< योहनः 2 >

1 अनन्तरं त्रुतीयदिवसे गालील् प्रदेशिये कान्नानाम्नि नगरे विवाह आसीत् तत्र च यीशोर्माता तिष्ठत्।
तिन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् ।
2 तस्मै विवाहाय यीशुस्तस्य शिष्याश्च निमन्त्रिता आसन्।
विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो ।
3 तदनन्तरं द्राक्षारसस्य न्यूनत्वाद् यीशोर्माता तमवदत् एतेषां द्राक्षारसो नास्ति।
जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।”
4 तदा स तामवोचत् हे नारि मया सह तव किं कार्य्यं? मम समय इदानीं नोपतिष्ठति।
येशूले जवाफ दिनुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ? मेरो समय अझ आइसकेको छैन ।”
5 ततस्तस्य माता दासानवोचद् अयं यद् वदति तदेव कुरुत।
उहाँकी आमाले नोकरहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे गर भन्‍नुहुन्छ, त्यही गर” ।
6 तस्मिन् स्थाने यिहूदीयानां शुचित्वकरणव्यवहारानुसारेणाढकैकजलधराणि पाषाणमयानि षड्वृहत्पात्राणिआसन्।
त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने छ वटा ढुङ्गाका भाँडाहरू थिए ।
7 तदा यीशुस्तान् सर्व्वकलशान् जलैः पूरयितुं तानाज्ञापयत्, ततस्ते सर्व्वान् कुम्भानाकर्णं जलैः पर्य्यपूरयन्।
येशूले तिनीहरूलाई भन्‍नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए ।
8 अथ तेभ्यः किञ्चिदुत्तार्य्य भोज्याधिपातेःसमीपं नेतुं स तानादिशत्, ते तदनयन्।
तब उहाँले नोकरहरूलाई भन्‍नुभयो, “अब अलिकति लगेर मुख्य व्यक्‍तिलाई देऊ” । तिनीहरूले त्यसै गरे ।
9 अपरञ्च तज्जलं कथं द्राक्षारसोऽभवत् तज्जलवाहकादासा ज्ञातुं शक्ताः किन्तु तद्भोज्याधिपो ज्ञातुं नाशक्नोत् तदवलिह्य वरं संम्बोद्यावदत,
मुख्य व्यक्‍तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्‍ने उनलाई थाहा थिएन (तर पानी भर्ने नोकरहरूलाई थाहा थियो) । तब उनले दुलहालाई बोलाए
10 लोकाः प्रथमं उत्तमद्राक्षारसं ददति तषु यथेष्टं पितवत्सु तस्मा किञ्चिदनुत्तमञ्च ददति किन्तु त्वमिदानीं यावत् उत्तमद्राक्षारसं स्थापयसि।
र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखेका छौ ।”
11 इत्थं यीशुर्गालीलप्रदेशे आश्चर्य्यकार्म्म प्रारम्भ निजमहिमानं प्राकाशयत् ततः शिष्यास्तस्मिन् व्यश्वसन्।
गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिह्न थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि त्यसैले उहाँका चेलाहरूले उहाँलाई विश्‍वास गरे ।
12 ततः परम् स निजमात्रुभ्रात्रुस्शिष्यैः सार्द्ध्ं कफर्नाहूमम् आगमत् किन्तु तत्र बहूदिनानि आतिष्ठत्।
यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ उनीहरू केही दिनसम्म बसे ।
13 तदनन्तरं यिहूदियानां निस्तारोत्सवे निकटमागते यीशु र्यिरूशालम् नगरम् आगच्छत्।
यहूदीहरूको निस्तार-चाड आउन लागेको थियो, र येशू यरूशलेम जानुभयो ।
14 ततो मन्दिरस्य मध्ये गोमेषपारावतविक्रयिणो वाणिजक्ष्चोपविष्टान् विलोक्य
उहाँले त्यहाँ गोरुहरू, भेडाहरू र परेवाहरू बेच्‍नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए ।
15 रज्जुभिः कशां निर्म्माय सर्व्वगोमेषादिभिः सार्द्धं तान् मन्दिराद् दूरीकृतवान्।
त्यसकारण, उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूको पैसा छरपष्‍ट पारिदिनुभयो र तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो ।
16 वणिजां मुद्रादि विकीर्य्य आसनानि न्यूब्जीकृत्य पारावतविक्रयिभ्योऽकथयद् अस्मात् स्थानात् सर्वाण्येतानि नयत, मम पितुगृहं वाणिज्यगृहं मा कार्ष्ट।
परेवा बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यिनीहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।”
17 तस्मात् तन्मन्दिरार्थ उद्योगो यस्तु स ग्रसतीव माम्। इमां शास्त्रीयलिपिं शिष्याःसमस्मरन्।
उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोसले मलाई जलाउँछ ।”
18 ततः परम् यिहूदीयलोका यीषिमवदन् तवमिदृशकर्म्मकरणात् किं चिह्नमस्मान् दर्शयसि?
तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र यसो भने, “तिमीले यी कुराहरू गरिरहेका हुनाले तिमीले हामीलाई के चिह्न‍ देखाउँछौ?”
19 ततो यीशुस्तानवोचद् युष्माभिरे तस्मिन् मन्दिरे नाशिते दिनत्रयमध्येऽहं तद् उत्थापयिष्यामि।
येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तिन दिनमा म यसलाई खडा गर्नेछु ।”
20 तदा यिहूदिया व्याहार्षुः, एतस्य मन्दिरस निर्म्माणेन षट्चत्वारिंशद् वत्सरा गताः, त्वं किं दिनत्रयमध्ये तद् उत्थापयिष्यसि?
तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर बनाउन छयालिस वर्ष लाग्यो र तिमीले यसलाई तिन दिनमा बनाउने?”
21 किन्तु स निजदेहरूपमन्दिरे कथामिमां कथितवान्।
तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो ।
22 स यदेतादृशं गदितवान् तच्छिष्याः श्मशानात् तदीयोत्थाने सति स्मृत्वा धर्म्मग्रन्थे यीशुनोक्तकथायां च व्यश्वसिषुः।
त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्‍नुभएको यो कुरा उहाँका चेलाहरूले सम्‍झे र तिनीहरूले धर्मशास्‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे ।
23 अनन्तरं निस्तारोत्सवस्य भोज्यसमये यिरूशालम् नगरे तत्क्रुताश्चर्य्यकर्म्माणि विलोक्य बहुभिस्तस्य नामनि विश्वसितं।
उहाँ निस्तार-चाडको अवधिभर यरूशलेममा हुनुहुन्थ्यो । उहाँले गर्नुभएको चिह्न‍हरू देखेर धेरै जनाले उहाँको नाउँमा विश्‍वास गरे ।
24 किन्तु स तेषां करेषु स्वं न समर्पयत्, यतः स सर्व्वानवैत्।
तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्‍नुहुन्थ्यो,
25 स मानवेषु कस्यचित् प्रमाणं नापेक्षत यतो मनुजानां मध्ये यद्यदस्ति तत्तत् सोजानात्।
किनकि मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनभने त्यसभित्र के छ भन्‍ने उहाँ जान्‍नुहुन्थ्यो ।

< योहनः 2 >