< మథిః 19 >

1 అనన్తరమ్ ఏతాసు కథాసు సమాప్తాసు యీశు ర్గాలీలప్రదేశాత్ ప్రస్థాయ యర్దన్తీరస్థం యిహూదాప్రదేశం ప్రాప్తః|
जब येशूले यी कुराहरू भनेर सिद्ध्यानुभयो, उहाँ गालीलबाट निस्कनुभयो, र यर्दन नदीको पारि यहूदियाको सिमानासम्म आउनुभयो ।
2 తదా తత్పశ్చాత్ జననివహే గతే స తత్ర తాన్ నిరామయాన్ అకరోత్|
एउटा ठुलो भिडले उहाँलाई पछ्यायो, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
3 తదనన్తరం ఫిరూశినస్తత్సమీపమాగత్య పారీక్షితుం తం పప్రచ్ఛుః, కస్మాదపి కారణాత్ నరేణ స్వజాయా పరిత్యాజ్యా న వా?
फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले उसकी पत्‍नीलाई त्याग्‍नु उसको निम्ति न्यायसङ्गत हुन्छ?”
4 స ప్రత్యువాచ, ప్రథమమ్ ఈశ్వరో నరత్వేన నారీత్వేన చ మనుజాన్ ససర్జ, తస్మాత్ కథితవాన్,
येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले पढेका छैनौ, कि जसले तिनीहरूलाई बनाउनुभयो, उहाँले सुरुदेखि नै तिनीहरूलाई पुरुष र स्‍त्री गरी बनाउनुभयो?”
5 మానుషః స్వపితరౌ పరిత్యజ్య స్వపత్న్యామ్ ఆసక్ష్యతే, తౌ ద్వౌ జనావేకాఙ్గౌ భవిష్యతః, కిమేతద్ యుష్మాభి ర్న పఠితమ్?
अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्‍नुभयो, ‘यसै कारणले मानिसले उसका बुबा र आमालाई छोड्नेछ र उसकी पत्‍नीसँग मिल्नेछ र ती दुवै जना एउटै शरीर हुनेछन् ।’
6 అతస్తౌ పున ర్న ద్వౌ తయోరేకాఙ్గత్వం జాతం, ఈశ్వరేణ యచ్చ సమయుజ్యత, మనుజో న తద్ భిన్ద్యాత్|
यसैकारण तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन् । त्यसैकारण जे परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई कसैले पनि नछुट्‌ट्याओस् ।”
7 తదానీం తే తం ప్రత్యవదన్, తథాత్వే త్యాజ్యపత్రం దత్త్వా స్వాం స్వాం జాయాం త్యక్తుం వ్యవస్థాం మూసాః కథం లిలేఖ?
तिनीहरूले उहाँलाई भने, “त्यसो भए मोशाले हामीलाई त्यागपत्र लेखेर त्याग्‍ने आज्ञा किन दिए त?”
8 తతః స కథితవాన్, యుష్మాకం మనసాం కాఠిన్యాద్ యుష్మాన్ స్వాం స్వాం జాయాం త్యక్తుమ్ అన్వమన్యత కిన్తు ప్రథమాద్ ఏషో విధిర్నాసీత్|
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको हृदयको कठोरताको कारणले मोशाले तिमीहरूलाई तिमीहरूका पत्‍नीहरू त्याग्‍न अनुमति दिए, तर सुरुदेखि त यस्तो थिएन ।
9 అతో యుష్మానహం వదామి, వ్యభిచారం వినా యో నిజజాయాం త్యజేత్ అన్యాఞ్చ వివహేత్, స పరదారాన్ గచ్ఛతి; యశ్చ త్యక్తాం నారీం వివహతి సోపి పరదారేషు రమతే|
म तिमीहरूलाई भन्दछु, जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्‍नीलाई त्याग्छ, र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ । र जुन मानिसले त्यस त्यागिएकी स्‍त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ ।”
10 తదా తస్య శిష్యాస్తం బభాషిరే, యది స్వజాయయా సాకం పుంస ఏతాదృక్ సమ్బన్ధో జాయతే, తర్హి వివహనమేవ న భద్రం|
चेलाहरूले येशूलाई भने, “यदि पतिको आफ्नी पत्‍नीसँग यस्तो अवस्था हुन्छ भने, विवाह नगर्नु नै असल हो ।”
11 తతః స ఉక్తవాన్, యేభ్యస్తత్సామర్థ్యం ఆదాయి, తాన్ వినాన్యః కోపి మనుజ ఏతన్మతం గ్రహీతుం న శక్నోతి|
तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “सबै व्यक्‍तिले यस शिक्षालाई ग्रहण गर्न सक्दैनन्, तर तिनीहरूले मात्र जसलाई यो ग्रहण गर्नको निम्ति दिइएको छ ।
12 కతిపయా జననక్లీబః కతిపయా నరకృతక్లీబః స్వర్గరాజ్యాయ కతిపయాః స్వకృతక్లీబాశ్చ సన్తి, యే గ్రహీతుం శక్నువన్తి తే గృహ్లన్తు|
किनकि केही नपुंसकहरू छन् जो आफ्नी आमाको गर्भदेखि नै त्यस्तै जन्मे । र केही नपुंसकहरू छन् जो मानिसहरूद्वारा नपुंसक बनाइएका थिए । र केही नपुंसकहरू छन् जसले स्वर्गको राज्यको निम्ति आफैँलाई नपुंसक बनाए । जसले यो शिक्षालाई ग्रहण गर्न सक्षम हुन्छ, उसले ग्रहण गरोस् ।”
13 అపరమ్ యథా స శిశూనాం గాత్రేషు హస్తం దత్వా ప్రార్థయతే, తదర్థం తత్సమీంపం శిశవ ఆనీయన్త, తత ఆనయితృన్ శిష్యాస్తిరస్కృతవన్తః|
त्यसपछि येशूले आफ्ना हात राखेर प्रार्थना गरिदिऊन् भनी उहाँकहाँ केही स-साना बालकहरूलाई ल्याइयो, तर चेलाहरूले तिनीहरूलाई हप्काए ।
14 కిన్తు యీశురువాచ, శిశవో మదన్తికమ్ ఆగచ్ఛన్తు, తాన్ మా వారయత, ఏతాదృశాం శిశూనామేవ స్వర్గరాజ్యం|
तथापि येशूले भन्‍नुभयो, “साना बालकहरूलाई अनुमति देओ र तिनीहरूलाई मकहाँ आउन नरोक किनभने स्वर्गको राज्य यिनीहरूकै हो ।”
15 తతః స తేషాం గాత్రేషు హస్తం దత్వా తస్మాత్ స్థానాత్ ప్రతస్థే|
अनि उहाँले तिनीहरूमाथि आफ्ना हात राख्‍नुभयो, र त्यसपछि त्यहाँबाट निस्कनुभयो ।
16 అపరమ్ ఏక ఆగత్య తం పప్రచ్ఛ, హే పరమగురో, అనన్తాయుః ప్రాప్తుం మయా కిం కిం సత్కర్మ్మ కర్త్తవ్యం? (aiōnios g166)
हेर, एक जना मानिस येशूकहाँ आयो र भन्यो, “गुरुज्यू, मैले अनन्त जीवन प्राप्‍त गर्न के असल काम गर्नुपर्छ?” (aiōnios g166)
17 తతః స ఉవాచ, మాం పరమం కుతో వదసి? వినేశ్చరం న కోపి పరమః, కిన్తు యద్యనన్తాయుః ప్రాప్తుం వాఞ్ఛసి, తర్హ్యాజ్ఞాః పాలయ|
येशूले उसलाई भन्‍नुभयो, “असल के हो भनेर तिमी मलाई किन सोध्छौ? एक मात्र असल हुनुहुन्छ, तर यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने, आज्ञाहरू पालन गर ।”
18 తదా స పృష్టవాన్, కాః కా ఆజ్ఞాః? తతో యీశుః కథితవాన్, నరం మా హన్యాః, పరదారాన్ మా గచ్ఛేః, మా చోరయేః, మృషాసాక్ష్యం మా దద్యాః,
त्यो मानिसले उहाँलाई भन्यो, “कुन आज्ञाहरू?” येशूले भन्‍नुभयो, “हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू,
19 నిజపితరౌ సంమన్యస్వ, స్వసమీపవాసిని స్వవత్ ప్రేమ కురు|
आफ्ना बुबा र आमालाई आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू ।”
20 స యువా కథితవాన్, ఆ బాల్యాద్ ఏతాః పాలయామి, ఇదానీం కిం న్యూనమాస్తే?
त्यो जवान मानिसले उहाँलाई भन्यो, “यी सबै कुरा त मैले पालना गरेकै छु । मैले अझै के गर्न आवश्यक छ?”
21 తతో యీశురవదత్, యది సిద్ధో భవితుం వాఞ్ఛసి, తర్హి గత్వా నిజసర్వ్వస్వం విక్రీయ దరిద్రేభ్యో వితర, తతః స్వర్గే విత్తం లప్స్యసే; ఆగచ్ఛ, మత్పశ్చాద్వర్త్తీ చ భవ|
येशूले उसलाई भन्‍नुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने, जाऊ, र तिमीसँग जे-जति छ त्यो बेच, र ती गरिबहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्‍त गर्नेछौ । त्यसपछि आएर मलाई पछ्याऊ ।”
22 ఏతాం వాచం శ్రుత్వా స యువా స్వీయబహుసమ్పత్తే ర్విషణః సన్ చలితవాన్|
तर जब त्यस जवान मानिसले येशूले भन्‍नुभएको कुरा सुन्यो, ऊ साह्रै दुःखित भएर गइहाल्यो, किनभने ऊ धेरै सम्‍पत्ति भएको मानिस थियो ।
23 తదా యీశుః స్వశిష్యాన్ అవదత్, ధనినాం స్వర్గరాజ్యప్రవేశో మహాదుష్కర ఇతి యుష్మానహం తథ్యం వదామి|
येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै कठिन हुन्छ ।
24 పునరపి యుష్మానహం వదామి, ధనినాం స్వర్గరాజ్యప్రవేశాత్ సూచీఛిద్రేణ మహాఙ్గగమనం సుకరం|
म फेरि तिमीहरूलाई भन्दछु, “धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु भन्दा त उँटलाई सियोको नाथ्रीबाट प्रवेश गर्न सजिलो हुन्छ ।”
25 ఇతి వాక్యం నిశమ్య శిష్యా అతిచమత్కృత్య కథయామాసుః; తర్హి కస్య పరిత్రాణం భవితుం శక్నోతి?
जब चेलाहरूले यो सुने, तिनीहरू सार्‍है छक्‍क परे र भने, “त्यसो भए को बचाइन सक्छ?”
26 తదా స తాన్ దృష్ద్వా కథయామాస, తత్ మానుషాణామశక్యం భవతి, కిన్త్వీశ్వరస్య సర్వ్వం శక్యమ్|
येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्‍वरको निम्ति सबै कुरा सम्भव छन् ।”
27 తదా పితరస్తం గదితవాన్, పశ్య, వయం సర్వ్వం పరిత్యజ్య భవతః పశ్చాద్వర్త్తినో ఽభవామ; వయం కిం ప్రాప్స్యామః?
त्यसपछि पत्रुसले जवाफ दिए र उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै थोक त्यागेका छौँ र तपाईंलाई पछ्याएका छौँ । तब हामीले के पाउनेछौँ?”
28 తతో యీశుః కథితవాన్, యుష్మానహం తథ్యం వదామి, యూయం మమ పశ్చాద్వర్త్తినో జాతా ఇతి కారణాత్ నవీనసృష్టికాలే యదా మనుజసుతః స్వీయైశ్చర్య్యసింహాసన ఉపవేక్ష్యతి, తదా యూయమపి ద్వాదశసింహాసనేషూపవిశ్య ఇస్రాయేలీయద్వాదశవంశానాం విచారం కరిష్యథ|
येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरू जसले मलाई पछ्याएका छौ, नयाँ जन्ममा जब मानिसका पुत्र इस्राएलका बाह्र कुलको न्याय गर्दै आफ्नो महिमाको सिंहासनमा बस्छन्, तिमीहरू पनि बाह्रवटा सिंहासनमा बस्‍नेछौ ।
29 అన్యచ్చ యః కశ్చిత్ మమ నామకారణాత్ గృహం వా భ్రాతరం వా భగినీం వా పితరం వా మాతరం వా జాయాం వా బాలకం వా భూమిం పరిత్యజతి, స తేషాం శతగుణం లప్స్యతే, అనన్తాయుమోఽధికారిత్వఞ్చ ప్రాప్స్యతి| (aiōnios g166)
प्रत्येक जसले मेरो नामको खातिर घरबार, दाजुभाइ, दिदी-बहिनीहरू, बुबा, आमा, बालबच्‍चाहरू वा देश त्यागेको छ, उसले सय गुणा प्राप्‍त गर्नेछ र अनन्त जीवनको अधिकार पाउनेछ । (aiōnios g166)
30 కిన్తు అగ్రీయా అనేకే జనాః పశ్చాత్, పశ్చాతీయాశ్చానేకే లోకా అగ్రే భవిష్యన్తి|
तर धेरै जना जो अहिले पहिला छन्, तिनीहरू पछि पर्नेछन्, र धेरै जना जो पछि परेका छन्, तिनीहरू पहिला हुनेछन् ।

< మథిః 19 >