< Књига пророка Осије 14 >
1 Обрати се, Израиљу, ка Господу Богу свом, јер си пао свог ради безакоња.
ए इस्राएल, परमप्रभु आफ्ना परमेश्वरकहाँ फर्क, किनकि आफ्ना अपराधको कारणले तिमीहरू पतित भएका छौ ।
2 Узмите са собом речи, и обратите се ка Господу; реците Му: Опрости све безакоње, и прими добро; и даћемо жртве усана својих.
आफ्नो साथमा वचन लेओ र परमप्रभुकहाँ फर्क । उहाँलाई भन, “हाम्रा सबै अपराध क्षमा गर्नुहोस् र जे असल छ त्यो ग्रहण गर्नुहोस्, ताकि तपाईंलाई हामी आफ्ना ओठको फल चढाउन सकौं ।
3 Асирац нас не може избавити, нећемо јахати на коњима, нити ћемо више говорити делу руку својих: Боже наш; јер у Тебе налази милост сирота.
अश्शूरले हामीलाई बचाउनेछैन । हामी युद्ध गर्नलाई घोडाहरूमा सवार हुनेछैनौं । न त आफ्ना हातले बनाएका कुरालाई हामी यसो भन्नेछौं, ‘तपाईं हाम्रा देवता हुनुहुन्छ,’ किनकि तपाईंमा नै टुहुरोले दया पाउँछ ।”
4 Исцелићу отпад њихов, љубићу их драге воље; јер ће се гнев мој одвратити од њега.
“तिनीहरू तर्केका भए पनि म निको पार्नेछु, म तिनीहरूलाई सित्तैंमा प्रेम गर्नेछु, किनकि त्यसप्रतिको मेरो रिस मरेको छ ।
5 Бићу као роса Израиљу, процветаће као љиљан и пустиће жиле своје као дрвета ливанска.
इस्राएलको निम्ति म शीतझैं हुनेछु । लिली फूलझैं त्यो फुल्नेछ र लेबनानको देवदारुझैं त्यसले जरा गाड्नेछ ।
6 Рашириће се гране његове, и лепота ће му бити као у маслине и мирис као ливански.
त्यसका हाँगाहरू फैलिनेछन् । त्यसको सुन्दरता जैतूनको रूखझैं हुनेछ, र त्यसको सुगन्ध लेबनानको देवदारुझैं हुनेछ ।
7 Они ће се вратити и седети под сеном његовим, рађаће као жито и цветаће као винова лоза; спомен ће му бити као вино ливанско.
त्यसको छहारीमा बस्ने मानिसहरू फर्कनेछन् । तिनीहरू अन्नझैं बढ्नेछन् र दाखको बोटझैं फुल्नेछन् । त्यसको ख्याति लेबनानको दाखमद्यझैं हुनेछ ।
8 Јефреме, шта ће ми више идоли? Ја ћу га услишити и гледати; ја ћу му бити као јела зелена; од мене је твој плод.
ए एफ्राइम, मूर्तिहरूसँग मेरो अरू के काम छ? म त्यसलाई जवाफ दिनेछु र त्यसको वास्ता गर्नेछु । म सल्लोको रूखझैं हुँ, जसका पातहरू सधैं हरिया हुन्छन्, र मबाट नै तेरो फल आउँछ ।”
9 Ко је мудар, нека разуме ово; и разуман нека позна ово; јер су прави путеви Господњи, и праведници ће ходити по њима, а преступници ће пасти на њима.
को बुद्धिमान छ, जसले यी कुराहरू बुझ्न सक्छ? कसले कुराहरू बुझ्छ जसले गर्दा उसले ती जान्न सक्छ? किनकि परमप्रभुका मार्गहरू ठिक हुन्छन्, र धर्मीचाहिं तिनमा हिँड्छन्, तर विद्रोह गर्नेहरूचाहिं तिनमा ठेस खानेछन् ।