< Ekisodho 4 >
1 Mozisi akapindura akati, “Ko, kana vakasanditenda kana kunditeerera uye vakati, ‘Jehovha haana kuzviratidza kwauri’?”
तब मोशाले जवाफ दिए, “यदि तिनीहरूले मलाई विश्वास गरेनन् अथवा मेरा कुरा सुनेनन् र ‘याहवेह तिमीसित देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने के गर्ने?”
2 Ipapo Jehovha akati kwaari, “Chiiko icho chiri muruoko rwako?” Akapindura akati, “Itsvimbo.”
तब याहवेहले तिनलाई भन्नुभयो, “तेरो हातमा भएको त्यो के हो?” तिनले भने, “एउटा लहुरो।”
3 Jehovha akati, “Ikande pasi.” Mozisi akaikanda pasi ikava nyoka, uye akaitiza.
याहवेहले भन्नुभयो, “त्यसलाई भुइँमा फाल्।” मोशाले त्यसलाई भुइँमा फाले, र त्यो एउटा सर्प भयो, र मोशा डराएर भागे।
4 Ipapo Jehovha akati kwaari, “Tambanudza ruoko ugoibata nokumuswe.” Saka Mozisi akatambanudza ruoko ndokubata nyoka uye ikadzokera pakare pakuva tsvimbo muruoko rwake.
तब याहवेहले तिनलाई भन्नुभयो, “आफ्नो हात पसारेर त्यसको पुच्छरमा समात्।” यसकारण मोशाले हात पसारेर त्यस सर्पलाई समाते, र त्यो तिनको हातमा पहिलेझैँ लहुरो भइगयो।
5 Jehovha akati, “Izvi ndezvokuti vagotenda kuti Jehovha, Mwari wamadzibaba avo, Mwari waAbhurahama, Mwari waIsaka, naMwari waJakobho, azviratidza kwauri.”
याहवेहले भन्नुभयो, “यो याहवेह तिनीहरूका पितापुर्खाका परमेश्वर—अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर तिमीकहाँ देखा पर्नुभएको हो भनी तिनीहरूले विश्वास गरून् भनेर हो।”
6 Ipapo Jehovha akati, “Isa ruoko rwako muchipfuva chako.” Saka Mozisi akaisa ruoko rwake muchipfuva chake, uye paakarubudisa, rwakanga rwachena maperembudzi, sechando.
तब याहवेहले भन्नुभयो, “तेरो हात तेरो वस्त्रभित्र हाल्।” यसकारण मोशाले आफ्नो हात आफ्नो वस्त्रभित्र हाले; अनि जब तिनले त्यसलाई बाहिर निकाले, तब त्यसमा कुष्ठरोग लागेर हिउँझैँ सेतो भयो।
7 Iye akati, “Zvino chirudzorerazve muchipfuva chako,” uye paakarubudisa, rwakanga rwavandudzwa, rwaita somuviri wake wose.
उहाँले भन्नुभयो, “अब त्यसलाई आफ्नो वस्त्रभित्र फेरि हाल्।” यसकारण मोशाले आफ्नो हात फेरि वस्त्रभित्र हाले, र जब तिनले त्यसलाई बाहिर निकाले, त्यो शरीरका अरू भागझैँ सद्दे भइहाल्यो।
8 Ipapo Jehovha akati, “Kana vasingakutendi kana kuteerera kuchiratidzo chokutanga, vangangotendawo chechipiri.
तब याहवेहले भन्नुभयो, “यदि तिनीहरूले तँलाई विश्वास गरेनन् अथवा पहिलो अद्भुत चिन्हमा ध्यान दिएनन् भने तिनीहरूले दोस्रोमा विश्वास गर्लान्।
9 Asi kana vasingatendi zviratidzo zviviri izvi kana kukuteerera, utore mvura kubva muna Nairi ugoidira pasi. Mvura yaunotora kubva murwizi ichava ropa pamusoro pevhu.”
तर यदि तिनीहरूले यी दुई अलौकिक चिन्हहरूमाथि विश्वास गरेनन्, अथवा तेरो कुरा सुनेनन् भने नील नदीबाट केही पानी लिएर त्यसलाई ओबानो भूमिमा पोखाई दिनू। तैँले नदीबाट लिएको पानी सुक्खा भूमिमा रगत हुनेछ।”
10 Mozisi akati kuna Jehovha, “Haiwa Jehovha, handina kumbogona kutaura, kunyange nakare, kana kubva pamataura nomuranda wenyu. Ndinokakama pakutaura uye rurimi rwangu runononoka.”
मोशाले याहवेहलाई भने, “माफ गर्नुहोला, हे प्रभु। म बोल्नमा सिपालु छैनँ, न त पहिले म सिपालु थिएँ; न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु; किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु।”
11 Jehovha akati kwaari, “Ndianiko akapa munhu muromo? Ndianiko anomuita matsi kana mbeveve? Ndiani anomusvinudza kana kumuita bofu? Handisini here, Jehovha?
याहवेहले तिनलाई भन्नुभयो, “मानिसलाई बोल्ने मुख कसले दियो? त्यसलाई लाटो वा बहिरो, देख्ने वा नेदेख्ने भनी कसले निर्णय गर्छ? के त्यो म याहवेहले नै होइनँ र?
12 Zvino chienda, ini ndichakubatsira kutaura uye ndichakudzidzisa zvokutaura.”
अब जा; म तँलाई बोल्न सहायता गर्नेछु, र तैँले भन्नुपर्ने कुरा सिकाउनेछु।”
13 Asi Mozisi akati, “Haiwa Jehovha, ndapota hangu, tumai henyu mumwe kuti aite izvozvo.”
तर मोशाले भने, “हे प्रभु, म तपाईंको दास बिन्ती गर्छु, कृपया अरू कसैलाई पठाउनुहोस्।”
14 Ipapo kutsamwa kwaJehovha kwakapisa pamusoro paMozisi uye akati, “Ko, mukoma wako, Aroni muRevhi? Ndinoziva kuti anogona kutaura zvakanaka. Ari munzira kuzokuchingamidza izvozvi, uye mwoyo wake uchafara paachakuona.
तब मोशाप्रति याहवेहको क्रोध दन्कियो, र उहाँले भन्नुभयो, “लेवी कुलको हारून तेरो दाजु होइन र? ऊ राम्ररी बोल्न सक्छ भनी म जान्दछु। त्यो तँसित भेट गर्न आइरहेको छ; र तँलाई देखेर उसको हृदय प्रसन्न हुनेछ।
15 Uchataura naye ugoisa mashoko mumuromo make; ndichakubatsirai mose uye ndichakudzidzisai zvokuita.
तँ उसित बोल्नेछस् र उसको मुखमा शब्द हालिदिनेछस्। म तिमीहरू दुवैलाई बोल्न सहायता गर्नेछु, र के गर्नुपर्छ, सो सिकाउनेछु।
16 Uye achataura kuvanhu panzvimbo yako, uye zvichaita sokunge iye ndiye muromo wako uye sokunge iwe ndiwe Mwari kwaari.
उसले तेरा निम्ति मानिसहरूसित बोलिदिनेछ, र ऊ तेरो मुखपात्र हुनेछ; अनि तँ उसका निम्ति ईश्वरतुल्य हुनेछस्।
17 Asi takura tsvimbo iyi muruoko rwako yauchaita zviratidzo nayo.”
तर यो लहुरो तेरो हातमा लिनू, र तैँले यसद्वारा अलौकिक चिन्हहरू देखाउनेछस्।”
18 Ipapo Mozisi akadzokera kuna Jeturo tezvara wake akati kwaari, “Regai ndidzokere kuvanhu vokwangu kuIjipiti kuti ndinoona kana vachiri vapenyu.” Jeturo akati, “Enda hako, ufambe zvakanaka.”
तब मोशा आफ्ना ससुरा यित्रोकहाँ फर्किगएर उनलाई भने, “मेरा आफ्नै दाजुभाइहरू इजिप्टमा कोही जीवितै छन् कि छैनन् भनेर हेर्न मलाई त्यहाँ जान दिनुहोस्।” यित्रोले भने, “शान्तिसित जाऊ।”
19 Zvino Jehovha akanga ati kuna Mozisi ari muMidhiani, “Dzokera kuIjipiti, nokuti vanhu vose vaida kukuuraya vakafa.”
याहवेहले मोशालाई मिद्यानमा भन्नुभएको थियो, “इजिप्टमा फर्केर जा; किनकि तँलाई मार्न चाहनेहरू सबै मरिसके।”
20 Saka Mozisi akatora mukadzi wake navanakomana vake akavakwidza pambongoro akasimuka akadzokera kuIjipiti. Uye akatakura tsvimbo yaMwari muruoko rwake.
यसकारण मोशाले आफ्ना पत्नी र छोराहरू लिएर तिनीहरूलाई गधामाथि चढाए; अनि इजिप्टतिर लागे। अनि तिनले परमेश्वरको लहुरो आफ्नो हातमा लिए।
21 Jehovha akati kuna Mozisi, “Paunodzokera kuIjipiti, uone kuti waita zvishamiso zvose pamberi paFaro, ndakupa simba rokuita izvozvo. Asi ndichaomesa mwoyo wake zvokuti haazotenderi vanhu kuenda.
याहवेहले मोशालाई भन्नुभयो, “जब तँ इजिप्टमा फर्कनेछस्, तब तैँले सबै अद्भुत कार्यहरू, जसका लागि मैले तँलाई शक्ति दिएको छु, फारोको सामु देखाउन नभुल्नू। तर म त्यसको हृदय कठोर पारिदिनेछु, र त्यसले मानिसहरूलाई जान दिनेछैन।
22 Ipapo uti kuna Faro, ‘Zvanzi naJehovha: Israeri ndiye mwanakomana wangu wedangwe,
तब फारोलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ: इस्राएल मेरो जेठो छोरा हो,
23 uye ndinoti kwauri, “Rega mwanakomana wangu aende, kuti anondinamata.” Asi kana ukaramba kumutendera kuti aende, ndichauraya mwanakomana wako wedangwe.’”
र म तँलाई आदेश दिन्छु, “मेरो छोरालाई जान दे, र त्यसले मेरो आराधना गरोस्।” तर तैँले त्यसलाई जान दिइनस्, यसकारण म तेरो जेठो छोरालाई मार्नेछु।’”
24 Ari paimba yavaeni pavakavata, Jehovha akasangana naMozisi uye akada kumuuraya.
बाटोको एउटा बास बस्ने ठाउँमा याहवेहले मोशालाई भेटेर मार्न खोज्नुभएको थियो।
25 Asi Zipora akatora banga rebwe romusarasara akacheka chikanda chapamberi chomwanakomana wake uye akabata tsoka dzaMozisi nacho. Akati, “Zvirokwazvo uri murume weropa kwandiri.”
तर सिप्पोराले एउटा ढुङ्गाको चक्कु लिएर आफ्नो छोराको खलडी च्वाट्ट काटेर त्यसले मोशाको खुट्टामा छोइदिइन्। तिनले भनिन्, “तपाईं निश्चय मेरा निम्ति रगतको दुलहा हुनुहुन्छ।”
26 Saka Jehovha akamurega. Panguva iyoyo Zipora akati kwaari, “Murume weropa,” achireva nezvokudzingiswa.
यसकारण याहवेहले तिनलाई छोडिदिनुभयो। (त्यस बेला तिनले खतनालाई दर्शाउँदै “रगतको दुलहा” भनिन्।)
27 Jehovha akati kuna Aroni, “Enda kurenje undosangana naMozisi.” Saka akasangana naMozisi pagomo raMwari uye akamutsvoda.
याहवेहले हारूनलाई भन्नुभयो, “मोशालाई भेट्न उजाडस्थानमा जा।” यसकारण तिनले मोशालाई परमेश्वरको पर्वतमा भेटे, र तिनलाई चुम्बन गरे।
28 Ipapo Mozisi akaudza Aroni zvinhu zvose zvaakanga atumwa naJehovha kuti azozvitaura, uyewo pamusoro pezvishamiso zvose zvaakanga amurayira kuti aite.
तब मोशाले तिनलाई याहवेहले जे भन्न पठाउनुभएको थियो, त्यो हरेक वचन, र तिनलाई उहाँले गर्नू भनेर हुकुम गर्नुभएका सबै अलौकिक चिन्हहरूको विषयमा हारूनलाई बताए।
29 Mozisi naAroni vakaunganidza vakuru vose vavana vaIsraeri,
मोशा र हारूनले इस्राएलका सबै प्रधानहरूलाई एकै ठाउँमा भेला पारे।
30 uye Aroni akavaudza zvinhu zvose zvakanga zvaudzwa Mozisi naJehovha. Akaitawo zviratidzo pamberi pavanhu,
अनि हारूनले तिनीहरूलाई याहवेहले मोशालाई भन्नुभएका सबै कुराहरू सुनाइदिए। तिनले मानिसहरूका अगि अलौकिक चिन्हहरू पनि देखाए,
31 vakatenda. Uye pavakanzwa kuti Jehovha akanga ane hanya navo, uye kuti akanga aona kutambudzika kwavo, vakakotama pasi vakanamata.
र इस्राएलीहरूले विश्वास गरे। अनि तिनीहरूले जब याहवेहले तिनीहरूप्रति वास्ता राख्नुभएको छ, र उहाँले तिनीहरूको कष्ट देख्नुभएको छ भनी सुने, तब तिनीहरूले निहुरेर आराधना गरे।