< मार्कः 13 >
1 अनन्तरं मन्दिराद् बहिर्गमनकाले तस्य शिष्याणामेकस्तं व्याहृतवान् हे गुरो पश्यतु कीदृशाः पाषाणाः कीदृक् च निचयनं।
जसै येशू मन्दिरबाट जाँदै हुनुहुन्थ्यो, उहाँका चेलाहरूमध्ये एक जनाले भन्यो, “गुरुज्यू, हेर्नुहोस् त कति राम्रा ढुङ्गाहरू र भवनहरू!”
2 तदा यीशुस्तम् अवदत् त्वं किमेतद् बृहन्निचयनं पश्यसि? अस्यैकपाषाणोपि द्वितीयपाषाणोपरि न स्थास्यति सर्व्वे ऽधःक्षेप्स्यन्ते।
उहाँले तिनलाई भन्नुभयो, “के तिमी यी भव्य भवनहरू देख्छौ? यिनीहरू नभत्काइएर एउटामाथि अर्को ढुङ्गा रहने एउटा पनि हुनेछैन ।”
3 अथ यस्मिन् काले जैतुन्गिरौ मन्दिरस्य सम्मुखे स समुपविष्टस्तस्मिन् काले पितरो याकूब् योहन् आन्द्रियश्चैते तं रहसि पप्रच्छुः,
जब उहाँ मन्दिरको सामुन्ने पर्ने जैतूनको डाँडामा बस्नुभयो, पत्रुस, याकूब, यूहन्ना र अन्द्रियासले उहाँलाई गुप्तमा सोधे,
4 एता घटनाः कदा भविष्यन्ति? तथैतत्सर्व्वासां सिद्ध्युपक्रमस्य वा किं चिह्नं? तदस्मभ्यं कथयतु भवान्।
“हामीलाई भन्नुहोस्, कि यी कुराहरू कहिले हुनेछन्? यी सबै कुरा हुन लाग्दा कस्ता-कस्ता चिन्हहरू हुनेछन्?”
5 ततो याशुस्तान् वक्तुमारेभे, कोपि यथा युष्मान् न भ्रामयति तथात्र यूयं सावधाना भवत।
येशूले तिनीहरूलाई भन्न सुरु गर्नुभयो, “होसियार रहो, कसैले पनि तिमीहरूलाई नबहकाओस् ।”
6 यतः ख्रीष्टोहमिति कथयित्वा मम नाम्नानेके समागत्य लोकानां भ्रमं जनयिष्यन्ति;
मेरो नाउँमा धेरै जना आउनेछन् र भन्नेछन् ‘म उही हुँ’ र तिनीहरूले धेरैलाई भड्काउनेछन् ।
7 किन्तु यूयं रणस्य वार्त्तां रणाडम्बरञ्च श्रुत्वा मा व्याकुला भवत, घटना एता अवश्यम्माविन्यः; किन्त्वापाततो न युगान्तो भविष्यति।
जब तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्नेछौ, चिन्ता नगर; यी कुराहरू हुनैपर्छ, तर अन्त्य अझै आइसकेको हुँदैन ।
8 देशस्य विपक्षतया देशो राज्यस्य विपक्षतया च राज्यमुत्थास्यति, तथा स्थाने स्थाने भूमिकम्पो दुर्भिक्षं महाक्लेशाश्च समुपस्थास्यन्ति, सर्व्व एते दुःखस्यारम्भाः।
किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । धेरै ठाउँमा भूकम्प र अनिकालहरू हुनेछन् । यी प्रसव-वेदनाको सुरुवात हुन् ।
9 किन्तु यूयम् आत्मार्थे सावधानास्तिष्ठत, यतो लोका राजसभायां युष्मान् समर्पयिष्यन्ति, तथा भजनगृहे प्रहरिष्यन्ति; यूयं मदर्थे देशाधिपान् भूपांश्च प्रति साक्ष्यदानाय तेषां सम्मुखे उपस्थापयिष्यध्वे।
आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषद्हरूको हातमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ ।
10 शेषीभवनात् पूर्व्वं सर्व्वान् देशीयान् प्रति सुसंवादः प्रचारयिष्यते।
तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ ।
11 किन्तु यदा ते युष्मान् धृत्वा समर्पयिष्यन्ति तदा यूयं यद्यद् उत्तरं दास्यथ, तदग्र तस्य विवेचनं मा कुरुत तदर्थं किञ्चिदपि मा चिन्तयत च, तदानीं युष्माकं मनःसु यद्यद् वाक्यम् उपस्थापयिष्यते तदेव वदिष्यथ, यतो यूयं न तद्वक्तारः किन्तु पवित्र आत्मा तस्य वक्ता।
जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ ।
12 तदा भ्राता भ्रातरं पिता पुत्रं घातनार्थं परहस्तेषु समर्पयिष्यते, तथा पत्यानि मातापित्रो र्विपक्षतया तौ घातयिष्यन्ति।
दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्यको लागि सुम्पिनेछन् । छोराछोरीहरू आफ्ना बुबा-आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्याउनेछन् ।
13 मम नामहेतोः सर्व्वेषां सविधे यूयं जुगुप्सिता भविष्यथ, किन्तु यः कश्चित् शेषपर्य्यन्तं धैर्य्यम् आलम्बिष्यते सएव परित्रास्यते।
मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म रहनेछ, त्यो मानिस बचाइनेछ ।
14 दानियेल्भविष्यद्वादिना प्रोक्तं सर्व्वनाशि जुगुप्सितञ्च वस्तु यदा त्वयोग्यस्थाने विद्यमानं द्रक्षथ (यो जनः पठति स बुध्यतां) तदा ये यिहूदीयदेशे तिष्ठन्ति ते महीध्रं प्रति पलायन्तां;
जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ (पाठकले बुझोस्), यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् ।
15 तथा यो नरो गृहोपरि तिष्ठति स गृहमध्यं नावरोहतु, तथा किमपि वस्तु ग्रहीतुं मध्येगृहं न प्रविशतु;
घरको छतमा हुनेहरू तल नओर्लून् वा उसले घरभित्रबाट केही पनि ननिकालोस्,
16 तथा च यो नरः क्षेत्रे तिष्ठति सोपि स्ववस्त्रं ग्रहीतुं परावृत्य न व्रजतु।
र खेतमा हुनेहरू आफ्नो खास्टो लिन नआऊन् ।
17 तदानीं गर्ब्भवतीनां स्तन्यदात्रीणाञ्च योषितां दुर्गति र्भविष्यति।
तर हाय, ती दिनमा बालक भएकाहरू र दूध खुवाउने आमाहरू!
18 युष्माकं पलायनं शीतकाले यथा न भवति तदर्थं प्रार्थयध्वं।
यो हिउँदमा नपरोस् भनी प्रार्थना गर ।
19 यतस्तदा यादृशी दुर्घटना घटिष्यते तादृशी दुर्घटना ईश्वरसृष्टेः प्रथममारभ्याद्य यावत् कदापि न जाता न जनिष्यते च।
किनकि त्यस बेला ठुलो महासङ्कष्ट हुनेछ । यस्तो त परमेश्वरले संसार सृष्टि गर्नुभएको दिनको सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ ।
20 अपरञ्च परमेश्वरो यदि तस्य समयस्य संक्षेपं न करोति तर्हि कस्यापि प्राणभृतो रक्षा भवितुं न शक्ष्यति, किन्तु यान् जनान् मनोनीतान् अकरोत् तेषां स्वमनोनीतानां हेतोः स तदनेहसं संक्षेप्स्यति।
परमप्रभुले ती दिनलाई नघटाउनुभएको भए, कुनै पनि प्राणी बाँच्ने थिएन, तर चुनिएकाहरूका खातिर, जसलाई उहाँले छान्नुभएको छ, उहाँले दिनहरूको सङ्ख्या घटाई दिनुभयो ।
21 अन्यच्च पश्यत ख्रीष्टोत्र स्थाने वा तत्र स्थाने विद्यते, तस्मिन्काले यदि कश्चिद् युष्मान् एतादृशं वाक्यं व्याहरति, तर्हि तस्मिन् वाक्ये भैव विश्वसित।
यदि कसैले तिमीहरूलाई, हेर ख्रीष्ट यहाँ हुनुहुन्छ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ भन्यो भने विश्वास नगर ।
22 यतोनेके मिथ्याख्रीष्टा मिथ्याभविष्यद्वादिनश्च समुपस्थाय बहूनि चिह्नान्यद्भुतानि कर्म्माणि च दर्शयिष्यन्ति; तथा यदि सम्भवति तर्हि मनोनीतलोकानामपि मिथ्यामतिं जनयिष्यन्ति।
किनकि झुटा ख्रीष्ट र अगमवक्ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि तिनीहरूले धोखा दिन चिन्ह र आश्चर्यकर्महरू गर्नेछन् ।
23 पश्यत घटनातः पूर्व्वं सर्व्वकार्य्यस्य वार्त्तां युष्मभ्यमदाम्, यूयं सावधानास्तिष्ठत।
सचेत रहो! मैले तिमीहरूलाई समय आउनुअगि नै यी सबै कुरा बताइदिएको छु ।
24 अपरञ्च तस्य क्लेशकालस्याव्यवहिते परकाले भास्करः सान्धकारो भविष्यति तथैव चन्द्रश्चन्द्रिकां न दास्यति।
तर ती दिनको महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन;
25 नभःस्थानि नक्षत्राणि पतिष्यन्ति, व्योममण्डलस्था ग्रहाश्च विचलिष्यन्ति।
ताराहरू आकाशबाट खस्नेछन्, र स्वर्गमा भएका शक्तिहरू हल्लिनेछन् ।
26 तदानीं महापराक्रमेण महैश्वर्य्येण च मेघमारुह्य समायान्तं मानवसुतं मानवाः समीक्षिष्यन्ते।
त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई बादलमा महान् शक्ति र महिमामा आउँदै गरेको देख्नेछन् ।
27 अन्यच्च स निजदूतान् प्रहित्य नभोभूम्योः सीमां यावद् जगतश्चतुर्दिग्भ्यः स्वमनोनीतलोकान् संग्रहीष्यति।
तब उसले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उसले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउबाट आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नेछ ।
28 उडुम्बरतरो र्दृष्टान्तं शिक्षध्वं यदोडुम्बरस्य तरो र्नवीनाः शाखा जायन्ते पल्लवादीनि च र्निगच्छन्ति, तदा निदाघकालः सविधो भवतीति यूयं ज्ञातुं शक्नुथ।
अञ्जीरको रुखबाट पाठ सिक । जब हाँगाहरूमा मुना पलाउँछ र पातहरू लाग्छन्, तिमीहरू ग्रीष्म नजिकै छ भनी जान्दछौ ।
29 तद्वद् एता घटना दृष्ट्वा स कालो द्वार्य्युपस्थित इति जानीत।
त्यसै गरी, जब तिमीहरूले यी सबै कुराह घटिरहेको देख्छौ, उहाँ नजिकै हुनुहुन्छ, ढोकाकै नजिक हुनुहुन्छ भनी तिमीहरूले जान ।
30 युष्मानहं यथार्थं वदामि, आधुनिकलोकानां गमनात् पूर्व्वं तानि सर्व्वाणि घटिष्यन्ते।
साँच्चै, म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन ।
31 द्यावापृथिव्यो र्विचलितयोः सत्यो र्मदीया वाणी न विचलिष्यति।
स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरो वचन कहिल्यै बितेर जानेछैन ।
32 अपरञ्च स्वर्गस्थदूतगणो वा पुत्रो वा तातादन्यः कोपि तं दिवसं तं दण्डं वा न ज्ञापयति।
तर त्यस दिन र घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन, न स्वर्गदूतहरूलाई, न त पुत्रलाई ।
33 अतः स समयः कदा भविष्यति, एतज्ज्ञानाभावाद् यूयं सावधानास्तिष्ठत, सतर्काश्च भूत्वा प्रार्थयध्वं;
सचेत रहो! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । (टिपोटः केही प्राचीन प्रामाणिक लेखहरूले यसलाई यसरी उल्लेख गर्छन्: होसियार रहो, जागा रहो र प्रार्थना गर किनकि ...)
34 यद्वत् कश्चित् पुमान् स्वनिवेशनाद् दूरदेशं प्रति यात्राकरणकाले दासेषु स्वकार्य्यस्य भारमर्पयित्वा सर्व्वान् स्वे स्वे कर्म्मणि नियोजयति; अपरं दौवारिकं जागरितुं समादिश्य याति, तद्वन् नरपुत्रः।
यो यात्रामा गएका एक जना मानिसजस्तो होः उसले आफ्नो घर छोड्छ र उसका नोकरहरू हरेकलाई आ-आफ्नो कामसहित उसको घरको जिम्मा दिन्छ । अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ ।
35 गृहपतिः सायंकाले निशीथे वा तृतीययामे वा प्रातःकाले वा कदागमिष्यति तद् यूयं न जानीथ;
त्यसकारण, जागा रहो! किनकि घरको मालिक साँझ वा मध्यरात वा भाले बास्दा वा बिहान कुन समयमा आउँछन् भनी तिमीहरू जान्दैनौ ।
36 स हठादागत्य यथा युष्मान् निद्रितान् न पश्यति, तदर्थं जागरितास्तिष्ठत।
यदि उनी अचानक आइपुगे भने, उनले तिनीहरूलाई सुतिरहेको नभेट्टाऊन् ।
37 युष्मानहं यद् वदामि तदेव सर्व्वान् वदामि, जागरितास्तिष्ठतेति।
जे म तिमीहरूलाई भन्छु, त्यो म सबैलाई भन्छु, जागा रहो!”