< Књига пророка Језекиља 37 >
1 Рука Господња дође нада ме, и Господ ме изведе у духу, и постави ме усред поља, које беше пуно кости.
परमप्रभुको हात ममाथि थियो, र उहाँले मलाई परमप्रभुको आत्माले बाहिर ल्याउनुभयो र एउटा बेसीको बिचमा मलाई राख्नुभयो । त्यो हाडहरूले भरिएको थियो ।
2 И проведе ме покрај њих унаоколо, и гле, беше их врло много у пољу, и гле, беху врло суве.
त्यसपछि उहाँले मलाई ती वरिपरि घुमाउनुभयो । हेर, त्यहाँ बेसीमा तिनीहरूका सङ्ख्या धेरै थिए । हरे, ती धेरै सुक्खा थिए ।
3 И рече ми: Сине човечји, хоће ли оживети ове кости? А ја рекох: Господе Господе, Ти знаш.
उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, के यी हाडहरू फेरि जीवित हुन सक्छन्?” यसैले मैले जवाफ दिएँ, “हे परमप्रभु परमेश्वर, यो त तपाईंले मात्र जान्नुहुन्छ ।”
4 Тада ми рече: Пророкуј за те кости, и кажи им: Сухе кости, чујте реч Господњу.
तब उहाँले मलाई भन्नुभयो, “यी हाडहरूमाथि अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘ए सुक्खा हाडहरू, परमप्रभुको वचन सुन ।
5 Овако говори Господ Господ овим костима: Гле, ја ћу метнути у вас дух, и оживећете.
परमप्रभु परमेश्वर यी हाडहरूलाई यसो भन्नुहुन्छ: हेर, मैले तिमीहरूभित्र सास हाल्न लागेको छु, र तिमीहरू जीवित हुनेछौ ।
6 И метнућу на вас жиле, и обложићу вас месом, и навући ћу на вас кожу, и метнућу у вас дух, и оживећете, и познаћете да сам ја Господ.
म तिमीहरूमा नसाहरू राखिदिनेछु र तिमीहरूमा मासु भरिदिनेछु । म तिमीहरूलाई छालाले ढाक्नेछु र तिमीहरूमा सास हाल्नेछु, यसरी तिमीहरू जीवित हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।’”
7 Тада стадох пророковати, како ми се заповеди; а кад пророковах, наста глас, и гле потрес, и кости се прибираху свака ка својој кости.
यसैले जस्तो मलाई आज्ञा गरियो तेस्तै मैले अगमवाणी गरें । जसै मैले अगमवाणी गरें, हेर, थर्केको आवाज आयो । अनि हाडहरू नजीक आए—हाड-हाडसँग टाँसियो ।
8 И погледах, и гле, по њима изиђоше жиле и месо, и озго се кожа навуче; али духа не беше у њима.
मैले हेरें र हेर, तिनीहरूमा नसा आएका थिए र मासु बढ्यो र छालाले तिनीहरूलाई ढाके । तर तिनीहरूमा अझै पनि सास थिएन ।
9 Тада ми рече: Пророкуј духу, пророкуј, сине човечји, и реци духу: Овако вели Господ Господ: Од четири ветра дођи, душе, и дуни на ове побијене да оживе.
तब परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, सासको निम्ति अगमवाणी गर, र सासलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ए सास, चारैतिरबाट बतास आइज, र यी मारिएकाहरूमाथि फुकिदे, यसरी तिनीहरू जीवित हुनेछन् ।’”
10 И пророковах, како ми се заповеди, и уђе у њих дух, и оживеше, и стадоше на ноге, беше војска врло велика.
यसैले मलाई आज्ञा भएझैं मैले अगमवाणी गरें । तिनीहरूमा सास आयो र तिनीहरू जीवित भए । त्यसपछि तिनीहरू आफ्ना खुट्टामा, एउटा ठुलो फौज खडा भए ।
11 Тада ми рече: Сине човечји, ове су кости сав дом Израиљев; гле, говоре: Посахнуше кости наше и прође надање наше, пропадосмо.
तब परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, यी हडाहरूचाहिं इस्राएलका सम्पूर्ण घराना हुन् । हेर, तिनीहरू यसो भन्दैछन्, ‘हाम्रा हाडहरू सुकेका छन्, र हाम्रा आशा हराएको छ । हामी बहिष्कृत भएका छौं ।’
12 Зато пророкуј, и кажи им: Овако вели Господ Господ: Ево, ја ћу отворити гробове ваше, и извешћу вас из гробова ваших, народе мој, и довешћу вас у земљу Израиљеву.
यसकारण अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, ए मेरा मानिसहरू, म तिमीहरूका चिहान उघार्नेछु र त्यहाँबाट तिमीहरूलाई बाहिर निकाल्नेछु । तिमीहरूलाई म इस्राएल देशमा फर्काएर ल्याउनेछु ।
13 И познаћете да сам ја Господ, кад отворим гробове ваше, и изведем вас из гробова ваших, народе мој.
ए मेरा मानिसहरू, जब म तिमीहरूका चिहान उघार्नेछु र तिमीहरूलाई त्यहाँबाट बाहिर निकाल्नेछु, तब म नै परमप्रभु हुँ भनी तिमीहरू जान्नेछौ ।
14 И метнућу дух свој у вас да оживите, и населићу вас у вашој земљи, и познаћете да ја говорим и чиним, говори Господ.
तिमीहरूभित्र म आफ्नो आत्मा हालिदिनेछु, यसरी तिमीहरू जीवित हुनेछौ, र म नै परमप्रभु हुँ भनी जब तिमीहरूले जान्नेछौ, तब तिमीहरूलाई आफ्नै देशमा म विश्राम दिनेछु । म यो घोषणा गर्छु र यो गर्नेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।’”
15 Опет ми дође реч Господња говорећи:
अनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
16 Ти, сине човечји, узми једно дрво, и напиши на њему: Јуди и синовима Израиљевим, друговима његовим. Па онда узми друго дрво, и на њему напиши: Јосифу дрво Јефремово и свега дома Израиљевог, другова његових.
“यसैले अब, ए मानिसको छोरो, आफ्नो निम्ति एउटा लौरो लि र त्यसमा लेख्, ‘यहूदा र त्यसका सहयोगी इस्राएलका मानिसहरूका निम्ति ।’ त्यसपछि अर्को लौरो लि र त्यसमा लेख्, ‘योसेफ, एफ्राइमको हाँगो र तिनीहरूका सहयोगी इस्राएलका मानिसहरूका निम्ति ।’
17 И састави их једно с другим да буду као једно у твојој руци.
ती दुवै लौरोलाई जोडेर एउटै बना, ताकि ती तेरो हातमा एकै होऊन् ।
18 И кад ти кажу синови твог народа говорећи: Хоћеш ли нам казати шта ти је то?
जब तेरा मानिसहरूले तँलाई खोज्छन् र यसो भन्छन्, ‘के यी कुराहरूको अर्थ तपाईं हामीलाई भन्नुहुन्न?’
19 Реци им: Овако вели Господ Господ: Ево, ја ћу узети дрво Јосифово, што је у Јефремовој руци, и племена Израиљевих, другова његових, и саставићу га с дрветом Јудиним, и начинићу од њих једно дрво, и биће једно у мојој руци.
तब तिनीहरूलाई यसो भन्, ‘परम्प्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, एफ्राइमको हातमा भएको योसेफको हाँगो र त्यसको सहयोगी इस्राएलका कुलहरूलाई लिएर म यहूदाको हाँगोसँग जोड्दैछु, ताकि तिनीहरू एकै हाँगो बनाउनेछन्, र तिनीहरू मेरो हातमा एक हुनेछन् ।’
20 И дрвета, на којима напишеш, нека ти буду у руци пред њима.
तिनीहरूका आँखाका सामु तैंले लेखेका ती हाँगाहरूलाई आफ्नो हातमा समात् ।
21 И реци им: Овако вели Господ Господ: Ево, ја ћу узети синове Израиљеве из народа у које отидоше, и сабраћу их одсвуда, и довешћу их у земљу њихову.
तिनीहरूलाई घोषणा गर्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर, इस्राएलका मानिसहरू गएका जातिहरूका बिचबाट म तिनीहरूलाई निकाल्दैछु । तिनीहरूलाई वरिपरिका देशहरूबाट म भेला गराउनेछु र तिनीहरूकै देशमा म तिनीहरूलाई ल्याउनेछु ।
22 И начинићу од њих један народ у земљи, на горама Израиљевим, и један ће цар бити цар свима њима, нити ће више бити два народа, нити ће више бити раздељени у два царства.
देशमा, इस्राएलका पर्वतहरूमा म तिनीहरूलाई एउटा जाति बनाउनेछु, र एक मात्र राजा तिनीहरू सबैका राजा हुनेछ, र तिनीहरू फेरि दुई जाति हुनेछैनन् । तिनीहरू फेरि दुई राज्यमा विभाजित हुनेछैनन् ।
23 И неће се више скврнити гадним боговима својим ни гнусобама својим нити каквим преступима својим, и избавићу их из свих станова њихових у којима грешише, и очистићу их, и они ће ми бити народ и ја ћу им бити Бог.
त्यसपछि आफ्ना मूर्तिहरू, घिनलाग्दा कुराहरू, वा तिनीहरूका अरू कुनै पापहरूले तिनीहरूले आफूलाई अशुद्ध पार्नेछैनन् । किनकि तिनीहरूले पाप गरेका सबै विश्वासहीन कामहरूबाट म तिनीहरूलाई बचाउनेछु, र तिनीहरूलाई म शुद्ध पार्नेछु, ताकि तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु ।
24 И слуга мој Давид биће им цар, и сви ће имати једног пастира, и ходиће по мојим законима, и уредбе ће моје држати и извршавати.
मेरो दास दाऊद तिमीहरूका राजा हुनेछ । यसैले तिनीहरू सबैमाथि एक जना मात्र गोठालो हुनेछ, र तिनीहरू मेरा विधिअनुसार हिंड्नेछन्, र तिनीहरूले मेरा नियमहरू मान्नेछन्, र ती पालना गर्नेछन् ।
25 И седиће у земљи коју дадох слузи свом Јакову, у којој седеше оци ваши; у њој ће седети они и синови њихови и синови синова њихових довека, и Давид слуга мој биће им кнез до века.
मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्नेछन्, जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए । त्यहाँ तिनीहरू, तिनीहरूका छोरोछोरी, र नाता-नातिन सदाको निम्ति बसोबास गर्नेछन्, किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ ।
26 И учинићу с њима завет мирни, биће вечан завет с њима, и утврдићу их и умножићу их, и наместићу светињу своју усред њих навек.
तिनीहरूसँग शान्तिको करार म स्थापित गर्नेछु । यो तिनीहरूसितको सदासर्वदाको करार हुनेछ । म तिनीहरूलाई स्थापित गर्नेछु र तिनीहरूको वृद्धि गर्नेछु र सदाको निम्ति तिनीहरूका बिचमा मेरो पवित्र स्थान राख्नेछु ।
27 И шатор ће мој бити код њих, и ја ћу им бити Бог и они ће ми бити народ.
मेरो बासस्थान तिनीहरूसँगै हुनेछ । म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
28 И народ ће познати да сам ја Господ који посвећујем Израиља, кад светиња моја буде усред њих до века.
तब इस्राएललाई अलग गर्ने परमप्रभु म नै हुँ भनी जातिहरूले जान्नेछन् । त्यति बेला मेरो पवित्र स्थान सदासर्वदाको निम्ति तिनीहरूका बिचमा स्थापित हुन्छ ।’”