< Књига пророка Јеремије 15 >
1 И рече ми Господ: Да стане Мојсије и Самуило преда ме, не би се душа моја обратила к том народу; отерај их испред мене, и нека одлазе.
तब परमप्रभुले मलाई भन्नुभयो, “मोशा र शमूएल मेरो सामु खडा भए तापनि म यी मानिसका पक्षमा खडा हुन्नँ । तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे ।
2 И ако ти кажу: Куда ћемо ићи? Тада им реци: Овако вели Господ: ко је за смрт, на смрт; ко је за мач, под мач; ко за глад, на глад; ко за ропство, у ропство.
यस्तो हुनेछ, तिनीहरूले तँलाई यसो भन्नेछन्, 'हामी कहाँ जाने?' तब तैंले तिनीहरूलाई भन्नुपर्छ, 'परमप्रभु यसो भन्नुहुन्छः मृत्युको निम्ति साँचिएकाहरू मृत्युमा जानुपर्छ । तरवारको निम्ति साँचिएकाहरू तरवारमा जानुपर्छ । अनिकालको निम्ति साँचिएकाहरू अनिकालमा जानुपर्छ, र निर्वासनको निम्ति साँचिएकाहरू निर्वासनमा जानुपर्छ ।'
3 И пустићу на њих четворо, говори Господ: Мач, да их убија, и псе, да их развлаче, и птице небеске и звери земаљске, да их једу и истребе.
म तिनीहरूलाई चारवटा समूहमा विभाजन गर्नेछु, यो परमप्रभुको घोषणा हो— केहीलाई मार्न तरवारलाई, केहीलाई घिसार्न कुकुरहरूलाई, केहीलाई स्वाहा पार्न र नष्ट पार्नलाई आकाशका चराहरू र जमिनका पशुहरूलाई ।
4 И даћу их да се потуцају по свим царствима земаљским ради Манасије сина Језекијиног цара Јудиног за оно што је учинио у Јерусалиму.
यहूदाका राजा हिजकियाहका छोरा मनश्शेले यरूशलेममा जे गरेका थिए, त्यसैको कारणले म तिनीहरूलाई पृथ्वीका सबै राज्यका लागि एक डरलाग्दो कुरो तुल्याउनेछु ।
5 Јер ко би се смиловао на тебе, Јерусалиме? Ко ли би те пожалио? Ко ли би дошао да запита како ти је?
ए यरूशलेम, तँलाई कसले दया देखाउने छ? तेरो निम्ति कसले शोक गर्नेछ?
6 Ти си ме оставио, говори Господ, отишао си натраг; зато ћу махнути руком својом на те и погубићу те; досади ми жалити.
तैंले मलाई त्यागेको छस्, यो परमप्रभुको घोषणा हो— तँ मबाट फर्केर गएको छस् । त्यसैले म आफ्नो हातले तँलाई प्रहार गर्नेछु र तलाई नाश पार्नेछु । तँलाई दया देखाउँदा-देखाउँदा म थकित भइसकेको छु ।
7 Зато ћу их извијати вијачом на вратима земаљским, учинићу их сиротима, потрћу народ свој, јер се не враћају с путева својих.
त्यसैल म तिनीहरूलाई देशका मूल ढोकाहरूमा नाङ्लोले निफन्नेछु । म तिनीहरूलाई शोकमा पार्नेछु । मेरा मानिसहरू आफ्ना मार्गबाट नफर्कने भएकाले म तिनीहरूलाई नष्ट पार्नेछु ।
8 Више ће ми бити удовица његових него песка морског, довешћу им на мајке момачке затираче у подне, и пустићу изненада на њих сметњу и страхоту.
म तिनीहरूका विधवाहरूको सङ्ख्या समुद्रतटको बालुवाभन्दा धेरै बनाउनेछु । युवाहरूका आमाहरूको विरुद्धमा म दिउँसै विनाशक पठाउनेछु । शोक र त्रासलाई तिनीहरूमा अकस्मात् आउने म बनाउनेछु ।
9 Изнемоћи ће која је родила седморо и испустиће душу, сунце ће јој заћи још за дана, срамиће се и стидеће се, а остатак ћу њихов дати под мач пред непријатељима њиховим, говори Господ.
सात जना सन्तान जन्माउने आमा उजाड हुनेछे । त्यसले उफ् उफ् गर्नेछे । दिन छँदै त्यसको घाम अस्ताउनेछ । त्यो लज्जित र अपमानित हुनेछे, किनकि बाँकी रहेकाहरूलाई म तिनीहरूका शत्रुहरूको उपस्थितिमा तरवारलाई दिनेछु, यो परमप्रभुको घोषणा हो ।”
10 Тешко мени, мајко моја, што си ме родила да се са мном препире и да се са мном свађа сва земља; не давах у зајам нити ми даваше у зајам, и опет ме сви проклињу.
हे मेरी आमा, मलाई धिक्कार छ! किनकि तपाईंले मलाई जन्म दिनुभयो, म जो देशैभरि तर्क र विवादको मानिस हुँ । मैले ऋण दिएको छैनँ, न कसैले मलाई ऋण दिएको छ, तर तिनीहरू सबैले मलाई श्राप दिन्छन् ।
11 Господ рече: Доиста, остатку ће твом бити добро, и бранићу те од непријатеља, кад будеш у невољи и у тескоби.
परमप्रभुले भन्नुभयो, “के म भलाइको लागि तँलाई छुटानेछैनँ र? निश्चय नै सङ्कष्ट र विपत्तिको समयमा म तेरा शत्रुहरूलाई मदतको निम्ति तँसित बिन्ती गर्न लगाउनेछु ।
12 Еда ли ће гвожђе сломити гвожђе северно и бронзу?
के कसैले फलामलाई टुक्रा-टुक्रा पार्न सक्छ? खास गरी, उत्तरबाट आउने काँसा मिसिएको फलामलाई?
13 Имање твоје и благо твоје даћу да се разграби без цене по свим међама твојим, и то за све грехе твоје.
म तेरा शत्रुहरूलाई तेरा धन-सम्पत्ति र खजाना सित्तैंमा लुटको मालको रूपमा दिनेछु । तेरा सबै सिमानभित्र गरिएका तेरा सबै पापको कारणले म यसो गर्नेछु ।
14 И одвешћу те с непријатељима твојим у земљу које не познајеш, јер се распалио огањ од гнева мог, и гореће над вама.
त्यसपछि तैंले नचिन्ने देशमा म तँलाई तेरा शत्रुहरूको सेवा गर्न लगाउनेछु, किनकि तेरो विरुद्धमा मेरो रिसमा आगो दन्कने छ ।”
15 Ти знаш, Господе, опомени ме се и походи ме и освети ме од оних који ме гоне; немој ме зграбити докле се устежеш од гнева; знај да подносим руг тебе ради.
हे परमप्रभु, तपाईं जान्नुहुन्छ । मलाई सम्झनुहोस्, र सहायता गर्नुहोस् । मलाई सतावट गर्नेहरूको विरुद्धमा मेरो पक्षमा बदला लिनुहोस् । तपाईं धैर्यवान् हुनुहुन्छ, तर मलाई टाढा लाने अनुमति तिनीहरूलाई नदिनुहोस् । तपाईंको निम्ति मैले निन्दा भोग्छु भनी जान्नुहोस् ।
16 Кад се нађоше речи Твоје, поједох их, и реч Твоја би ми радост и весеље срцу мом, јер је име Твоје призвано на ме, Господе Боже над војскама.
तपाईंका वचनहरू भेट्टाइएका छन्, र मैले ती खाएँ । तपाईंका वचनहरू मेरो लागि रमाहट बने, र मेरो हृदयको आनन्द बने, किनकि हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर म तपाईंको नाउँ लिन्छु ।
17 Не седим у већу подсмевачком нити се с њима веселим; седим сам ради руке Твоје, јер си ме напунио срдње.
म उत्सव मनाउने वा रमाहट गर्नेहरूका बिचमा बसिनँ । तपाईंको शक्तिशाली हातको कारणले म एकान्तमा बसेँ, किनकि तपाईंले मलाई क्रोधले भर्नुभयो ।
18 Зашто бол мој једнако траје? И зашто је рана моја смртна, те неће да се исцели? Хоћеш ли ми бити као варалица, као вода непостојана?
किन मेरो पिडा निरन्तर छ, र मेरो चोट निको हुन नमान्ने, निको नहुने भएको छ? के तपाईं मेरो लागि झुक्किने खोला, सुकेर जाने खोलाजस्तो बन्नुहुने छ र?
19 Зато овако вели Господ: Ако се обратиш, ја ћу те опет поставити да стојиш преда мном, ако одвојиш што је драгоцено од рђавог, бићеш као уста моја; они нека се обрате к теби, а ти се не обраћај к њима.
त्यसकारण परमप्रभुले यसो भन्नुभयो, “ए यर्मिया, तैंले पश्चात्ताप गरिस् भने म तँलाई पुनर्स्थापित गर्नेछु, र तँ मेरो सामु खडा हुनेछस् र मेरो सेवा गर्नेछस् । किनकि तैंले मूर्ख थोकहरूलाई मुल्यवान् थोकहरूबाट अलग गरिस् भने तँ मेरो मुखजस्तै हुनेछस् । मानिसहरू तँकहाँ फर्केर आउने छन्, तर तँ आफै भने तिनीहरूकहाँ जानुहुँदैन ।
20 И учинићу да будеш том народу као јак зид бронзани, и удараће на те, али те неће надвладати; јер сам ја с тобом да те чувам и избављам, говори Господ.
यी मानिसको निम्ति म तँलाई छेड्नै नसकिने काँसाको पर्खालजस्तै बनाउनेछु, र तिनीहरूले तेरो विरुद्धमा युद्ध छेड्नेछन् । तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तँलाई बचाउन र छुटकारा दिन म तँसितै हुन्छु, यो परमप्रभुको घोषणा हो ।
21 И избавићу те из руку злих људи, и искупићу те из руку насилничких.
किनकि म तँलाई दुष्टहरूको हातबाट बचाउनेछु, र निर्दयीको हातबाट छुटकारा दिनेछु ।”