< 2 Мојсијева 23 >
1 Не износи лажних гласова; не пристај с безбожником да сведочиш криво.
कसैको बारेमा झुटा गवाही नदेओ । बेइमानी गवाही दिने दुष्ट मानिससित नमिल ।
2 Не иди за множином на зло, и не говори на суду поводећи се за већим бројем да се изврне правда.
खराबी गर्न भिडको पछि नलाग, न त न्यायलाई बङ्ग्याउन भिडको पक्ष लेओ ।
3 Сиромаху у парници његовој не гледај што је сиромах.
गरिब मानिसको मुद्दामा उसको पक्षपात नगर ।
4 Ако наиђеш на вола непријатеља свог или на магарца његовог, где је залутао, одведи га к њему.
आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदेओ ।
5 Ако видиш где је ненавиднику твом пао магарац под теретом својим, немој да га оставиш, него му помози.
तिमीहरूलाई घृणा गर्ने कुनै व्यक्तिको गधा भारीले थिचिएर भुइँमा लडेको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड । गधासँगै मदत गर ।
6 Немој изврнути правде сиромаху свом у парници његовој.
मुद्दा मामिलामा गरिबहरूको न्याय हरण नगर ।
7 Речи лажне клони се, и безазленог и правог немој убити, јер нећу оправдати безбожника.
झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ ।
8 Не узимај поклона, јер поклон заслепљује окате и изврће речи правима.
कहिल्यै घुस नलेओ किनकि घुसले देख्नेहरूलाई अन्धो तुल्याइदिन्छ र इमानदार मानिसहरूका वचनलाई बङ्ग्याइदिन्छ ।
9 Дошљаке не цвели, јер ви знате каква је душа дошљаку, јер сте били дошљаци у земљи мисирској.
परदेशीलाई थिचोमिचो नगर किनकि तिमीहरू मिश्र देशमा परदेशी भएर बाँचेकाले परदेशीको जीवन कस्तो हुन्छ भनी तिमीहरू जान्दछौ ।
10 Шест година засејавај земљу своју и сабирај род њен;
छ वर्षसम्म तिमीहरूले आ-आफ्ना जमिनमा बिउ रोपी फसल जम्मा गर ।
11 А седме године остави је нека почине, да једу сиромаси народа твог, а шта иза њих остане нека једу звери пољске; тако ради и с виноградом својим и с маслиником својим.
तर सातौँ वर्षमा चाहिँ हलो नजोती त्यसलाई बाँझै छाडिदेओ ताकि तिमीहरूका बिचमा भएका गरिब मानिसहरूले खान सकून् । तिनीहरूले छाडेका जङ्गली जनावरहरूले खानेछन् । तिमीहरूका दाखबारी र भद्राक्षबारीलाई पनि त्यसै गर ।
12 Шест дана ради послове своје, а у седми дан почини, да се одмори во твој и магарац твој, и да одахне син робиње твоје и дошљак.
छ दिनसम्म आफ्नो काम गर, तर सातौँ दिनमा चाहिँ विश्राम गर । तिमीहरूका गोरु र गधाले पनि विश्राम पाउन सकून् भनेर यसो गर अनि तिमीहरूका कमारीको छोरो र परदेशीले पनि ताजा महसुस गर्न सकून् भनेर यस गर ।
13 Држите се свега што сам вам казао. Не помињите имена богова туђих, и да се не чује из уста ваших.
मैले तिमीहरूलाई भनेका हरेक कुरामा ध्यान देओ । अरू देवी-देवताहरूको चर्चा नगर, न त तिमीहरूका मुखबाट तिनीहरूको नाउँ नै सुनियोस् ।
14 Три пута преко године светкуј ми:
मेरो निम्ति चाड मान्न हरेक वर्ष तिन पटक यात्रा गर ।
15 Празник пресних хлебова држи; седам дана једи хлебове пресне, као што сам ти заповедио, на време, месеца Авива, јер си тада изашао из Мисира; и нико да не изађе преда ме празан;
तिमीहरूले अखमिरी रोटीको चाड मान्नू । मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानू । त्यस बेला तिमीहरू आबीब महिनामा मेरो सामु देखा पर्नू जुन यही उद्देश्यको लागि तयार पारिएको हो । तिमीहरू यही महिनामा मिश्रबाट बाहिर निस्केर आयौ । तर तिमीहरू खाली हात मेरो सामु देखा नपर्नू ।
16 И празник жетве првина од труда твог што посејеш у пољу свом; и празник бербе на свршетку сваке године, кад сабереш труд свој с њиве.
तिमीहरूले आफ्ना खेतहरूमा बिउ छर्दा तिमीहरूको परिश्रमको अगौटे फलको सम्झनामा कटनीको चाड मान्नू । खेतहरूबाट तिमीहरूले अन्न बटुल्दा वर्षको अन्त्यमा तिमीहरूले अन्न भित्र्याउने चाड मनाओ ।
17 Три пута преко године све мушкиње твоје да излази пред Господа Бога.
तिमीहरूका सबै पुरुष हरेक वर्ष तिन पटक परमप्रभुको सामु देखा पर्नू ।
18 Крв од жртве моје не приноси уз хлебове киселе, и претилина празника мог да не преноћи до јутра.
मलाई चढाउने बलिको रगत खमिर हालेको रोटीसितै नचढाओ । मेरा चाडहरूमा चढाइने बलिदानहरूको बोसो रातभरि रहेर बिहानसम्म रहनुहुँदैन ।
19 Првине од првог рода земље своје донеси у кућу Господа Бога свог; немој кувати јагњета у млеку мајке његове.
तिमीहरूले मेरो घर अर्थात् परमप्रभु तिमीहरूका परमेश्वरको घरमा अगौटे फलहरूमध्ये सबैभन्दा असलचाहिँ ल्याउनू । बाख्राको पाठो त्यसको माउको दूधमा नपकाओ ।
20 Ево, ја шаљем анђела свог пред тобом да те чува на путу, и да те одведе на место које сам ти приправио.
बाटोमा तिमीहरूको सुरक्षा दिन र मैले तिमीहरूका निम्ति तयार पारिराखेको ठाउँमा तिमीहरूलाई ल्याउन म तिमीहरूका अगिअगि एउटा दूत पठाउनेछु ।
21 Чувај га се, и слушај га, немој да га расрдиш, јер вам неће опростити грех, јер је моје име у њему.
तिनको कुरा सुनी तिनको आज्ञा पालन गर । तिनलाई नचिढ्याओ किनकि तिनले तिमीहरूका अपराधहरू क्षमा दिनेछैनन् । तिनैमा मेरो नाउँ छ ।
22 Него ако га добро узаслушаш и уствориш све што кажем, ја ћу бити непријатељ твојим непријатељима и противник твојим противницима.
तिमीहरूले वास्तवमै तिनका आज्ञा मान्यौ र मैले भनेका हरेक कुरा गर्यौ भने म तिमीहरूका शत्रुहरूका शत्रु हुनेछु र तिमीहरूका वैरीहरूका वैरी हुनेछु ।
23 Јер ће анђео мој ићи пред тобом и одвешће те у земљу аморејску и хетејску и ферезејску и хананејску и јевејску и јевусејску, и ја ћу их истребити.
मेरा दूत तिमीहरूका अगिअगि जानेछन् र तिनले तिमीहरूलाई एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबूसीहरूकहाँ ल्याउनेछन् । म तिनीहरूलाई नष्ट गर्नेछु ।
24 Немој се клањати боговима њиховим нити им служити, ни чинити шта они чине, него их сасвим обори и ликове њихове сасвим изломи.
तिमीहरू तिनीहरूका देवी-देवताहरूको सामु ननिहरनू, तिनीहरूको पूजा नगर्नू न त तिनीहरूले गरेजस्तै गर्नू । बरु तिमीहरूले तिनीहरूलाई बिलकुलै नाश गरिदिनू र तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू ।
25 И служите Господу Богу свом, и Он ће благословити хлеб твој и воду твоју; и уклонићу болест између вас.
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर्नू, अनि उहाँले तिमीहरूका अन्न र पानीमा आशिष् दिनुहुनेछ । म तिमीहरूका बिचबाट रोग हटाइदिनेछु ।
26 Неће бити пометкиње ни нероткиње у земљи твојој; и број дана твојих напунићу.
तिमीहरूको देशमा कुनै पनि स्त्री बाँझी हुनेछैन न त कसैको गर्भ तुहिनेछ ।
27 Пустићу страх свој пред тобом, и уплашићу сваки народ на који дођеш, и обратићу к теби плећи свих непријатеља твојих.
म तिमीहरूलाई दीर्घायु दिनेछु । तिमीहरू अगाडि बढ्ने देशमा म मेरो डर अगिअगि पठाउनेछु । म तिमीहरूले भेट्ने सबै मानिसलाई मार्नेछु । म तिमीहरूका सबै शत्रुलाई तिमीहरूको डरको कारणले भगाउनेछु ।
28 Послаћу и стршљене пред тобом, да терају Јевеје, Хананеје и Хетеје испред тебе.
म तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाउनेछु जसले हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूभन्दा अगाडि नै धपाउनेछन् ।
29 Нећу их отерати испред тебе за једну годину, да не опусти земља и да се зверје пољско не намножи на тебе.
म तिनीहरूलाई एकै वर्षमा तिमीहरूको सामुन्नेबाट धपाउनेछैनँ, नत्रता देश उजाड हुनेछ र जङ्गली जनावरहरू तिमीहरूका निम्ति अत्यधिक हुनेछन् ।
30 Помало ћу их одгонити испред тебе докле се не намножиш и заузмеш земљу.
बरु, तिमीहरूको वृद्धि भई तिमीहरू देशमा नभरिएसम्म म तिनीहरूलाई तिमीहरूकै सामु अलिअलि गरेर धपाउनेछु ।
31 И поставићу међе твоје од мора црвеног до мора филистејског и од пустиње до реке; јер ћу вама у руке дати оне који живе у оној земљи да их отераш испред себе.
नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।
32 Немој хватати вере с њима ни с боговима њиховим.
तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्नू ।
33 Нека не седе у земљи твојој, да те не наврате да се огрешиш о мене, јер би служио боговима њиховим, и то би ти била замка.
तिनीहरू तिमीहरूको देशमा बस्नुहुँदैन नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउनेछन् । तिमीहरूले तिनीहरूका देवी-देवताहरूलाई पुजा गर्यौ भने निश्चय नै यो तिमीहरूका लागि पासो हुनेछ ।”