< Dhuteronomi 6 >

1 Iyi ndiyo mitemo, nemirayiro zvandakarayirwa naJehovha Mwari wenyu kuti ndikudzidzisei kuti muzviite munyika yamunoyambukira Jorodhani kuti ive yenyu,
तिमीहरूले यर्दन पार गरेर अधिकार गर्ने देशमा पालन गर्नलाई सिकाउनू भनेर याहवेह तिमीहरूका परमेश्‍वरले मलाई निर्देशन गर्नुभएका विधि-विधानहरू र उर्दीहरू यिनै हुन्,
2 kuitira kuti iwe, navana vako navana vavo vachavatevera mutye Jehovha Mwari wenyu pakurarama kwenyu nokuchengeta mitemo nemirayiro yake yose yandinokupai, uye kuitira kuti muve namazuva mazhinji okurarama.
ताकि तिमीहरू, तिमीहरूका सन्तानहरू र तिनीहरूका छोराछोरीहरूले आफू बाँचुन्जेल मैले तिमीहरूलाई दिएका उहाँका सबै उर्दीहरू र आज्ञाहरू पालन गरून्। अनि याहवेह आफ्ना परमेश्‍वरको डर राखून् र तिनीहरूले लामो जीवन उपभोग गरून्।
3 Chinzwa, iwe Israeri, uchenjere kuti uzviite kuitira kuti zvikunakire uye kuti muwande kwazvo munyika inoyerera mukaka nouchi, sezvamakavimbiswa naJehovha, iye Mwari wamadzibaba enyu.
हे इस्राएलीहरू हो, सुन र होसियारीसाथ पालन गर, ताकि तिमीहरूको भलो होस्। याहवेह, तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको वृद्धि होस्।
4 Chinzwa iwe Israeri: Jehovha Mwari wedu, ndiJehovha mumwe chete.
हे इस्राएलीहरू हो, सुन! याहवेह हाम्रा परमेश्‍वर, एक मात्र याहवेह हुनुहुन्छ।
5 Ida Jehovha Mwari wako nomwoyo wako wose nomweya wako wose uye nesimba rako rose.
याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले र सम्पूर्ण बलले प्रेम गर।
6 Mirayiro iyi yandinokupai nhasi inofanira kuva mumwoyo yenyu.
आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख।
7 Zvisimbisei kuvana venyu. Taurai pamusoro payo kana mugere mudzimba dzenyu uye kana muchifamba munzira, kana muchivata pasi uye kana muchimuka.
यी तिमीहरूका छोराछोरीहरूलाई सिकाओ। तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यसको बारेमा चर्चा गर।
8 Isungirirei pamaoko enyu sechiratidzo mugoisungira pahuma dzenyu.
यी आज्ञाहरूलाई तिमीहरूका हातमा र निधारमा चिन्हको रूपमा बाँधिराख।
9 Muinyore pamagwatidziro emikova yedzimba dzenyu uye napamasuo enyu.
यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख।
10 Zvino kana Jehovha Mwari wenyu achinge akupinzai munyika yaakapikira kumadzibaba enyu, Abhurahama, naIsaka, naJakobho, kuti achakupai, nyika ina maguta makuru akanaka, amusina kuvaka imi,
जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरू, तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएको देशमा अर्थात् तिमीहरूले नबनाएका विशाल र सम्पन्‍न सहरहरू भएको देश तिमीहरूलाई दिनलाई ल्याउनुहुन्छ,
11 dzimba dzizere nezvinhu zvakanaka zvamarudzi ose zvamusina kutsvaka imi, matsime amusina kuchera, minda yemizambiringa namasango nemiti yemiorivhi yamusina kusima, zvino kana muchinge madya uye mukaguta,
तब तिमीहरूले प्रबन्ध नगरेका असल कुराहरूले भरिएका घरहरू, तिमीहरूले नखनेका इनारहरू, तिमीहरूले नलगाएका दाखबारीहरू र जैतुनका बारीहरूमा ल्याउनुहुन्छ। जब तिमीहरूले ती खानेछौ र तृप्‍त हुनेछौ,
12 muchenjerere kuti murege kukanganwa Jehovha, akakubudisai kubva muIjipiti, kubva munyika youranda.
तब तिमीहरूलाई इजिप्टबाट दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेहलाई कहिल्यै पनि नबिर्सनू।
13 Itya Jehovha Mwari wako, ushumire iye oga ugoita mhiko dzako muzita rake.
याहवेह तिमीहरूका परमेश्‍वरको भय मान्‍नू। उहाँको मात्र सेवा गर्नू, र उहाँको नाममा मात्र तिमीहरूले शपथ खानू।
14 Musatevera vamwe vamwari, vamwari vendudzi dzakakupoteredzai;
तिमीहरूका वरिपरि भएका मानिसहरूका देवी-देवताहरू अर्थात् अरू देवी-देवताहरूको पछि नलाग्नू;
15 nokuti Jehovha Mwari wenyu ari pakati penyu ndiMwari ane godo uye hasha dzake dzichapisa pamusoro penyu, uye achakuparadzai kubva pamusoro penyika.
किनकि तिमीहरूको बीचमा हुनुभएका याहवेह तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुनुहुन्छ। उहाँको रिस तिमीहरूका विरुद्धमा दन्किनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश पार्नुहुनेछ।
16 Musaedza Jehovha Mwari wenyu sezvamakaita paMasa.
तिमीहरूले मस्साहमा गरेझैँ याहवेह तिमीहरूका परमेश्‍वरको परीक्षा नगर्नू।
17 Chenjererai kuchengeta mirayiro yaJehovha Mwari wenyu nezvaakatema nemitemo yaakakupai.
याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नीति-नियम र उर्दीहरू होसियारीसाथ पालन गर्नू।
18 Itai zvakarurama nezvakanaka pamberi paJehovha, kuitira kuti zvigokunakirai, mugopinda mugotora nyika yakanaka iyo Jehovha akavimbisa nemhiko kumadzitateguru enyu,
याहवेहको दृष्‍टिमा जे ठिक र असल छ, त्यही गर्नू; ताकि तिमीहरूलाई भलो होस्, र याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको उत्तम देशमा तिमीहरूले अधिकार गर्न सक।
19 agoparadza vavengi venyu vose pamberi penyu, sezvakataurwa naJehovha.
अनि याहवेहले भन्‍नुभएझैँ तिमीहरूले आफ्ना सामुबाट तिमीहरूका शत्रुहरूलाई धपाउनेछौ।
20 Panguva inotevera, kana mwanakomana wako akakubvunza achiti, “Ko, zvakatemwa izvi, mitemo nemirayiro yamakarayirwa naJehovha Mwari wedu zvinorevei?”
भविष्यमा जब तिमीहरूका छोराछोरीले तिमीहरूलाई सोध्नेछन्, “याहवेह हाम्रा परमेश्‍वरले तपाईंहरूलाई पालन गर्नू भनी दिनुभएका यी नीति-नियमहरू, उर्दीहरू र व्यवस्थाहरूको अर्थ के हो?”
21 Umuudze kuti, “Takanga tiri varanda vaFaro muIjipiti, asi Jehovha akatibudisa muIjipiti noruoko rune simba.
तब तिनीहरूलाई यसो भन, “हामी इजिप्टमा फारो राजाका दासहरू थियौँ; तर याहवेहका शक्तिशाली हातले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।
22 Jehovha akatumira pamberi pedu zviratidzo nezvishamiso zvinotyisa pamusoro peIjipiti naFaro neimba yake yose.
हाम्रो आँखाको सामु याहवेहले इजिप्टमा फारो र तिनका सबै घरानामाथि अलौकिक चिन्हहरू, अथवा महान् र डरलाग्दा कामहरू गर्नुभयो।
23 Asi akatibudisamo kuti atipinze nokutipa nyika yaakavimbisa nemhiko kumadzibaba edu.
तर उहाँले हामीलाई त्यहाँबाट निकालेर हाम्रा पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देश दिनलाई यहाँ ल्याउनुभयो।
24 Jehovha akatirayira kuti titeerere mitemo iyi yose nokutya Jehovha Mwari wedu, kuitira kuti tibudirire nguva dzose nokurarama sezvatakaita nhasi.
याहवेहले हामीलाई यी सबै उर्दीहरू पालन गर्नू र याहवेह हाम्रा परमेश्‍वरको डर मान्‍नू भनी आज्ञा दिनुभयो; ताकि त्यसरी नै सधैँभरि उन्‍नति गर्दै बाँचिरहन सकौँ, जसरी आज हामी समृद्ध छौँ।
25 Uye kana tichichenjerera kuteerera murayiro uyu wose pamberi paJehovha Mwari wedu, sezvaakatirayira, ndiko kuchava kururama kwedu.”
अनि उहाँले आज्ञा गर्नुभएझैँ याहवेह हाम्रा परमेश्‍वरको सामु यी सबै आज्ञाहरू हामीले होसियारीसाथ पालन गर्‍यौँ भने त्यो नै हाम्रो धार्मिकता ठहरिनेछ।”

< Dhuteronomi 6 >