< Isaija 48 >

1 Èujte ovo, dome Jakovljev, koji se zovete imenom Izrailjevijem, i iz vode Judine izidoste, koji se kunete imenom Gospodnjim, i Boga Izrailjeva pominjete, ali ne po istini i po pravdi.
ए याकूबको घराना, यो कुरा सुन जसलाई इस्राएलको नाउँले बोलाइन्छ र यहूदाको वीर्यबाट आएको छ । तिमीहरू जसले परमप्रभुको नाउँमा शपथ खान्छौ र इस्राएलको परमेश्‍वरलाई पुकार्छौ, तर साँचो रूपले गर्दैनौ न धार्मिक तरिकाले गर्छौ ।
2 Jer se imenuju po svetom gradu, oslanjaju se na Boga Izrailjeva, kojemu je ime Gospod nad vojskama.
किनकि तिनीहरूले आफूलाई पवित्र सहरका मानिसहरू भन्छन् र इस्राएलको परमेश्‍वरमा भरोसा गर्छन् । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
3 Što je preðe bivalo, kazivah naprijed odavna, i što iz mojih usta izide i objavih, uèinih brzo i zbi se.
“मैले धेरै पहिलेदेखि नै घोषणा गरेको छु । तिनीहरू मेरो मुखबाट निस्के र मैले नै तिनीहरूलाई प्रकट गरें । तब मैले अचानक ती गरें र ती हुन आए ।
4 Znao sam da si uporan, i vrat da ti je gvozdena žila, i èelo da ti je od mjedi.
किनभने तिमीहरू हठी भएको म जान्दथें, तिमीहरूका गर्दनका मांशपेशी फलामजस्तै कडा थियो, अनि तिमीहरूका निधार काँसाजस्तै थियो,
5 I zato ti odavna objavih, prije nego se zbi kazah ti, da ne bi rekao: idol moj uèini to, i lik moj rezani i lik moj liveni zapovjediše tako.
यसकारण मैले यी कुराहरू तिमीहरूलाई पहिले नै बताएँ । ती हुनुअगि नै मैले तिमीहरूलाई जानकारी दिएँ, त्यसैले तिमीहरूले यसो भन्‍न सक्‍नेछैनौ, 'मेरो मूर्तीले त्‍यो गरेको छ,' वा 'मेरो खोपेको आकृति र मेरो धातुबाट बनाइएको आकृतिले यी कुराहरू ठहराए ।’
6 Èuo si; pogledaj sve to; a vi neæete li objavljivati? otsele ti javljam novo i sakriveno, što nijesi znao;
तिमीहरूले यी कुराहरूका बारेमा सुन्यौ । यी सबै प्रमाणलाई हेर । अनि के मैले जे भनें सो सत्‍य हो भनी तिमीहरू स्वीकार गर्नेछैनौ? अबदेखि, तिमीहरूले नजानेका नयाँ कुराहरू, लुकाइएका थोकहरू म तिमीहरूलाई देखाउँदैछु ।
7 Sada se stvori, i nedavno, i prije ovoga dana nijesi èuo, da ne reèeš: gle, znao sam.
अहिले र पहिलेदेखि होइन, तिनीहरू अस्तित्वमा आउँछन् र आजभन्दा पहिले तिनीहरूका बारेमा तिमीहरूले सुनेका छैनौ, त्यसैले तिमीहरूले यसो भन्‍न सक्‍दैनौ, 'हो, तिनीहरूका बारेमा मलाई थाहा थियो ।'
8 Niti si èuo ni znao, i prije ti se uši ne otvoriše, jer znadijah da æeš èiniti nevjeru, i da se zoveš prestupnik od utrobe materine.
तिमीहरूले कहिल्यै सुनेनौ । तिमीहरूले जानेनौ । यी कुराहरू तिमीहरूका कानमा यसअघि भनिएको थिएन । किनकि तिमीहरू धेरै छली भएका छौ र जन्मैदेखि तिमीहरू विद्रोही भएका छौ भनी मलाई थाहा थियो ।
9 Imena svojega radi ustegnuæu gnjev svoj, i radi hvale svoje uzdržaæu se prema tebi, da te ne istrijebim.
मेरै नाउँको निम्‍ति म आफ्‍नो क्रोधलाई ढिला गर्नेछु, मेरो इज्‍जतको निम्ति म तिमीहरूलाई नाश गर्न रोक्‍नेछु ।
10 Evo, pretopiæu te, ali ne kao srebro, prebraæu te u peæi nevolje.
हेर, तिमीहरूलाई मैले शुद्ध पारें, तर चाँदीलाई झैं होइन । तिमीहरूलाई मैले दुःखकष्‍टको भट्टीमा शुद्ध पारेको छु ।
11 Sebe radi, sebe radi uèiniæu, jer kako bi se hulilo na ime moje? i slave svoje neæu dati drugome.
मेरै निम्‍ति, मेरै निम्‍ति म काम गर्नेछु । किनकि मेरो नाउँलाई म कसरी अपवित्र हुन दिन सक्छु र? म आफ्‍नो महिमा अरू कसैलाई दिनेछैन ।
12 Èuj me, Jakove i Izrailju, kojega ja pozvah: ja sam prvi, ja sam i pošljednji.
ए याकूब, मेरो कुरा सुन्, ए इस्राएल जसलाई मैले बोलाएँ: म उही हुँ । म पहिलो हुँ र म अन्तिम पनि हुँ ।
13 I moja je ruka osnovala zemlju, i moja je desnica izmjerila nebesa peðu; kad ih zovnem, svi doðu.
हो, मेरो हातले पृथ्वीको जग बसाल्यो र मेरो दाहिने हातले आकाश फिंजायो । जब म तिनीहरूलाई बोलाउँछु, तब तिनीहरू एकसाथ खडा हुन्‍छन् ।
14 Skupite se svi i èujte: ko je od njih objavio ovo? Gospod ga miluje, on æe izvršiti volju njegovu na Vavilonu, i mišica æe njegova biti nasuprot Haldejcima.
तिमीहरू सबैले आफूलाई भेला पार र सुन! तिमीहरूका माझमा कसले यी कुराहरू घोषणा गरेको छ? परमप्रभुको मित्रले बेबिलोनविरुद्ध उहाँको उद्देश्य पुरा गर्ने छ । कल्दीहरूका विरुद्धमा उसले परमप्रभुको इच्छा पुरा गर्नेछन् ।
15 Ja, ja rekoh, i pozvah ga, dovešæu ga, i biæe sreæan na svom putu.
म, मैले बोलेको छु, हो, मैले त्यसलाई बोलाएको छु, मैले त्यसलाई ल्याएको छु र त्यो सफल हुनेछ ।
16 Pristupite k meni, èujte ovo: od poèetka nijesam govorio tajno; otkako to bi, bijah ondje; a sada Gospod Gospod posla me i duh njegov.
मेरो नजिक आओ र यो कुरा सुनः “सुरुदेखि नै मैले गुप्‍तमा बोलेको छैन । जब यो हुन्छ, तब म त्यहाँ हुन्छु ।” अहिले परमप्रभु परमेश्‍वरले मलाई र उहाँको आत्मालाई पठाउनुभएको छ ।
17 Ovako veli Gospod, izbavitelj tvoj, svetac Izrailjev: ja sam Gospod Bog tvoj koji te uèim da bi napredovao, vodim te putem kojim treba da ideš.
परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्छ, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले कसरी सफल हुने भनी सिकाउँछ, जसले तिमीहरू जानुपर्ने बाटोमा डोर्‍याउँछ ।
18 O, da si pazio na zapovjesti moje! mir bi tvoj bio kao rijeka, i pravda tvoja kao valovi morski;
तिमीहरूले मेरा आज्ञाहरू मात्र पालन गरेका भए । तिमीहरूका शान्ति र समृद्धि नदीझैं बग्‍ने थियो र तिमीहरूका उद्धार समुद्रको छालझैं हुनेथियो ।
19 I sjemena bi tvojega bilo kao pijeska, i poroda utrobe tvoje kao zrna njegovijeh; ime se njihovo ne bi zatrlo ni istrijebilo ispred mene.
तिमीहरूका सन्तानहरू बालुवाझैं असंख्या हुने थिए र तिमीहरूका गर्भबाट जन्‍मेका छोराछोरीका बलुवाका कणझैं अनगिन्ति हुने थिए । तिनीहरूका नाउँ मेरो सामुबाट काटिने वा मेटिने थिएन ।
20 Izidite iz Vavilona, bježite od Haldejaca; glasno pjevajuæi objavljujte, kazujte, razglašujte do krajeva zemaljskih; recite: izbavi Gospod slugu svojega Jakova.
बेबिलोनबाट बाहिर आओ! कल्दीहरूबाट भाग! गुञ्‍जयमान् आवाजसँगै यो घोषणा गर! यसलाई प्रकट गर, यसलाई पृथ्वीको अन्तिम छेउसम्म जान देओ । यसो भन, 'परमप्रभुले आफ्नो सेवक याकूबलाई उद्धार गर्नुभएको छ ।'
21 Neæe ožednjeti kad ih povede preko pustinje; vodu iz stijene toèiæe im, jer æe rascijepiti kamen i poteæi æe voda.
उहाँले तिनीहरूलाई मरुभूमिमा डोर्‍याउनुहुँदा तिनीहरूलाइ तिर्खा लागेन । उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी बगाउनुभयो । उहाँले चट्टानलाई चिरा पार्नुभयो र पानी बाहिर बगेर आयो ।
22 Nema mira bezbožnicima, veli Gospod.
त्‍यहाँ दुष्‍टहरूलाई शान्ति हुँदैन,’ परमप्रभु भन्‍नुहुन्छ ।”

< Isaija 48 >