< Dhuteronomi 4 >
1 Teererai zvino, imi vaIsraeri, mitemo nemirayiro yandava kukudzidzisai. Muitevere kuti murarame uye mugopinda mugotora nyika iyo munopiwa naJehovha, Mwari wamadzibaba enyu.
अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउनै लागेका विधिविधानहरूलाई सुन । तिनको पालन गरी तिमीहरू जीवित होऊ र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा गएर त्यसलाई अधिकार गर ।
2 Musawedzera kana kutapudza kubva pane zvandinokurayirai, asi chengetai mirayiro yaJehovha Mwari wenyu yandinokupai.
मैले तिमीहरूलाई आज्ञा गरेका वचनहरूमा नथप्नू न त तीबाट घटाउनू ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएका आज्ञाहरू तिमीहरूले पालन गर्न सक ।
3 Makaona nameso enyu zvakaitwa naJehovha paBhaari Peori, Jehovha Mwari wenyu akaparadza mumwe nomumwe pakati penyu aitevera Bhaari Peori.
बाल-पोरको कारणले परमप्रभुले के गर्नुभयो, त्यो तिमीहरूका आँखाले देखेका छन् । पोरको बाल देवतालाई पछ्याउने सबै मानिसलाई परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूकै बिचबाट नष्ट पारिदिनुभयो ।
4 Asi imi mose makanamatira pana Jehovha Mwari wenyu muchiri vapenyu nhasi.
तर परमप्रभु तिमीहरूका परमेश्वरसित टाँसिनेहरूमध्ये हरेक आज जीवित छ ।
5 Tarirai, ndakudzidzisai mitemo nemirayiro sezvandakarayirwa naJehovha Mwari wangu, kuti muitevere munyika yamuri kupinda kuti muitore ive yenyu.
हेर, परमप्रभु मेरा परमेश्वरले मलाई आज्ञा गर्नुभएझैँ मैले तिमीहरूलाई विधिविधानहरू सिकाएको छु, कि तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले ती पालन गर्नुपर्छ ।
6 Muichengete zvakanaka, nokuti izvi zvicharatidza uchenjeri nokunzwisisa kwenyu kundudzi dzichanzwa pamusoro pemitemo iyi yose uye vachati, “Zvirokwazvo rudzi urwu rukuru, vanhu vakachenjera uye vanonzwisisa.”
त्यसकारण ती मान र पालन गर । किनकि जाति-जातिहरूको दृष्टिमा यो तिमीहरूको बुद्धि र समझशक्ति हुने छ जसले यी सबै विधिविधानको बारेमा सुनेर यसो भन्ने छन्, 'निश्यच नै, यो महान् जाति बुद्धिमानी र समझशक्ति भएको जाति रहेछ ।'
7 Ndorupi rumwe rudzi rukuru runa vamwari varwo vari pedyo navo saJehovha Mwari wedu ari pedyo nesu nguva ipi neipi zvayo yatinonyengetera kwaari?
किनकि हामीले जहिलेसुकै पुकारा गर्दा हाम्रा परमप्रभु परमेश्वर जत्ति नजिक हुनुहुन्छ, त्यति अर्को कुन जातिको ईश्वर नजिक छ?
8 Uye ndorupiko rudzi rukuru rune mitemo nemirayiro yakarurama semirayiro iyi yandiri kuisa pamberi penyu nhasi?
आज मैले तिमीहरूका सामु राखिरहेको यो व्यवस्थाजस्तै धार्मिक विधिविधान भएको कुनचाहिँ अर्को महान् जाति छ?
9 Asi zvichenjererei, mugonyatsozvichengetedza kuitira kuti murege kukanganwa zvinhu zvakaonekwa nameso enyu kana kuzvirega zvichibuda mumwoyo menyu mazuva ose oupenyu hwenyu. Muzvidzidzise nokuvana venyu.
केवल ध्यान देओ र आ-आफूलाई होसियारीपूर्वक पहरा देओ ताकि तिमीहरूका आँखाले देखेका कुराहरू तिमीहरूले नबिर्स र तिमीहरूका जीवनभरि ती तिमीहरूका ह्रदयबाट नजाऊन् । बरु, ती तिमीहरूका छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ ।
10 Murangarire zuva ramakamira pamberi paJehovha Mwari wenyu paHorebhi, paakati kwandiri, “Unganidza vanhu pamberi pangu kuti vanzwe mashoko angu vagodzidza kunditya mazuva ose avachagara panyika uye kuti vagozoadzidzisa kuvana vavo.”
होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामु उभिएको दिनमा परमप्रभुले मलाई यसो भन्नुभयो, 'मानिसहरूलाई जम्मा गर् र म तिनीहरूलाई मेरा वचन सुन्ने बनाउने छु ताकि यस पृथ्वीमा तिनीहरू बाचुञ्जेलसम्म तिनीहरूले मेरो भय मान्न सिकून् र तिनीहरूका छोराछोरीहरूलाई सिकाउन सकून् ।'
11 Makaswedera mukamira pajinga pegomo, gomo paraipfuta nomoto waisvika kumatenga chaiko, pamwe chete nemakore matema nerima guru.
तिमीहरू पर्वतको फेदको नजिक आएर उभियौ । पर्वतमा आगो दन्केर आकाशको बिचसम्मै पुग्यो, अनि बाक्लो अन्धकार र बादल छायो ।
12 Ipapo Jehovha akataura kwamuri ari mukati memoto. Makanzwa inzwi chete asi hamuna kuona kuti ndiani; kwaingova nenzwi roga.
आगोको बिचबाट परमप्रभु तिमीहरूसित बोल्नुभयो । तिमीहरूले बोलिएको वचनको आवाज सुन्यौ तर त्यहाँ तिमीहरूले कुनै स्वरूप देखेनौ । तिमीहरूले आवाज मात्रै सुन्यौ ।
13 Akataura sungano yake kwamuri, Mirayiro Gumi, yaakakurayirai kuti muitevere uye ipapo akainyora pamahwendefa maviri amabwe.
उहाँले तिमीहरूलाई तिमीहरूले पालन गर्नुपर्ने उहाँको करार अर्थात् दस आज्ञाको घोषणा गर्नुभयो । उहाँले तिनलाई दुईवटा शिला-पाटीमा लेख्नुभयो ।
14 Zvino Jehovha akanditungamirira panguva iyo kuti ndikudzidzisei mitemo nemirayiro yamunofanira kundotevera munyika iyo yamunoyambukira Jorodhani kuti ive yenyu.
तिमीहरूलाई विधिविधानहरू सिकाउन त्यस बेला परमप्रभुले मलाई आज्ञा दिनुभयो ताकि पारि गएर तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा ती पालन गर्न सक ।
15 Nokuti hamuna kuona zvaakanga akaita nezuva iro Jehovha akataura kwamuri paHorebhi ari mumoto. Naizvozvo zvichenjererei zvikuru,
त्यसैले तिमीहरूले आ-आफूलाई ध्यान देओ किनकि त्यस दिन होरेबमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित बोल्नुहुँदा तिमीहरूले कुनै स्वरूप देखेनौ ।
16 kuitira kuti murege kuzvisvibisa muchizvigadzirira chifananidzo, chifananidzo chechinhu chipi zvacho, chingava chakaitwa somurume kana somukadzi,
कुनै पुरुष वा स्त्रीको स्वरूपमा वा खोपेर कुनै पनि प्रतिमा बनाएर वा
17 kana semhuka ipi zvayo panyika kana seshiri ipi zvayo inobhururuka mudenga,
पृथ्वीमा कुनै पशुको स्वरूप वा आकाशमा उड्ने कुनै चराचुरुङ्गी वा
18 kana sechisikwa chipi zvacho chinofamba pasi kana hove ipi zvayo iri pasi mumvura.
भुइँमा घस्रने कुनै पनि प्राणी वा पृथ्वीमुनि पानीमा भएको कुनै पनि माछाको प्रतिमा बनाएर तिमीहरूले आफूलाई भ्रष्ट नपार ।
19 Uye kuti kana muchitarisa kudenga mukaona zuva, nomwedzi nenyeredzi, zvose zviri kudenga, musatsauswa kuti muzvipfugamire nokunamata zvinhu izvo Jehovha Mwari wenyu akagovera ndudzi dzose dziri pasi pedenga.
पुरै आकाशमुनि सबै जातिलाई परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएका सूर्य, चन्द्रमा वा ताराहरूसाथै सबै आकाशीय पिण्डहरू देखेर तिनको पुजा आराधना गर्न आफ्ना आँखा माथि नउठाओ ।
20 Asi kana muri imi, Jehovha akakutorai akakubudisai muchoto chamatare, akakubudisai muIjipiti, kuti muve vanhu venhaka yake, sezvamuri nhasi.
तर परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै निज सम्पत्ति (जस्तो आज तिमीहरू छौ) बनाउन आगोको भट्टी अर्थात् मिश्रबाट निकालेर ल्याउनुभएको छ ।
21 Jehovha akanditsamwira nokuda kwenyu, akapika kuti handingayambuki Jorodhani nokupinda munyika yakanaka iyo munopiwa naJehovha Mwari wenyu kuti ive nhaka yenyu.
तिमीहरूका कारणले परमप्रभु मसित रिसाउनुभयो । म यर्दनपारि जान नपाउने र परमप्रभु तिमीहरूका परमेश्वरले सम्पत्तिको रूपमा तिमीहरूलाई दिनुहुने देशमा जान नपाउने गरी उहाँले शपथ खानुभयो ।
22 Ini ndichafira munyika ino; handichayambuki Jorodhani; asi imi mava kuzoyambuka nokutora nyika yakanaka.
बरु, म यस देशमै मर्नुपर्छ । म यर्दनपारि जान पाउने छैनँ । तर तिमीहरू त्यस असल देशमा गएर त्यसको अधिकार गर्ने छौ ।
23 Muzvichenjerere kuti murege kukanganwa sungano yaJehovha Mwari wenyu yaakaita nemi; musazviitira chifananidzo chorudzi rwechinhu chipi zvakadziviswa naJehovha Mwari wenyu.
सावधान बस ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित बाँध्नुभएको करार तिमीहरूले नभुल र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई निषेध गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाओ ।
24 Nokuti Jehovha Mwari wenyu moto unoparadza, ndiMwari ane godo.
किनकि परमप्रभु तिमीहरूका परमेश्वर भस्म पार्ने आगो र डाही परमेश्वर हुनुहुन्छ ।
25 Mushure mokunge mava navana navazukuru uye magara nguva refu munyika, kana mukazvishatisa nokugadzira chifananidzo chorudzi rupi zvarwo, mukaita zvakaipa pamberi paJehovha Mwari wenyu muchimuita kuti atsamwe,
तिमीहरूले छोराछोरीहरू र नातिनातिनाहरू जन्माइसकेपछि तिमीहरू लामो समयसम्म त्यस देशमा बस्दा तिमीहरूले आफूलाई भ्रष्ट पारी खोपेर कुनै पनि कुराको प्रतिमूर्ति बनाएर परमप्रभु तिमीहरूका परमेश्वरको दृष्टिमा दुष्ट काम गरी उहाँलाई चिढ्यायौ भने म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु,
26 ndinodana denga napasi sezvapupu pamusoro penyu nhasi, kuti muchakurumidza kuparara kubva panyika yamuri kuyambukira Jorodhani kuti ive yenyu. Hamungagarimo nguva refu asi muchaparadzwa zvirokwazvo.
कि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ त्यस देशबाट तिमीहरू चाँडै नै पूर्ण रूपमा नष्ट हुने छौ । त्यहाँ तिमीहरू लामो समयसम्म बाँच्ने छैनौ, तर तिमीहरू पूर्ण रूपमा नष्ट हुने छौ ।
27 Jehovha achakuparadzirai pakati pamarudzi, uye vashoma venyu chete ndivo vachapona pakati pendudzi uko kwamuchadzingirwa naJehovha.
परमप्रभुले तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिनुहुने छ, र उहाँले तिमीहरूलाई धपाउनुभएका जातिहरूका बिचमा तिमीहरूको सङ्ख्या थोरै हुने छ ।
28 Ikoko muchanamata vamwari vakaitwa navanhu, vamatanda navamabwe, vasingagoni kana kunzwa kana kudya kana kunhuhwidza.
त्यहाँ तिमीहरूले मानिसहरूका हातले बनाइएका काठ र ढुङ्गाका अन्य देवताहरूको सेवा गर्ने छौ जसले न देख्छन् न सुन्छन् न खान्छन् न त सुँघ्छन् ।
29 Asi kana mava ikoko mukatsvaka Jehovha Mwari wenyu, muchamuwana kana mukamutsvaka nomwoyo wenyu wose nomweya wenyu wose.
तर त्यहीँबाट नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको खोजी गर्ने छौ र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको खोजी गर्दा तिमीहरूले उहाँलाई भेट्टाउने छौ ।
30 Kana muchinge matambudzika uye zvinhu zvose izvi zvaitika kwamuri, ipapo pamazuva achatevera muchadzoka kuna Jehovha Mwari wenyu mugomuteerera.
ती पछिल्ला दिनमा तिमीहरू सङ्कष्टमा हुँदा र यी सबै कुरा तिमीहरूमा आइपर्दा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरमा फर्की उहाँको आवाज सुन्ने छौ ।
31 Nokuti Jehovha Mwari wenyu ndiMwari ane ngoni, haangakusiyei kana kukuparadzai, kana kukanganwa sungano yamadzibaba enyu, yaakasimbisa kwavari nemhiko.
किनकि परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ । उहाँले तिमीहरूलाई त्याग्नुहुने छैन न त नष्ट गर्नुहुने छ न तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्नुभएको करारलाई भुल्नुहुने छ ।
32 Bvunzai zvino pamusoro pamazuva akapfuura kare imi musati mavapo, kubva nezuva iro Mwari akasika munhu panyika; bvunzai kubva kuno rumwe rutivi rwedenga kusvikira kuno rumwe. Kune chinhu chakamboitika chakakura seichi here, kana chimwe chakafanana nacho chakambonzwika?
अब के पहिले कहिल्यै यस्तो महान् घटना भएको थियो वा यस्तो कहिल्यै सुनिएको थियो? तिमीहरूभन्दा अगि बितेका दिनहरू अर्थात् परमेश्वरले पृथ्वीमा मानिस सृजनुभएको दिनको बारेमा सोधपुछ गर । आकाशको एक छेउदेखि अर्को छेउसम्म सोधपुछ गर ।
33 Kune vamwe vanhu vakambonzwa inzwi raMwari achitaura ari mukati momoto here, sezvamakanzwa imi uye vakararama?
तिमीहरूले सुनेजस्तै आगोको बिचबाट परमेश्वर बोल्नुभएको सुनेर के कुनै जाति कहिल्यै जीवित भएको छ?
34 Kune mumwe mwari here akaedza kundozvitsaurira rudzi pakati porumwe rudzi, nemiedzo, nezviratidzo, nezvishamiso, nehondo, noruoko rune simba, noruoko rwakatambanudzwa, kana namabasa makuru anotyisa, sezvinhu zvose zvakaitwa naJehovha Mwari wenyu pamberi penyu muIjipiti?
वा मिश्रमा तिमीहरूका आँखाकै सामुन्ने परमप्रभु तिमीहरूका परमेश्वरले गर्नुभएझैँ परीक्षा, चिन्ह, आश्चार्य, लडाइँ, शक्तिशाली हात, पसारिएको पाखुरा र महान् त्रासहरूद्वारा अर्को जातिको बिचबाट आफ्नो लागि एउटा जातिलाई लिएर आउन के परमेश्वरले कहिल्यै कोसिस गर्नुभएको छ?
35 Makaratidzwa zvinhu zvose izvi kuti muzive kuti Jehovha ndiMwari; kunze kwake hakuna mumwe.
तिमीहरूलाई नै यी कुराहरू देखाइए ताकि तिमीहरूले परमप्रभु नै परमेश्वर हुनुहुन्छ र उहाँबाहेक अरू कोही ईश्वर छैन भनी तिमीहरूले जान्न सक ।
36 Kubva kudenga akaita kuti munzwe inzwi rake kuti akudzidzisei. Panyika akakuratidzai moto wake mukuru, uye makanzwa mashoko ake kubva mukati momoto.
तिमीहरूलाई निर्देशन दिन उहाँले स्वर्गबाट आफ्नो आवाज तिमीहरूलाई दिनुभयो । पृथ्वीमा उहाँले आफ्नो दन्कने आगो तिमीहरूलाई देखाउनुभयो । तिमीहरूले आगोको बिचबाट उहाँका वचन सुन्यौ ।
37 Nokuti akada madzibaba enyu uye akazvitsaurira zvizvarwa zvavo zvakavatevera shure kwavo, akakubudisai muIjipiti noKuvapo kwake nesimba rake guru,
उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नुभएकाले उहाँले तिनीहरूका सन्तानहरूलाई चुन्नुभयो अनि उहाँको उपस्थिति र महाशक्तिसहित तिमीहरूलाई मिश्रबाट ल्याउनुभयो ।
38 kuti adzinge pamberi penyu ndudzi dzinokupfuurai pakukura napasimba uye nokukuuyisai munyika yavo kuti aipe kwamuri senhaka sezvazviri nhasi.
उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा शक्तिशाली र महान् जातिलाई धपाइदिनुभयो ताकि तिमीहरूलाई भित्र ल्याई सम्पत्तिको रूपमा तिनीहरूको देश दिन सकून् जस्तो आज उहाँले गर्नुभएको छ ।
39 Zvizivei nokuzvichengeta mumwoyo nhasi kuti Jehovha ndiMwari ari kudenga kumusoro uye napanyika pasi. Hakunazve mumwe.
त्यसकारण आज यो जान र ह्रदयमा राख कि परमप्रभु नै माथि स्वर्ग र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ र अरू कोही छैन ।
40 Chengetai mitemo nemirayiro yake yandinokupai nhasi, kuitira kuti zvigokuitirai zvakanaka imi navana venyu vanokuteverai uye kuti mugogara mazuva mazhinji panyika yamunopiwa naJehovha Mwari wenyu nokusingaperi.
आज मैले तिमीहरूलाई दिएका विधिविधानहरू तिमीहरूले पालन गर ताकि तिमीहरू र तिमीहरू पछि आउने तिमीहरूका छोराछोरीहरूको भलो होस् अनि परमप्रभु तिमीहरूका परमेश्वरले सदाको निम्ति तिमीहरूलाई दिनुभएको देशमा तिमीहरूको आयु लामो होस् ।”
41 Zvino Mozisi akatsaura maguta matatu kumabvazuva mhiri kwaJorodhani,
तब मोशाले यर्दनको पूर्वपट्टि तिनवटा सहर छाने
42 uko ani naani anenge auraya munhu aitizira kana achinge auraya muvakidzani wake asingaiti nobwoni uye asingazvifungiri. Aigona kutizira mune rimwe ramaguta aya kuti ararame.
ताकि कुनै पनि व्यक्तिले पहिले दुश्मनी नभएका अर्को व्यक्तिलाई अजान अवस्थामा मारेको खण्डमा त्यहाँ भागेर जान सकोस् । यी सहरमध्ये कुनै एउटामा भागेर त्यसले आफ्नो ज्यान बचाउन सक्थ्यो ।
43 Maguta aya aiti: Bhezeri mudunhu rakakwirira rokurenje raiva ravaRubheni; Ramoti paGireadhi, raiva ravaGadhi; neGorani paBhashani, raiva ravaManase.
यी सहरहरू यिनै थिएः रूबेनीहरूका लागि उजाड-स्थानमा मैदानको बेसेर, गादीहरूका लागि गिलादको रामोत र मनश्शेका सन्तानहरूका लागि बाशानको गोलान ।
44 Uyu ndiwo murayiro wakaiswa naMozisi pamberi pavaIsraeri:
मोशाले इस्राएलका मानिसहरूका सामु राखिदिएको व्यवस्था यही हो ।
45 Izvi ndizvo zvakataurwa naMozisi, mitemo nemirayiro yaakavapa pavakabuda kubva muIjipiti
इस्राएलीहरू मिश्रबाट आउँदा तिनले तिनीहरूलाई दिएका करारका आज्ञाहरू, व्यवस्थाहरू र अन्य आज्ञाहरू यी नै हुन् ।
46 uye vari kumabvazuva kwaJorodhani mumupata uri pedyo neBheti Peori, munyika yaSihoni mambo wavaAmori, aitonga muHeshibhoni uyo akakundwa navaIsraeri pavakabuda muIjipiti.
तिनीहरू हेश्बोनमा बस्ने एमोरीहरूका राजा सीहोनको देश बेथ-पोरको सामुन्ने यर्दनको पूर्वपट्टि छँदा मोशाले यी आज्ञाहरू दिएका थिए । मोशा र इस्राएलीहरू मिश्रबाट आउँदा तिनले यी राजालाई हराएका थिए ।
47 Vakatora nyika yake nenyika yaOgi mambo weBhashani, madzimambo maviri avaAmori aiva kumabvazuva kweJorodhani.
तिनीहरूले तिनको देश र बाशानका राजा ओगको देशमाथि अधिकार गरे । यी एमोरीहरूका दुई राजा थिए जो यर्दनपारि पूर्वपट्टि बस्थे ।
48 Nyika iyi yaibva paAroeri pamahombekombe oMupata weArinoni kusvika pagomo reSioni (ndiro Herimoni),
यो क्षेत्र अर्नोनको बेँसीको छेउमा रहेको अर्नोनदेखि सियोन पर्वत (अर्थात् हेर्मोन पर्वत) सम्म
49 uye kusanganisira Arabha yose kumabvazuva kwaJorodhani, kusvikira kuGungwa reArabha, mujinga memateru ePisiga.
र यर्दनपारि पूर्वपट्टि यर्दन नदीको बेँसीको मैदानका सबै भूभागदेखि अराबाको समुद्रसम्म र पिसगा टापुको भिरसम्म पर्थ्यो ।