< Књига пророка Јоила 2 >

1 Трубите у трубу на Сиону, и вичите на светој гори мојој, нека дрхћу сви становници земаљски, јер иде дан Господњи, јер је близу.
सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा चेतावनी ध्वनि बजाओ! देशका सबै बासिन्दाहरू डरले थरथर होऊन्, किनकि परमप्रभुको दिन आउँदैछ, वास्तवमा, त्यो नजिकै छ ।
2 Дан, кад је мрак и тама, дан, када је облак и магла; како се зора разастире поврх гора, тако иде народ велик и силан, каквог није било откад је века нити ће га после кад бити од колена до колена.
यो अन्धकार र उदासको दिन हो, बादलहरू र बाक्‍लो अन्धकारको दिन हो । जसरी पर्वतहरूमा झिसमिसे बिहानी फैलिन्‍छ, त्‍यसरी नै एउटा ठुलो र शक्तिशाली सेना नजिक आउँदैछ । त्‍यस्‍तो सेना पहिले कहिल्यै थिएन, अनि पुस्तौं-पुस्ता पछिसम्म पनि, त्‍यहाँ त्‍यस्‍तो फेरि कहिल्यै हुनेछैन ।
3 Пред њим прождире огањ, а за њим пали пламен; земља је пред њим као врт едемски, а за њим пустиња пуста, ништа неће утећи од њега.
त्यसको अगाडिका सबै कुरालाई आगोले भष्‍म पार्दैछ, र त्यसको पछाडि आगोको ज्वाला बलिरहेको छ । त्यसको अगाडिको देश अदनको बगैंचाजस्‍तो छ, तर त्यसको पछाडि एउटा नाश भएको उजाड-स्‍थान छ । त्यसबाट कुनै कुरा फुत्‍कनेछैन ।
4 На очима су као коњи и трчаће као коњици.
त्‍यो सेना घोडाहरूझैं देखा पर्छ, र तिनीहरू घोडचढीहरूझैं दौडन्‍छन् ।
5 Скакаће поврх гора топоћући као кола, праскајући као пламен огњени који сажиже стрњику, као силан народ спреман за бој.
पर्वतहरूका टाकुराहरूमा रथहरूले गरेझैं, झिंजाहरू भस्‍म पार्ने भयङ्कर ज्वालाको आवाजझैं, युद्धको निम्ति तयार भएको शक्तिशाली सेनाझैं, आवाज गरेर तिनीहरू उफ्रन्‍छन् ।
6 Пред њим ће се препадати народи, свако ће лице поцрнети.
तिनीहरूको उपस्थितिले मानिसहरू वेदनामा पर्छन्, अनि तिनीहरूका सम्‍पूर्ण अनुहार पहेंलो हुन्छ ।
7 Они ће трчати као јунаци, као војници скакаће на зид, и сваки ће ићи својим путем, нити ће одступати са своје стазе.
शक्तिशाली लडाकुहरूझैं तिनीहरू दौडन्‍छन्, सेनाहरूझैं तिनीहरू पर्खालहरूमा चढ्‍छन्, तिनीहरू हरेक व्‍यक्‍ति पङ्तिवद्ध भएर हिंड्‍छन्, र आफ्नो पङ्तिलाई बिगार्दैनन् ।
8 И један другог неће тискати, сваки ће ићи својим путем, и на мачеве навирући неће се ранити.
न त एउटाले अर्कालाई धक्‍का दिन्छन् । तिनीहरू प्रत्‍येक नै आ-आफ्नै बाटोमा हिंड्छन् । तिनीहरू सुरक्षाबलहरूलाई तोड्‍दै अघि बढ्छन्, र आफ्नो लाइनभन्‍दा बाहिर पुग्दैनन् ।
9 По граду ће ходити, по зидовима ће трчати, у куће ће се пети, улазиће кроз прозоре као лупеж.
तिनीहरूले सहरलाई आक्रमण गर्छन्, तिनीहरू पर्खालमा दौडन्‍छन्, तिनीहरू घरहरूमाथि चढ्छन्, र चोरहरूझैं तिनीहरू झ्यालहरूबाट भित्र जान्‍छन् ।
10 Пред њима ће се земља трести, небеса ће се поколебати, сунце ће и месец помркнути и звезде ће устегнути светлост своју.
तिनीहरूको अगि पृथ्वी काम्छ, आकाश थरथर हुन्‍छ, सूर्य र चन्द्रमा अँध्यारो हुन्छन्, अनि ताराहरू चम्कन छोड्‍छन् ।
11 А Господ ће пустити глас свој пред војском својом, јер ће логор Његов бити врло велик, јер ће бити силан онај који ће извршити вољу Његову; јер ће дан Господњи бити велик и врло страшан, и ко ће га поднети?
परमप्रभुले आफ्‍नो सेनाको सामु ठुलो सोरले कराउनुहुन्छ, किनकि उहाँका योद्धाहरू असङ्ख्‍य छन्, किनकि उहाँका आज्ञा पालन गर्नेहरू, ती बलिया छन् । किनकि परमप्रभुको दिन महान् र अत्यन्तै भयानक हुन्‍छ । त्‍यसबाट को बाँच्‍न सक्छ र?
12 Зато још говори Господ: Обратите се к мени свим срцем својим и постећи и плачући и тужећи.
परमप्रभु भन्‍नुहुन्छ “अहिले पनि, आफ्‍ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।”
13 И раздерите срца своја, а не хаљине своје, и обратите се ка Господу Богу свом, јер је милостив и жалостив, спор на гнев и обилан милосрђем и каје се ода зла.
आफ्ना लुगामात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्‍ना परमेश्‍वरकाहाँ फर्क । किनकि उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र करारको विश्‍वसततामा प्रशस्‍त हुनुहुन्छ, र दण्डको पिडा दिनबाट उहाँ पर्कन चाहनुहुन्‍न ।
14 Ко зна, неће ли се повратити и раскајати се, и оставити иза тога благослов, дар и налив за Господа Бога вашег.
कसले जान्दछ? सायद उहाँ पर्कनुहुन्छ, र दया देखाउनुहुन्छ, र आफ्‍नो पछि आशिष् छोड्‍नुहुन्‍छ, तिमीहरूका परमप्रभु परमेश्‍वरका निम्ति अन्‍नबलि र अर्घबलि दिनुहुन्छ कि?
15 Трубите у трубу на Сиону, наредите пост, прогласите светковину.
सियोनमा तुरही फुक, पवित्र उपवासको आव्‍हान गर, र पवित्र सभा बोलाओ ।
16 Саберите народ, освештајте сабор, скупите старце, саберите децу и која сисају; женик нека изиђе из своје клети и невеста из ложнице своје.
मानिसहरूलाई भेला गराओ, पवित्र सभा बोलाओ । धर्मगुरुहरूलाई भेला गर, बालबालिका र दूधे बालकहरूलाई भेला गराओ । दुलहाहरू आफ्ना कोठाहरूबाट बाहिर आऊन्, अनि दुलहीहरू आफ्ना सृङ्गारका कोठाहरूबाट बाहिर आऊन् ।
17 Између трема и олтара нека плачу свештеници, слуге Господње, и нека кажу: Прости, Господе, народу свом, и не дај наследство своје под срамоту, да њим овладају народи; зашто да кажу у народима: Где им је Бог?
पुजारीहरू, परमप्रभुका सेवकहरू, दलान र वेदीको बिचमा रोऊन् । तिनीहरूले यसो भनून्, “हे परमप्रभु, आफ्‍ना मानिसहरू बाँकी राख्‍नुहोस्, र आफ्नो उत्तराधिकारलाई घृणाको पात्र बन्‍न नदिनुहोस्, र जातिहरूले तिनीहरूको गिल्ला नगरून् । तिनीहरूले जातिहरूका बिचमा यस्तो किन भन्‍नू, ‘तिनीहरूका परमेश्‍वर कहाँ छ?’”
18 И Господ ће ревновати за земљу своју и пожалиће народ свој.
आफ्नो देशको निम्‍ति परमप्रभु डाही हुनुभयो र आफ्ना मानिसहरूलाई दया देखाउनुभयो ।
19 И Господ ће одговорити и рећи ће свом народу: Ево, ја ћу вам послати жита и вина и уља, и бићете га сити, и нећу вас више дати под срамоту међу народима.
परमप्रभुले आफ्ना मानिसहरूलाई जवाफ दिनुभयो, “हेर, म तिमीहरूका निम्ति अन्‍न, नयाँ दाखमद्य, र तेल पठाउनेछु । ती कुराहरूले तिमीहरू सन्तुष्‍ट हुनेछौ, र तिमीहरूलाई फेरि म जातिहरूका बिचमा अपमानित तुल्‍याउनेछैनँ ।
20 Јер ћу удаљити од вас северца, и одагнати га у земљу суву и пусту, предњу чету његову у источно море, а задњу у море западно, и подигнуће се смрад његов и трулеж ће се његов подигнути, пошто учини велике ствари.
उत्तरबाट आक्रमण गर्नेहरूलाई म तिमीहरूबाट टाढा हटाइदिनेछु, र तिनीहरूलाई एउटा सुक्‍खा र त्‍यागिएको देशमा लखेटिदिनेछु । तिनीहरूको सेनाको अग्रपङ्क्ति पूर्वीय समुद्रमा, अनि पछिल्लो पङ्क्तिचाहिं पश्‍चिमी समुद्रमा जानेछ । त्यसको दुर्गन्ध माथि उठ्नेछ, त्यसको सडेको दुर्गन्ध माथि उठ्नेछ ।” निश्‍चय नै उहाँले महान् काम गर्नुभएको छ ।
21 Не бој се, земљо, радуј се и весели се, јер ће Господ учинити велике ствари.
ए देश, नडरा, रमाहट गर र आनन्दित हो, किनकि परमप्रभुले महान् काम गर्नुहुनेछ ।
22 Не бојте се, звери пољске; јер ће се зеленети пасишта у пустињи и дрвета ће носити род свој, смоква ће и лоза винова давати силу своју.
ए मैदानका पशुहरू हो, नडराओ, किनकि उजाड-स्‍थानका खर्कहरूमा पलाउनेछन्, र बोटहरूले आफ्‍ना फलहरू दिनेछन्, र नेभाराका बोटहरू र दाखका बोटहरूले आ-आफ्ना फसल पुरा रूपमा दिनेछन् ।
23 И ви, синови сионски, радујте се и веселите се у Господу Богу свом, јер ће вам дати дажд на време, и спустиће вам дажд рани и позни на време.
ए सियोनका मानिस हो, खुशी होओ, आफ्‍ना परमप्रभु परमेश्‍वरमा आनन्दित होओ । किनकि उहाँले ठिक समयमा चाँडै शरदको वर्षा दिनुहुनेछ, र तिमीहरूका निम्ति झरी पार्नुहुनेछ, पहिलेझैं नै शरद् र बसन्तका दुवै झरी हुनेछन् ।
24 И гумна ће се напунити жита, а каце ће се преливати вином и уљем.
खलाहरू गहुँले भरिनेछन्, र घ्‍याम्‍पोहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन् ।
25 И накнадићу вам године које изједе скакавац, хрушт и црв и гусеница, велика војска моја, коју слах на вас.
“बथानमा हिंड्ने सलहले— ठुला सलह, सखाप पार्ने सलह र नाश गर्ने सलहले — मैले तिमीहरूका बिचमा पठाएको मेरो शक्तिशाली सेनाले, वर्षौंदेखि खाएको बालीको म तिमीहरूलाई क्षतिपुर्ति दिनेछु ।
26 И јешћете изобила, и бићете сити и хвалићете име Господа Бога свог, који учини с вама чудеса, и народ мој неће се посрамити довека.
तिमीहरू प्रशस्‍त गरी खानेछौ र भरपेट हुनेछौ, र आफ्‍ना परमप्रभु परमेश्‍वरको नाउँको प्रशंसा गर्नेछौ, जसले तिमीहरूका बिचमा अचम्‍मका काम गर्नुएको छ, र म कहिल्यै आफ्‍ना मानिसहरूमा जाल ल्याउनेछैनँ ।
27 И познаћете да сам ја усред Израиља, и да сам ја Господ Бог ваш, и да нема другог, и народ мој неће се посрамити довека.
म इस्राएलको बिचमा छु भनी तिमीहरूले जान्‍नेछौ, र म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, र त्यहाँ अर्को कोही पनि छैन, र म कहिल्यै आफ्‍ना मानिसहरूमा लाज ल्याउनेछैनँ ।
28 И после ћу излити дух свој на свако тело, и прорицаће синови ваши и кћери ваше, старци ће ваши сањати сне, младићи ће ваши виђати утваре.
केही समयपछि सबै मानिसमाथि, म आफ्‍नो आत्मा खन्याउनेछु, र तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन् । तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन्, र तिमीहरूका जवान मानिसहरूले दर्शनहरू देख्‍नेछन् ।
29 И на слуге ћу и на слушкиње у оне дане излити дух свој;
साथै ती दिनहरूमा दासहरू र दासीहरूमा, म आफ्‍नो आत्माबाट खन्याउनेछु ।
30 И учинићу чудеса на небу и на земљи, крв и огањ и пушење дима.
आकाश र पृथ्वीमा अचम्‍मका कामहरू, रगत, आगो, र धूँवाका मुस्लाहरू म देखाउनेछु ।
31 Сунце ће се претворити у таму и месец у крв пре него дође велики и страшни дан Господњи.
परमप्रभुको त्यो महान् र भयानक दिन आउनुअघि, सूर्य अन्धकारमा अनि चन्द्रमा रगतमा परिवर्तन हुनेछ ।
32 И сваки који призове име Господње спашће се; јер ће на гори Сиону и у Јерусалиму бити спасење, као што је рекао Господ, и у остатку који позове Господ.
परमप्रभुको नाउँ पुकार्ने हरेक व्‍यक्‍ति बचाइनेछ । किनकि जस्‍तो परमप्रभुले भन्‍नुभएको छ, सियोन पर्वतमा र यरूशलेममा छुटकारा पाएका मानिसहरू हुनेछन्, जसलाई परमप्रभुले बोलाउनुहुन्छ ।

< Књига пророка Јоила 2 >