< မထိး 27 >

1 ပြဘာတေ ဇာတေ ပြဓာနယာဇကလောကပြာစီနာ ယီၑုံ ဟန္တုံ တတ္ပြတိကူလံ မန္တြယိတွာ
अब जब बिहान भयो, सबै मुख्य पुजारीहरू र मानिसका एल्डरहरूले येशूलाई मार्न उहाँको विरुद्ध षड्यन्त्र रचे ।
2 တံ ဗဒွွာ နီတွာ ပန္တီယပီလာတာချာဓိပေ သမရ္ပယာမာသုး၊
तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे, र हाकिम पिलातसकहाँ सुम्पिदिए ।
3 တတော ယီၑေား ပရကရေဝွရ္ပယိတာ ယိဟူဒါသ္တတ္ပြာဏာဒဏ္ဍာဇ္ဉာံ ဝိဒိတွာ သန္တပ္တမနား ပြဓာနယာဇကလောကပြာစီနာနာံ သမက္ၐံ တာသ္တြီံၑန္မုဒြား ပြတိဒါယာဝါဒီတ်,
त्यसपछि जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डाज्ञा भएको देख्यो, त्यसलाई पछुतो लाग्यो र मुख्य पुजारीहरू र एल्डरहरूलाई ती चाँदीका तिसवटा सिक्‍का फर्काइदियो,
4 ဧတန္နိရာဂေါနရပြာဏပရကရာရ္ပဏာတ် ကလုၐံ ကၖတဝါနဟံ၊ တဒါ တ ဥဒိတဝန္တး, တေနာသ္မာကံ ကိံ? တွယာ တဒ် ဗုဓျတာမ်၊
र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार? तिमी आफैँ जान ।”
5 တတော ယိဟူဒါ မန္ဒိရမဓျေ တာ မုဒြာ နိက္ၐိပျ ပြသ္ထိတဝါန် ဣတွာ စ သွယမာတ္မာနမုဒ္ဗဗန္ဓ၊
अनि त्यसले ती चाँदीका सिक्‍काहरू मन्दिरमा फ्याँकेर त्यहाँबाट बाहिर गयो र झुण्डिएर मर्‍यो ।
6 ပၑ္စာတ် ပြဓာနယာဇကာသ္တာ မုဒြာ အာဒါယ ကထိတဝန္တး, ဧတာ မုဒြား ၑောဏိတမူလျံ တသ္မာဒ် ဘာဏ္ဍာဂါရေ န နိဓာတဝျား၊
ती मुख्य पुजारीहरूले चाँदीका सिक्‍काहरू लिए र भने, “यसलाई ढुकुटीमा राख्‍न न्यायसङ्गत हुँदैन, किनकि यो रगतको मोल हो ।”
7 အနန္တရံ တေ မန္တြယိတွာ ဝိဒေၑိနာံ ၑ္မၑာနသ္ထာနာယ တာဘိး ကုလာလသျ က္ၐေတြမကြီဏန်၊
तिनीहरूले आपसमा यसबारे छलफल गरे र त्यस पैसाले परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने ।
8 အတော'ဒျာပိ တတ္သ္ထာနံ ရက္တက္ၐေတြံ ဝဒန္တိ၊
यही कारणले त्यस जमिनलाई आजको दिनसम्‍म पनि “रगतको जमिन” भनिन्‍छ ।
9 ဣတ္ထံ သတိ ဣသြာယေလီယသန္တာနဲ ရျသျ မူလျံ နိရုပိတံ, တသျ တြိံၑန္မုဒြာမာနံ မူလျံ
यसरी यर्मिया अगमवक्‍ताले भनेका वचन पुरा भयो, “इस्राएलका मानिसहरूले उहाँको निम्ति तोकेका मूल्‍य अर्थात् चाँदीका तिसवटा सिक्‍का तिनीहरूले लिए,
10 မာံ ပြတိ ပရမေၑွရသျာဒေၑာတ် တေဘျ အာဒီယတ, တေန စ ကုလာလသျ က္ၐေတြံ ကြီတမိတိ ယဒွစနံ ယိရိမိယဘဝိၐျဒွါဒိနာ ပြောက္တံ တတ် တဒါသိဓျတ်၊
र परमप्रभुले मलाई निर्देशन दिनुभएअनुसार तिनीहरूले कुमालेको जमिनको निम्ति त्यो दिए ।”
11 အနန္တရံ ယီၑော် တဒဓိပတေး သမ္မုခ ဥပတိၐ္ဌတိ သ တံ ပပြစ္ဆ, တွံ ကိံ ယိဟူဒီယာနာံ ရာဇာ? တဒါ ယီၑုသ္တမဝဒတ်, တွံ သတျမုက္တဝါန်၊
अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्‍नुहुन्छ?”
12 ကိန္တု ပြဓာနယာဇကပြာစီနဲရဘိယုက္တေန တေန ကိမပိ န ပြတျဝါဒိ၊
तर जब मुख्य पुजारीहरू र एल्डरहरूद्वारा उहाँलाई दोष लगाइयो, उहाँले केही जवाफ दिनुभएन ।
13 တတး ပီလာတေန သ ဥဒိတး, ဣမေ တွတ္ပြတိကူလတး ကတိ ကတိ သာက္ၐျံ ဒဒတိ, တတ် တွံ န ၑၖဏောၐိ?
अनि पिलातसले उहाँलाई भने, “के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुनेनौ?”
14 တထာပိ သ တေၐာမေကသျာပိ ဝစသ ဥတ္တရံ နောဒိတဝါန်; တေန သော'ဓိပတိ ရ္မဟာစိတြံ ဝိဒါမာသ၊
तर उहाँले एउटै पनि जवाफ दिनुभएन । त्यसकारण, ती हाकिम बडो आश्‍चर्यचकित भए ।
15 အနျစ္စ တန္မဟကာလေ'ဓိပတေရေတာဒၖၑီ ရာတိရာသီတ်, ပြဇာ ယံ ကဉ္စန ဗန္ဓိနံ ယာစန္တေ, တမေဝ သ မောစယတီတိ၊
अब चाडको दिनमा भिडद्वारा चुनिएको एक जना कैदीलाई छोडिदिने हाकिमको प्रथा थियो ।
16 တဒါနီံ ဗရဗ္ဗာနာမာ ကၑ္စိတ် ချာတဗန္ဓျာသီတ်၊
त्यस समयमा तिनीहरूसँग बारब्बा नाम गरेको एउटा कुख्यात कैदी थियो ।
17 တတး ပီလာတသ္တတြ မိလိတာန် လောကာန် အပၖစ္ဆတ်, ဧၐ ဗရဗ္ဗာ ဗန္ဓီ ခြီၐ္ဋဝိချာတော ယီၑုၑ္စဲတယေား ကံ မောစယိၐျာမိ? ယုၐ္မာကံ ကိမီပ္သိတံ?
त्यसैले, जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, “मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ– बारब्बा कि येशू जसलाई ख्रीष्‍ट भनिन्छ?”
18 တဲရီရ္ၐျယာ သ သမရ္ပိတ ဣတိ သ ဇ္ဉာတဝါန်၊
किनकि उनलाई थाहा थियो, कि तिनीहरूले उहाँलाई तिनीकहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए ।
19 အပရံ ဝိစာရာသနောပဝေၑနကာလေ ပီလာတသျ ပတ္နီ ဘၖတျံ ပြဟိတျ တသ္မဲ ကထယာမာသ, တံ ဓာရ္မ္မိကမနုဇံ ပြတိ တွယာ ကိမပိ န ကရ္တ္တဝျံ; ယသ္မာတ် တတ္ကၖတေ'ဒျာဟံ သွပ္နေ ပြဘူတကၐ္ဋမလဘေ၊
जब उनी न्यायकर्ताको आसनमा बसिरहेका थिए, उनकी पत्‍नीले उनलाई सन्देश पठाइन् र भनिन्, “ती निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि उनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु ।”
20 အနန္တရံ ပြဓာနယာဇကပြာစီနာ ဗရဗ္ဗာံ ယာစိတွာဒါတုံ ယီၑုဉ္စ ဟန္တုံ သကလလောကာန် ပြာဝရ္တ္တယန်၊
तब मुख्य पुजारीहरू र एल्डरहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भिडलाई राजी गराए ।
21 တတော'ဓိပတိသ္တာန် ပၖၐ္ဋဝါန်, ဧတယေား ကမဟံ မောစယိၐျာမိ? ယုၐ္မာကံ ကေစ္ဆာ? တေ ပြောစု ရ္ဗရဗ္ဗာံ၊
ती हाकिमले तिनीहरूलाई सोधे, “यी दुईमध्ये मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ?” तिनीहरूले भने, “बारब्बा ।”
22 တဒါ ပီလာတး ပပြစ္ဆ, တရှိ ယံ ခြီၐ္ဋံ ဝဒန္တိ, တံ ယီၑုံ ကိံ ကရိၐျာမိ? သရွွေ ကထယာမာသုး, သ ကြုၑေန ဝိဓျတာံ၊
पिलातसले तिनीहरूलाई भने, “ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”
23 တတော'ဓိပတိရဝါဒီတ်, ကုတး? ကိံ တေနာပရာဒ္ဓံ? ကိန္တု တေ ပုနရုစဲ ရ္ဇဂဒုး, သ ကြုၑေန ဝိဓျတာံ၊
र उनले भने, “किन, उनले के अपराध गरेका छन्?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”
24 တဒါ နိဇဝါကျမဂြာဟျမဘူတ်, ကလဟၑ္စာပျဘူတ်, ပီလာတ ဣတိ ဝိလောကျ လောကာနာံ သမက္ၐံ တောယမာဒါယ ကရော် ပြက္ၐာလျာဝေါစတ်, ဧတသျ ဓာရ္မ္မိကမနုၐျသျ ၑောဏိတပါတေ နိရ္ဒောၐော'ဟံ, ယုၐ္မာဘိရေဝ တဒ် ဗုဓျတာံ၊
जब, पिलातसले आफूले केही गर्न नसक्‍ने देखे, बरु खैलाबैला मच्‍चिन लागेको थाहा पाएर, उनले पानी लिई भिडको सामु आफ्ना हात धोए र भने, “यी निर्दोष मानिसको रगतदेखि म निर्दोष छु । तिमीहरू आफैँ जान ।”
25 တဒါ သရွွား ပြဇား ပြတျဝေါစန်, တသျ ၑောဏိတပါတာပရာဓော'သ္မာကမ် အသ္မတ္သန္တာနာနာဉ္စောပရိ ဘဝတု၊
सबै मानिसले भने, “उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।”
26 တတး သ တေၐာံ သမီပေ ဗရဗ္ဗာံ မောစယာမာသ ယီၑုန္တု ကၐာဘိရာဟတျ ကြုၑေန ဝေဓိတုံ သမရ္ပယာမာသ၊
अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर उनले येशूलाई कोर्रा लगाए र क्रुसमा झुन्ड्याउनको निम्ति सुम्पिदिए ।
27 အနန္တရမ် အဓိပတေး သေနာ အဓိပတေ ရ္ဂၖဟံ ယီၑုမာနီယ တသျ သမီပေ သေနာသမူဟံ သံဇဂၖဟုး၊
अनि ती हाकिमका सेनाहरूले येशूलाई महलमा लगे र सेनाहरूको सारा पल्टनलाई भेला गराए ।
28 တတသ္တေ တသျ ဝသနံ မောစယိတွာ ကၖၐ္ဏလောဟိတဝရ္ဏဝသနံ ပရိဓာပယာမာသုး
तिनीहरूले उहाँको वस्‍त्र खोलिदिए र उनलाई लाल वस्‍त्र लगाइदिए ।
29 ကဏ္ဋကာနာံ မုကုဋံ နိရ္မ္မာယ တစ္ဆိရသိ ဒဒုး, တသျ ဒက္ၐိဏကရေ ဝေတြမေကံ ဒတ္တွာ တသျ သမ္မုခေ ဇာနူနိ ပါတယိတွာ, ဟေ ယိဟူဒီယာနာံ ရာဇန်, တုဘျံ နမ ဣတျုက္တွာ တံ တိရၑ္စကြုး,
तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए र उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्दै उहाँको गिल्ला गरे, “यहूदीहरूका राजालाई प्रणाम!”
30 တတသ္တသျ ဂါတြေ နိၐ္ဌီဝံ ဒတွာ တေန ဝေတြေဏ ၑိရ အာဇဃ္နုး၊
तिनीहरूले उहाँलाई थुके, र तिनीहरूले लौरो लिए र उहाँको शिरमा हिर्काए ।
31 ဣတ္ထံ တံ တိရသ္ကၖတျ တဒ် ဝသနံ မောစယိတွာ ပုနရ္နိဇဝသနံ ပရိဓာပယာဉ္စကြုး, တံ ကြုၑေန ဝေဓိတုံ နီတဝန္တး၊
तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्‍त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए, र उहाँलाई क्रुसमा झुन्ड्याउन त्यहाँबाट लगे ।
32 ပၑ္စာတ္တေ ဗဟိရ္ဘူယ ကုရီဏီယံ ၑိမောန္နာမကမေကံ ဝိလောကျ ကြုၑံ ဝေါဎုံ တမာဒဒိရေ၊
जब तिनीहरू बाहिर आए, तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एक जना मानिसलाई भेट्टाए, जसलाई उनीहरूसँग जान तिनीहरूले कर गरे ताकि उसले उहाँको क्रुस बोकोस् ।
33 အနန္တရံ ဂုလ္ဂလ္တာမ် အရ္ထာတ် ၑိရသ္ကပါလနာမကသ္ထာနမု ပသ္ထာယ တေ ယီၑဝေ ပိတ္တမိၑြိတာမ္လရသံ ပါတုံ ဒဒုး,
तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसको अर्थ “खोपडीको स्थान” हो ।
34 ကိန္တု သ တမာသွာဒျ န ပပေါ်၊
तिनीहरूले उहाँलाई पित्त मिसिएको दाखमद्य पिउन दिए । तर जब उहाँले त्यो चाख्‍नुभयो, उहाँले त्यो पिउनुभएन ।
35 တဒါနီံ တေ တံ ကြုၑေန သံဝိဓျ တသျ ဝသနာနိ ဂုဋိကာပါတေန ဝိဘဇျ ဇဂၖဟုး, တသ္မာတ်, ဝိဘဇန္တေ'ဓရီယံ မေ တေ မနုၐျား ပရသ္ပရံ၊ မဒုတ္တရီယဝသ္တြာရ္ထံ ဂုဋိကာံ ပါတယန္တိ စ။ ယဒေတဒွစနံ ဘဝိၐျဒွါဒိဘိရုက္တမာသီတ်, တဒါ တဒ် အသိဓျတ်,
जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍त्रहरूलाई भाग लगाए ।
36 ပၑ္စာတ် တေ တတြောပဝိၑျ တဒြက္ၐဏကရွွဏိ နိယုက္တာသ္တသ္ထုး၊
अनि तिनीहरू बसे र उहाँलाई हेरे ।
37 အပရမ် ဧၐ ယိဟူဒီယာနာံ ရာဇာ ယီၑုရိတျပဝါဒလိပိပတြံ တစ္ဆိရသ ဦရ္ဒွွေ ယောဇယာမာသုး၊
उहाँको शिरमाथि यसो भनिएको अभियोग लेखिएको थियो, “यिनी येशू हुन्, यहूदीहरूका राजा ।”
38 တတသ္တသျ ဝါမေ ဒက္ၐိဏေ စ ဒွေါ် စဲရော် တေန သာကံ ကြုၑေန ဝိဝိဓုး၊
दुई जना डाँकु उहाँसँगै क्रुसमा टाँगिएका थिए– एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि ।”
39 တဒါ ပါန္ထာ နိဇၑိရော လာဍယိတွာ တံ နိန္ဒန္တော ဇဂဒုး,
जो त्यो बाटो भएर जान्थे, तिनीहरूले यसो भन्दै टाउको हल्लाएर उहाँको गिल्ला गर्थे,
40 ဟေ ဤၑွရမန္ဒိရဘဉ္ဇက ဒိနတြယေ တန္နိရ္မ္မာတး သွံ ရက္ၐ, စေတ္တွမီၑွရသုတသ္တရှိ ကြုၑာဒဝရောဟ၊
“तिमी जसले मन्दिरलाई भत्काएर तिन दिनमा बनाउन गइरहेका थियौ, आफैँलाई बचाऊ! यदि तिमी परमेश्‍वरका पुत्र हौ भने, क्रुसबाट तल ओर्ल!”
41 ပြဓာနယာဇကာဓျာပကပြာစီနာၑ္စ တထာ တိရသ္ကၖတျ ဇဂဒုး,
यसरी नै मुख्य पुजारीहरूले पनि शास्‍त्रीहरू र एल्डरहरूसँगसँगै उहाँको गिल्ला गरे र भने,
42 သော'နျဇနာနာဝတ်, ကိန္တု သွမဝိတုံ န ၑက္နောတိ၊ ယဒီသြာယေလော ရာဇာ ဘဝေတ်, တရှီဒါနီမေဝ ကြုၑာဒဝရောဟတု, တေန တံ ဝယံ ပြတျေၐျာမး၊
“उसले अरूहरूलाई बचायो, तर आफैँलाई भने बचाउन सक्दैन । ऊ इस्राएलको राजा हो । ऊ क्रुसबाट तल आओस्, अनि त्यसपछि हामी उसमाथि विश्‍वास गर्नेछौँ ।
43 သ ဤၑွရေ ပြတျာၑာမကရောတ်, ယဒီၑွရသ္တသ္မိန် သန္တုၐ္ဋသ္တရှီဒါနီမေဝ တမဝေတ်, ယတး သ ဥက္တဝါန် အဟမီၑွရသုတး၊
उसले परमेश्‍वरमा विश्‍वास गर्छ । र परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले नै उसलाई बचाऊन्, किनकि उसले यस्तो भनेको थियो, ‘म परमेश्‍वरका पुत्र हुँ ।’”
44 ယော် သ္တေနော် သာကံ တေန ကြုၑေန ဝိဒ္ဓေါ် တော် တဒွဒေဝ တံ နိနိန္ဒတုး၊
र उहाँसँगै क्रुसमा टाँगिएका डाँकुहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे ।
45 တဒါ ဒွိတီယယာမာတ် တၖတီယယာမံ ယာဝတ် သရွွဒေၑေ တမိရံ ဗဘူဝ,
अब मध्यान्‍नदेखि दिउँसो तिन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो ।
46 တၖတီယယာမေ "ဧလီ ဧလီ လာမာ ၑိဝက္တနီ", အရ္ထာတ် မဒီၑွရ မဒီၑွရ ကုတော မာမတျာက္ၐီး? ယီၑုရုစ္စဲရိတိ ဇဂါဒ၊
तिन बजे येशू ठुलो स्वरले कराउनुभयो र भन्‍नुभयो, “इलोई, इलोई लामा सबखथनी?” जसको अर्थ हो, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको छ?”
47 တဒါ တတြ သ္ထိတား ကေစိတ် တတ် ၑြုတွာ ဗဘာၐိရေ, အယမ် ဧလိယမာဟူယတိ၊
जब त्यहाँ उभिरहेकाहरूमध्ये केहीले यो सुने, तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदै छ ।”
48 တေၐာံ မဓျာဒ် ဧကး ၑီဃြံ ဂတွာ သ္ပဉ္ဇံ ဂၖဟီတွာ တတြာမ္လရသံ ဒတ္တွာ နလေန ပါတုံ တသ္မဲ ဒဒေါ်၊
झट्टै तिनीहरूमध्ये एक जना दौडेर गयो र एउटा स्पन्ज लियो, त्यसलाई अमिलो दाखमद्यले भर्‍यो, त्यसलाई निगालोमा राखी उहाँलाई पिउन दियो ।
49 ဣတရေ'ကထယန် တိၐ္ဌတ, တံ ရက္ၐိတုမ် ဧလိယ အာယာတိ နဝေတိ ပၑျာမး၊
अरूहरूले चाहीँ भने, “उसलाई एकलै छोडिदेऊ । उसलाई बचाउन एलिया आउँछन् कि आउँदैनन् हामीलाई हेर्न देऊ ।”
50 ယီၑုး ပုနရုစဲရာဟူယ ပြာဏာန် ဇဟော်၊
त्यसपछि येशू फेरि ठुलो स्वरले कराउनुभयो र आफ्नो प्राण त्याग्‍नुभयो ।
51 တတော မန္ဒိရသျ ဝိစ္ဆေဒဝသနမ် ဦရ္ဒွွာဒဓော ယာဝတ် ဆိဒျမာနံ ဒွိဓာဘဝတ်,
हेर, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो । र पृथ्वी हल्लियो र चट्टानहरू टुक्रिए ।
52 ဘူမိၑ္စကမ္ပေ ဘူဓရောဝျဒီရျျတ စ၊ ၑ္မၑာနေ မုက္တေ ဘူရိပုဏျဝတာံ သုပ္တဒေဟာ ဥဒတိၐ္ဌန်,
चिहानहरू उघारिए, र धेरै पवित्र जनहरूका मृत शरीरहरू उठाइए, जो निन्द्रामा परेका थिए ।
53 ၑ္မၑာနာဒ် ဝဟိရ္ဘူယ တဒုတ္ထာနာတ် ပရံ ပုဏျပုရံ ဂတွာ ဗဟုဇနာန် ဒရ္ၑယာမာသုး၊
उहाँको पुनरुत्थानपछि तिनीहरू चिहानबाट बाहिर निस्के; पवित्र सहरमा प्रवेश गरे, र धेरैका माझमा देखा परे ।
54 ယီၑုရက္ၐဏာယ နိယုက္တး ၑတသေနာပတိသ္တတ္သင်္ဂိနၑ္စ တာဒၖၑီံ ဘူကမ္ပာဒိဃဋနာံ ဒၖၐ္ဋွာ ဘီတာ အဝဒန်, ဧၐ ဤၑွရပုတြော ဘဝတိ၊
अब जब कप्‍तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्यहाँ भएका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, “साँच्‍चै यिनी त परमेश्‍वरका पुत्र रहेछन् ।”
55 ယာ ဗဟုယောၐိတော ယီၑုံ သေဝမာနာ ဂါလီလသ္တတ္ပၑ္စာဒါဂတာသ္တာသာံ မဓျေ
गालीलबाट येशूको हेरचाह गर्न उहाँलाई पछ्याइरहेका धेरै महिलाहरूले टाढाबाट त्यो हेरिरहेका थिए ।
56 မဂ္ဒလီနီ မရိယမ် ယာကူဗျောၑျော ရ္မာတာ ယာ မရိယမ် သိဗဒိယပုတြယော ရ္မာတာ စ ယောၐိတ ဧတာ ဒူရေ တိၐ္ဌန္တျော ဒဒၖၑုး၊
तिनीहरूमध्ये मरियम मग्दलिनी, याकूब र योसेफकी आमा मरियम, र जब्दियाका छोराहरूकी आमा थिए ।
57 သန္ဓျာယာံ သတျမ် အရိမထိယာနဂရသျ ယူၐဖ္နာမာ ဓနီ မနုဇော ယီၑေား ၑိၐျတွာတ္
जब साँझ पर्‍यो, अरिमाथियाबाट एक जना धनी मानिस आए, जसको नाम योसेफ थियो, जो येशूका चेला थिए ।
58 ပီလာတသျ သမီပံ ဂတွာ ယီၑေား ကာယံ ယယာစေ, တေန ပီလာတး ကာယံ ဒါတုမ် အာဒိဒေၑ၊
तिनी पिलातसकहाँ गए र तिनले येशूको शरीर मागे । अनि पिलातसले सो तिनलाई दिइयोस् भनेर आदेश दिए ।
59 ယူၐဖ် တတ္ကာယံ နီတွာ ၑုစိဝသ္တြေဏာစ္ဆာဒျ
योसेफले शरीर लिए, र त्यसलाई सफा मलमलको कपडामा बेरे,
60 သွာရ္ထံ ၑဲလေ ယတ် ၑ္မၑာနံ စခါန, တန္မဓျေ တတ္ကာယံ နိဓာယ တသျ ဒွါရိ ဝၖဟတ္ပာၐာဏံ ဒဒေါ်၊
र उनले आफैँले चट्टान खोपेर बनाएका नयाँ चिहानमा राखे । अनि उनले चिहानको मुखमा एउटा ठुलो ढुङ्गा गुडाइदिएर तिनी त्यहाँबाट गए ।
61 ကိန္တု မဂ္ဒလီနီ မရိယမ် အနျမရိယမ် ဧတေ သ္တြိယော် တတြ ၑ္မၑာနသမ္မုခ ဥပဝိဝိၑတုး၊
मरियम मग्दिलिनी र अर्की मरियम पनि त्यही चिहानको अर्कोपट्टि बसिरहेका थिए ।
62 တဒနန္တရံ နိသ္တာရောတ္သဝသျာယောဇနဒိနာတ် ပရေ'ဟနိ ပြဓာနယာဇကား ဖိရူၑိနၑ္စ မိလိတွာ ပီလာတမုပါဂတျာကထယန်,
अर्को दिन जुन तयारीको दिनको भोलिपल्ट थियो, मुख्य पुजारीहरू र फरिसीहरू पिलातससँग भेला भएका थिए ।
63 ဟေ မဟေစ္ဆ သ ပြတာရကော ဇီဝန အကထယတ်, ဒိနတြယာတ် ပရံ ၑ္မၑာနာဒုတ္ထာသျာမိ တဒွါကျံ သ္မရာမော ဝယံ;
तिनीहरूले भने, “हजुर, हामीलाई सम्झना छ, कि त्यो ठगाहा जिउँदो हुँदा त्यसले भनेको थियो, ‘तिन दिनपछि म फेरि उठ्नेछु ।’
64 တသ္မာတ် တၖတီယဒိနံ ယာဝတ် တတ် ၑ္မၑာနံ ရက္ၐိတုမာဒိၑတု, နောစေတ် တစ္ဆိၐျာ ယာမိနျာမာဂတျ တံ ဟၖတွာ လောကာန် ဝဒိၐျန္တိ, သ ၑ္မၑာနာဒုဒတိၐ္ဌတ်, တထာ သတိ ပြထမဘြာန္တေး ၑေၐီယဘြာန္တိ ရ္မဟတီ ဘဝိၐျတိ၊
त्यसकारण, तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस् । नत्रता त्यसका चेलाहरू आउलान् र उनलाई चोरेर लगेर मानिसहरूलाई भन्लान्, ‘उहाँ मृतकहरूबाट जीवित हुनुभएको छ ।’ अनि यो अन्तिम धोका पहिलेको भन्दा झन् नराम्रो हुनेछ ।”
65 တဒါ ပီလာတ အဝါဒီတ်, ယုၐ္မာကံ သမီပေ ရက္ၐိဂဏ အာသ္တေ, ယူယံ ဂတွာ ယထာ သာဓျံ ရက္ၐယတ၊
पिलातसले तिनीहरूलाई भने, “एक जना पहरेदार लेऊ । जाऊ र त्यसलाई तिमीहरूले सकेसम्म सुरक्षित राख ।”
66 တတသ္တေ ဂတွာ တဒ္ဒူရပါၐာဏံ မုဒြာင်္ကိတံ ကၖတွာ ရက္ၐိဂဏံ နိယောဇျ ၑ္မၑာနံ ရက္ၐယာမာသုး၊
त्यसैले, तिनीहरू गए र ढुङ्गामा मोहर लगाए र पहरेदारहरू खटाएर चिहानलाई सुरक्षित राखे ।

< မထိး 27 >