< 1 Samuelova 15 >
1 A Samuilo reèe Saulu: Gospod me je poslao da te pomažem za cara nad narodom njegovijem, nad Izrailjem; slušaj dakle rijeèi Gospodnje.
शमूएलले शऊललाई भने, “तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो । अब परमप्रभुको वचन सुन्नुहोस् ।
2 Ovako veli Gospod nad vojskama: opomenuh se šta je uèinio Amalik Izrailju, kako mu se opro na putu kad je išao iz Misira.
सर्वशक्तिमान् परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'इस्राएल मिश्रदेशबाट आउँदा बाटोमा तिनीहरूको विरोध गर्ने अमालेकका कुरालाई मैले ध्यान दिएको छु ।
3 Zato idi, i pobij Amalika, i zatri kao prokleto sve što god ima; ne žali ga, nego pobij i ljude i žene i djecu i što je na sisi i volove i ovce i kamile i magarce.
अब जा र अमालेकलाई आक्रमण गर् र तिनीहरूसँग भएका सबै थोकलाई नाश गर् । तिनीहरूलाई नछोड्, तर पुरुष र स्त्री, बालक र सिसु, गोरु र भेडा, ऊँट र गधा सबैलाई मार्' ।”
4 Tada Saul sazva narod, i izbroji ih u Telaimu, i bješe ih dvjesta tisuæa pješaka i deset tisuæa ljudi od Jude.
शाऊलले मानिसहरूलाई बोलाए र तेलैमको सहरमा तिनको सङ्ख्या गने, तिनीहरू दुई लाख पैदल सिपाही र यहूदाका दश हजार पुरुषहरू थिए ।
5 I doðe Saul do grada Amalièkoga, i namjesti zasjedu u potoku.
तब शाऊल अमालेकको सहरमा आए र मैदानमा पर्खे ।
6 I reèe Saul Kenejima: idite, odvojte se, uklonite se od Amalika, da vas ne bih potro s njima; jer ste vi uèinili milost svijem sinovima Izrailjevijem kad su išli iz Misira. I otidoše Keneji od Amalika.
शाऊलले केनीहरूलाई भने, “जाऊ, विदा होओ, अमालेकीहरूबाट बाहिर निस्की आओ, ताकि मैले उनीहरूसँगै तिमीहरूलाई नष्ट गर्नेछैन । किनकि तिमीहरूले इस्राएलका मानिसहरू मिश्रदेशबाट आउँदा तिनीहरूलाई दया देखायौ ।” त्यसैले केनीहरू अमालेकीहरूबाट टाढा गए ।
7 I Saul pobi Amalike od Avile do Sura, koji je prema Misiru.
त्यसपछि शाऊलले हविलादेखि मिश्रदेशको पूर्वमा पर्ने शूरसम्म नै आक्रमण गरे ।
8 I uhvati Agaga cara Amalièkoga živa, a sav narod njegov pobi oštrijem maèem.
तब तिनले अमालेकीहरूका राजा अगागलाई जीवितै राखे । तिनले सबै मानिसलाई तरवारको धारले पूर्ण रूपमा नाश गरे ।
9 I Saul i narod njegov poštedje Agaga i najbolje ovce i najbolje volove i ugojenu stoku i jaganjce i sve što bijaše dobro, i ne htješe pobiti; nego što bijaše zlo i bez cijene, ono samo pobiše.
तर शाऊल र तिनका मानिसहरूले अगागलाई र राम्रा भेडाहरू, गोरुहरू, मोटा बाछाहरू र थुमाहरूलाई बचाई राखे । हरेक असल कुरालाई तिनीहरूले नाश गरेनन् । तर घृणित र तुच्छ कुनै पनि कुरालाई तिनीहरूले पूर्ण रूपमा नाश गरे ।
10 Zato doðe rijeè Gospodnja k Samuilu govoreæi:
परमप्रभुको वचन शमूएलकहाँ यसो आयो,
11 Kajem se što sam Saula postavio carem, jer je otstupio od mene, i nije izvršio mojih rijeèi. I rasrdi se Samuilo vrlo, i vikaše ka Gospodu svu noæ.
“शाऊललाई राजा बनाएकोमा म दुःखी छु, किनकि मेरो अनुसरण गर्नबाट ऊ फर्किएको छ र मेरा आज्ञाहरू पालन गरेको छैन ।” शमूएल रिसाए । तिनले रातभरि परमप्रभुमा पुकारे ।
12 I ustavši rano Samuilo poðe pred Saula. I javiše Samuilu govoreæi: Saul doðe u Karmil, i eno podiže sebi spomenik, pa se vrati odande i otide dalje i siðe u Galgal.
शाऊललाई भेट्न शमूएल बिहान सबेरै उठे । शमूएललाई भनियो, “शाऊल कार्मेलमा आए र आफ्नो निम्ति तिनले स्मारक खडा गरे र त्यसपछि पर्के र तल गिलगालतिर गए ।”
13 Kad Samuilo doðe k Saulu, reèe mu Saul: blagosloven da si Gospodu! izvršio sam rijeè Gospodnju.
तब शमूएल शाऊलकहाँ आए, र शाऊलले तिनलाई भने, “परमप्रभुद्वारा तपाईंलाई आशिष् मिलोस्! मैले परमप्रभुको आज्ञा पुरा गरेको छु ।”
14 A Samuilo reèe: kakva je to bleka ovaca u ušima mojim? i rika volova koju èujem?
शमूएलले भने, “त्यसो भए मेरो कानले सुनेको भेडाहरू कराएको र गोरुहरू कराएको यो के हो?”
15 A Saul reèe: od Amalika dognaše ih; jer narod poštedje najbolje ovce i najbolje volove da prinese na žrtvu Gospodu Bogu tvojemu; ostalo pak pobismo kao prokleto.
शाऊलले जवाफ दिए, “तिनीहरूले अमालेकीहरूबाट ती ल्याएका छन् । किनभने मानिसहरूले परमप्रभु तपाईंको परमेश्वरलाई बिलदान चढाउन असल भेडाहरू र गोरुहरू बचाएर राखेका छन् । बाँकीचाहिं हामीले पूर्ण रूपमा नाश गरेका छौं ।”
16 A Samuilo reèe Saulu: stani da ti kažem što mi je rekao Gospod noæas. Reèe mu: govori.
तब शमूएलले शाऊललाई भने, “पर्खनुहोस्, र परमप्रभुले मलाई आज राती के भन्नुभयो सो म तपाईंलाई भन्नेछु ।” शाऊलले तिनलाई भने, “भन्नुहोस् ।”
17 Tada reèe Samuilo: nijesi li bio mali sam u svojim oèima, pak si postao glava plemenima Izrailjevijem, i Gospod te pomaza za cara nad Izrailjem?
शमूएलले भने, “तपाईं आफ्नै दृष्टिमा सानो हुनुहुन्छ, तापनि के तपाईंलाई इस्राएलको कुलहरूका शिर बनाइएको थिएन र? तब परमप्रभुले तपाईंलाई इस्राएलका राजा अभिषेक गर्नुभयो,
18 I Gospod te posla na ovaj put i reèe: idi, pobij grješne Amalike, i vojuj na njih dokle ih ne istrijebite.
र परमप्रभुले तपाईंलाई आफ्नो बाटोमा पठाउनुभयो र भन्नुभयो, 'जा र पापीहरू अर्थात् अमालेकीहरूलाई पूर्ण रूपमा नाश गर् र तिनीहरू नाश नभएसम्म तिनीहरूका विरुद्ध युद्ध गर ।'
19 Zašto dakle ne posluša glasa Gospodnjega, nego se naklopi na plijen, i uèini zlo pred Gospodom?
तपाईंले परमप्रभुको आज्ञालाई किन पालन गर्नुभएन, तर बरु लूटका माल कब्जा गर्नुभयो र परमप्रभुको दृष्टिमा जे खराब थियो त्यही गर्नुभयो?”
20 A Saul odgovori Samuilu: ta poslušao sam glas Gospodnji, i išao sam putem kojim me posla Gospod, i doveo sam Agaga cara Amalièkoga, a Amalike sam istrijebio.
तब शाऊलले शमूएललाई भने, “मैले साँच्चै नै परमप्रभुको आज्ञा पालन गरेको छु र परमप्रभुले मलाई पठाउनुभएको मार्गमा गएको छु । मैले अमालेकको राजा अगागलाई कब्जामा लिएको छु र अमालेकीहरूलाई पूर्ण रूपमा नाश गरेको छु ।
21 Nego narod uze od plijena ovce i volove, najbolje izmeðu prokletijeh stvari, da prinese na žrtvu Gospodu Bogu tvojemu u Galgalu.
तर मानिसहरूले परमप्रभु तपाईंका परमेश्वरलाई गिलगालमा बलिदान चढाउन भनेर विनाशका निम्ति अलग गरिएका असल थोकहरू, भेडाहरू र गोरुहरू जस्ता केही लुटका मालहरू लिए ।”
22 Ali Samuilo reèe: zar su mile Gospodu žrtve paljenice i prinosi kao kad se sluša glas njegov? gle, poslušnost je bolja od žrtve i pokornost od pretiline ovnujske.
शमूएलले जवाफ दिए, “परमप्रभुको आज्ञापालन गर्दाझैं होमबलिहरू र बलिदानहरूमा परमप्रभु प्रशन्न हुनुहुन्छ र? आज्ञा पालन बलिदान भन्दा उत्तम हो र सुन्नुचाहिं भेडाको बोसो भन्दा उत्तम हो ।
23 Jer je neposlušnost kao grijeh od èaranja, i nepokornost kao sujevjerstvo i idolopoklonstvo. Odbacio si rijeè Gospodnju, zato je i on tebe odbacio da ne budeš više car.
किनभने विद्रोह गर्नु मन्त्रतन्त्रको पापजस्तै हो अनि हठचाहिं दुष्टता र अधर्मजस्तै हो । तपाईंले परमप्रभुको वचनलाई इन्कार गर्नुभएको कारणले, उहाँले पनि तपाईंलाई राजा हुनबाट इन्कार गर्नुभएको छ ।
24 Tada reèe Saul Samuilu: zgriješio sam što sam prestupio zapovijest Gospodnju i tvoje rijeèi; jer pobojah se naroda i poslušah glas njegov.
तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु । किनकि मैले परमप्रभुको आज्ञा र तपाईंको वचन तोडेको छु, किनभने म मानिसहरूदेखि डराएको थिएँ र मैले तिनीहरूको कुरा मानें ।
25 Nego sada oprosti mi grijeh moj, i vrati se sa mnom da se poklonim Gospodu.
अब कृपया मेरो पाप क्षमा गर्नुहोस् र मसँगै फर्कनुहोस् ताकि म परमप्रभुको आराधना गर्न सकूँ ।
26 A Samuilo reèe Saulu: neæu se vratiti s tobom, jer si odbacio rijeè Gospodnju, i zato je tebe Gospod odbacio da ne budeš više car nad Izrailjem.
शमूएलले शाऊललाई भने, “म फर्केर तपाईंसँग जानेछैन । किनकि तपाईंले परमप्रभुको वचन इन्कार गर्नुभएको छ र परमप्रभुले तपाईंलाई इस्राएलका राजा हुनबाट इन्कार गर्नुभएको छ ।”
27 I Samuilo se okrete da ide, ali ga Saul uhvati za skut od plašta njegova, te se odadrije.
जसै शमूएल जानलाई फर्कंए, शाऊलले तिनको कपडाको छेउ समाते र त्यो च्यातियो ।
28 Tada mu reèe Samuilo: odadro je Gospod carstvo Izrailjevo od tebe danas, i dao ga bližnjemu tvojemu, koji je bolji od tebe.
शमूएलले तिनलाई भने, “परमप्रभुले आज इस्राएल राज्यलाई तपाईंबाट च्यात्नुभएको छ र त्यो तपाईंभन्दा उत्तम तपाईंको एक जना छिमेकीलाई दिनुभएको छ ।
29 I doista junak Izrailjev neæe slagati, niti æe se raskajati; jer nije èovjek da se kaje.
साथै इस्राएलका शक्तिले न ढाट्नु हुन्छ न त आफ्नो मन बदल्नु नै हुन्छ । किनभने आफ्नो मन बद्लने उहाँ मानिस हुनुहुन्न।
30 A on reèe: zgriješio sam; ali mi sad uèini èast pred starješinama naroda mojega i pred Izrailjem, i vrati se sa mnom da se poklonim Gospodu Bogu tvojemu.
त्यसपछि शाऊलले भने, “मैले पाप गरेको छु । तर कृपया मेरा मानिसहरूका धर्म-गुरुहरूका सामु र इस्राएलको सामु मेरो इज्जत गर्नुहोस् । फेरि मसँग फर्कनुहोस्, ताकि मैले परमप्रभु तपाईंका परमेश्वरको आराधना गर्न सकूँ ।
31 I vrativši se Samuilo otide za Saulom, i pokloni se Saul Gospodu.
त्यसैले शमूएल शाऊलसँगै फर्के, र शाऊलले परमप्रभुको आराधना गरे ।
32 Potom reèe Samuilo: dovedite mi Agaga cara Amalièkoga. I doðe k njemu Agag veseo, jer govoraše Agag: zaista, prošla je gorèina smrtna.
तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ मकहाँ ल्याउनुहोस् ।” अगाग साङ्लाले बाँधिएकै अवस्थामा आए र भने, “निश्चय नै मृत्यु तीक्तता टरेको छ ।”
33 Ali Samuilo reèe: kako je tvoj maè uèinio te su žene ostale bez djece, tako æe ostati bez djece tvoja majka meðu ženama. I isijeèe Samuilo Agaga pred Gospodom u Galgalu.
शमूएलले जवाफ दिए, “जसरी तेरो तरवारले स्त्रीहरूलाई बालकहीन बनाएको छ, त्यसरी नै तेरो आमा पनि स्त्रीहरूका माझमा बालकहीन हुनेछे ।” अनि शमूएलले अगागलाई गिलगालमा टुक्रा-टुक्रा बनाए ।
34 Potom otide Samuilo u Ramu, a Saul otide kuæi svojoj u Gavaju Saulovu.
शमूएल रामामा गए र शाऊल गिबाको आफ्नै घरमा गए ।
35 I Samuilo više ne vidje Saula do svoje smrti, i plakaše Samuilo za Saulom, što se Gospod pokaja što je postavio Saula carem nad Izrailjem.
शमूएलले आफ्नो मृत्युको दिनसम्म नै शाऊललाई भेटेनन्, किनकि तिनले शाऊलको निम्ति शोक गरे । परमप्रभुले शाऊललाई इस्राएलका राजा बनाउनुभएकोमा उहाँ दुःखी हुनुभयो ।