरिनेछैन; किनकि म याहवेहले नै बोलेको छु।’”