< Dhuteronomi 20 >

1 Kana muchienda kundorwa navavengi venyu uye mukaona mabhiza nengoro nehondo huru kupfuura yenyu, musavatya, nokuti Jehovha Mwari, uyo akakubudisai kubva muIjipiti, achava nemi.
तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले तिनीहरूको भन्दा धेरै घोडा, रथ र मानिसहरू देख्यौ भने तिनीहरूदेखि नडराओ । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसितै हुनुहुन्छ जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो ।
2 Kana muchinge mava kuda kurwa, muprista anofanira kuuya kuzotaura kuvarwi.
तिमीहरू युद्धमा जानै लाग्दा पुजारी नजिक आएर मानिसहरूलाई उसले यसो भन्‍नुपर्छ,
3 Achati, “Inzwai, imi Israeri, nhasi muri kuenda kundorwa navavengi venyu. Mwoyo yenyu ngairege kupera simba kana kutya; regai kutyiswa kana kuvhundutswa pamberi pavo.
'हे इस्राएली हो, सुन । तिमीहरू आफ्ना शत्रुको विरुद्धमा युद्धमा जान लागेका छौ । तिमीहरूका ह्रदय विचलत नहोऊन् । नडराओ, नकाम । तिनीहरूदेखि भयभीत नहोओ ।
4 Nokuti Jehovha Mwari wenyu ndiye anoenda nemi kundokurwirai kuvavengi venyu kuti akukundisei.”
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुहरूको विरुद्धमा लडी तिमीहरूलाई बचाउन तिमीहरूको अगिअगि जाँदै हुनुहुन्छ ।'
5 Vakuru vachatiwo kuvarwi, “Pane akavaka imba yake itsva here asati aikumikidza? Ngaadzokere kumba kwake, nokuti angafa pakurwa uye mumwewo akazoikumikidza.
अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के घर निर्माण गरेर त्यसलाई अर्पण गर्न नपाएको यहाँ कोही छ? त्यो आफ्नो घरमा फर्केर जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र अर्कोले त्यसको घर अर्पण नगरोस् ।
6 Pane akarima munda womuzambiringa here uye asati atanga kudya michero yawo? Ngaadzokere kumba kwake, nokuti angafa pakurwa uye mumwewo akazodya michero yawo.
के दाखबारी लगाएर यसको फल खान नपाउने यहाँ कोही छ? त्यो घरमा जाओस् र युद्धमा मर्नु नपरोस् अनि अर्कोले त्यसलाई उपभोग गर्न नपाओस् ।
7 Pane akatsidzirana nomusikana here uye asati amuwana? Ngaadzokere kumba kwake, nokuti angafa pakurwa uye mumwewo akazomuwana.”
के मगनी भएर बिहे नभएको यहाँ कोही मानिस छ? त्यो घरमा जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र त्यसलाई अर्कोले बिहे गर्न नपाओस् ।'
8 Ipapo vakuru vachati zvakare, “Pane anotya here kana ane mwoyo unovhunduka? Ngaadzokere kumba kwake kuitira kuti hama dzake dzisazorwadziwawo mwoyo saiye.”
यसबाहेक अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के यहाँ कोही डरपोक र कातर छ? त्यो फर्केर आफ्नो घरमा जाओस् ताकि त्यसको भाइको हृदय त्यसको झैँ शिथिल नहोस् ।'
9 Kana vakuru vachinge vapedza kutaura kuvarwi, vanofanira kugadza vatungamiri vehondo.
अधिकारीहरूले मानिसहरूसित बोलिसकेपछि तिनीहरूले उनीहरूमाथि सेनानायकहरू नियुक्त गरून् ।
10 Pamunofamba muchinorwisa guta, munofanira kuriparidzira rugare.
कुनै सहरलाई आक्रमण गर्न तिमीहरू नजिक पुग्दा ती मानिसहरूसित शान्तिको प्रस्ताव राख्‍नू ।
11 Kana varugamuchira vakazarura masuo avo, vanhu vose vomo vanofanira kumanikidzwa kushanda uye vanofanira kukushandirai.
तिनीहरूले तिमीहरूको प्रस्तावलाई स्वीकार गरी तिमीहरूलाई सहरमा स्वागत गरे भने त्यस सहरमा भएका सबै मानिसलाई बेगार काममा लगाउनू र तिनीहरूले तिमीहरूको सेवा गरून् ।
12 Kana vakaramba rugare uye vakarwa nemi, munofanira kukomba guta iroro.
तर तिनीहरूले तिमीहरूसित कुनै शान्ति सम्झौता गर्नुको साटो तिमीहरूको विरुद्धमा युद्ध गर्न आए भने तब तिमीहरूले सहरलाई घेरा हाल्नू,
13 Kana Jehovha Mwari wenyu achinge ariisa mumaoko enyu, muuraye varume vose vari mariri.
र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिमीहरूको नियन्त्रणमा ल्याउनुहुँदा तिमीहरूले त्यस सहरको हरेक व्यक्तिलाई मार्नू ।
14 Asi kana vari vakadzi, navana nezvipfuwo uye nezvimwe zvose zviri muguta, munogona kuzvitora sezvakapambwa. Uye mungashandisa zvenyu zvakapambwa izvi zvamuri kupiwa naJehovha Mwari wenyu kubva kuvavengi venyu.
तर स्‍त्री, बालबच्‍चा, गाईवस्तु र सहरमा भएका हरेक थोक लुटको मालको रूपमा आफ्नो लागि लैजानू । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट दिनुभएको लुटको माल तिमीहरूले उपभोग गर्नू ।
15 Izvi ndizvo zvamunofanira kuita kumaguta ose ari chinhambwe kubva kwamuri uye asiri maguta endudzi dziri pedyo.
तिमीहरूबाट टाढा भएका सबै सहरलाई मात्र तिमीहरूले यसो गर्नू, तिमीहरूले यी जातिहरूका सहरहरूलाई भने त्यसो नगर्नू ।
16 Asi, mumaguta endudzi amuri kupiwa naJehovha Mwari wenyu senhaka, musasiya chinhu chipi zvacho chipenyu.
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने यी जातिहरूको सहरहरूमा भने तिमीहरूले सास फेर्ने कसैलाई जीवित नराख्‍नू ।
17 Vaparadzei zvachose, ivo vaHiti, vaAmori, vaKenani, vaPerizi, vaHivhi navaJebhusi, sezvamakarayirwa naJehovha Mwari wenyu.
बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिमीहरूले हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू ।
18 Nokuti vangazokudzidzisai tsika dzavo dzinonyangadza dzavanoita vachinamata vamwari wavo, mugotadzira Jehovha Mwari wenyu.
तिनीहरूले आफ्ना देवताहरूसित गरेका तिनीहरूका घृणित मार्गहरू तिनीहरूले तिमीहरूलाई नसिकाऊन् भन्‍नाका लागि यसो गर्नू । तिनीहरूको मार्ग पछ्यायौ भने तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरका विरुद्धमा पाप गर्ने छौ ।
19 Kana mukakomba guta kwenguva refu, muchirirwisa kuti muripambe, musaparadza miti yaro nokuitema nokuti munogona kudya michero yayo. Musaitema. Ko, miti yomusango vanhu here, zvokuti mungaikomba?
कुनै सहरलाई कब्जा गर्न तिमीहरूले त्यसलाई लामो समयसम्म घेर्दा तिमीहरूले बञ्चरोले यसका रुखहरू नकाट्नू । किनकि तिमीहरूले तीबाट खान सक्छौ । त्यसैले, तिनलाई नकाट । किनकि के जङ्गलका रुखहरू जाति हुन् जसलाई तिमीहरू घेरा हाल्छौ?
20 Zvisinei, mungatema zvenyu miti yamunoziva kuti haisi miti yemichero mugoshandisa pakukomba kusvikira makunda guta ramuri kurwa naro.
फल दिने रुखहरू होइनन् भनी तिमीहरूले चिनेका रुखहरूलाई मात्र तिमीहरूले काटेर नष्‍ट गर्नू । तिमीहरूसित युद्ध गर्ने सहर पराजित नभएसम्म घेरा हाल्ने काममा ती प्रयोग गर्न सक्छौ ।

< Dhuteronomi 20 >