< Postanak 2 >
1 Tako se dovrši nebo i zemlja i sva vojska njihova.
सारा आकाशमण्डल र पृथ्वी, र तिनमा भएका सबै जीवित प्राणीहरूको सृष्टि पुरा भयो ।
2 I svrši Bog do sedmoga dana djela svoja, koja uèini; i poèinu u sedmi dan od svijeh djela svojih, koja uèini;
सातौँ दिनसम्ममा परमेश्वरले आफूले गर्नुभएको कामलाई पुरा गर्नुभयो ।यसैकारण उहाँले सातौँ दिनमा सबै कामबाट विश्राम लिनुभयो ।
3 I blagoslovi Bog sedmi dan, i posveti ga, jer u taj dan poèinu od svijeh djela svojih, koja uèini;
परमेश्वरले सातौँ दिनलाई आशिष्् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो, किनभने आफ्नो सृष्टिमा गर्नुभएका सबै कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो ।
4 To je postanje neba i zemlje, kad postaše, kad Gospod Bog stvori zemlju i nebo,
परमप्रभु परमेश्वरले आकाश र पृथ्वीलाई सृष्टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो ।
5 I svaku biljku poljsku, dokle je još ne bješe na zemlji, i svaku travku poljsku, dokle još ne nicaše; jer Gospod Bog još ne pusti dažda na zemlju, niti bješe èovjeka da radi zemlju,
पृथ्वीको भूमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन ।
6 Ali se podizaše para sa zemlje da natapa svu zemlju.
तर पृथ्वीबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो ।
7 A stvori Gospod Bog èovjeka od praha zemaljskoga, i dunu mu u nos duh životni; i posta èovjek duša živa.
परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र त्यसको नाखबाट जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो ।
8 I nasadi Gospod Bog vrt u Edemu na istoku; i ondje namjesti èovjeka, kojega stvori.
परमप्रभु परमेश्वरले अदनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्नुभयो ।
9 I uèini Gospod Bog, te nikoše iz zemlje svakojaka drveta lijepa za gledanje i dobra za jelo, i drvo od života usred vrta i drvo od znanja dobra i zla.
हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्वरले भूमिबाट उमार्नुभयो । बगैँचाको बिचमा भएको जीवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो ।
10 A voda tecijaše iz Edema natapajuæi vrt, i odande se dijeljaše u èetiri rijeke.
बगैँचालाई भिजाउन अदनबाट एउटा नदी निस्केको थियो । त्यहाँबाट त्यो छुट्टिएर चारवटा नदी बनेका थिए ।
11 Jednoj je ime Fison, ona teèe oko cijele zemlje Evilske, a ondje ima zlata,
पहिलो नदीको नाम पीशोन हो । यो त्यही नदी हो जुन हवीलाको सारा भूमिमा बग्दछ, जहाँ सुन पाइन्छ ।
12 I zlato je one zemlje vrlo dobro; ondje ima i bdela i dragoga kamena oniha.
त्यस भूमिको सुन असल छ । त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन् ।
13 A drugoj je rijeci ime Geon, ona teèe oko cijele zemlje Huske.
दोस्रो नदीको नाम गीहोन हो । योचाहिँ कूशको सारा भूमिमा बग्दछ ।
14 A treæoj je rijeci ime Hidekel, ona teèe k Asirskoj. A èetvrta je rijeka Efrat.
तेस्रो नदीको नाम टाइग्रिस हो, जुन अश्शूरको पूर्वबाट बग्दछ । चौथो नदी यूफ्रेटिस हो ।
15 I uzevši Gospod Bog èovjeka namjesti ga u vrtu Edemskom, da ga radi i da ga èuva.
परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्नुभयो ।
16 I zaprijeti Gospod Bog èovjeku govoreæi: jedi slobodno sa svakoga drveta u vrtu;
परमप्रभु परमेश्वरले यसो भनी आज्ञा गर्नुभयो, “बगैँचाको सबै रुखबाट खान तँलाई स्वतन्त्रता छ ।
17 Ali s drveta od znanja dobra i zla, s njega ne jedi; jer u koji dan okusiš s njega, umrijeæeš.
तर असल र खराबको ज्ञान दिने रुखबाट तैँले नखानू, किनभने जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्चय नै मर्नेछस् ।”
18 I reèe Gospod Bog: nije dobro da je èovjek sam; da mu naèinim druga prema njemu.
त्यसपछि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन । म त्यसको लागि एउटा सुहाउने सहयोगी बनाउनेछु ।”
19 Jer Gospod Bog stvori od zemlje sve zvijeri poljske i sve ptice nebeske, i dovede k Adamu da vidi kako æe koju nazvati, pa kako Adam nazove koju životinju onako da joj bude ime;
परमप्रभु परमेश्वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू बनाउनुभयो । त्यसपछि मानिसले ती सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको अगि ल्याउनुभयो । हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो ।
20 I Adam nadjede ime svakom živinèetu i svakoj ptici nebeskoj i svakoj zvijeri poljskoj; ali se ne naðe Adamu drug prema njemu.
मानिसले सबै पाल्तु पशु, आकाशका सबै पक्षीहरू, र सबै जङ्गली जनावरहरूलाई नाम दियो । तर मानिसको निम्ति त्यहाँ कुनै सुहाउँदो सहयोगी पाइएन ।
21 I Gospod Bog pusti tvrd san na Adama, te zaspa; pa mu uze jedno rebro, i mjesto popuni mesom;
परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो, यसैकारण मानिस निदायो । परमप्रभु परमेश्वरले त्यसका करङहरूमध्ये एउटा झिक्नुभयो र करङ झिकेको ठाउँमा मासु भरिदिनुभयो ।
22 I Gospod Bog stvori ženu od rebra, koje uze Adamu, i dovede je k Adamu.
परमप्रभु परमेश्वरले मानिसबाट झिक्नुभएको करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो ।
23 A Adam reèe: sada eto kost od mojih kosti, i tijelo od mojega tijela. Neka joj bude ime èovjeèica, jer je uzeta od èovjeka.
मानिसले भन्यो, “यिनी त मेरा हाडहरूको हाड र मासुको मासु हुन् । यिनलाई ‘नारी’ भनिनेछ, किनभने यिनी नरबाट झिकिएकी थिइन् ।”
24 Zato æe ostaviti èovjek oca svojega i mater svoju, i prilijepiæe se k ženi svojoj, i biæe dvoje jedno tijelo.
त्यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ, त्यो आफ्नी पत्नीसँग एक हुनेछ, र तिनीहरू एउटै शरीर हुनेछन् ।
25 A bjehu oboje goli, Adam i žena mu, i ne bješe ih sramota.
मानिस र त्यसकी पत्नी दुवै नाङ्गै थिए, तर तिनीहरू लजाउँदैन थिए ।