< Dhuteronomi 24 >
1 Kana murume akawana mukadzi akasafadzwa naye nokuti awana chinhu chisina kufanira paari, akamupa rugwaro rwokumuramba, uye akamudzinga kubva mumba make,
आफूले बिहे गरेर ल्याएकी पत्नीमा कुनै खोट पाएकोले पुरुषले त्यसलाई त्याग्न चाह्यो भने त्यसले त्यागपत्र लेखेर उसको हातमा थमाइदिएर उसलाई आफ्नो घरबाट पठाओस् ।
2 uye kana mushure mokunge abva mumba make akandowanikwa nomumwe murume,
त्यो आफ्नो घरबाट गइसकेपछि त्यो कसैकी पत्नी हुन सक्छे ।
3 uye murume wake wechipiri akasamufarira, akamupa rugwaro rwokumuramba, uye akamudzinga kubva mumba make, kana kuti murume uyu akafa,
दोस्रो पतिले पनि त्यसलाई घृणा गरी त्यागपत्र लेखी त्यसको हातमा थमाइदिएर उसलाई घरबाट पठाइदियो वा दोस्रो पतिको पनि मृत्यु भयो भने
4 ipapo murume wake wokutanga, akambomuramba, haabvumirwi kumuwana zvakare mushure mokunge asvibiswa. Izvozvo zvinonyangadza pamberi paJehovha. Musauyisa chivi pamusoro penyika yamuri kupiwa naJehovha Mwari wenyu senhaka.
त्यसको पहिलेको पति अर्थात् उसलाई घरबाट पठाउने पतिले त्यस स्त्री अशुद्ध भएपछि त्यसलाई आफ्नी पत्नी हुनलाई नलिन पनि सक्छ । किनकि त्यसो गर्नु परमप्रभुको लागि घृणित कुरो हो । तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिन लाग्नुभएको देशलाई दोषी नबनाओ ।
5 Kana murume achangobva kuwana, haafaniri kuendeswa kuhondo kana kupiwa rimwe basa zvaro rokuita. Kwegore rimwe chete anofanira kusununguka kuti agare pamba agofadza mukadzi wake waakawana.
भर्खरै बिहे गरेको पुरुष सेनासँगै युद्धमा नजाओस् न त जबरजस्ती उसलाई कुनै जिम्मेवारी दिइयोस् । त्यो एक वर्षसम्म घरमा रही त्यसले भर्खरै ल्याएकी पत्नीसित रमाओस् ।
6 Usatora guyo kana huyo sorubatso rwechikwereti, nokuti unenge watora zvinoraramisa munhu sorubatso.
कसैले धितोको रूपमा जाँतो वा जाँतोको माथिल्लो ढुङ्गा नलिओस् किनकि त्यसो गर्नु भनेको त्यस व्यक्तिको जीवन लिनु बराबर हो ।
7 Kana munhu akawanikwa achitapa hama yake yomuIsraeri uye achimubata senhapwa kana kumutengesa, nyakubata munhu anofanira kufa. Munofanira kubvisa chakaipa pakati penyu.
इस्राएलीहरूका बिचबाट कसैले आफ्ना दाजुभाइमध्ये एउटालाई अपहरण गरी त्यसलाई नोकरसरह व्यवहार गरी बेचिदिएको छ भने त्यो अपहरणकारी मारिनैपर्छ । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्टतालाई हटाउने छौ ।
8 Muchenjere kwazvo pachirwere chamaperembudzi kuti muite chaizvoizvo zvamakarayirwa navaprista vanova vaRevhi. Munofanira kuchenjerera kutevera zvandakavarayira.
कुष्ठरोगको विपत्तिको बारेमा तिमीहरूले ध्यान देओ ताकि पुजारीहरू अर्थात् लेवीहरूले तिमीहरूलाई सिकाएका हरेक निर्देशनलाई तिमीहरूले होसियारीसाथ पछ्याई पालन गर्न सक । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिमीहरूले गर्नू ।
9 Murangarire zvakaitwa naJehovha Mwari wenyu kuna Miriamu panzira mushure mokunge mabuda muIjipiti.
तिमीहरू मिश्रबाट आइरहँदा परमप्रभु तिमीहरूका परमेश्वरले मिरियमलाई के गर्नुभयो, सो सम्झ ।
10 Kana ukakweretesa chinhu chipi zvacho kumuvakidzani wako, usapinda mumba momuvakidzani wako kundotora zvaari kukupa sorubatso.
तिमीले आफ्नो छिमेकीलाई कुनै किसिमको ऋण दिँदा धरौटी लिन उसको घरभित्र प्रवेश नगर ।
11 Gara panze urege munhu wauri kupa chikwereti akuvigire rubatso.
तिमी बाहिरै पर्ख, र तिमीले ऋण दिएको व्यक्ति धरौटी लिएर बाहिरै आओस् ।
12 Kana munhu uyu ari murombo, usaende kundovata une rubatso rwake.
त्यो गरिब रहेछ भने त्यसको आफ्नो सम्पत्ति ठानी धरौटीसितै नसुत्नू ।
13 Dzosera jasi rake kwaari pakuvira kwezuva kuti agovata mariri. Ipapo achakutenda, uye zvigoonekwa sokuita kwakarurama pamberi paJehovha Mwari wako.
सूर्य अस्ताउनुअगि तिमीले त्यसको धरौटी फिर्ता गरिदिनू ताकि त्यो आफ्नो ओढ्नेमा सुत्न सकोस् र तिमीलाई आशिष् दिन सकोस् । परमप्रभु तिमीहरूका परमेश्वरको सामु यो तिम्रो निम्ति धार्मिकता हुने छ ।
14 Usamanikidza mushandi wako kana ari murombo kana munhu anoshayiwa, hazvinei kuti ihama yako muIsraeri kana kuti mutorwa anogara mune rimwe ramaguta enyu.
तिमीहरूले गरिब र दरिद्र ज्यालादारी नोकरलाई थिचोमिचो नगर, चाहे त्यो तिमीहरूकै सहरभित्र तिमीहरूको देशमा भएको इस्राएली भाइ होस् वा परदेशी होस् ।
15 Mupe mubayiro wake zuva risati ravira, nokuti iye murombo akatotarirawo pamugove wake. Nokuti angazochema kuna Jehovha pamusoro pako, uye uchazova nemhosva yokutadza.
तिमीहरूले हरेक दिन त्यसलाई त्यसको ज्याला दिनू । सूर्य अस्ताउनुअगि यो विषय सुल्झोस् किनकि त्यो गरिब हो र यसमा नै भर पर्छ । यसो गर्नू ताकि त्यसले परमप्रभुको सामु पुकार नगरोस्, र यो तिमीहरूले गरेका पाप नबनोस् ।
16 Madzibaba haafaniri kuurayiwa nokuda kwevana vavo, kana vana kuurayiwa nokuda kwamadzibaba avo; mumwe nomumwe achafira chivi chake.
छोराछोरीका कारणले बुबाआमालाई नमार्नू, न त बुबाआमाको कारणले छोराछोरीलाई मार्नू । बरु, हरेक मानिस आफ्नै पापको निम्तो मरोस् ।
17 Usarega kururamisira mutorwa kana nherera, uye usatora nguo yechirikadzi sorubatso.
परदेशी वा अनाथले पाउने न्याय हरण गर्न दमन नगर । विधवाको ओढ्ने धरौटीको रूपमा नराख ।
18 Murangarire kuti maimbova varanda muIjipiti uye Jehovha Mwari wenyu akakudzikinurai kubva ikoko. Ndokusaka ndichikurayirai kuti muite izvi.
बरु, तिमीहरू मिश्रमा कमारा थियौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यहाँबाट छुटकारा दिनुभयो भनी याद गर्नू । त्यसकारण, यो आज्ञा पालन गर्न मैले तिमीहरूलाई निर्देशन दिएको छु ।
19 Kana uchikohwa munda wako ukakanganwa chisote, usachidzokera kundochitora. Chisiyire mutorwa, nherera kana chirikadzi, kuitira kuti Jehovha Mwari wako agokuropafadza mumabasa ose amaoko ako.
तिमीहरूले आफ्नो खेतमा फसलको कटनी गर्दा अन्नको एक बिटा बिर्सेका छौ भने त्यसलाई लिन फर्केर नजाओ । यो परदेशी, अनाथ वा विधवाको लागि होस् ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सबै काममा आशिष् दिनुभएको होस् ।
20 Kana wazunza miti yako yamaorivhi, usandozunzazve rwechipiri. Siyira asara kumutorwa, nherera nechirikadzi.
तिमीहरूले भद्राक्षको रुखलाई हल्लाउँदा तिमीहरू फेरि हाँगाहरूमा नजाओ । यो परदेशी, अनाथ वा विधवाको लागि होस् ।
21 Kana uchikohwa mazambiringa mumunda wako womuzambiringa, usadzokorora kukohwa. Siyira zvinosara kumutorwa, nherera nechirikadzi.
तिमीहरूले आफ्नो दाखबारीबाट दाख बटुल्दा तिमीहरूले फेरि सोहोरसाहर नगर्नू । छाडिएको चाहिँ परदेशी, अनाथ र विधावाको लागि हुने छ ।
22 Murangarire kuti maiva varanda muIjipiti. Ndokusaka ndichikurayirai kuti muite izvi.
तिमीहरू मिश्रमा कमारा थियौ भनी याद राख्नू । त्यसकारण, मैले तिमीहरूलाई आज्ञा गरेको यो निर्देशन मान्नू ।