< Плач Јеремијин 5 >
1 Опомени се, Господе, шта нас задеси; погледај и види срамоту нашу.
हे परमप्रभु, हामीमाथि जे भएको छ, सो सम्झनुहोस् । हाम्रो अपमान हेर्नुहोस्, र विचार गर्नुहोस् ।
2 Наследство наше привали се туђинцима, домови наши иностранцима.
हाम्रो उत्तराधिकार पराईहरू र हाम्रा घरहरू विदेशीहरूलाई दिइए ।
3 Постасмо сироте, без оца, матере наше као удовице.
हामी अनाथ, पितृहीन भएका छौँ, र हाम्रा आमाहरू विधवाजस्ता छन् ।
4 Своју воду пијемо за новце, своја дрва купујемо.
हामीले पिउने पानीको लागि र हाम्रै दाउरा किन्न हामीले चाँदीको दाम तिर्नुपर्छ ।
5 На врату нам је јарам, и гоне нас; уморени немамо одмора.
हामीलाई पछ्याउनेहरू हाम्रो छेउमा छन् । हामी थाकेका छौँ, र हामीलाई चैन छैन ।
6 Пружамо руку к Мисирцима и Асирцима, да се наситимо хлеба.
पर्याप्त खानाको लागि हामीले आफैलाई मिश्र र अश्शूरमा सुम्पिदिएका छौँ ।
7 Оци наши згрешише, и нема их, а ми носимо безакоња њихова.
हाम्रा पिता-पुर्खाहरूलेपाप गरे, र अब तिनीहरू छैनन्, र हामीले तिनीहरूका अधर्मको फल भोग्दछौँ ।
8 Робови нам господаре, нема никога да избави из руку њихових.
कमाराहरूले हामीमाथि शासन गर्छन्, र हामीलाई तिनीहरूको हातबाट छुटकारा दिने कोही छैन ।
9 Са страхом за живот свој од мача у пустињи доносимо себи хлеб.
उजाड-स्थानमा भएको तरवारको कारण हाम्रा जीवन जोखिममा पारेर मात्रै हामी रोटी पाउँछौँ ।
10 Кожа нам поцрне као пећ од љуте глади.
भोकको रापले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ ।
11 Срамоте жене на Сиону и девојке по градовима Јудиним.
सियोनमा स्त्रीहरू र यहूदाका सहरहरूमा कन्याहरू बलत्कार गरिएका छन् ।
12 Кнезове вешају својим рукама, не поштују лице старачко.
राजकुमारहरू तिनीहरूका आफ्नै हातद्वारा झुण्ड्याइएका छन्, र धर्म-गुरुहरूलाई कुनै आदर देखाइएको छैन ।
13 Младиће узимају под жрвње, и деца падају под дрвима.
युवाहरू जाँतोमा अन्न पिँध्न बाध्य पारिएका छन्, र ठिटाहरू दाउराको भारीले थिचिएर लडबडाउँदै हिँड्छन् ।
14 Стараца нема више на вратима, ни младића на певању.
धर्म-गुरुहरूले सहरको मूल ढोका छोडेका छन्, र युवाहरूले तिनीहरूको सङ्गीत छोडिदिएका छन् ।
15 Неста радости срцу нашем, игра наша претвори се у жалост.
हाम्रो हृदयको आनन्द हटेको छ, र हाम्रो नाच शोकमा परिणत भएको छ ।
16 Паде венац с главе наше; тешко нама, што згрешисмо!
मुकुट हाम्रो शिरबाट खसेको छ । हामीलाई धिक्कार छ! किनकि हामीले पाप गरेका छौँ ।
17 Стога је срце наше жалосно, стога очи наше потамнеше,
हाम्रो यो हृदय दुर्बल भएको छ, र यिनै कुराको कारण हाम्रो आँखा धमिलिएका छन् ।
18 Са горе Сиона, што опусте, и лисице иду по њој.
सियोन पर्वत उजाड छ, जहाँ स्यालहरू घुमिहिँड्छन् ।
19 Ти, Господе, остајеш довека, престо Твој од колена до колена.
तर हे परमप्रभु, तपाईंले सदासर्वदा शासन गर्नुहुन्छ, र तपाईं पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुने छ ।
20 Зашто хоћеш да нас заборавиш довека, да нас оставиш задуго?
तपाईंले हामीलाई किन सदाको निम्ति बिर्सनुहुन्छ? तपाईंले हामीलाई यति धेरै दिनसम्म किन त्याग्नुहुन्छ?
21 Обрати нас, Господе, к себи, и обратићемо се; понови дане наше како беху пре.
हे परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस्, र हामी पुनर्स्थापित हुने छौँ ।
22 Јер еда ли ћеш нас сасвим одбацити и гневити се на нас веома?
तपाईंले हामीलाई बिलकुलै इन्कार गर्नुभएको छैन, र सम्झनै नसक्ने गरी तपाईं हामीसित रिसाउनुभएको छैन भने धेरै पहिले भएजस्तै हाम्रा दिन नवीकरण गरिदिनुहोस् ।