< प्रकाशितं 6 >
1 अनन्तरं मयि निरीक्षमाणे मेषशावकेन तासां सप्तमुद्राणाम् एका मुद्रा मुक्ता ततस्तेषां चतुर्णाम् एकस्य प्राणिन आगत्य पश्येतिवाचको मेघगर्जनतुल्यो रवो मया श्रुतः।
जब थुमाले सातवटा छापमध्ये एउटालाई खोल्नुभएको मैले देखेँ, अनि ती चार जीवित प्राणीमध्ये एक जनाले गर्जनको आवज जस्तोमा “आऊ” भनेको मैले सुनेँ ।
2 ततः परम् एकः शुक्लाश्चो दृष्टः, तदारूढो जनो धनु र्धारयति तस्मै च किरीटमेकम् अदायि ततः स प्रभवन् प्रभविष्यंश्च निर्गतवान्।
मैले हेरेँ र त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि चढ्नेले एउटा वाण समातेका थिए र उनलाई एउटा मुकुट दिइयो । अनि जित्नेले जस्तै गरी उनी विजयी गर्नलाई आए ।
3 अपरं द्वितीयमुद्रायां तेन मोचितायां द्वितीयस्य प्राणिन आगत्य पश्येति वाक् मया श्रुता।
जब थुमाले दोस्रो छापलाई खोल्नुभयो, तब मैले त्यो दोस्रो जीवित प्राणीले “आऊ” भनिरहेको सुनेँ ।
4 ततो ऽरुणवर्णो ऽपर एको ऽश्वो निर्गतवान् तदारोहिणि पृथिवीतः शान्त्यपहरणस्य लोकानां मध्ये परस्परं प्रतिघातोत्पादनस्य च सामर्थ्यं समर्पितम्, एको बृहत्खङ्गो ऽपि तस्मा अदायि।
तब अर्को अग्निमय रातो घोडा निस्केर आयो । त्यसमा सवार गर्नेलाई पृथ्वीबाट शान्ति लिएर जानलाई अनुमति दिइएको थियो । त्यसकारण, ती मानिसहरूले एक-अर्कालाई मार्नेछन् । यी घोडसवारलाई एउटा ठुलो तरवार दिइएको थियो ।
5 अपरं तृतीयमुद्रायां तन मोचितायां तृतीयस्य प्राणिन आगत्य पश्येति वाक् मया श्रुता, ततः कालवर्ण एको ऽश्वो मया दृष्टः, तदारोहिणो हस्ते तुला तिष्ठति
जब थुमाले तेस्रो छापलाई खोल्नुभयो, तब तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनेँ । मैले एउटा कालो घोडालाई देखेँ, र यसका घोडसवारले उनको हातमा एकजोर तराजुलाई समाइरहेका थिए ।
6 अनन्तरं प्राणिचतुष्टयस्य मध्याद् वागियं श्रुता गोधूमानामेकः सेटको मुद्रापादैकमूल्यः, यवानाञ्च सेटकत्रयं मुद्रापादैकमूल्यं तैलद्राक्षारसाश्च त्वया मा हिंसितव्याः।
मैले चार जीवित प्राणीका बिचमा एउटा आवाज जस्तो देखिनेले भनेको कुरा सुने, “एक दिनको ज्यालामा एक किलो गहूँ र एक दिनको ज्यालामा तिन किलो जौ । तर तेल र दाखमद्यलाई नष्ट नगर्नू ।”
7 अनन्तरं चतुर्थमुद्रायां तेन मोचितायां चतुर्थस्य प्राणिन आगत्य पश्येति वाक् मया श्रुता।
जब थुमाले चौथो छापलाई खोल्नुभयो, तब मैले चौथो जीवित प्राणीले “आऊ” भनेको सोरलाई सुनेँ ।
8 ततः पाण्डुरवर्ण एको ऽश्वो मया दृष्टः, तदारोहिणो नाम मृत्युरिति परलोकश्च तम् अनुचरति खङ्गेन दुर्भिक्षेण महामार्य्या वन्यपशुभिश्च लोकानां बधाय पृथिव्याश्चतुर्थांशस्याधिपत्यं तस्मा अदायि। (Hadēs )
तब मैले पहेँलो घोडालाई देखेँ । यसको घोडसवारको नाउँ मृत्यु थियो, र पातालले त्यसलाई पछ्याइरहेको थियो । अनि तिनीहरूलाई पृथ्वीको एक-चौथाइ भागमाथि तरवारले मार्न, अनिकाल र रोगहरूमाथि, र पृथ्वीका जङ्गली जनावरलाई मार्न अधिकार दिइएको थियो । (Hadēs )
9 अनन्तरं पञ्चममुद्रायां तेन मोचितायाम् ईश्वरवाक्यहेतोस्तत्र साक्ष्यदानाच्च छेदितानां लोकानां देहिनो वेद्या अधो मयादृश्यन्त।
जब थुमाले पाँचौ छापलाई खोल्नुभयो, तब वेदीको मुनि परमेश्वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ ।
10 त उच्चैरिदं गदन्ति, हे पवित्र सत्यमय प्रभो अस्माकं रक्तपाते पृथिवीनिवासिभि र्विवदितुं तस्य फल दातुञ्च कति कालं विलम्बसे?
तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्न?”
11 ततस्तेषाम् एकैकस्मै शुभ्रः परिच्छदो ऽदायि वागियञ्चाकथ्यत यूयमल्पकालम् अर्थतो युष्माकं ये सहादासा भ्रातरो यूयमिव घानिष्यन्ते तेषां संख्या यावत् सम्पूर्णतां न गच्छति तावद् विरमत।
तब तिनीहरू हरेकलाई एउटा सेतो वस्त्र दिइयो, अनि तिनीहरूका सहकर्मी सेवकहरू र तिनीहरूका दाजुभाइहरू र दिदी-बहिनीहरू तिनीहरूजस्तै जो मारिएर सङ्ख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई पर्खनू भनियो ।
12 अनन्तरं यदा स षष्ठमुद्राममोचयत् तदा मयि निरीक्षमाणे महान् भूकम्पो ऽभवत् सूर्य्यश्च उष्ट्रलोमजवस्त्रवत् कृष्णवर्णश्चन्द्रमाश्च रक्तसङ्काशो ऽभवत्
जब थुमाले छैटौँ छापलाई खोल्नुभयो, तब त्यहाँ एउटा ठुलो भूकम्प गएको मैले देखेँ । सूर्य भाङग्राको कपडाजस्तै कालो र चन्द्रमा पुरा रगतजस्तै बन्यो ।
13 गगनस्थताराश्च प्रबलवायुना चालिताद् उडुम्बरवृक्षात् निपातितान्यपक्कफलानीव भूतले न्यपतन्।
जसरी अञ्जीरको रुखलाई आँधीबेहरीले हल्लाउँदा नपाकेका फलहरू झरेजस्तै स्वर्गमा भएका ताराहरू पृथ्वीमा खसे ।
14 आकाशमण्डलञ्च सङ्कुच्यमानग्रन्थइवान्तर्धानम् अगमत् गिरय उपद्वीपाश्च सर्व्वे स्थानान्तरं चालिताः
आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए ।
15 पृथिवीस्था भूपाला महाल्लोकाः सहस्त्रपतयो धनिनः पराक्रमिणश्च लोका दासा मुक्ताश्च सर्व्वे ऽपि गुहासु गिरिस्थशैलेषु च स्वान् प्राच्छादयन्।
तब पृथ्वीका राजाहरू र महत्त्वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्तिशाली, अनि दास र स्वतन्त्र हरेक व्यक्ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके ।
16 ते च गिरीन् शैलांश्च वदन्ति यूयम् अस्मदुपरि पतित्वा सिंहासनोपविष्टजनस्य दृष्टितो मेषशावकस्य कोपाच्चास्मान् गोपायत;
तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ ।
17 यतस्तस्य क्रोधस्य महादिनम् उपस्थितं कः स्थातुं शक्नोति?
किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ र त्यहाँ को उभिन सक्छ र? ।”