< प्रेरिताः 8 >

1 तस्य हत्याकरणं शौलोपि सममन्यत। तस्मिन् समये यिरूशालम्नगरस्थां मण्डलीं प्रति महाताडनायां जातायां प्रेरितलोकान् हित्वा सर्व्वेऽपरे यिहूदाशोमिरोणदेशयो र्नानास्थाने विकीर्णाः सन्तो गताः।
तिनको हत्यामा शाऊल पनि सहमत थिए । त्यही दिन यरूशलेमको मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो र प्रेरितहरूबाहेक अन्य विश्‍वासीहरू यहूदिया र सामारियाका क्षेत्रहरूमा तितर-बितर भएर गए ।
2 अन्यच्च भक्तलोकास्तं स्तिफानं श्मशाने स्थापयित्वा बहु व्यलपन्।
ईश्‍वरभक्त मानिसहरूले स्तिफनसलाई गाडे र तिनको लागि बेसरी विलाप गरे ।
3 किन्तु शौलो गृहे गृहे भ्रमित्वा स्त्रियः पुरुषांश्च धृत्वा कारायां बद्ध्वा मण्डल्या महोत्पातं कृतवान्।
तर शाऊलले मण्डलीलाई औधी हानि पुर्‍याए । तिनी घरैपिच्छे जान्थे र तिनले पुरुष र स्‍त्रीहरूलाई घिसारेर ल्याउँथे र तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे ।
4 अन्यच्च ये विकीर्णा अभवन् ते सर्व्वत्र भ्रमित्वा सुसंवादं प्राचारयन्।
तथापि छरपष्‍ट भएका विश्‍वासीहरूले चारैतिर वचन बाँड्दै गए ।
5 तदा फिलिपः शोमिरोण्नगरं गत्वा ख्रीष्टाख्यानं प्राचारयत्;
फिलिप सामरियाको सहरमा गए र तिनले तिनीहरूलाई ख्रीष्‍टको बारेमा प्रचार गरे ।
6 ततोऽशुचि-भृतग्रस्तलोकेभ्यो भूताश्चीत्कृत्यागच्छन् तथा बहवः पक्षाघातिनः खञ्जा लोकाश्च स्वस्था अभवन्।
जब भिडले फिलिपले गरेका चिन्हहरू देखे तब तिनीहरूले ध्यान दिएर तिनका कुरा सुने ।
7 तस्मात् लाका ईदृशं तस्याश्चर्य्यं कर्म्म विलोक्य निशम्य च सर्व्व एकचित्तीभूय तेनोक्ताख्याने मनांसि न्यदधुः।
किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्‍च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए ।
8 तस्मिन्नगरे महानन्दश्चाभवत्।
र त्यस सहरमा बडो आनन्द भयो ।
9 ततः पूर्व्वं तस्मिन्नगरे शिमोन्नामा कश्चिज्जनो बह्वी र्मायाक्रियाः कृत्वा स्वं कञ्चन महापुरुषं प्रोच्य शोमिरोणीयानां मोहं जनयामास।
तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो । त्यसले एक प्रभावशाली मानिस थिए भन्‍ने दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्‍क पार्ने गर्थ्यो ।
10 तस्मात् स मानुष ईश्वरस्य महाशक्तिस्वरूप इत्युक्त्वा बालवृद्धवनिताः सर्व्वे लाकास्तस्मिन् मनांसि न्यदधुः।
सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे । तिनीहरूले भन्थे, “यी मानिस परमेश्‍वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।”
11 स बहुकालान् मायाविक्रियया सर्व्वान् अतीव मोहयाञ्चकार, तस्मात् ते तं मेनिरे।
तिनीहरूले त्यसका कुरा सुन्थे किनकि त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो ।
12 किन्त्वीश्वरस्य राज्यस्य यीशुख्रीष्टस्य नाम्नश्चाख्यानप्रचारिणः फिलिपस्य कथायां विश्वस्य तेषां स्त्रीपुरुषोभयलोका मज्जिता अभवन्।
तर जब फिलिपले परमेश्‍वरको राज्य र येशू ख्रीष्‍टको सुसमाचारको बारेमा जे प्रचार गरे तिनीहरूले त्यसमाथि विश्‍वास गरे अनि पुरुष र स्‍त्रीहरू दुवैले बप्‍तिस्मा लिए ।
13 शेषे स शिमोनपि स्वयं प्रत्यैत् ततो मज्जितः सन् फिलिपेन कृताम् आश्चर्य्यक्रियां लक्षणञ्च विलोक्यासम्भवं मन्यमानस्तेन सह स्थितवान्।
सिमोन आफैँले पनि विश्‍वास गर्‍यो र बप्‍तिस्मा लियो । त्यो फिलिपसँगै लागिरह्‍यो । चिन्हहरू र उदेकका कामहरू देखेर त्यो छक्‍क परे ।
14 इत्थं शोमिरोण्देशीयलोका ईश्वरस्य कथाम् अगृह्लन् इति वार्त्तां यिरूशालम्नगरस्थप्रेरिताः प्राप्य पितरं योहनञ्च तेषां निकटे प्रेषितवन्तः।
सामरियाका मानिसहरूले परमेश्‍वरको वचनलाई ग्रहण गरे भन्‍ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूकहाँ पठाए ।
15 ततस्तौ तत् स्थानम् उपस्थाय लोका यथा पवित्रम् आत्मानं प्राप्नुवन्ति तदर्थं प्रार्थयेतां।
तिनीहरू आएपछि तिनीहरूले उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति प्रार्थना गरे ।
16 यतस्ते पुरा केवलप्रभुयीशो र्नाम्ना मज्जितमात्रा अभवन्, न तु तेषां मध्ये कमपि प्रति पवित्रस्यात्मन आविर्भावो जातः।
किनकि त्यस बेलासम्म पवित्र आत्मा उनीहरूमध्ये कसैमाथि पनि आउनुभएको थिएन, प्रभु येशूको नाउँमा मात्र उनीहरूको बप्‍तिस्मा भएको थियो ।
17 किन्तु प्रेरिताभ्यां तेषां गात्रेषु करेष्वर्पितेषु सत्सु ते पवित्रम् आत्मानम् प्राप्नुवन्।
त्यसपछि पत्रुस र यूहन्‍नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए ।
18 इत्थं लोकानां गात्रेषु प्रेरितयोः करार्पणेन तान् पवित्रम् आत्मानं प्राप्तान् दृष्ट्वा स शिमोन् तयोः समीपे मुद्रा आनीय कथितवान्;
प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो ।
19 अहं यस्य गात्रे हस्तम् अर्पयिष्यामि तस्यापि यथेत्थं पवित्रात्मप्राप्ति र्भवति तादृशीं शक्तिं मह्यं दत्तं।
त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस् ।”
20 किन्तु पितरस्तं प्रत्यवदत् तव मुद्रास्त्वया विनश्यन्तु यत ईश्वरस्य दानं मुद्राभिः क्रीयते त्वमित्थं बुद्धवान्;
तर पत्रुसले भने, “तेरो रूपैयाँ-पैसा तैँसित नष्‍ट होस् किनकि तैँले परमेश्‍वरको वरदानलाई रूपैयाँ-पैसाले प्राप्‍त गर्न सकिँदोरहेछ भनी ठानिस् ।
21 ईश्वराय तावन्तःकरणं सरलं नहि, तस्माद् अत्र तवांशोऽधिकारश्च कोपि नास्ति।
यस विषयमा तेरो कुनै हिस्सा वा भाग छैन किनकि तिम्रो हृदय परमेश्‍वरसित ठिक छैन ।
22 अत एतत्पापहेतोः खेदान्वितः सन् केनापि प्रकारेण तव मनस एतस्याः कुकल्पनायाः क्षमा भवति, एतदर्थम् ईश्वरे प्रार्थनां कुरु;
त्यसकारण, तेरो दुष्‍टताको लागि पश्‍चात्ताप गरी प्रभुलाई प्रार्थना चढा, कतै उहाँले तँलाई क्षमा गरिदिनुहुन्छ कि ।
23 यतस्त्वं तिक्तपित्ते पापस्य बन्धने च यदसि तन्मया बुद्धम्।
किनभने म देख्दछु कि तँ तिक्ताको विष र पापको बन्धनमा छस् ।”
24 तदा शिमोन् अकथयत् तर्हि युवाभ्यामुदिता कथा मयि यथा न फलति तदर्थं युवां मन्निमित्तं प्रभौ प्रार्थनां कुरुतं।
सिमोनले जवाफ दियो, “मेरो निम्ति प्रार्थना गरिदिनुहोस् ताकि तपाईंले भन्‍नुभएको कुनै पनि कुरा ममाथि आइनपरोस् ।”
25 अनेन प्रकारेण तौ साक्ष्यं दत्त्वा प्रभोः कथां प्रचारयन्तौ शोमिरोणीयानाम् अनेकग्रामेषु सुसंवादञ्च प्रचारयन्तौ यिरूशालम्नगरं परावृत्य गतौ।
पत्रुस र यूहन्‍नाले साक्षी दिई परमप्रभुको वचन बोलेपछि तिनीहरू यरूशलेम फर्के र बाटोमा सामरियाका धेरै गाउँहरूमा तिनीहरूले सुसमाचार प्रचार गरे ।
26 ततः परम् ईश्वरस्य दूतः फिलिपम् इत्यादिशत्, त्वमुत्थाय दक्षिणस्यां दिशि यो मार्गो प्रान्तरस्य मध्येन यिरूशालमो ऽसानगरं याति तं मार्गं गच्छ।
अब परमप्रभुका एउटा दूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर जाऊ जहाँ यरूशलेमदेखि गाजासम्म जाने बाटो छ (यो बाटो उजाड-स्थानमा पर्दछ) ।”
27 ततः स उत्थाय गतवान्; तदा कन्दाकीनाम्नः कूश्लोकानां राज्ञ्याः सर्व्वसम्पत्तेरधीशः कूशदेशीय एकः षण्डो भजनार्थं यिरूशालम्नगरम् आगत्य
तिनी उठे र गए । त्यहाँ इथियोपियाका एक जना नपुंसक थिए जो इथियोपिया देशकी रानी कन्दाकीका पदाधिकारी थिए । तिनी उनका सारा सम्पत्तिको कोषाध्यक्ष थिए । तिनी आराधनाको लागि यरूशलेम आएका थिए ।
28 पुनरपि रथमारुह्य यिशयियनाम्नो भविष्यद्वादिनो ग्रन्थं पठन् प्रत्यागच्छति।
फर्कंदै गर्दा तिनले रथमा यशैया अगमवक्‍ताको पुस्तक पढिरहेका थिए ।
29 एतस्मिन् समये आत्मा फिलिपम् अवदत्, त्वम् रथस्य समीपं गत्वा तेन सार्द्धं मिल।
पवित्र आत्माले फिलिपलाई भन्‍नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।”
30 तस्मात् स धावन् तस्य सन्निधावुपस्थाय तेन पठ्यमानं यिशयियथविष्यद्वादिनो वाक्यं श्रुत्वा पृष्टवान् यत् पठसि तत् किं बुध्यसे?
त्यसैले, फिलिप तिनीकहाँ दौडेर गए र तिनले यशैया अगमवक्‍ताबाट पढेको सुनेर फिलिपले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्‍नुहुन्छ?”
31 ततः स कथितवान् केनचिन्न बोधितोहं कथं बुध्येय? ततः स फिलिपं रथमारोढुं स्वेन सार्द्धम् उपवेष्टुञ्च न्यवेदयत्।
इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्‍न सक्छु र?” तिनले फिलिपलाई तिनीसँगै रथमा बस्‍न अनुरोध गरे ।
32 स शास्त्रस्येतद्वाक्यं पठितवान् यथा, समानीयत घाताय स यथा मेषशावकः। लोमच्छेदकसाक्षाच्च मेषश्च नीरवो यथा। आबध्य वदनं स्वीयं तथा स समतिष्ठत।
इथियोपियालीले पढेको धर्मशास्‍त्रको खण्ड थियोः “काटिने थुमाजस्तै उसलाई लगियो; जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्छ त्यसै गरी उसले आफ्नो मुख खोल्दैन ।”
33 अन्यायेन विचारेण स उच्छिन्नो ऽभवत् तदा। तत्कालीनमनुष्यान् को जनो वर्णयितुं क्षमः। यतो जीवन्नृणां देशात् स उच्छिन्नो ऽभवत् ध्रुवं।
उसको विनम्रतामा उसको न्याय खोसियो । कसले उसको पुस्ताको घोषणा गर्ने? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो ।”
34 अनन्तरं स फिलिपम् अवदत् निवेदयामि, भविष्यद्वादी यामिमां कथां कथयामास स किं स्वस्मिन् वा कस्मिंश्चिद् अन्यस्मिन्?
त्यसैले, नपुंसकले फिलिपलाई सोधे, “मलाई बताइदिनुस् कि अगमवक्‍ताले कसको बारेमा भन्दै छन्— आफ्नै बारेमा वा अरू कसैको बारेमा?”
35 ततः फिलिपस्तत्प्रकरणम् आरभ्य यीशोरुपाख्यानं तस्याग्रे प्रास्तौत्।
फिलिपले बताउन थाले । तिनले उनलाई येशूको बारेमा बताउन यशैयाको यस खण्डबाट सुरु गरे ।
36 इत्थं मार्गेण गच्छन्तौ जलाशयस्य समीप उपस्थितौ; तदा क्लीबोऽवादीत् पश्यात्र स्थाने जलमास्ते मम मज्जने का बाधा?
तिनीहरू जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे । नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी छ । मलाई बप्‍तिस्मा लिनदेखि केले रोक्छ?”
37 ततः फिलिप उत्तरं व्याहरत् स्वान्तःकरणेन साकं यदि प्रत्येषि तर्हि बाधा नास्ति। ततः स कथितवान् यीशुख्रीष्ट ईश्वरस्य पुत्र इत्यहं प्रत्येमि।
त्यसैले, ती इथियोपियालीले रथ रोक्‍न आज्ञा दिए अनि फिलिप र नपुंसक दुवै जना पानी भएको ठाउँमा गए र फिलिपले तिनलाई बप्‍तिस्मा दिए ।
38 तदा रथं स्थगितं कर्त्तुम् आदिष्टे फिलिपक्लीबौ द्वौ जलम् अवारुहतां; तदा फिलिपस्तम् मज्जयामास।
39 तत्पश्चात् जलमध्याद् उत्थितयोः सतोः परमेश्वरस्यात्मा फिलिपं हृत्वा नीतवान्, तस्मात् क्लीबः पुनस्तं न दृष्टवान् तथापि हृष्टचित्तः सन् स्वमार्गेण गतवान्।
तिनीहरू पानीबाट बाहिर आएपछि परमप्रभुका आत्माले फिलिपलाई लैजानुभयो । नपुंसकले तिनलाई फेरि देखेनन् र तिनी रमाउँदै आफ्नो बाटो लागे ।
40 फिलिपश्चास्दोद्नगरम् उपस्थाय तस्मात् कैसरियानगर उपस्थितिकालपर्य्यनतं सर्व्वस्मिन्नगरे सुसंवादं प्रचारयन् गतवान्।
तर फिलिप अश्दोदमा देखा परे । तिनी कैसरिया नपुगुञ्‍जेलसम्म तिनले सबै सहरहरूमा सुसमाचार सुनाए ।

< प्रेरिताः 8 >