< 1 yohanaH 3 >

1 pashyata vayam Ishvarasya santAnA iti nAmnAkhyAmahe, etena pitAsmabhyaM kIdR^ik mahAprema pradattavAn, kintu saMsArastaM nAjAnAt tatkAraNAdasmAn api na jAnAti|
हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्‍वरको सन्तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्दैन, किनकि संसारले उहाँलाई चिनेन ।
2 he priyatamAH, idAnIM vayam Ishvarasya santAnA Asmahe pashchAt kiM bhaviShyAmastad adyApyaprakAshitaM kintu prakAshaM gate vayaM tasya sadR^ishA bhaviShyAmi iti jAnImaH, yataH sa yAdR^isho. asti tAdR^isho. asmAbhirdarshiShyate|
प्रिय हो, अब हामी परमेश्‍वरका सन्तानहरू हौँ, र हामी के हुनेछौँ भन्‍ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौँ, किनकि उहाँजस्तो हुनुहुन्छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौँ ।
3 tasmin eShA pratyAshA yasya kasyachid bhavati sa svaM tathA pavitraM karoti yathA sa pavitro. asti|
उहाँमा यो दृढता हुने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ ।
4 yaH kashchit pApam Acharati sa vyavasthAla NghanaM karoti yataH pApameva vyavasthAla NghanaM|
पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ, पाप व्यवस्था भङ्ग हो ।
5 aparaM so. asmAkaM pApAnyapaharttuM prAkAshataitad yUyaM jAnItha, pApa ncha tasmin na vidyate|
पापहरू हटाई लानलाई नै ख्रीष्‍ट प्रकट हुनुभयो भन्‍ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन ।
6 yaH kashchit tasmin tiShThati sa pApAchAraM na karoti yaH kashchit pApAchAraM karoti sa taM na dR^iShTavAn na vAvagatavAn|
उहाँमा रहनेले पाप गर्दैन । पाप गर्नेले न उहाँलाई देखेको छ न चिनेको नै हुन्छ ।
7 he priyabAlakAH, kashchid yuShmAkaM bhramaM na janayet, yaH kashchid dharmmAchAraM karoti sa tAdR^ig dhArmmiko bhavati yAdR^ik sa dhAmmiko. asti|
प्रिय बालकहरू हो, तिमीहरूलाई कसैले नबहकाओस् । जस्तो ख्रीष्‍ट धर्मिक हुनुहुन्छ त्यस्तै धार्मिकता गर्ने नै धर्मी हो ।
8 yaH pApAchAraM karoti sa shayatAnAt jAto yataH shayatAna AditaH pApAchArI shayatAnasya karmmaNAM lopArthameveshvarasya putraH prAkAshata|
जसले पाप गर्छ, त्यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्‍वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस् ।
9 yaH kashchid IshvarAt jAtaH sa pApAchAraM na karoti yatastasya vIryyaM tasmin tiShThati pApAchAraM karttu ncha na shaknoti yataH sa IshvarAt jAtaH|
जो परमेश्‍वरबाट जन्मेको छ त्यसले पाप गर्दैन, किनकि परमेश्‍वरको स्वभाव त्यसमा रहन्छ, र उसले पाप गर्न सक्दैन, किनकि त्यो परमेश्‍वरबाट जन्मेको हो ।
10 ityaneneshvarasya santAnAH shayatAnasya cha santAnA vyaktA bhavanti| yaH kashchid dharmmAchAraM na karoti sa IshvarAt jAto nahi yashcha svabhrAtari na prIyate so. apIshvarAt jAto nahi|
यसैमा परमेश्‍वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन् । जसले धार्मिकता गर्दैन त्यो परमेश्‍वरको होइन, न आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।
11 yatastasya ya Adesha Adito yuShmAbhiH shrutaH sa eSha eva yad asmAbhiH parasparaM prema karttavyaM|
तिमीले सुरुदेखि सुनेको सन्देश यही नै हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
12 pApAtmato jAto yaH kAbil svabhrAtaraM hatavAn tatsadR^ishairasmAbhi rna bhavitavyaM| sa kasmAt kAraNAt taM hatavAn? tasya karmmANi duShTAni tadbhrAtushcha karmmANi dharmmANyAsan iti kAraNAt|
कयिनजस्तो होइन जो दुष्‍टको थियो र त्यसले आफ्नो भाइलाई मार्‍यो । अनि उसले आफ्नो भाइको हत्या किन गर्‍यो? किनकि उसका कामहरू दुष्‍ट थिए र उसको भाइका काम धार्मिक थिए ।
13 he mama bhrAtaraH, saMsAro yadi yuShmAn dveShTi tarhi tad AshcharyyaM na manyadhvaM|
मेरा भाइहरू, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू अचम्म नमान ।
14 vayaM mR^ityum uttIryya jIvanaM prAptavantastad bhrAtR^iShu premakaraNAt jAnImaH| bhrAtari yo na prIyate sa mR^ityau tiShThati|
हामी जान्दछौँ, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौँ, किनकि हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ ।
15 yaH kashchit svabhrAtaraM dveShTi saM naraghAtI ki nchAnantajIvanaM naraghAtinaH kasyApyantare nAvatiShThate tad yUyaM jAnItha| (aiōnios g166)
जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । अनि तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन । (aiōnios g166)
16 asmAkaM kR^ite sa svaprANAMstyaktavAn ityanena vayaM premnastattvam avagatAH, aparaM bhrAtR^iNAM kR^ite. asmAbhirapi prANAstyaktavyAH|
यसैद्वारा हामी प्रेम थाहा पाउँछौँ, किनकि ख्रीष्‍टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ ।
17 sAMsArikajIvikAprApto yo janaH svabhrAtaraM dInaM dR^iShTvA tasmAt svIyadayAM ruNaddhi tasyAntara Ishvarasya prema kathaM tiShThet?
तर जससँग संसारका थोकहरू छन्, जसले आफनो भाइ खाँचोमा परेको देखेर पनि दयाको हृदय त्यसबाट बन्द गर्छ भने कसरी परमेश्‍वरको प्रेम त्यसमा रहन्छ?
18 he mama priyabAlakAH, vAkyena jihvayA vAsmAbhiH prema na karttavyaM kintu kAryyeNa satyatayA chaiva|
मेरा प्रिय बालकहरूल हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्यता र कामले प्रेम गरौँ ।
19 etena vayaM yat satyamatasambandhIyAstat jAnImastasya sAkShAt svAntaHkaraNAni sAntvayituM shakShyAmashcha|
यसैद्वारा हामी सत्यका हौँ भन्‍ने जान्दछौँ र हाम्रो हृदयलाई उहाँको सामुन्‍ने निश्‍चय गर्छौं ।
20 yato. asmadantaHkaraNaM yadyasmAn dUShayati tarhyasmadantaH karaNAd Ishvaro mahAn sarvvaj nashcha|
किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्‍नुहुन्छ ।
21 he priyatamAH, asmadantaHkaraNaM yadyasmAn na dUShayati tarhi vayam Ishvarasya sAkShAt pratibhAnvitA bhavAmaH|
प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने हामी परमेश्‍वरप्रति दृढ छौँ ।
22 yachcha prArthayAmahe tat tasmAt prApnumaH, yato vayaM tasyAj nAH pAlayAmastasya sAkShAt tuShTijanakam AchAraM kurmmashcha|
अनि हामीले जे माग्छौँ त्यो हामी उहाँबाट पाउँछौँ, किनकि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्‍टिमा असल हुने थोकहरू गर्छौं ।
23 aparaM tasyeyamAj nA yad vayaM putrasya yIshukhrIShTasya nAmni vishvasimastasyAj nAnusAreNa cha parasparaM prema kurmmaH|
अनि यो उहाँको आज्ञा हो, जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो, हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ र एक अर्कोलाई प्रेम गर्नुपर्छ ।
24 yashcha tasyAj nAH pAlayati sa tasmin tiShThati tasmin so. api tiShThati; sa chAsmAn yam AtmAnaM dattavAn tasmAt so. asmAsu tiShThatIti jAnImaH|
जसले परमेश्‍वरका आज्ञाहरू पालन गर्छ, त्यो उहाँमा रहन्छ र परमेश्‍वर त्यसमा रहनुहुन्छ । अनि यसैद्वारा हामी जान्दछौ, कि हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीमा रहनुहुन्छ ।

< 1 yohanaH 3 >