< 1 VaTesaronika 2 >

1 Munoziva, hama, kuti kushanya kwedu kwamuri hakuna kuva pasina.
भाइहरू हो, तिमीहरू आफैलाई थाहा छ कि तिमीहरूमा हाम्रो आगमन बेकम्मा थिएन,
2 Takanga tambotambudzika uye tikatukwa muFiripi, sezvamunoziva, asi norubatsiro rwaMwari wedu hatina kurega kukuparidzirai vhangeri rake pakati pokupikiswa kukuru.
तर तिमीहरूलाई थाहा छ, हामीले पहिला नै कष्‍ट भोग्यौँ र फिलिप्पिमा हामीलाई निर्लज्जपूर्वक व्यवहार गरियो । हामी ठुलो विवादको बिचमा पनि तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बताउन परमेश्‍वरमा साहसी भयौँ ।
3 Nokuti chikumbiro chatinoita hachibvi pakukanganisa kana pamufungo usina kunaka, uye hatisi kuedza kukunyengerai.
किनभने हाम्रो उत्साह गलत कुराबाट होइन न त अशुद्ध, न छलबाट नै आएको हो,
4 Asi, tinotaura savanhu vakatenderwa naMwari kuti tipiwe vhangeri. Hatisi kuedza kufadza vanhu asi Mwari, iye anoedza mwoyo yedu.
तर जसरी परमेश्‍वरले हामीहरूलाई सुसमाचार सुम्पिएको व्यक्तिको रूपमा स्वीकृति दिनुभएको छ, त्यसैले हामी मानिसलाई होइन तर हाम्रो हृदय जाँच्‍नुहुने परमेश्‍वरलाई खुसी पार्नलाई बोल्छौँ ।
5 Munozviziva kuti isu hatibati kumeso, uye hatina kuisa chifukidzo chokufukidza kukarira pfuma, Mwari ndiye chapupu chedu.
तिमीहरूलाई थाहा छ र परमेश्‍वर पनि साक्षी हुनुहुन्छ कि हामीले कुनै पनि बेला चाप्लुसी गरेनौँ, न त लोभको निम्ति बहाना नै बनायौँ,
6 Takanga tisingatsvaki kurumbidzwa kunobva kuvanhu, kwete kunobva kwamuri kana ani zvake. Savapostori vaKristu tingadai takava mutoro kwamuri,
न त हामीले मानिसहरूबाट महिमा खोज्यौँ, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्‍टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौँ ।
7 asi takanga tiri vanyoro pakati penyu, samai vanochengeta vana vavo vaduku.
यसको सट्टा हामीहरू तिमीहरूका माझमा एउटा आमाले आफ्ना बाल बच्‍चालाई सान्त्वना दिएजस्तै भद्र भयौँ ।
8 Taikudai zvikuru zvokuti takafara kuti tigoverane nemi, kwete vhangeri raMwari bedzi, asi noupenyu hweduwo, nokuti makanga madikanwa nesu kwazvo.
यसरी तिमीहरूप्रति हाम्रो गहिरो प्रेम थियो, हामी तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बाँड्न मात्र होइन, तर हाम्रो जीवन बाँड्न पनि खुसी थियौँ किनभने तिमीहरू हाम्रो निम्ति अति प्रिय भएका छौ ।
9 Zvirokwazvo munorangarira, hama, kutambudzika kwedu nokuomerwa kwedu; takashanda usiku namasikati kuti tirege kuremedza munhu upi zvake patakanga tichiparidza vhangeri raMwari kwamuri.
किनभने भाइहरू हो, तिमीहरूलाई हाम्रो परिश्रम र काम याद छ, कि हामीले तिमीहरूलाई परमेश्‍वरको सुसमाचार प्रचार गर्दै हामी तिमीहरू कसैलाई बोझ नबनौँ भनेर हामीले दिनरात काम गर्‍यौँ ।
10 Imi muri zvapupu, uye naMwariwo, kuti takanga tiri vatsvene sei, vakarurama uye vasina chavangapomerwa pakati penyu imi vanotenda.
हामीले तिमीहरू विश्‍वास गर्नेहरूसित कति पवित्रता, धार्मिकता र कपटरहित व्यवहार गर्‍यौँ भन्‍ने कुराको साक्षी तिमीहरू छौ र परमेश्‍वर पनि हुनुहुन्छ,
11 Nokuti munoziva kuti takabata mumwe nomumwe wenyu sababa vanobata vana vavo,
तिमीहरूलाई पनि थाहा छ, कि हामीले तिमीहरू हरेकलाई कसरी एउटा बुबाले आफ्ना छोराछोरीलाई गरे झैँ तिमीहरूलाई उत्साह, सान्त्वना दियौँ र गवाही दियौँ,
12 tichikukurudzirai tichikunyaradzai uye tichikukurudzirai kuti murarame zvakafanira kuna Mwari, iye anokudanai kuumambo hwake nokukubwinya kwake.
कि तिमीहरू परमेश्‍वरको योग्यको भएर हिँड्न सक जसले तिमीहरूलाई उहाँको राज्य र महिमामा बोलाउनुहुन्छ ।
13 Nesuwo tinotenda Mwari nguva dzose, nokuti pamakagamuchira shoko raMwari, ramakanzwa kwatiri, makarigamuchira, kwete seshoko ravanhu, asi sezvariri, iro shoko raMwari, riri kubata mamuri imi vanotenda.
यही कारणको निम्ति हामी परमेश्‍वरलाई निरन्तर धन्यवाद दिन्छौँ । किनभने तिमीहरूले जब हामीबाट परमेश्‍वरको वचन, सन्देशको वचन पायौ तिमीहरूले मानिसको वचनको रूपमा मात्र ग्रहण गरेनौ, तर साँच्‍चै परमेश्‍वरको वचनको रूपमा नै ग्रहण गर्‍यौ
14 Nokuti imi, hama, makava vateveri vekereke dzaMwari dziri muJudhea, dziri muna Kristu Jesu: Makatambudzwa navanhu vomunyika menyu, saizvozvo kereke idzodzo dzakatambudzwawo navaJudha,
किनभने भाइहरू हो, तिमीहरू ख्रीष्‍ट येशूमा भएका यहूदियाका मण्डलीबिच तिमीहरू परमेश्‍वरको मण्डलीको नक्‍कल गर्नेहरू भएका छौ किनभने तिनीहरूले यहूदीहरूबाट सतावट पाएजस्तै तिमीहरू पनि आफ्नै मानिसहरूबाट सताइएका छौ ।
15 ivo vakauraya Ishe Jesu uye navaprofita uye vakatidzinga nesuwo. Havana kufadza Mwari uye vanorwa navanhu vose
जसले प्रभु येशू र अगमवक्‍ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्‍वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् ।
16 mukushinga kwavo kutidzivisa kuti titaure kuvahedheni kuti vaponeswe. Nenzira iyi vanoramba vachiunganidza zvivi zvavo kusvikira kumagumo. Kutsamwa kwaMwari kwazosvika pamusoro pavo pakupedzisira.
तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।
17 Asi, hama, patakanga taparadzaniswa nemi kwechinguva chiduku (pakuonekwa, kwete mupfungwa), mukushuva kwedu kukuru takaedza chose kukuonai.
भाइहरू हो, हामीहरू छोटो समयको निम्ति हृदयमा होइन, तर उपस्थितिमा छुट्‌ट्याइएका थियौँ र हामीले तिमीहरूलाई भेट गर्नलाई सक्दो तीव्र इच्छा गर्‍यौँ ।
18 Nokuti takanga tichida kuuya kwamuri, chokwadi, ini Pauro, ndakada kuita izvozvo, nguva nenguva, asi Satani akatidzivisa.
किनभने हामी तिमीहरूकहाँ आउन चाहन्थ्यौँ । म पावलले बारम्बार कोसिस गरेँ, तर शैतानले हामीलाई बाधा दियो ।
19 Nokuti tariro yedu ndeipiko, mufaro wedu kana korona yatichazvirumbidza nayo pamberi paIshe wedu Jesu paanouya? Ko, hamusimi here?
किनभने हाम्रा प्रभु येशूको आगमनमा उहाँको सामु हाम्रो भविष्यको निम्ति दृढ आनन्द वा महिमाको मुकुट अरूहरू जति नै तिमीहरू नै होइनौ र?
20 Zvirokwazvo ndimi kubwinya kwedu nomufaro wedu.
किनभने तिमीहरू हाम्रो महिमा र आनन्द हौ ।

< 1 VaTesaronika 2 >